मकवानपुरे सञ्चारकर्मी ध्रुवराज ढकालले सञ्चालनमा ल्याए टिभिएस स्वरुम

१७ असार २०७६, मंगलवार २१:०५

मकवानपुर, १७ असार । मकवानपुरमा एक दशकभन्दा बढी समयदेखि निरन्तर प्रसारणमा रहेको शक्ति एफ एमका सञ्चालक ध्रुबराज ढकालले सामुदायिक रेडियो सन्चालन सँगसँगै व्यवसाय समेत शुरु गरेका छन् । शक्ति एफ.एम.सँगै मकवानपुरको थाहा नगरपालिकामा अवस्थित रेडियो पालुङमा समेत आवद्ध रहेका ढकालले मकवानपुर जिल्लाको थाहा नगरमा टिभिएस मोटरसाइकल कम्पनीको शोरुम को शुरुवात गरेका हुन् ।

उनले जगदम्बा मोटर्स प्रालिको आधिकारिक बिक्रेताको रुपमा आफ्नो नयाँ कम्पनी डीएनके अटो सप्लायर्स संचालनमा ल्याएका छन् । जगदम्बा मोटर्सले टिभीएसको ग्राहकलाइ लक्षित गरी टि भी एस मेघा एक्सचेन्ज मेलासमेत संचालनमा ल्याएको छ । असार १९ गतेसम्म एक्सचेञ्ज मेला संचालन हुने डिएनके सप्लायर्सका संचालक ढकालले जानकारी दिए । मेलामा टिभीएसको खरिद गर्दा नगद ,फाइनान्स र एक्सचेन्जको माध्यमबाट समेत गर्न सकिने ढकालले बताए ।

सस्तो ब्याजमा फाइनान्स उपलब्ध हुने र पुरानो नचल्ने मोटरसाइकलको समेत २५ हजार रुपैया मुल्यांकन गरिने बताइएको छ । साथै स्क्रयाचबाट ७ हजार देखि १ लाखसम्म क्यासमा खरिद गर्ने ग्राहकले पाउने बताइएको छ ।
यो पनि हेर्नुहोस्
हेर्नै पर्ने कविता–वातावरण दिवस र्यालीमा सिमित भो

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

नेपालमा चर्चित ‘ऐश्वर्य’ दुबईमा च्यारिटी शो हुने
नेपालमा चर्चित बन्न सफल नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ यूएईमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनका लागि नायक रमेश उप्रेती, नायिका केकी अधिकारी, कलाकार निर्मल शर्मा र सन्दीप क्षेत्री समेत सहभागी हुने भएका छन् । एनआरएन यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोट्र्स एलएलसी यूएईको आयोजनामा नेपालका विभिन्न ८ जिल्लाहरुमा पुनः एक दिवसीय आकस्मिक प्राथमिक उपचार तालिमको सहयोग गर्ने उदेश्य सहित चलचित्रको प्रदर्शन हुन लागेको हो । तालिमका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक ओम उप्रेतीले मानव जीवनरक्षाका एकदमै उपयोगी तालिम भएका कारण समाजसेवा कार्यक्रम अन्तर्गत यो कार्यक्रमलाई निरन्तरता दिन चलचित्रको प्रदर्शन गरि सहयोग संकलन गर्न लागेको बताएका छन् ।

महा मानव गौतम बुद्धका बारेमा बनेका यी चलचित्र र भिडियो हेर्नुहोस्

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५६२ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्दै बौद्ध दर्शनको खोज–अनुसन्धान थालेका थिए । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो ।

बुद्ध सम्बन्धी धेरै सामाग्रीहरु युट्युबमा उपलब्ध छन् तर बुद्धकै बारेमा चलचित्र र टेलिसिरियलहरु भने नेपाली भाषामा भन्दा पनि हिन्दी भाषामा बढी बनेको देखिएको छ । तथापि भजन तथा बायोग्राफीहरु भने नेपाली भाषामा पनि प्रशस्त भेट्न सकिन्छ । हामीले आज बुद्ध सम्बन्धी केही धार्मिक चलचित्र, बुद्धका जीवनी समेटिएका चलचित्र र केही टेलिचलचित्रहरुका बारेमा लिंकसहित यो सामाग्री तयार पारेका छौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*