हेटौँडामा कौशीमा तरकारी खेती विस्तार कार्यक्रम

१७ असार २०७६, मंगलवार २०:४६

मकवानपुर, १७ असार । घरायसी फोहरबाट कम्पोष्ट मल बनाउँदै कौशीमा तरकारी खेती बृद्धि गराउने उदेश्यले भर्मि कम्पोष्ट प्रबद्र्धन तथा कौशी खेती विस्तार कार्यक्रम हेटौंडामा शुरु भएको छ । प्रदेश ३ को उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय अन्तरगतको वन निर्देशनालयले आयोजना गरेको तालिमको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले सोमबार उद्घाटन गरिन् ।

नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ सहयोग कार्यक्रम अन्तरगत हेटौंडा १ र १० मा आयोजना गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत ध्रुबबहादुर भुजेल र रबिन्द्रप्रसाद पौडेलले सहजिकरण गरेका थिए । बन निर्देशनालय हेटौंडाका रेञ्जर बद्री ढुङ्गाना, सविना तिमल्सिना, हेटौंडा १० का वडा अध्यक्ष किताप सिंह लामा, वडा सदस्यहरु साधना श्रेष्ठ, उमा सुनार, आदर्श टोल विकास संस्थाकी अध्यक्ष शान्ता गजुरेल लगायतको आतिथ्य रहेको थियो । तालिम हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २, ४ र ९ मा समेत आयोजना गरिने बन निर्देशनालयले जनाएको छ ।

यो पनि हेर्नुहोस्
प्रकाश सपुतको गल्बन्दीमा झुण्डिए दर्शक

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

पल र आँचलको प्रेमयुद्ध, शत्रु गते चर्चाको शिखरमा
चर्चित अन स्क्रिन जोडी नायक पल शाह र नायिका आँचल शर्मा अभिनित नेपाली कथानक चलचित्र ‘शत्रु गते’ले अपेक्षित रुपमा व्यापार गर्दै दर्शकको मन जितेको छ । अफिसियल ट्रेलर सार्वजनिक हुनुपूर्व नै सर्वाधिक पर्खाई बन्न सफल भएको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले दुई दिनमा नै युट्युबको नम्बर वान ट्रेण्डिङमा पर्न सफल भएको थियो ।

प्रेमिकाले गाउँले भनेपछि सञ्जयले पारे सबैलाई चकित
यदि तपाईको प्रेमिकाले तपाईलाई गाउँले भनेर हेपिन् भने तपाईलाई कस्तो असर पर्छ ? अवश्य पनि पिडा महशुस हुन्छ नै तर आफ्नी प्रेमिकाले गाउँले भनेर हेपेपछि गायक सञ्जय मण्डलले प्रेमिकालाई नै चकित पारेको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक मण्डलको सार्वजनिक भएको नयाँ ‘गाउँले गाउँले नभन कान्छी’ बोलको गीतमा गाउँले भनेर हेला गरिएको प्रेमीले अन्तिममा प्रेमिकालाई नै चकित पारेको कथालाई समेटिएको छ । गायक मण्डलकै शब्द, संगीत र आवाजमा समेटिएको गीतको म्यूजिक भिडियोलाई अजय वाईबाले निर्देशन गरेका छन् ।

चर्चाको केन्द्रबिन्दुमा ‘तरकारीवाली

नेपाली कथानक चलचित्र ‘लम्फु’ को प्रदर्शन मिति नजिकिएसँगै चलचित्रकी नायिका कुशुम श्रेष्ठ ‘तरकारीवाली’ चर्चा सुरु भएको छ । अभिनय क्षेत्रमा आउनुपूर्व नै गाउँमा सामान्य तरकारी बेच्ने युवतीका रुपमा भाईरल भएकी उनको यो डेब्यू चलचित्र हो । बैशाख २८ गते प्रदर्शन मिति तोकिएको चलचित्रका गीतहरु समेत अहिले चर्चामा छन् । चलचित्रमा कुशुमसँगै सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी लगायतको अभिनय छ । भुपतिको कथा र पटकथामा निर्मित चलचित्रलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*