तामाङ चलचित्रको ईतिहासमा पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ पाउने चलचित्र

१२ असार २०७६, बिहीबार १४:५४

मकवानपुर, १२ असार । वि.सं. २०७५ भदौ महिना तामाङ चलचित्र क्षेत्रको लागि एउटा सुखद महिनाका रुपमा ईतिहासमा अंकित छ । किनभने त्यस महिनामा तामाङ कथानक चलिचत्रको ईतिहासमै पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गर्दै तामाङ कथानक चलचित्र ‘सेर्कु’ले ईतिहास रचेको थियो । नेपालमा बन्ने कतिपय तामाङ चलचित्रहरु सेन्सर बोर्डसम्म नपुग्ने र दर्ता नै नभएका कम्पनीले समेत निर्माण गरिरहेको अवस्थामा सेन्सर बोर्डबाटै पास गरेर युनिभर्सल सर्टिफिकेट पाउनु चानचुने कुरा थिए । २०७५ को भदौ ३० गते शनिबार राष्ट्रिय नाचघर जमलमा प्रिमियर गरिएको चलचित्रले एक दिन अगाडि यूनिभर्सल सर्टिफिकेट प्राप्त गरेको थियो ।

चलचित्रमा चाँदनी मोक्तान, ऋतुराज पाख्रिन, सुष्मा मोक्तान, सुष्मा थिङ, विकास स्याङ्तान, उर्मिला वाईबा, श्यामलाल योञ्जन, बैरागी मोक्तान, मुस्कान तामाङ, योगेश मोक्तान, किरण तामाङ, गोपीराम तामाङ र निमादावा रुम्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चर्चित नायिका चाँदनी मोक्तान लामो समयपछि चलचित्र क्षेत्रमा यसै चलचित्रमार्फत कमब्याक गरेका थिए ।

राजकुमार मोक्तानको निर्देशनमा तयार भएको चलचित्रमा ऋतुराज पाख्रिनको कथा, पटकथा रहेको छ । रोशन फ्युबा तामाङको कोरियोग्राफी रहेको चलचित्रलाई राजकुमार मोक्तान र सिदार्थ मोक्तानले निर्माण गरेका हुन् । चलचित्रमा पवन वाङको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रका गीतहरु जीवन बोम्जन र राजकुमार मोक्तानले लेखेका हुन् । गीतमा आर.बी. लामा सिङ्दान र राजकुमार मोक्तानको संगीत रहेको छ भने अमृत लामा, जितु लोप्चन र आर.बी. लामा सिङ्दानले गीतमा आवाज दिएका छन् ।

यो पनि हेर्नुहोस्

तरकारीवालीलाई लिएर आए लम्फू

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हेटौँडामा भएको ‘प्रथम थारु माघी महोत्सव’ मा यस्तो भयो (भिडियो भाग–१)

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित वासुदेव सभागृहमा मंगलबार ‘प्रथम थारु महोत्सव २०७५’ सम्पन्न भयो । थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी सभा, थारु महिला सभा र थारु युवा सभा मकवानपुरको संयुक्त आयोजना र विभिन्न संघ संस्थाहरुको सहयोगमा हेटौँडामा पहिलो पटक माघी महोत्सव मनाइएको हो । महोत्सवको हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन गरेका थिए । के–के भयो त उक्त मेलामा ? हेरौँ पहिलो भाग–

अशोक तामाङ र निर्मला घिसिङको ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक

मकवानपुरका चर्चित गायक अशोक तामाङको तामाङ भाषामा तयार पारिएको ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक भएको छ । गीतमा अशोक तामाङ र निर्मला घिसिङले आवाज दिएका छन् । कुमार स्याङ्बाको शब्द र निमा दोङको संगीतमा गीत तयार भएको हो । गीतको म्यूजिक भिडियोमा अभि लामा र सैना तामाङले अभिनय गरेका छन् । अभि लामाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोलाई सूर्य लामाले छायाँकन तथा निर्देशन गरेका हुन् । सार्वजनिक गीतको म्यूजिक भिडियोलाई अहिलेसम्म १२ हजारभन्दा बढी पटक हेरिएको छ ।

गायक तामाङले यो गीतलाई पनि श्रोता तथा दर्शकले रुचाउने अपेक्षा गरेको बताएका छन् । उनका अन्य गीतलाई पनि दर्शक श्रोताले रुचाएका थिए । उनका यस अघि नै मै विदेश जाँदा, हिमाल पारी गाउँ, मैच्याङ्नी मोरी, वैँशले लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।

