हेटौँडाको प्रगति माविले गर्यो उत्कृष्ट विद्यार्थीलाई सम्मान

१८ असार २०७६, बुधबार १६:१३

आशिष खतिवडा, मकवानपुर, १८ असार । हेटौँडा उपमहागरपालिका वडा नम्बर ९ मा रहेको प्रगति माध्यमिक विद्यालयले वि.सं. २०७५ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । एसईई परिक्षामा सहभागी भई ए प्लस ग्रेड ल्याएका ३ जना विद्यार्थीहरुलाई ३–३ हजार नगदसहित खादा र प्रमाण पत्र प्रदान गरिएको हो ।

त्यस्तै ए ग्रेड ल्याएका १२ जना विद्यार्थीहरुलाई जनही १५ सयका दरले नगद प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुलीले अनिवार्य अंग्रेजी विषयमा सैद्धान्तिक र प्रयोगात्मक दुबैतर्फ ए प्लस ग्रेड ल्याउन सफल भएका विद्यार्थी रोशन चौधरीलाई नगद ३ हजार प्रदान गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ९ नम्बर वडाका वडाअध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यो पनि हेर्नुहोस्
मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

पल र आँचलको प्रेमयुद्ध, शत्रु गते चर्चाको शिखरमा
चर्चित अन स्क्रिन जोडी नायक पल शाह र नायिका आँचल शर्मा अभिनित नेपाली कथानक चलचित्र ‘शत्रु गते’ले अपेक्षित रुपमा व्यापार गर्दै दर्शकको मन जितेको छ । अफिसियल ट्रेलर सार्वजनिक हुनुपूर्व नै सर्वाधिक पर्खाई बन्न सफल भएको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले दुई दिनमा नै युट्युबको नम्बर वान ट्रेण्डिङमा पर्न सफल भएको थियो ।

प्रेमिकाले गाउँले भनेपछि सञ्जयले पारे सबैलाई चकित
यदि तपाईको प्रेमिकाले तपाईलाई गाउँले भनेर हेपिन् भने तपाईलाई कस्तो असर पर्छ ? अवश्य पनि पिडा महशुस हुन्छ नै तर आफ्नी प्रेमिकाले गाउँले भनेर हेपेपछि गायक सञ्जय मण्डलले प्रेमिकालाई नै चकित पारेको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक मण्डलको सार्वजनिक भएको नयाँ ‘गाउँले गाउँले नभन कान्छी’ बोलको गीतमा गाउँले भनेर हेला गरिएको प्रेमीले अन्तिममा प्रेमिकालाई नै चकित पारेको कथालाई समेटिएको छ । गायक मण्डलकै शब्द, संगीत र आवाजमा समेटिएको गीतको म्यूजिक भिडियोलाई अजय वाईबाले निर्देशन गरेका छन् ।

चर्चाको केन्द्रबिन्दुमा ‘तरकारीवाली

नेपाली कथानक चलचित्र ‘लम्फु’ को प्रदर्शन मिति नजिकिएसँगै चलचित्रकी नायिका कुशुम श्रेष्ठ ‘तरकारीवाली’ चर्चा सुरु भएको छ । अभिनय क्षेत्रमा आउनुपूर्व नै गाउँमा सामान्य तरकारी बेच्ने युवतीका रुपमा भाईरल भएकी उनको यो डेब्यू चलचित्र हो । बैशाख २८ गते प्रदर्शन मिति तोकिएको चलचित्रका गीतहरु समेत अहिले चर्चामा छन् । चलचित्रमा कुशुमसँगै सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी लगायतको अभिनय छ । भुपतिको कथा र पटकथामा निर्मित चलचित्रलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*