मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका

१७ असार २०७६, मंगलवार १६:५७
Featured Video Play Icon

चन्द्र घलान, १७ असार । ईन्टरनेट दुनियाँको बादशाह गुगलको स्वामित्वमा रहेको युट्युब दुःख गर्ने र धैर्यता गर्न सक्नेहरुका लागि अवसरको ढोका हो । युट्युबले सँस्थागत रुपमा विश्वका धेरै नागरिकलाई जागिर मात्र दिएको छैन यसले दुःख गरेर भिडियो बनाउने र धैर्य गर्न सक्नेहरुका लागि अवसरका ढोकाहरु समेत खोलिदिएको छ । युट्युबमा युट्युब च्यानल बनाएर भिडियो अपलोड गर्दै आफ्नो जीवनको गुजारा समेत चलाउन सकिने अवस्था अहिले छ । तर यसका लागि बाटो सजिलो छैन । पहिलो कुरा त यसबाट आँखा झिमिक्क गरेको जसरी पैसा कमाउन सकिँदैन अनि यसले करोडपति र अरबपति बन्न केहीलाई मात्र सहयोग गर्न सक्छ । हो युट्युबमा वर्षौँको लगानी आवश्यक छ । यसै सन्दर्भमा ल्यापटप वा डेस्कटप कम्प्युटर नभएता पनि मोबाईलबाट नै युट्युबको मज्जा लिन र यसैबाट केही आमदानीको श्रोत समेत जुटाउन सम्भव छ । हामीले यस भिडियोमा मोबाईलबाट युट्युब च्यानल कसरी खोल्ने भन्ने विषयमा जानकारी दिएका छौँ । यो भिडियो हेरेर तपाई पनि नयाँ युट्युब च्यानल बनाउन सक्नुहुन्छ । यो भिडिणे विशेषगरी भर्खरै युट्युब सिकिरहनुभएको साथीहरुका लागि तयार पारिएको हो । हेरौँ पुरा भिडियो–


कसरी बनाउने च्यानल ?

युट्युब च्यानल बनाउन तपाईसँग एउटा जिमेल आईडी हुनु जरुरी छ । जिमेल आईडी कसरी बनाउने भन्ने बारेमा हामीले यस अघि नै भिडियोहरु तयार पारिसकेका छौँ, ती भिडियोहरुलाई तपाई हेरेर जिमेल आईडी बनाउन सक्नुहुन्छ । जिमेल आईडी बनाउनका लागि तपाई सर्वप्रथम कुनै मोबाईल ब्राउजरको सहयोग लिन सक्नुहून्छ । अथवा सिधै मोबाईलबाट युट्युब एपको प्रयोग गर्न सक्नुहुनेछ । तपाईले क्रोम, फायरफक्स, ओपेरा लगायतका ब्राउजरहरुको प्रयोग गर्दा एड्रेस बारमा गएर जततउकस्ररधधध।थयगतगदभ।अयmर टाईप गरेर युट्युब च्यानल बनाउन सक्नुहुनेछ । तर सजिलोका लागि यहाँ तपाईलाई युट्युब एपबाटै युट्युब च्यानल खोल्ने तरिकाको बारेमा चर्चा गरिएको छ । कुनै पनि एण्ड्रोईड मोबाईलमा युट्युबको एप पहिले नै इन्स्टल भएको हुन सक्छ । तर यदि तपाईसँग त्यो एप छैन भने गुगल प्ले स्टोर वा एप्पल स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ । यसरी युट्युब एप प्राप्त भइसकेपछि तपाईले युट्युब एपमा क्लिक गर्नुहोस् ।

युट्युब एपमा क्लिक गरिसकेपछि युट्युब खुल्छ र त्यहाँ तपाईले विभिन्न भिडियोहरु देख्न सक्नुहुनेछ । त्यसपछि तपाईले सबैभन्दा माथि दायाँतर्फ एउटा सर्च गर्ने र एउटा म्यान बटन (मान्छ जस्तै आईकन) देख्न सक्नुहुनेछ । त्यसपछि ‘साईन ईन’ भन्ने अप्सन तपाईले त्यहाँ देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गरेपछि यदि तपाईले कुनै जिमेलबाट युट्युबमा साईन ईन गर्नु भएको छ भने त्यहाँ तुरुन्तै लग ईन देखाउँछ तर तपाईले लग आउट गर्नुभएको छ भने त्यहाँ ईमेलहरुको लिष्ट देखाउँछ । तर कुनै पनि एकाउण्टबाट लग ईन (साईन ईन) गर्नु भएको छैन भने भिडियोमा देखाएको जस्तै गरी ‘एड एकाउन्ट’ भन्ने अप्सन आउँछ । त्यसमा क्लिक गरेपछि ‘ईमेल अर फोन’ भन्ने ठाउँमा तपाईले तपाईको ईमेल आईडी राखेर ‘नेक्स्ट’ मा क्लिक गर्नुपछ । त्यसपछि ‘ईन्टर योर पासवर्ड’ भन्ने अप्सनमा उक्त जिमेल आईडीको पासवर्ड हाल्नुपर्छ र नेक्स्टमा क्लिक गर्नुपर्छ ।

