फेसबुकमा भर्खरै यस्तो समस्या

१८ असार २०७६, बुधबार २१:४६

मकवानपुर, १८ असार । सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । केही समयअघिदेखि फेसबुकमा पोष्ट गरिएका तस्बिरहरु देखाइएको छैन । तपाईले म्यासेजमा पठाउनु भएका फोटोहरु समेत देखिँदैनन् र डाउनलोड गर्न खोज्दा फेसबुक ‘एरर’ देखाउँछ ।

फेसबुकमा समस्या आएको थाहा नपाएर धेरैले आफ्नो राउटर रिस्टार्ट तथा नेट रिकनेक्ट समेत गरेका छन् । तर फेसबुकमै समस्या आएकोले यो समस्या जारी छ । समस्याका कारण धेरै प्रयोगकर्ताहरुलाई समस्या भएको छ ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग ५ – प्रेम कहिल्यै अन्त्य हुँदैन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

नेपालमा चर्चित ‘ऐश्वर्य’ दुबईमा च्यारिटी शो हुने
नेपालमा चर्चित बन्न सफल नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ यूएईमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनका लागि नायक रमेश उप्रेती, नायिका केकी अधिकारी, कलाकार निर्मल शर्मा र सन्दीप क्षेत्री समेत सहभागी हुने भएका छन् । एनआरएन यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोट्र्स एलएलसी यूएईको आयोजनामा नेपालका विभिन्न ८ जिल्लाहरुमा पुनः एक दिवसीय आकस्मिक प्राथमिक उपचार तालिमको सहयोग गर्ने उदेश्य सहित चलचित्रको प्रदर्शन हुन लागेको हो । तालिमका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक ओम उप्रेतीले मानव जीवनरक्षाका एकदमै उपयोगी तालिम भएका कारण समाजसेवा कार्यक्रम अन्तर्गत यो कार्यक्रमलाई निरन्तरता दिन चलचित्रको प्रदर्शन गरि सहयोग संकलन गर्न लागेको बताएका छन् ।

महा मानव गौतम बुद्धका बारेमा बनेका यी चलचित्र र भिडियो हेर्नुहोस्

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५६२ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्दै बौद्ध दर्शनको खोज–अनुसन्धान थालेका थिए । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो ।

बुद्ध सम्बन्धी धेरै सामाग्रीहरु युट्युबमा उपलब्ध छन् तर बुद्धकै बारेमा चलचित्र र टेलिसिरियलहरु भने नेपाली भाषामा भन्दा पनि हिन्दी भाषामा बढी बनेको देखिएको छ । तथापि भजन तथा बायोग्राफीहरु भने नेपाली भाषामा पनि प्रशस्त भेट्न सकिन्छ । हामीले आज बुद्ध सम्बन्धी केही धार्मिक चलचित्र, बुद्धका जीवनी समेटिएका चलचित्र र केही टेलिचलचित्रहरुका बारेमा लिंकसहित यो सामाग्री तयार पारेका छौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*