मकवानपुरे युवा व्यवसायी रोशन ढकालद्वारा वृद्धाश्रममा सहयोग

१४ असार २०७६, शनिबार २१:४८

मकवानपुर, १४ असार । मकवानपुरका युवा व्यवसायी रोशन ढकालले आफ्नो जन्मदिनको अवसर पारेर शनिबार हेटौँडामा रहेको बृद्धाश्रममा सहयोग गरेका छन् । पछिल्लो समय जन्मदिनको अवसरमा फजुल खर्च गर्ने परम्परा बढिरहेका भएता पनि युवा व्यवसायी ढकालले भने जन्मदिनको नाममा अनावश्यक खर्च नगर्ने निर्णय गर्दै वृद्धाश्रममा सहयोग गरेका हुन् ।

आफ्नो जन्मदिनको अवसरमा ढकालले हेटौँडा उप–महानगरपालिका वडा नम्बर २ मा रहेको ओम बृद्धाश्रममा खाद्यान्न सामाग्री सहयोग गरेका छन् । परिवारसंगै बृद्धाश्रम पुगेका ढकालले चामल, दाल, औँषधी, बिस्कुट लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । वि.सं. २०४८ सालमा बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १४ रजघट्टामा जन्मिएका ढकाल सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।

लामो समयदेखि सामाजिक कार्य गर्दै आएको यस फाउण्डेशन अफ नेपालका उपाध्यक्ष समेत हुन् । उनी मकवानपुरको हेटौँडामा युवा व्यवसायीको रुपमा परिचित छन् । उनी बुबा बलबहादुर र आमा चन्द्र कुमारीको कान्छो छोरा हुन् ।

यो पनि हेर्नुहोस्
मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘बाबु कान्छा’ युट्युब ट्रेण्डिङमा,हेर्नुहोस् पुरा चलचित्र

केही दिन अघि मात्र सार्वजनिक गरिएको नेपाली कथानक चलचित्र ‘बाबु कान्छा’ युट्युब ट्रेण्डिङमा परेको छ । सलोन सलिना फिल्मस् ब्यानरमा निर्मित चलचित्रमा सलोन बस्नेत, करिष्मा श्रेष्ठ, रितिक शाही, सरोज खनाल, निर शाह, सम्राट सापकोटा, राजाराम पौडेल, लय सग्रौँला, मञ्जु पौडेल, सुशान्त कुमार श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र मार्फत ज्योत्सना महर्जन र अस्लिन ज्ञवालीले पनि डेब्यु गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई १० लाख ८० हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा २० हजार लाईक र १ हजार ३ सय डिसलाईकहरु गरिएका छन् । त्यस्तै १ हजार ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रलाई बुढासुब्बा डिजिटलले युट्युब मार्फत सार्वजनिक गरेको हो । चलचित्रका गीतहरुमा सुशिल पंगेनी र सुन्दर श्रेष्ठको शब्द रहेको छ । टंक बुढाथोकीको संगीतमा गीतहरु तयार भएका छन् । बिराज गुरुङको निर्माणमा तयार भएको चलचित्रमा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माता रहेका छन् । त्यस्तै रवि अधिकारीले कार्यकारी निर्माण सम्हालेका छन् ।

बाबु श्रेष्ठको छायाँकन रहेको चलचित्रका लेखक, निर्देशक तथा निर्माता शोभित बस्नेत हुन् । मुख्य सहायक निर्देशकका रुपमा गणेश बर्तौला र आरजे प्रणवले काम गरेका छन् । चलचित्रलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् । अष्ट महर्जनको द्वन्द समावेश चलचित्रमा शोभित बस्नेत, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सीनाको कोरियोग्राफी रहेको छ ।

तामाङ चलचित्र ‘ङ्हो’ को विशेष प्रदर्शनमा यस्तो भयो (भिडियो)

तामाङ चलचित्र ङ्हो (भाग्य) को गएको हप्ता बैशाख ७ गते शनिबार विशेष प्रदर्शन गरिएको थियो । काठमाण्डौंको राष्ट्रिय सभागृहमा प्रदर्शन गरिएको चलचित्रमा तामाङ समुदायको कथा छ । भुवन स्याङ्बो तामाङको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको चलचित्रलाई सुर्य लामाले खिचेका हुन् । सुनिमाया तामाङको निर्माणमा बनेको चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा जिग्मे मिडियाले लिएको छ । हेर्नुहोस् भिडियो–

चलचित्रमा आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनामले अभिनय रहेको छ । नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामाको छायांकन हेर्न सकिने चलचित्रमा राजु तामाङले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रका गीतहरुमा टिका बम्जन, सागर एस वाइबा, आरम्भ तामाङ र जितु लोप्चनको आवाज रहेको छ । चलचित्र ‘ङ्हो’ फापरे फिल्मस् प्रालिको तेस्रो प्रस्तुति हो । चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई प्रयोग गरिएको बताइएको छ । धादिङको गंगाजमुना गाउँपालिका, लताव, धुसेनी, तावल, काठमाडौंका केही भाग र सिन्धुपाल्चोकको गुफाडाँडा लगायतको स्थानमा चलचित्रको छायांकन गरिएको हो ।

खाजा खाने समयमा सम्झनालाई सम्झँदा थप्पड (भिडियो)

यस भिडियोमा हेटौँडाका युवाहरुले तयार पारेको कमेडी क्लिप्सलाई प्रस्तुत गरिएको छ । राजु घलानको परिकल्पनामा तयार भएको भिडियोलाई सुवाश लामाले सम्पादन गरेका हुन् । सानुकान्छा घलान र राजु घलानको अभिनय रहेको यो भिडियो हेरेर तपाई पनि हाँस्नुहोस् ।

