चर्चित नायिका सुनिता लुङ्वा गायिकाका रुपमा पनि चर्चा कमाउँदै

१९ असार २०७६, बिहीबार २२:२४

मकवानपुर, १९ असार । रेडियो कार्यक्रम प्रस्तोताहुँदै तामाङ चलचित्र क्षेत्रमा प्रवेश गरेकी चर्चित नायिका सुनिता लुङ्बाले आफुलाई गायिकाका रुपमा समेत अगाडि सारेकी छिन् । लुङ्बाले केही दिन अघि मात्रै आफ्नै आवाजमा नयाँ गीत समेत सार्वजनिक गरेकी छिन् । ‘गाउन मन लाग्यो मलाई’ बोलको उक्त गीतलाई श्रोता दर्शकले रुचाएका छन् । टिएफ च्यानल मार्फत उनको आवाजमा रहेको गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।

गीतमा साङ्गे ब्लोनको शब्द र विश्व दोङको सँगीत रहेको छ । गीतलाई नोर्बु शेर्पाले एरेञ्ज गरेका छन् भने दिपेश प्रधानले मिक्सिङ गरेका छन् । सगु प्रोडक्सन स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई प्रयाश दोङले रेकर्ड गरेका हुन् । हेर्नुहोस् उनको गीत–

वि.सं. २०६७ साल देखि रेडियो कार्यक्रम प्रस्तोताको रुपमा मिडियामा प्रवेश गरेका उनले धेरै स्टेज कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएकी छिन् । स्टेज तताउन खप्पिस उनले ‘जहाँ जान्छु उहीँ हुन्छ जात्रा मेरो जोबन खत्रा’ बोलको गीतबाट संगित बिधामा प्रवेश गरेका हुन् । गीत संगित चलचित्र र आरजे भिजेमा पनि पोख्त नायिका लुङ्बाले वि.सं. २०६९ सालमा पहिलो पटक निमा लामा तामाङको निर्देशनमा रहेको ‘छार केवा’ नामक चलचित्रबाट नायिकाको रुपमा डेब्यु गरेकी हुन् । उनले हाल सम्म थुप्रै गीतहरु पनि गाइसकेकी छिन् । नेपाली र तामाङ गरी दर्जनौ चलचित्रमा नायिकाका रुपमा अभिनय गरिसकेकी उनले तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’को ‘नक्कली कान्छीला सक्कली सेम’ सेम बोलको गीतबाट थप चर्चा पाएकी थिईन् ।

बुबा सानुकाजी लामा र आमा सुन्तली तामाङको कोखबाट वि.सं. २०५१ साल चैत्र ९ गते काभ्रे जिल्लाको पाँचखल नगरपालिकामा उनको जन्म भएको हो ।

यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग ५ – प्रेम कहिल्यै अन्त्य हुँदैन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

प्रकाशको ‘बोल माया’ को भिडियो जसले सबैलाई रुवाउँछ
गायक तथा मोडल प्रकाश सपूतको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दासम्म १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।

रेड पिसमा नायिका निता ढुङ्गानाको ब्युटीफुल मुस्कान (फोटो फिचर)
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुशल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानालाई सोमबार हेटौँडामा चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । रातो पहिरनमा मुस्कुराउँदै कार्यक्रमस्थलमा देखिएकी उनको मुस्कान र सुन्दर पहिरनमा क्यामेराहरु सोझिएका थिए । हेरौँ केही तस्बिरहरु :

गृह जिल्लामा नायिका निता ढुङ्गानाले भनिन्–‘मेरो मुटु र हात खुट्टा कामिरहेको छ’
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुसल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानाले गृहजिल्लाको हेटौँडामा आएर सम्मान ग्रहण गर्दा आफ्नो खुट्टा कामेको बताईन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित भएका ४ जनामध्ये उनलाई चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहण गरेलगत्तै उनले मन्तव्य राख्दै आफुले धेरै ठाउँमा सम्मान ग्रहण गरेता पनि हेटौँडामा सम्मानित हुँदा मुटु ढुकढुक भएको बताईन् । ‘धेरै ठाउँमा मैले सम्मान पाएँ तर अहिले मेरो खुट्टा कामिरहेको छ, मेरो मुटु कामिरहेको छ ।’ उनले भनिन्, ‘सायद मेरो आफ्नो ठाउँ भएर हुनुपर्छ ।’ उनले चलचित्र पत्रकारिता दिवसको शुभकामना दिँदै सम्मानका लागि धन्यवाद समेत ज्ञापन गरिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*