कान्छोलाई देखेपछि मोडल पूर्णिमा लामा भुतुक्कै (भिडियो)

१५ असार २०७६, आईतवार १३:२५

मकवानपुर, १५ असार । चर्चित गायिका सृजना स्याङ्तानको ‘कान्छो’ बोलको गीतलाई दर्शकहरुले रुचाएका छन् । यो सामाग्री तयार पार्दाको समयमा यस गीतको म्युजिक भिडियोलाई ६० हजारभन्दा बढी पटक हेरिएको छ । जिग्मे मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्यूजिक भिडियोमा चर्चित कलाकार कुमार मोक्तान र पूर्णिमा लामा थोकरको अभिनय रहेको छ । म्यूजिक भिडियोमा पूर्णिमा वेटर र कुमार चर्चित व्यक्तित्वका रुपमा देखिएका छन् ।

म्युजिक भिडियोलाई थप रोमाञ्चक बनाइएको छ । म्युजिक भिडियोमा कुमारलाई देखेपछि पूर्णिमा रोमान्टिक मुडमा आउँछिन् । अनि प्रेमआलापमा भिडियो अगाडि बढ्छ । गीतको भिडियोमा अगाडि के हुन्छ त्यसका लागि भने तपाईले भिडियो नै हेर्नुपर्ने हुन्छ । दिपेश प्रधानको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्यूजिक भिडियोलाई सूर्य लामाले निर्देशन र सम्पादन गरेका छन् । बज्र ङ्यासुरको छायाँकन रहको म्यूजिक भिडियोलाई सुनिल घतानीले कोरियोग्राफ गरेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोमा १ हजार ३ सयभन्दा बढी लाईक गरिएका छन् । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

गाउँपालिका अध्यक्ष सर्केश घलान यसरी गर्छन् जनताको काम

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

युट्युब ट्रेण्डिङमा परेका ७ चलचित्रहरु

युट्युबको नेपाल भर्सनमा कयौँ चलचित्रहरु ट्रेण्डिङ पर्ने गरेका छन् । नेपाली चलचित्रको तुलनामा हिन्दी र साउथ भर्सन चलचित्रहरु छिटो र धेरै रिलिज हुने कारणले गर्दा हरेक दिन युट्युबमा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा पर्ने गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा पनि युट्युबमा ७ वटा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा छन् । ती चलचित्रहरुको बारेमा यहाँ भिडियो सहित चर्चा गरिएको छ ।

१) ड्यासिङ सिएम भरत–साउथ सुपरस्टार महेश बाबुको चलचित्र नेपाली युट्युब ट्रेण्डिङमा परेको छ । ‘भरत अने नेनु’ को हिन्दी भर्सन ‘ड्यासिङ सिएम भरत’ यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ । चलचित्रमा महेश बाबुसँगै प्रकाश राज, सरथ कुमार, रवि शंकर, सितारा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई ८ करोड ४८ लाख ५ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा १ लाख ६१ हजार लाईक र ७ हजार डिसलाईकहरु गरिएका छन् । चलचित्रमा ७ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।

२) आर.एक्स १००– युट्युब ट्रेण्डिङमा परेको दोस्रो चलचित्र पनि साउथ ईण्डियन चलचित्र हो । आर.एक्स १०० नामक यस चलचित्र युट्युब ट्रेण्डिङको दशौँ नम्बरमा छ । कार्तिकेयको मूख्य भूमिका रहेको चलचित्रमा पायल राजपुत पनि छन् । यो सामाग्री तयार पार्दासम्मको समयमा यस चलचित्रलाई १ करोड ९६ हजारभन्दा बढि पटक हेरिएको छ । चलचित्रमा ९७ हजार लाईक र ७ हजार डिसलाईक गरिएका छन् । चलचित्रमा ६ हजारभन्दा बढी कमेन्ट गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।

३) जुर्माना– युट्युब ट्रेण्डिङको १६ औँ नम्बरमा रहेको जुमार्ना तेलुगु चलचित्रको हिन्दी भर्सन हो । सर्वानन्द, लावण्य त्रिपाठी लगायतको अभिनय रहेको यस चलचित्रलाई चन्द्र मोहनले लेखन निर्देशन गरेका हुन् । तेलुगु भाषामा यो चलचित्रको टाईटल राधा रहेको छ । चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा ७२ लाख ४५ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ६३ हजार लाईक र ५ हजारभन्दा बढी डिसलाईक गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।