नेपालकै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा

मकवानपुरको हेटौँडामा गएको फागुनमा सम्पन्न ‘राष्ट्रिय औद्योगिक व्यापारमा मेला’ मा सम्भवतः नेपालकै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा बनाएर फहराइएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको क्याम्पाडाँडा चौरमा भएको मेलामा ५१ फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको हो । त्यो झण्डा कस्तो थियो त ? हेरौँ भिडियो–

मेलाका अवसरमा आयोजित ‘जिपिएक्स हेटौँडा आईडल’ मा रुपक कालिराज विजयी भएका थिए भने मकवानपुरका दुई सञ्चारकर्मी भुवन घलान र पारु महराले समेत चर्चा बटुलेका थिए । दुई सञ्चाकर्मीमध्ये भुवन घलान फाईनल सम्म नै पुग्न सफल भएका थिए । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक थिए । मेलामा उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्ससँगै हरेक दिन चर्चित कलाकारहरुले प्रस्तुति दिएका थिए । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको थियो । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका थिए भने हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको थियो । उक्त मेलामा स्टन्ट देखाएकै कारण पाईलटको लाईसेन्स समेत धरापमा परेको थियो ।

युट्युब ट्रेण्डिङमा हिन्दी र नेपाली गीतको टक्कर

नेपाली युट्युब सर्भरमा आजभोलि हिन्दी गीत र नेपाली गीतहरुको घम्साघम्सी नै पर्छ । कहिले हिन्दी गीतको म्यूजिक भिडियोले नेपाली म्यूजिक भिडियोलाई पछार्छ त कहिले नेपाली गीतले हिन्दी गितलाई निकै तल झारिदिन्छ । यो सामाग्री तयार पार्दाको समयमा पनि नेपाली युट्युब सर्भरमा एक नेपाली र अर्को हिन्दी गीतको म्यूजिक भिडियोको निकै नै घम्साघम्सी भईरहेको छ । ती गीतहरु हुन्– सञ्जीव पराजुलीको ‘सोचमा’ र हिन्दी चलचित्र स्टुडेन्ट अफ दि इयर २’ को गीत हुकअप । दर्शक धेरै भएका कारण हिन्दी गीत हुकअपको भ्युज धेरै हुने नै भयो तर पनि थोरै माझ परिचित नेपाली भाषाको गीत ‘सोचमा’ ले हिन्दी गीत ‘हुकअप’ लाई ५ कदम पछाडि छाडेको छ । यो सामाग्री तयार पार्दाको समयमा ‘सोचमा’ युट्युब ट्रेण्डिङको पाँचौँ नम्बरमा र हिन्दी गीत ‘हुक अप’ दशौँ नम्बरमा छ । हुकअपले हिन्दी गीत भईकन पनि नेपाली युट्युब सर्भरमा कब्जा जमाउनु आफैमा सानो कुरा चाहिँ होईन । यसबाट नेपालमा हिन्दी गीतका श्रोता कति छन् भन्ने पनि थाहा पाईन्छ । सञ्जीव पराजुलीको आवाजमा सजिएको ‘सोचमा’ गीतलाई कमल खत्रीले शब्द दिएका छन् भने कम्पोज पनि उनैले गरेका छन् । रिकेश गुरुङको एरेञ्ज रहेको गीतमा प्रकाश मिश्रले मास्टरिङ गरेका छन् ।

गीतको म्युजिक भिडियोमा कार्टुन्ज क्रियुलाई फिचरिङ गरिएको छ । गीतमा कार्टुन्ज क्रियुका सरोज अधिकारीको परिकल्पना र निर्देशन रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन रहेको म्युजिक भिडियोमा लाक्पा डि लामाको सम्पादन र सह–निर्देशन रहेको छ । विकास ज्ञवालीको रंग समायोजन रहेको चलिचित्रमा अस्मिता राईले कलाकारहरुलाई सजाएका छन् । गीतको म्युजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ३ लाख ६२ हजार ८ सयभन्दा बढी पटक हेरिएको छ । गीतमा १६ हजार लाईक र ६ सयजति डिसलाईक गरिएका छन् । सञ्जीवकै अफिसियल युट्युब च्यानलबाट अपलोड भएको गीतको म्यूजिक भिडियोमा करिब ४ सय कमेन्टहरु गरिएका छन् ।

त्यस्तै ‘स्टुडेन्ट अफ दि इयर २’ आफैमा एक बहुप्रतिक्षित चलचित्र हो । त्यसकारण पनि यसको गीतको चर्चा धेरै छ । यस चलचित्रको प्रस्तुत गीत हुकअप पनि चर्चामा छ । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई २ करोड ६६ लाख १ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ३ लाख ६१ हजार लाईक र ५५ हजार डिसलाईक गरिएका छन् । गीतमा २४ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । जी म्यूजिक कम्पनीले बजारमा ल्याएको गीतमा नेहा कक्कर र शेखर राभ्जीअनीको आवाज समावेश छ । गीतलाई विशाल र शेखरले कम्पोज गरेका हुन् । कुमारको शब्द रहेको गीतलाई अभिजित नालानीले निर्माण गरेका हुन् । गीतमा वारेन मेन्डोन्साले गितार सम्हालेका छन् । गीतमा नायक टाईगर श्राफ र आलिया भटलाई फिचरिङ गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*