तामाङ चलचित्र ‘बज्र’ को ट्रेलर सार्वजनिक

१७ असार २०७६, मंगलवार ११:५९

मकवानपुर, १७ असार । सर्लाही समूहको सातौँ प्रस्तुतिका रुपमा निर्मित तामाङ भाषाको चलचित्र ‘बज्र’ को ट्रेलर सार्वजनिक भएको छ । जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत सोमाबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरलाई सार्वजनिक भएको २४ घण्टा नपुग्दै ३ हजारभन्दा बढी भ्युज प्राप्त भएको छ । ट्रेलरमा एक्सन र प्रेमलाई प्राथमिकतामा राखिएको छ ।

जिम्बा फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा कृष्ण लामा, सङ्बो लामा, कृति स्याङ्तान, भूमि मोक्तान, पुसन लामा, दिनेश थोकर, तिर्थ लामा, सुनलाल वाईबा लगायतका कलाकारहरुको अभिनय रहेको छ । कृष्ण लामाको कथा तथा लेखनमा तयार भएको चलचित्रलाई निमा लामा तामाङले निर्देशन गरेका हुन् । चलचित्रमा सङ्बो लामा, दिलकुमार घ्लान तामाङ, जगतबहादुर स्याङ्तान र मंगलीमाया स्याङ्तानले लगानी गरेका छन् । विश्वास भण्डारीको छायाँकन तथा सम्पादन रहेको चलचित्रमा सुरज श्रेष्ठको द्वन्द रहेको छ । चलचित्रलाई सूर्य लामाले कलरिङ गरेका छन् ।

चलचित्रका गीतहरु निमा लामा तामाङको शब्द तथा सँगीतमा तयार भएको हो । त्यस्तै गीतमा विशाल काल्तान, शुभ लामा र निर्मला घिसिङले आवाज दिएका छन् । चलचित्रमा सुनलाल वाईबाको कोरियोग्राफी हेर्न सकिन्छ । कलाकारहरुलाई अदिप कुलुङ राईले सजाएका छन् । हेर्नुहोस् चलचित्रको ट्रेलर–

यो पनि हेर्नुहोस्

कम्प्युटर डेस्कटप वा ल्यापटपबाट युट्युब च्यानल खोल्ने तरिका

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

नेपाली युट्युब ट्रेण्डिङमा कब्जा जमाएका २ भारतीय चलचित्रहरु
नेपालमा भारतीय चलिचत्रको ठूलो बजार रहेको छ । यस तथ्यलाई कसैले नकार्न सक्ने अवस्था समेत छैन । हिन्दी फिल्म रिलिज हुँदा नेपालका सिङ्गलदेखि मल्टीप्लेक्स हलहरुमा देखिने दर्शकको भिडले समेत यही संकेत गर्छ । त्यतिमात्र होईन नेपालमा हिन्दी सिरियलको दबदबा पनि उत्तिकै छ । पछिल्लो प्रमाणका रुपमा युट्युब ट्रेण्डिङलाई आधार बनाउन सकिन्छ । अधिकांश समय नेपाली युट्युब ट्रेण्डिङमा हिन्दी फिल्मले कब्जा जमाउने गर्छ । यस सामाग्रीमा हामीले कुनै समय नेपाली युट्युब सर्भरमा पहिलो, दोस्रो र तेस्रो नम्बरमा नै कब्जा जमाउन सफल २ हिन्दी चलचित्रहरुका बारेमा चर्चा गरेका छौँ । भिआईपी–२ लल्कार र हिन्दी चलचित्र सञ्जुको ट्रेलर र गीतले कुनै समय एकैपटक ट्रेण्डिङ कब्जा गरेको थियो ।

युट्युब ट्रेण्डिङमा हिन्दी र नेपाली गीतको टक्कर

नेपाली युट्युब सर्भरमा आजभोलि हिन्दी गीत र नेपाली गीतहरुको घम्साघम्सी नै पर्छ । कहिले हिन्दी गीतको म्यूजिक भिडियोले नेपाली म्यूजिक भिडियोलाई पछार्छ त कहिले नेपाली गीतले हिन्दी गितलाई निकै तल झारिदिन्छ । यो सामाग्री तयार पार्दाको समयमा पनि नेपाली युट्युब सर्भरमा एक नेपाली र अर्को हिन्दी गीतको म्यूजिक भिडियोको निकै नै घम्साघम्सी भईरहेको छ । ती गीतहरु हुन्– सञ्जीव पराजुलीको ‘सोचमा’ र हिन्दी चलचित्र स्टुडेन्ट अफ दि इयर २’ को गीत हुकअप ।

युट्युब ट्रेण्डिङमा परेका ७ चलचित्रहरु (भिडियो सहित)

युट्युबको नेपाल भर्सनमा कयौँ चलचित्रहरु ट्रेण्डिङ पर्ने गरेका छन् । नेपाली चलचित्रको तुलनामा हिन्दी र साउथ भर्सन चलचित्रहरु छिटो र धेरै रिलिज हुने कारणले गर्दा हरेक दिन युट्युबमा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा पर्ने गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा पनि युट्युबमा ७ वटा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा छन् । ती चलचित्रहरुको बारेमा यहाँ भिडियो सहित चर्चा गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*