मनहरीले सुरु गर्यो काम, गोगनपानीमा भ्यू टावरदेखि वनकरिया होम स्टेसम्म

१७ असार २०७६, मंगलवार १७:२७

जयराम मोक्तान, १७ असार । मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक बर्ष २०७६–७७ मा विभिन्न महत्वपूर्ण काम गर्ने योजना अगाडी सारेको छ । गाउँपालिकाको गत १० गते सम्पन्न ५ औँ गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा उक्त महत्वपुर्ण योजनाहरुलाई प्राथमिकताका साथ अगाडि बढाउने गरि विभिन्न योजनाहरुलाई अगाडि सारेको हो । गाउँसभामा गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको पर्यटकिय क्षेत्रलाई विकास गनुर््का साथै नयाँ पर्यटकीय स्थलहरुको पहिचान गरी पर्यटकिय क्षेत्र निर्माण गर्ने योजना बनाएको छ ।

केही पर्यटकिय स्थल पहिचान भइसकेको र केही स्थानमा भने विभिन्न संरचनाहरुको निर्माण कार्य पनि थालनी गरिएको छ । केहीको डिपिआर तयार समेत भईसकेको छ । गाउँपालिकाको रमौली प्रतापपुर , सुनाचुरी , मनहरी पिस पार्क , गोगन पानी भ्यु टावर , भिमान सहिद पार्क , चेपाङ कल्चर , वनकरिया होम स्टे , पिकनिक स्पट बनाउने र ४ नम्बरमा गोही संरक्षण, रानीपोखरी गढी डाँडा शिखर पिकनिक स्पट वडा नम्बर १ मा टि हाउस स्थापना गरिने योजना गाउँपालिकाले बनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याई महरीको आर्थिक स्तरमा बृद्धि गराउने उदेश्य सहित विभिन्न स्थानमा पर्यटकिय स्थल निर्माण योजना अगाडी बढाएको बढाइएको बताइएको छ । पर्यटनक्षेत्र निर्माणका लागि गाउँपालिकाले आवश्यक बजेट विनीयोजन गर्ने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।
यो पनि हेर्नुहोस्
स्टेजमै भावुक भए प्रकाश सपुत

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

भारतीय अभिनेत्री सोफियाका पुर्व पति पर्फ्यूम शोरुमबाट पक्राउ
मोडलबाट भिक्षुणी बनेकी बिग बसकी पूर्व प्रतियोगी तथा एक समय भारतीय अभिनेत्रीका रुपमा उदाएकी सोफिया हयातका पूर्व श्रीमान लण्डनस्थित एक परफ्युमको शोरुमबाट पक्राउ परेका छन् । पूर्व पतिले धोका दिएको भन्दै सोफियाले आफ्ना पूर्व श्रीमानविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।

शाहरुख खान कसरी बने बच्चा ? रहस्यको पोको खुल्दै

सबैलाई थाहा भएकै कुरा हो कि अब शाहरुख खानका छोराछोरी समेत निकै ठूला भइसकेका छन् । तर उनी एक्कासी कसरी होचा कदका साना बालक बने ? यो विषयले बलिउडमा हिन्दी चलचित्र ‘जिरो’ को शुटिङ भएको अवस्थादेखि नै चर्चा पाएको थियो । निकै वर्षपछि शाहरुख खान र सलमान खान संगै देखिएका ‘जिरो’ को इद विशेष टिजर सार्वजनिक भएसँगै यसको चर्चा थप चुलिएको छ ।

‘बउवा सिंह’ नामक होचा कदका व्यक्तिको भूमिकामा देखिएका शाहरुख खान टिजरको शुरुवात सँगै बलिउडका चर्चित नायिका कट्रिना कैफको तस्बिर अंकित टिसर्ट, कालो ज्याकेट र जिन्समा गम्सा बेरेर स्टेजमा प्रवेश गर्छन् । चारैतिर हुटिङ र सँगै तालीको गडगडाहट हुँदा सलमान खान स्टेजमा देखिन्छन् अनि सुरु हुन्छ असली कथा । तर इद मुबारक भन्दै गर्दा शाहरुख खान सलमानको शरिर माथि चढेर चुम्मा लिएसँगै टिजर समाप्त हुन्छ । दर्शक अझै केही बाँकी छ कि भनेर हेर्न बाध्य हुन्छन् । तर टिजर यत्ति हो ।

अचम्म : आलियाको एउटै गीतमा १ सय ७५ पटक कपडा चेन्ज

युवापुस्तामा चर्चित बलिउड नायिका आलिया भट्टले एउटै गीतमा १ सय ७५ पटक कपडा परिवर्तन गरेकी छिन् । उनले आफ्नो नयाँ चलचित्र ‘राजी’को ‘मुड के न देख दिलबरो’ बोलको गीतमा १ सय ७५ पटक कपडा परिवर्तन गरेकी हुन् ।

उक्त चलचित्रमा जासूसको भूमिका निभाएकी उनले पाकिस्तानी युवासँग बिहे गरेर भारतका लागि पाकिस्तानमा जासुसी गर्ने रोलमा छिन् । सोही क्रममा रिलिज गरिएको उक्त गीतमा बाबु र छोरीको संवेदना देखाइएको छ । यो गीतको बारेमा चर्चा गर्दै आलियाले गीतको सुटिङका क्रममा एक सय ७५ पटकभन्दा बढि बिदाईको पहिरन फेर्नु परेको अभिव्यक्ति दिएकी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*