मकवानपुरे स्वस्तिका ढकालको लठ्ठै पार्ने आवाज (भिडियो)

११ असार २०७६, बुधबार १५:१२
Featured Video Play Icon

मकवानपुर, ११ असार । नेपालका चर्चित गायन रियालिटी शोहरुमध्येको एक ‘नेपाल आईडल’ को सिजन १ र सिजन २ मा आफ्नो आवाजको जादु छर्न सफल मकवानपुरे गायिका स्वस्तिका ढकाल साँगितिक क्षेत्रमा सक्रिय छिन् । छिट्टै आफ्नो आवाजमा अफिसियल गीत समेत ल्याउने तयारी गरिरहेकी स्वस्तिकाले केही साताअघि मकवानपुरको हेटौँडामा आयोजित ‘दोस्रो हेटौँडा जर्नालिजम अवार्ड’ मा गीत गाएर सबैको मन जितिन् । उनले चौबन्दीमा पटुकी, सिमसिमे पानीमा तथा गलबन्दी लगायतका चर्चित गीत सुनाएकी थिईन् । कस्तो थियो उनको प्रस्तुति ? हेर्नुहोस् यो भिडियो–

यो पनि हेर्नुहोस्

पल र आँचलको बाटोमै पिरती

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?
पछिल्लो दशकमा इन्टरनेट टेक्नोलोजीमा भएको विकास एक किसिमले वरदान सावित हुँदै गइरहेको छ भने अर्कोतर्फ मानवीय जीवनमा यसको धेरै नराम्रो असर पनि परिरहेको छ । टेक्नोलोजीले मानवीय जीवनमा पुर्याउने नोक्सान यस्ता छन् कि जसलाई हल्का रुपमा लिनु मुर्खता हुने छ । अनुसन्धानकर्ताहरुले कैयौं नयाँ मानसिक रोग पत्ता लगाएका छन्, जो इन्टरनेज र टेक्नोलोजीको बढ्दो प्रयोगका कारण सिर्जित भएका हुन् । यहाँ केही त्यस्ता रोगहरुको चर्चा गरिएको छ ।

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

के तपाईँ फेसबुक वा ट्वीटर जस्ता सामाजिक संजालमा फेक –नक्कली) आईडी बनाईरहनुभएको छ ? न केटी बनेर दुनियाँलाई झुक्काईरहनु भएको छ कि ? उसो भए सावधान अब तपाईको शैतानी दिमागलाई चुनौति दिन अर्थात तपाईको पोल खोल्न वैज्ञानिकहरुले नयाँ तरिका विकास गरेका छन् । फेसबुक तथा ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइटहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । विभिन्न एजेन्सीहरुमा आएको समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा आपत्तिजनक लिंकहरु पठाउँदछन् ।

फेसबुकमा यी कुराहरु हटाई हाल्नुस्, नत्र तपाईलाई खतरा हुनसक्छ

फेसबुकमा व्यक्तिगत डाटाहरु समेत लिक हुन थालेपछि यसले जो कोहीको गोप्यतालाई चुनौतिमा पारेको छ । तपाईँले गलफ्रेण्ड–ब्वायफ्रेण्ड वा जीवनसाथीसँग अन्तरङ्ग कुराकानी गर्ने गलत बानी अंगाल्नुभएको छ भने यो झन खतरनाक हुनसक्छ । त्यतिमात्र होईन हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । केही समयअघि मात्र ९ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको थियो । अब सोच्नुस् उनीहरुको फेसबुक डाटामा के–के थियो होला ? फेसबुक आफैले पनि गोपनियतालाई सुरक्षित पार्नका लागि बलियो तरिकाको सुरुवात गरिसकेको बताउँदै आएको छ तर हामी आफै सचेत भएनौँ भने हाम्रो जीवन नै खतरामा पर्न सक्छ । वर्तमान समयमा फेसबुक प्रयोग नगरि बस्न पनि हामी सक्दैनौँ । उसो भए कसरी गर्ने त फेसबुकको सही र सुरक्षित प्रयोग ? हामीले यहाँ यही कुराहरुलाई प्रस्तुत गरेका छौँ ।

ट्वीटरले प्रयोगकर्ताको डाटा बेचेको खुलासा, तपाईको पनि बेचियो कि ?

डाटा विक्री प्रकरणमा ट्वीटर पनि विवादमा तानिएको छ । यस अघि प्रयोगकर्ताका डाटाको घोटालासम्बन्धी प्रकरणले फेसवुक ठूलो विवादमा तानिएकै अवस्थामा ट्वीटर पनि विवादमा तानिएको हो । ट्वीटर पनि डाटा विक्रीको विवादमा तानिएको हो । ट्वीटर माइक्रोब्लगिङ साइट हो । संसारभर यसका प्रयोगकर्ता छन् । ट्वीटरले क्याम्ब्रिज एनालिटिकाका शोधकर्तालाई लाखौँ ट्वीटर प्रयोगकर्ताका डाटा बिक्री गरेको पाइएको छ । ट्वीटरले अलेक्जेन्डर कोगनलाई सन् २०१५ मा एक दिनका लागि सार्वजनिक डाटामा पहुँच उपलब्ध गराएको पाइएको छ ।

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ? (सिक्नुहोस् भिडियोबाट)

पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर पैसा कमाउने विषय हरेक मानिसहरुका लागि सजिलो तरिका हुनसक्छ । तर यसमा धैर्यता भने चाहिन्छ ।अनलाईनमा पैसा कमाउन पाईन्छ भनेर विज्ञापन गर्ने विभिन्न फेक तरिकाहरु पनि दिइएका छन् तर आस मात्र देखाउने ती तरिकाहरुमा तपाई नपरेकै जाति । किन कि अनलाईनबाट पैसा कमाउन त्यति सजिलो छैन । जे होस् सामान्य जीवनयापनका लागि भने हामीले अनलाईनबाट समेत पैसा कमाउन सक्छौँ । यो भिडियोमा हामीले पैसा कमाउने सही तरिकाहरुका बारेमा बताएका छौँ जसबाट साँच्चै पैसा कमाउन सकिन्छ र यो कानुनी रुपमा पनि बर्जित छैन । कसरी कमाउने त अनलाईनबाट पैसा ? यो जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*