यसरी क्लिक गरेपछि तपाईले गुगलको सर्भिस टर्म देख्नुहुनेछ । तपाईले त्यसको मुनी रहेको ‘आई अग्री’ भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । त्यसपछि तपाई ‘ब्याक अप एण्ड स्टोरेज’ भन्ने अप्सनमा पुग्नुहुनेछ । तपाईको गुगल एक्टीभिटिलाई सबैलाई स्टोर गर्नका लागि तपाईले त्यहाँ स्लाईटर बटनलाई अन गर्न सक्नुहुन्छ तर यसलाई जे छ उस्तै छोडिदिनुभएपनि हुन्छ । त्यसपछि तल रहेको ‘एसेप्ट’ बटनमा क्लिक गर्नुपर्छ । एसेप्ट बटनमा क्लिक गरेपछि तपाईको एक चरणको कार्य सफल हुन्छ त्यसपछि तपाई पूनः युट्युवमै पुग्नुहुन्छ । त्यसपछि भने तपाईले सुरुमा मान्छे जस्तो देखिने आईकनमा तपाईको जिमेलमा राख्नुभएको नामको अगाडिको अक्षर र सर्च गर्ने ठाउँका साथै एउटा भिडियोको आईकन पनि देख्नुहुन्छ । त्यसपछि तपाईले उक्त तपाईको नामको अक्षर देखाएको ठाउँमा क्लिक गर्नुहोस् । त्यसपछि एकाउन्ट भन्ने अप्सनमा तपाईको जिमेलको नाम र जिमेल आईडी लगायतका विभिन्न कुराहरु देख्नुहुन्छ ।

त्यसपछि तपाईँले ‘योर च्यानल’ मा क्लिक गर्नुपर्छ । त्यसरी क्लिक गरेपछि ‘युज युट्युब एज’ भन्ने अप्सन आउँछ । त्यहाँ तपाईले तपाईको नाम र थर देख्नुहुन्छ अथवा तपाईले जिमेलमा राख्नुभएको नाम र थर देख्नुहुनेछ । त्यसपछि तपाईले त्यही नाममा युट्युब च्यानल चलाउन सक्नुहुन्छ अथवा तपाईले त्यो नाम र थरको ठाउँमा तपाईले राख्नचाहानुभएको युट्युब च्यानलको नाम राख्न सक्नुहुन्छ । अथवा तपाईले यसलाई पछि च्यानल बनाएपछि पनि सेटिङबाट परिवर्तन गर्न सक्नुहुन्छ । तपाईको युट्युब च्यानलको नाम राखिसकेपछि ‘क्रियट च्यानल’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईको युट्युब च्यानल बनिसक्छ । र त्यहाँ तपाईले राख्नुभएको नाम सहित सेटिङको अप्सन र नो सब्स्क्राईबर लेखिएको समेत देख्नुहुनेछ । त्यस्तै तपाईले ‘क्रियट अ भिडियो’ भन्ने अप्सन देख्नुहुन्छ र त्यहाँबाट तपाईले भिडियो अप्लोड गनुसक्नुहुनेछ । साथै सेटिङबाट तपाईले च्यानलको सेटिङ पनि गर्नसक्नुहुनेछ । त्यहाँ तपाईले च्यानलको नाम र डिस्क्रिप्सन देख्नुहुन्छ । ‘एड अ डिस्क्रीप्सन’ भन्ने अप्सनमा तपाईको च्यानलको बारेमा लेख्नसक्नुहुनेछ । त्यस्तै तपाईले लाईक गरेका भिडियो, सब्स्क्राईब गर्नुभएको च्यानल वा प्ले लिस्टहरुलाई प्राईभेट राख्ने कि नराख्ने भन्ने अप्सनलाई पनि तपाई आफ्नो आवश्यकता अनुसार सेटिङ गर्न सक्नुहुन्छ ।

यो पनि हेर्नुहोस्

कम्प्युटर डेस्कटप वा ल्यापटपबाट युट्युब च्यानल खोल्ने तरिका


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*