तामाङ चलचित्र ‘सेर्कु’ भक्तपुरमा प्रदर्शन गरिने

१९ असार २०७६, बिहीबार २२:४८

मकवानपुर, १९ असार । तामाङ कथानक चलचित्र ‘सेर्कु’ यही असार २१ गते शनिबार भक्तपुरको बाराही हलमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई साँझ ४ बजे प्रदर्शन गर्न थालिएको तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले जानकारी दिएका छन् । तामाङ कथानक चलिचत्रको ईतिहासमै पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गर्दै तामाङ कथानक चलचित्र ‘सेर्कु’ले ईतिहास रच्न सफल भएको थियो । चलचित्रमा चाँदनी मोक्तान, ऋतुराज पाख्रिन, सुष्मा मोक्तान, सुष्मा थिङ, विकास स्याङ्तान, उर्मिला वाईबा, श्यामलाल योञ्जन, बैरागी मोक्तान, मुस्कान तामाङ, योगेश मोक्तान, किरण तामाङ, गोपीराम तामाङ र निमादावा रुम्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चर्चित नायिका चाँदनी मोक्तान लामो समयपछि चलचित्र क्षेत्रमा यसै चलचित्रमार्फत कमब्याक गरेकी हुन् ।

राजकुमार मोक्तानको निर्देशनमा तयार भएको चलचित्रमा ऋतुराज पाख्रिनको कथा, पटकथा रहेको छ । रोशन फ्युबा तामाङको कोरियोग्राफी रहेको चलचित्रलाई राजकुमार मोक्तान र सिदार्थ मोक्तानले निर्माण गरेका हुन् । चलचित्रमा पवन वाङको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रका गीतहरु जीवन बोम्जन र राजकुमार मोक्तानले लेखेका हुन् । गीतमा आर.बी. लामा सिङ्दान र राजकुमार मोक्तानको संगीत रहेको छ भने अमृत लामा, जितु लोप्चन र आर.बी. लामा सिङ्दानले गीतमा आवाज दिएका छन् ।
यो पनि हेर्नुहोस्
मकवानपुरगढीको सार्वजनिक सुनुवाई जँगिए तामाङ

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

निता ढुङ्गाना र शुसान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान
लामो समयदेखि कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल दुई कलाकारलाई सम्मान गरिने भएको छ । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवसका अबसरमा हेटौँडा रिसोर्टमा हुने कार्यक्रममा नायिका निता ढुङ्गाना र कलाकार सुशान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान गरिने भएको हो । नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान दिएका दुई कलाकारलाई सम्मान गरिने भएको हो । नायिका ढुङ्गानाले पछिल्लो पटक चर्चित नेपाली कथानक चलचित्र पञ्चायतमा अभिनय गरेकी थिईन् । उनले नोटबुक, छ एकान छ जस्ता हिट चलचित्रहरुमा अभिनय गरेकी छिन् । त्यस्तै कलाकार सुशान्त श्रेष्ठले विभिन्न चलचित्रमा अभिनय गर्नुका साथै निर्माण तर्फ पनि हात हालेका छन् । उनी चलचित्र निर्माता संघका सदस्य समेत हुन् ।

तरकारीवालीलाई लिएर हेटौँडामा आए लम्फू

यही बैशाख २८ गतेदेखि देशभर प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र ‘लम्फू’ को टोली प्रचार प्रसारका क्रममा आज हेटौँडामा आइपुगेका छन् । ‘तरकारीवाली’ का नामले भाईरल बनेकी कुसुम श्रेष्ठको डेब्यू चलचित्रका रुपमा पनि चर्चा कमाउन सफल चलचित्रको युनिट कुसुम सहित हेटौँडामा आएका हुन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक गोपाल चन्द्र लामिछानेले ‘लम्फू’ सामान्य कथामा बनेको चलचित्र भएता पनि यसले दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको बताए । चलचित्रमा कुसुमको विशेष रोल मात्र भएकोले उनी नै यस चलचित्रको मुख्य नायिका नभएको बताए । ‘कुसुमको विशेष रोल छ, तर यसका उनी मुख्य नायिका होईनन् ।’ लामिछानेले चलचित्र प्रचारका क्रममा धरान, दमक हुँदै हेटौँडा आइपुगेको र अब नारायणगढ हुँदै पोखरासम्म पुग्ने बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*