के तपाईका छोराछोरी शहरमा बसेर पढेका छन् त ? यो भिडियो हेर्नुहोस्

११ असार २०७६, बुधबार १६:५३
Featured Video Play Icon

हेटौँडा, ११ असार । हेटौँडाका युवाहरुले तयार पारेको लघु चलचित्र ‘वास्तब’ युवाहरुको कथावस्तुमा बनेको छ । लघु चलचित्र सस्पेन्सका साथै रोमान्टिक जेनरमा निर्माण भएको छ । विद्यालय तथा कलेजमा पढ्ने विद्यार्थीहरुको कुलत र यसले पार्ने असरका बारेमा चलचित्र केन्द्रित छ । आफ्ना अभिभावकबाट टाढा भएका विद्यार्थीहरुले कस्तो जीवन जिउँछन् र उनीहरुको दिनचर्याको गलत पाटो कस्तो हुन्छ भन्ने कुरा चलचित्रमा देखाइएको छ ।

हेटौँडा निवासी बिक्रम लुङ्वाको कथा लेखन तथा निर्देशनमा बनेको चलचित्र एस फिल्म्सको ब्यानरमा बनेको हो । चलचित्रमा मकवानपुरकै दिपक सापकोटा, बि.एन. धिताल, मुना मोक्तान, रामबाबु नेपाली र भोजराज श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सम्राज पाख्रिनको छायाँकन रहेको चलचित्रलाई बि.एन. धितालले निर्माण गरेका हुन् । चलचित्रलाई दिपक सापकोटाले सम्पादन गरेका हुन् ।

लघु चललचित्र हेटौँडाका चर्चित स्थानहरु पुष्पलाल स्मृति पार्क, नारायणी मल, लाली गुराँश होटल लगायतका क्षेत्रमा छायाँकन गरिएको छ । चलचित्रले हाल सहरमा बसेर अध्ययन गर्ने विद्यार्थीहरुको कथा बोेकेको कलाकार बि.एन. धितालले बताए । लघु चलचित्रले विद्यार्थीहरुलाई कुलतको बाटोमा लाग्न नदिन सचेत समेत गराउने कलाकार दिपक सापकोटाले बताए । हेर्नुहोस् चलचित्र–

गालामा चुप्प गरेपछि सबै ठिक हुन्छ

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

पल र आँचलको प्रेमयुद्ध, शत्रु गते चर्चाको शिखरमा
चर्चित अन स्क्रिन जोडी नायक पल शाह र नायिका आँचल शर्मा अभिनित नेपाली कथानक चलचित्र ‘शत्रु गते’ले अपेक्षित रुपमा व्यापार गर्दै दर्शकको मन जितेको छ । अफिसियल ट्रेलर सार्वजनिक हुनुपूर्व नै सर्वाधिक पर्खाई बन्न सफल भएको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले दुई दिनमा नै युट्युबको नम्बर वान ट्रेण्डिङमा पर्न सफल भएको थियो ।

प्रेमिकाले गाउँले भनेपछि सञ्जयले पारे सबैलाई चकित
यदि तपाईको प्रेमिकाले तपाईलाई गाउँले भनेर हेपिन् भने तपाईलाई कस्तो असर पर्छ ? अवश्य पनि पिडा महशुस हुन्छ नै तर आफ्नी प्रेमिकाले गाउँले भनेर हेपेपछि गायक सञ्जय मण्डलले प्रेमिकालाई नै चकित पारेको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक मण्डलको सार्वजनिक भएको नयाँ ‘गाउँले गाउँले नभन कान्छी’ बोलको गीतमा गाउँले भनेर हेला गरिएको प्रेमीले अन्तिममा प्रेमिकालाई नै चकित पारेको कथालाई समेटिएको छ । गायक मण्डलकै शब्द, संगीत र आवाजमा समेटिएको गीतको म्यूजिक भिडियोलाई अजय वाईबाले निर्देशन गरेका छन् ।

चर्चाको केन्द्रबिन्दुमा ‘तरकारीवाली

नेपाली कथानक चलचित्र ‘लम्फु’ को प्रदर्शन मिति नजिकिएसँगै चलचित्रकी नायिका कुशुम श्रेष्ठ ‘तरकारीवाली’ चर्चा सुरु भएको छ । अभिनय क्षेत्रमा आउनुपूर्व नै गाउँमा सामान्य तरकारी बेच्ने युवतीका रुपमा भाईरल भएकी उनको यो डेब्यू चलचित्र हो । बैशाख २८ गते प्रदर्शन मिति तोकिएको चलचित्रका गीतहरु समेत अहिले चर्चामा छन् । चलचित्रमा कुशुमसँगै सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी लगायतको अभिनय छ । भुपतिको कथा र पटकथामा निर्मित चलचित्रलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।

नेपालमा चर्चित ‘ऐश्वर्य’ दुबईमा च्यारिटी शो हुने
नेपालमा चर्चित बन्न सफल नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ यूएईमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनका लागि नायक रमेश उप्रेती, नायिका केकी अधिकारी, कलाकार निर्मल शर्मा र सन्दीप क्षेत्री समेत सहभागी हुने भएका छन् । एनआरएन यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोट्र्स एलएलसी यूएईको आयोजनामा नेपालका विभिन्न ८ जिल्लाहरुमा पुनः एक दिवसीय आकस्मिक प्राथमिक उपचार तालिमको सहयोग गर्ने उदेश्य सहित चलचित्रको प्रदर्शन हुन लागेको हो । तालिमका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक ओम उप्रेतीले मानव जीवनरक्षाका एकदमै उपयोगी तालिम भएका कारण समाजसेवा कार्यक्रम अन्तर्गत यो कार्यक्रमलाई निरन्तरता दिन चलचित्रको प्रदर्शन गरि सहयोग संकलन गर्न लागेको बताएका छन् ।

महा मानव गौतम बुद्धका बारेमा बनेका यी चलचित्र र भिडियो हेर्नुहोस्

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५६२ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्दै बौद्ध दर्शनको खोज–अनुसन्धान थालेका थिए । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो ।

बुद्ध सम्बन्धी धेरै सामाग्रीहरु युट्युबमा उपलब्ध छन् तर बुद्धकै बारेमा चलचित्र र टेलिसिरियलहरु भने नेपाली भाषामा भन्दा पनि हिन्दी भाषामा बढी बनेको देखिएको छ । तथापि भजन तथा बायोग्राफीहरु भने नेपाली भाषामा पनि प्रशस्त भेट्न सकिन्छ । हामीले आज बुद्ध सम्बन्धी केही धार्मिक चलचित्र, बुद्धका जीवनी समेटिएका चलचित्र र केही टेलिचलचित्रहरुका बारेमा लिंकसहित यो सामाग्री तयार पारेका छौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*