४) रअ अफिसर– युट्युब ट्रेण्डिङको ३२ औँ स्थानमा रहेको यो चलचित्रमा भिजय, समान्था, एमी ज्याक्सन लगायतका कलाकारहरुको अभिनय रहेको छ । हिन्दीमा डब गरिएको यस चलचित्रलाई ७३ लाख ५७ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ३३ हजार लाईक र करिब ५ हजार डिसलाईक गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।

५) डिस्को राजा– युट्युब ट्रेण्डिङको ३७ औँ स्थानमा रहेको यो चलचित्र तमिल चलचित्र ‘भेल्लाईनु भन्थुट्टा भेल्ला करण’ को हिन्दी डब भर्सन हो । चलचित्रमा विष्णु विशाल, निक्की गल्रानी, सुरी, रोबो शंकर लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई ६७ लाख ३९ हजार भन्दा बढीपटक हेरिएको छ । त्यस्तै ५२ हजार लाईक र करिब ६ हजार डिसलाईक गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।

६) थन्डर– युट्युब ट्रेण्डिङको ३८ औँ स्थानमा रहेको यो चलचित्र साउथको हिन्दी डब भर्सन हो । चलचित्रमा आर.के., नितुचन्द्रा, इनिया लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई १ करोड ८२ हजार भन्दा बढीपटक हेरिएको छ । त्यस्तै ४४ हजार लाईक र करिब ९ हजार डिसलाईक गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।

७) डन ३– युट्युब ट्रेण्डिङको ४७ औँ स्थानमा रहेको यो चलचित्र साउथको हिन्दी डब भर्सन हो । चलचित्रमा प्रभास, अनुष्का सेठ्ठी, नमिथा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई १ करोड ४२ लाख ७ हजार भन्दा बढीपटक हेरिएको छ ।

तामाङ चलचित्र ‘ए बिना’ को वियोगान्त गीत सार्वजनिक

तामाङ कथानक चलचित्र ‘ए बिना’ को वियोगान्त गीत सार्वजनिक भएको छ । ‘अधुरो ताजी’ बोलको गीतमा प्रेम वियोगको भावलाई समावेश गरिएको छ । आफ्नो प्रेमी–प्रेमिकासँग भएको बिछोडमा विक्षिप्त भएको प्रेमिल जोडीको कथा गीतमा समावेश छ । डम्फु मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गीतलाई सार्वजनिक भएको थोरै समयमा नै करिब २ हजार पटक हेरिएको छ ।

विशाल थिङ र बबिता पाख्रीनको सुमधुर आवाज तयार भएको गीतमा विशाल थिङकै शब्द र संगीत छ । संगीत फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा वसन्त लामा स्याङ्तान, सुष्मा मोक्तान, विजय तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । निरज लामा, बसन्त लामा र धनबहादुर तामाङको निर्माणमा बनेको चलचित्रलाई विजय तामाङले निर्देशन गरेका हुन् । सन्तोष पिथकोटे मगर र निरोज लामाको सिनेम्याटोग्राफी रहेको चलचित्रमा विजय तामाङले कोरियोग्राफी सम्हालेका छन् ।

तामाङ चलचित्र ‘ए बिना’ को दुई गीत सार्वजनिक

तामाङ कथानक चलचित्र ‘ए बिना’ को दुई वटा गीतहरु सार्वजनिक गरिएको छ । चलचित्रका ‘अधुरो ताजी’ र ‘एला माया ताबा’ बोलको गीतहरु सार्वजनिक गरिएको हो । डम्फु मिडियाको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको दुई गीत मध्ये अधुरो ताजी वियोगान्त गीत र ‘एला माया ताबा’ बोलको गीत रोमान्टिक जेनरका छन् ।

सार्वजनिक भएको दुबै गीतमा विशाल थिङ र बबिता पाख्रिनको आवाज समावेश गरिएको छ । दुबै गीत विशाल थिङकै शब्द संगीतमा तयार भएको हो । ‘अधुरो ताजी’ बोलको गीतमा प्रेम वियोगको भावलाई समावेश गरिएको छ । आफ्नो प्रेमी–प्रेमिकासँग भएको बिछोडमा विक्षिप्त भएको प्रेमिल जोडीको कथा गीतमा समावेश छ । उक्त गीतलाई सार्वजनिक भएको थोरै समयमा नै करिब २ हजार पटक हेरिएको छ । त्यस्तै एला माया ताबा बोलको गीतलाई ४ हजारभन्दा बढी पटक हेरिएको छ ।

