हेटौँडामा हरिदेवी श्रेष्ठको आँखाको नानी संकलन

१७ असार २०७६, मंगलवार २०:३२

मकवानपुर, १७ असार । हेटौँडा उपमहानगरपालिकाको पुरानो युवा क्लबको रुपमा चिनिने पशुपति युवा क्लव हेटौडा ९ का पूर्व अध्यक्ष विरेन्द्रकुमार श्रेष्ठका आमा हरिदेवी श्रेष्ठको आँखाको नानी संकनल गरिएको छ । दुई छोराहरु विरेन्द्र कुमार श्रेष्ठ र शैलेन्द्र कुमार श्रेष्ठ र छोरी रवि श्रेष्ठकोे ईच्छा अनुसार ८९ वर्षिय स्वर्गीय हरिदेवी श्रेष्ठको आँखा दान गरिएको हो ।

पशुपति युवा क्लवका अध्यक्ष जितेन्द्र कर्माचार्यको समन्वयमा हेटौँडा सामुदायिक आँखा अस्पतालसँग सहकार्य गरी पूर्व अध्यक्ष श्रेष्ठले आमाको नानी दान गरेका हुन् । हेटौडा सामुदायिक आँखा अस्पतालमा पहिलो पटक हेटाँैडा ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो । तत्पश्चात विभिन्न समयमा गरेर हालसम्म १५ जनाको आँखाको नानी संकलन गरिएको अस्पताल प्रशासनले जनाएको छ । –फाईल तस्बिर

यो पनि हेर्नुहोस्
रोग लागेपछि श्रीमान बेपत्ता

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

एक मिनेट कम्मर मर्काएपछि एक करोड तलब

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडमा समेत व्यस्त नायिकामा पर्छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् । भारत बसाईका क्रममा हुने कार्यक्रममा प्रस्तुति दिए बापत प्रियंकाले लिने गरेको पारिश्रमिक सुनेर तपाईलाई अचम्म पनि लाग्न सक्छ । उनले कम्तिमा पनि एक मिनेट प्रस्तुति दिएको एक करोड भारतीय रुपैयाँ लिने गरेकी छिन् । केही समय अघि भएको जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएपछि उक्त कार्यक्रममा उनले पाँच मिनेट नृत्यका लागि ५ करोड भारु लिएकी थिइन् ।

डेढ सय करोडको चलचित्रमा हट नायिका दिशा पटानी

हाल प्रदर्शनरत चर्चित चलचित्र ‘बागी २’ की अभिनेत्री दिशा पटानीले डेढ सय करोडको लगानी भएको चलचित्रमा काम गर्ने भएकी छिन् । उनी १५० करोड भारूको महँगो बजेटमा निर्माण हुन लागिरहेको दक्षिण भारतिय फिल्ममा अनुबन्धित भएकी हुन् । उनी सुन्दर सिले बनाउने ‘सङ्गमित्र’ फिल्ममा अनुबन्धित भएकी हुन् । ‘मुम्बई मिरर’ले जनाए अनुसार फिल्म जुलाइबाट फ्लोरमा जानेछ । हैदरबादमा ‘बाहुबली’ कै स्तरको सेटमा फिल्म खिचिनेछ । दुई भागमा निर्माण हुने फिल्मको पहिलो भागलाई आगामी वर्ष रिलिज गर्ने तयारी निर्माण कम्पनीको छ ।

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

चर्चित गायिका रिहानाले स्न्याप च्याटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । उनको आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको थियो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलर ह्रास आएको थियो । स्न्यापच्याटमा एउटा विज्ञापन देखिएको थियो जसमा प्रयोगकर्तालाई ‘रिहानालाई थप्पड हान्ने’ वा ‘क्रिस ब्राउनलाई मुक्का हान्ने’ दुई विकल्प प्रदान गरिएको थियो । सन् २००९ मा प्रेमसम्बन्धमा रहेका बेला ब्राउनले रिहानामाथि हातपात गरेका थिए । लगत्तै रिहानाले आफ्नो इन्सटाग्राम एकाउन्टमा स्न्यापच्याटको उक्त विज्ञापनको आलोचना गरेकी थिइन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*