मनहरीहुँदै प्रतापपुर जोड्ने पक्की पुलको उद्घाटन

१७ असार २०७६, मंगलवार २१:३४

जयराम मोक्तान, १७ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुर जाने बाटोमा निर्माण सम्पन्न गरिएको पक्की पुलको मंगलबार उद्घाटन गरिएको छ । मनहरी गाउँपालिकाको ५७ लाख र स्थानिय जनश्रमदानको ११ लाख गरी कुल ६८ लाखको लागतमा निर्माण सम्पन्न पुलको मंगलबार गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उद्घाटन गरेका थिए । उक्त पुलको लम्बाई १३ मिटर र चौडाई ७ मिटर रहेको छ ।

पुलको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले जनस्तरमा आवश्यक भएका विभिन्न योजनाहरुलाई प्राथमिकताका साथ अगाडी बढाउने बताए । जनप्रतिनिधीहरु स्थानिय सेवाग्राहीहरुको समस्याको हलका गर्नका लागिपरेको भन्दै उनले सबै क्षेत्रमा समान विकास गर्नमा स्थानिय सेवागा्रहीको ठुलो भुमिका हुने बताए । कत्ले खोल्सी र राप्ती खोलाको बिचमा रहेको प्रतापपुर नयाँ बस्तिका बासिन्दाहरुलाई पुल निर्माण पश्चात आवतजावतका लागि निकै सहज भएको छ । विशेष गरेर बर्खाको समयमा उक्त स्थानका बासिन्दहरुलाई बाढीबाट बच्नका लागि सुरक्षित स्थानमा स्थान्तरणका लािग निकै सहज भएको छ ।

पुलको समस्या हुँदा उक्त स्थानका बासिन्द तथा विद्यार्थीहरुले निकै सास्ती भोग्दै आएका थिए । । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिला विष्ट , ६ नम्बरका वडा अध्यक्ष गोपिलाल मुक्तान , युवासंघ नेपाल प्रदेश नम्बर ३ का सचिवालय सदस्य नविन सुवेदी तथ स्थानिय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुहोस्
फेसबुक च्याटले खोल्यो पोल

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

प्रकाशको ‘बोल माया’ को भिडियो जसले सबैलाई रुवाउँछ
गायक तथा मोडल प्रकाश सपूतको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दासम्म १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।

रेड पिसमा नायिका निता ढुङ्गानाको ब्युटीफुल मुस्कान (फोटो फिचर)
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुशल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानालाई सोमबार हेटौँडामा चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । रातो पहिरनमा मुस्कुराउँदै कार्यक्रमस्थलमा देखिएकी उनको मुस्कान र सुन्दर पहिरनमा क्यामेराहरु सोझिएका थिए । हेरौँ केही तस्बिरहरु :

गृह जिल्लामा नायिका निता ढुङ्गानाले भनिन्–‘मेरो मुटु र हात खुट्टा कामिरहेको छ’
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुसल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानाले गृहजिल्लाको हेटौँडामा आएर सम्मान ग्रहण गर्दा आफ्नो खुट्टा कामेको बताईन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित भएका ४ जनामध्ये उनलाई चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहण गरेलगत्तै उनले मन्तव्य राख्दै आफुले धेरै ठाउँमा सम्मान ग्रहण गरेता पनि हेटौँडामा सम्मानित हुँदा मुटु ढुकढुक भएको बताईन् । ‘धेरै ठाउँमा मैले सम्मान पाएँ तर अहिले मेरो खुट्टा कामिरहेको छ, मेरो मुटु कामिरहेको छ ।’ उनले भनिन्, ‘सायद मेरो आफ्नो ठाउँ भएर हुनुपर्छ ।’ उनले चलचित्र पत्रकारिता दिवसको शुभकामना दिँदै सम्मानका लागि धन्यवाद समेत ज्ञापन गरिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*