संगीत फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा वसन्त लामा स्याङ्तान, सुष्मा मोक्तान, विजय तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । निरज लामा, बसन्त लामा र धनबहादुर तामाङको निर्माणमा बनेको चलचित्रलाई विजय तामाङले निर्देशन गरेका हुन् । सन्तोष पिथकोटे मगर र निरोज लामाको सिनेम्याटोग्राफी रहेको चलचित्रमा विजय तामाङले कोरियोग्राफी सम्हालेका छन् ।

यस्तो बन्यो तामाङ चलचित्र ‘ए बिना’ को ट्रेलर

तामाङ कथानक चलचित्र ‘ए बिना’ (तिमी बिना) को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर हेर्दा यो चलचित्रले त्रिकोणात्मक प्रेमकथाको विषयलाई उठान गरिएको देखिएको छ । साथै दुबईमा समेत छायाँकन गरिएकोले चलचित्रले वैदेशिक रोजगारको समेत विषय उठान गरेको देखिएको छ ।

विजय तामाङको कथा, निर्देशन, स्क्रिनप्ले र कोरियोग्राफी रहेको चलचित्रलाई सन्तोष पिथकोठे मगरले खिचेका हुन् । चलचित्रमा राजु किराँतको द्वन्द रहेको छ । संगीत फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा वसन्त लामा स्याङ्तान, सुष्मा मोक्तान, विजय तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । निरज लामा, बसन्त लामा र धनबहादुर तामाङको निर्माणमा चलचित्र बनेको हो । सार्वजनिक भएको ट्रेलरलाई यो सामाग्री तयार पार्दाको समयमा करिब २ हजार पटक हेरिएको छ ।

यस अघि नै चलचित्रका दुई वटा गीतहरु सार्वजनिक गरिसकिएको छ । चलचित्रका ‘अधुरो ताजी’ र ‘एला माया ताबा’ बोलको गीतहरु सार्वजनिक गरिएको हो । डम्फु मिडियाको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको दुई गीत मध्ये अधुरो ताजी वियोगान्त गीत र ‘एला माया ताबा’ बोलको गीत रोमान्टिक जेनरका छन् । सार्वजनिक भएको दुबै गीतमा विशाल थिङ र बबिता पाख्रिनको आवाज समावेश गरिएको छ । दुबै गीत विशाल थिङकै शब्द संगीतमा तयार भएको हो । ‘अधुरो ताजी’ बोलको गीतमा प्रेम वियोगको भावलाई समावेश गरिएको छ । आफ्नो प्रेमी–प्रेमिकासँग भएको बिछोडमा विक्षिप्त भएको प्रेमिल जोडीको कथा गीतमा समावेश छ । उक्त गीतलाई सार्वजनिक भएको थोरै समयमा नै करिब ६ हजार पटक हेरिएको छ । त्यस्तै एला माया ताबा बोलको गीतलाई १० हजारभन्दा बढी पटक हेरिएको छ ।

५ तस्बिरमा एलिशा राई (फोटो फिचर)

एलिशा राई, नेपाली कला क्षेत्रमा चर्चित नाम हो । सन् १९९६ जनवरी ५ मा जन्मिएकी एलिशालाई नेपाली कला क्षेत्रमा निकै नै रुचाईएको छ । उनले अभिनय गरेका चलचित्रदेखि म्यूजिक भिडियोहरु निकै नै चर्चामा छन् । ५ फिट २ ईञ्च अग्ली एलिशाले आफुलाई कलाकार, नृत्याङ्गना र मोडलका रुपमा आफुलाई चिनाउन सफल भएकी छिन् । हाल काठमाडौँमा बसोबास गर्दै आएकी उनले राई भाषाको चलचित्र ‘बिनायो’ मार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन् ।

उनले युनाईटेड ट्यालेन्ट हन्ट २०१५ को उपाधि समेत जितेकी छिन् । चलचित्र ‘लुट २’ मा अभिनय गरेसँगै उनको चर्चा चुलियो । चलचित्रको ‘ठमेल बजार’ बोलको गीतले उनलाई थप उचाई प्राप्त गर्न सहज तुल्यायो । गायन र नृत्यमा रुचि राख्ने एलिशा यो कुरा गोप्य, भुन्टी लगायतका कयौँ म्यूजिक भिडियोहरु चर्चामा छन् । काठमाडौँमा जन्मिएकी उनी काठमाडौँको कपन बुढानिलकण्ठवासी हुन् । उनले युनाईटेड एकेडेमी ललितपुर र कान्तिपुर इङ्गलिस हाई स्कुलमा अध्ययन गरेकी हुन् । उनी आफ्ना आमाबुवाका एक्ली सन्तान हुन् । तस्बिरहरु माथिको लिंकमा हेर्न सकिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*