हेटौँडाकी बिनिकालाई मेगा बैँकको साथ

१७ असार २०७६, मंगलवार २०:१२

मकवानपुर, १७ असार । मेगा बैंक हेटौंडा शाखाले हेटौँडा एक गरिब तथा जेहेन्दार छात्रालाई शैक्षिक सामग्रीसहित पठनपाठनमा सहयोग गरेको छ । हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी कक्षा ७ की छात्रा बिनिका राईलाई कक्षा १० सम्म पढ्न बैंकले सहयोग गर्ने भएको हो ।

मेगा बैंक हेटौंडाकी प्रबन्धक माधबी बोसले मंगलबार राईलाई ब्याग, शैक्षिक सामग्री र नगद ८ हजार रुपैंया प्रदान गरेको बिद्यालयकी शिक्षिका रश्मी बस्नेतले बताईन् । छात्रा राईलाई हरेक बर्ष ब्याग, शैक्षिक सामग्री र नगद ८ हजार रुपैंया प्रदान गरिने प्रबन्धक बोसले बताईन् । बिद्यालयस्तरीय परिक्षा (एसईई)मा जिल्ला प्रथम हुँदै आएको बिद्यालयमा हाल करिब २ हजार बिद्यार्थी अध्ययनरत छन् ।

यो पनि हेर्नुहोस्
मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

दिपिका महाभारतकी द्रौपदी, कृष्णको रोलमा आमिर खान
बलिउडकी चर्चित नायिका दिपिका पादुकोनलाई महाभारतकी द्रौपदीको रोलमा चयन गरिएको छ भने कृष्णको रोल बलिउडका मिस्टर परफेक्टनिस आमिर खानले निभाउने भएका छन् । ‘ठग अफ हिन्दूस्तान’ को सुटिङ सकिएपछि सुरु गर्न थालिएको आमिरको ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा दिपिका यो रोलको लागि नेचुरल चोइसका रुपमा दिपिकालाई लिइएको हो तर पध्मावत जस्ता एपिक फिल्म गरेकी र यसको विवादमा रुमलिएकी दिपिकाले स्विकार गर्लिन् वा नगर्लिन त्यो भने तय भइसकेको छैन । यदि उनी यस रोलका लागि तयार भएमा दिपिका र आमिरको यो पहिलो स्क्रिन सेयर गरिएको चलचित्र बन्ने छ । चलचित्रमा रिलायन्श इन्डस्ट्रिका मालिक मुकेश अम्बानीले १०० करोडको लगानी गर्ने छन् भने उनी महाभारतको को–पो्रड्यूसर पनि हुने भएका छन् । भारतीय न्यूज एजेन्सीहरुका रिपोर्ट अनुसार आमिरको महाभारत एक फिल्म नभएर ५ सिरिजमा बन्ने बताइएको छ ।

सन्नी लियोनी सधैँ फिट देखिनुको रहस्य यस्तो

फेसन र ग्ल्यामरका कारण चर्चामा रहन सफल बलिउड अभिनेत्री सन्नी लियोनी सधैँ फिट रहने कारण के होला ? उनको जस्तै स्लिम फिगर बनाउन कति युवतीहरुलाई रहर होला ? यसको कारण जान्न उनको दिनचर्याले बुझेर सजिलै पत्ता लगाउन सकिन्छ । सन्नी आफ्नो फिटनेशमा हमेसा ध्यान दिने गर्दछिन् । हाल उनी आफ्नो बडी परफेक्ट बनाउन जमेर वर्कआउट गरिरहेकी बताइएको छ । पछिल्लो केही दिनयता उनले जिममा वर्क आउट गरेको केही भिडियो समेत सार्वजनिक गरेकी छिन् ।

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

चर्चित गायिका रिहानाले स्न्याप च्याटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । उनको आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको थियो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलर ह्रास आएको थियो । स्न्यापच्याटमा एउटा विज्ञापन देखिएको थियो जसमा प्रयोगकर्तालाई ‘रिहानालाई थप्पड हान्ने’ वा ‘क्रिस ब्राउनलाई मुक्का हान्ने’ दुई विकल्प प्रदान गरिएको थियो । सन् २००९ मा प्रेमसम्बन्धमा रहेका बेला ब्राउनले रिहानामाथि हातपात गरेका थिए । लगत्तै रिहानाले आफ्नो इन्सटाग्राम एकाउन्टमा स्न्यापच्याटको उक्त विज्ञापनको आलोचना गरेकी थिइन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*