झाँक्रीको भरमा नपर्न अध्यक्ष हिदम लामाको आग्रह, चेपाङ परिवारलाई निःशुल्क स्वास्थ्य बिमा

२० असार २०७६, शुक्रबार १५:२७

मकवानपुर, २० असार । मकवानपुरको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बिमा कार्डलाई सिरानीमा राखेर परम्परागत धामीझाँक्रीको भरमा नपर्न गाउँपालिकाका चेपाङ समुदायलाई अनुरोध गरेका छन् । गाउँपालिकाले आफ्नै लगानीमा चेपाङ परिवारका लागि गरेको स्वास्थ्य बिमा कार्ड वितरण गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् । समान्य रोगका कारण अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता अन्त्य भएको बताउँदै उनले पुरातन सोच त्यागेर बालबालिकालाई विद्यालयसम्म पुर्याउन पनि अभिभावकहरुलाई आग्रह गरे ।

गाउँपालिकाले आर्थिक बिपन्नताका कारण स्वास्थ्य उपचारबाट बञ्चित हुँदै आएका १०८ परिवार चेपाङ समुदायको स्वास्थ्य बिमा गरेको हो । गाउँपालिकाको लगानीमा १०८ परिवारका ५०५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको अध्यक्ष हिदम लामाले जानकारी दिए । गाउँपालिकाले ४ लाख १९ हजार रुपैयाँ लगानी गर्दै बिपन्न परिवारका चेपाङहरुको स्वास्थ्य बीमा गरिदिएको हो । बीमा भदौंबाट लागू हुने अध्यक्ष लामाले बताएका छन् । बीमा गरिएका परिवारलाई शुक्रबार गाउँपालिकाले बीमा कार्ड हस्तान्तरण गरेको छ । गाउँपालिकाको वडानम्बर २ कार्यालयबाट बीमा गरिएका परिवारको सदस्यलाई गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवर, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्ट लगायतले परिचय पत्र बितरण गरेका हुन् ।

स्वयमसेवक परिचालन गरी बिपन्न चेपाङ समुदायको तथ्याङक संकलन गरी बीमा गरिएको बताइएको छ । संकलित तथ्याङकअनुसार गाउँपालिकाको ५ र ८ नम्बर वडा बाहेक अन्य सबै वडामा चेपाङ समुदायको बासोबास रहेको पाइएको छ । तथ्याङक अनुसार वडा नम्बर १ मा २६ परिवारमा ७५ जना, २ मा २० परिवारको ८३ जना, ३ मा ४ परिवारको १५ जना, ४ मा ८ परिवारका २५ जना, ६ मा २५ परिवारको १३७ जना, ७ मा १ परिवारको २१ जना र ९ मा २७ परिवारको १३९ जना चेपाङहरुको स्वास्थ्य बीमा गरिएको छ ।
यो पनि हेर्नुहोस्
गाउँपालिका अध्यक्ष सर्केश घलान यसरी गर्छन् जनताको काम

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

प्रेमकथामा आधारित तामाङ चलचित्र ‘सेमरिन मुला माया’ को वियोगान्त ‘दुःखन दुःखला ल्हुई’ बोलको गीत चर्चित बनेको छ । चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १२ हजार ३६ पटकभन्दा बढी हेरिएको छ । विश्व शान्त र जीतु लोप्चनको आवाजमा रहेको गीतमा वैदेशिक रोजगारीका क्रममा प्रेमीप्रेमिकाको बियोग देखाईएको छ । दुई भाषामा तयार हुने चलचित्रको यो गीतमा सम्झना लामाको शब्द रहेको छ ।

गीतमा सञ्जय लामा हुट्ट र खुशी घिसिङको अभिनय देख्न सकिन्छ । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झनामा लामा,सितल तामाङ र लोसाङ लामाले निर्माण गरेका हुन् । चलचित्रमा नायिका संगीता दोङ, खुशी घिसिङ र सञ्जय लामा हुट्ट लगायतको अभिनय रहेको छ ।

‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई १ लाख बढी भ्यूज

तामाङ चलचित्र ‘घ्रान’ अर्थात ‘कसम’ को ‘तिङ मी ढुकढुक’ बोलको गीतलाई युट्युबमा १ लाखभन्दा बढी पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म यो गीतलाई १ लाख ११ हजार ४३ पटकभन्दा बढी हेरिएको छ । विशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बोले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् । दुई प्रेमीको रोमान्टिक प्रेमालाप सँगै सुन्दर प्राकृतिक दृश्यलाई गीतको भिडियोमा कैद गरिएको छ । चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ ।

चलचित्रमा सुकुमाया मोक्तानसँगै सागर घिसिङ, शम्भु घिसिङ, विकास स्याङतान, सुष्मा मोक्तान,सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।तामाङ जातिको संस्कृति तथा भाषा संरक्षणका उद्देश्यले मोक्तान फिल्मस् प्रालिद्वारा निर्मित चलचित्रले तामाङ समुदायको संस्कृति,सामाजिक जीवन यापनका र सामासाहिक बिषय बस्तुमा आधारित कथालाई चलचित्रमा उतारिएको निर्मात्री तथा नायिका सुकुमाया मोक्तानले जानकारी दिएकी छिन् ।

तामाङहरुको बाहुल्यता रहेको ओखलढुंगाको मुलखर्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र द्यासुरले गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*