सन्तोष लामाको म्यूजिक भिडियोमा मकवानपुरका फुर्बा दोर्जे र साबित्राको रोमान्स

नेपाली ताराको बिजेता बनेर थप चर्चामा आएका गायक सन्तोष लामाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामाको आवाजमा रहेको ‘बिर्सन म सक्दिन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा मकवानपुरका कलाकार फुर्बा दोर्जे मोक्तान तामाङ तथा चर्चित मोडल साबित्रा थिङले अभिनय गरेका छन् । नयाँ वर्ष सन् २०१९ को अवसर पारेर सार्वजनिक भएको म्यूजिक भिडियोमा फुर्बा दोर्जेसँगै साबित्राको अभिनय प्रशंसनीय छ ।

मायाप्रेमले भरिपूर्ण म्यूजिक भिडियोमा फुर्बा र सावित्राको जोडी निकै सुहाएको छ । साबित्रा र फुर्बाको अभिनय कौशल समेत भिडियोमा देखिएको छ । गीतमा रोशन भट्टराईको शब्दमा चर्चित संगीतकार न्ह्यु बज्रचार्य को संगीत छ । गायक सन्तोष लामाको एल्वम अक्षतामा उक्त गीत समावेश छ । मलेसियामा छायाँकन भएको म्यूजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन् । प्रवासमा रहेर पनि कलाकारिता क्षेत्रमा सक्रिय रहेका मकवानपुरे फुर्बाले दर्जनौ म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष समेत रहेका फुर्बा समाजसेवी पनि हुन् ।

प्रजिअ अस्मान तामाङले दिए ७२ वर्षीय चन्द्रज्योति भोलनलाई नागरिकता

मकवानपुरकी चन्द्रज्योति भोलनले ७२ वर्षमा नागरिकता प्राप्त गरेकी छिन् । पुर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १ की भोलनले बिहीबार नागरिकता पाएकी हुन् । बकैया गाउँपालिकाको पनि निकै विकट स्थानमा रहेको वडा नंबर १ महादेव डाँडामा बिहीबार भएको नागरिकता वितरण शिविरमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उनलाई नागरिकता वितरण गरेका हुन् । नागरिकता नपाउँदै मरिन्छकी भन्ने पिरमा बाँचीरहेकी उनको नागरिकता पाउने सपना पुरा भएको छ ।

नागरिकता दिन आएकोमा जनप्रतनिधि तथा प्रमुख जिल्ला अधिकारी तामाङलाई धन्यवाद समेत ब्यक्त गरिन् । प्रजिअ तामाङ सहितको प्रशासनको टोली, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे सहितको गाउँपालिकाको जनप्रतिनिधिहरुको टोली तथा जिल्ला निर्वाचन कार्यालय मकवानपुरको टोली बिहीबार शिविरको लागि बकैयामा पुगेको थियो । नागरिकता टोलीले बकैया १ का १ सय २७ जनालाई नागरिकता वितरण गरेको छ । त्यस्तै ९४ जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् । शुक्रबारसम्म सञ्चालन हुने शिविरमा ५ सय भन्दा धेरैले सेवा लिने अनुमान गाउँपालिकाले गरेको छ ।

सागर घिसिङ र मन्सु लामाको जोडी ‘पिरोमा रैछ’ मा यस्तो देखियो

तामाङ चलचित्र सहित नेपाली गीतका म्यूजिक भिडियोहरुमा अभिनय गरेर चर्चा कमाउन सफल नायक सागर घिसिङ र कलाकार मन्सु लामा अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक करण बम्जनको ‘पिरोमा रैछ’ बोलको गीतमा सागर र मन्सुको अनस्क्रिन रोमान्स निकै नै सुहाउँदो देखिएको छ । करण बम्जनको सुमधुर आवाजमा सजिएको गीतमा साङ्गे ब्लोन तामाङको शब्द र अभिषेक तामाङको संगीत सुन्न सकिन्छ । प्रतिक ङेसुरको कोरियोग्राफी र निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई विक्रम मोक्तानले खिचेका हुन् ।

राम्रो कथावस्तु सहित प्रशंसनिय निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सागर र मन्सुको प्रेमलाई सफल बनाउन अर्का कलाकार जीवन लामाले सघाउँछन् । म्यूजिक भिडियो दोस्रो भाग बन्ने तर्फ समेत म्यूजिक भिडियोले संकेत गरेको छ । युट्युबमा अपलोड भएको केही समयमा नै यस गीतको म्यूजिक भिडियोलाई ८ हजारभन्दा बढी पटक हेरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*