अचम्म– मकवानपुरमा तामाङले पनि नाच्छन् ‘घाटु’ (भिडियो)

११ असार २०७६, बुधबार १३:२०
Featured Video Play Icon

मकवानपुर, ११ असार । विशेष गरी गुरुङ जातिको पहिचानको रुपमा रहेको घाटु नाच तामाङले पनि नाच्छन् भन्ने सुन्दा तपाईलाई अचम्म लाग्नसक्छ, तर यो कुनै भ्रम नभई सत्य कुरा हो । मकवानपुरको कैलाश गाउँपालिकामा तामाङ समुदायले समेत घाटु नाच्ने गर्छन् । गुरुङ समुदायको घाटु नाच मकवानपुरको कैलाश गाउँपालिका कसरी आईपुग्यो ? तामाङहरुले कसरी नाच्न सुरु गरे घाटु ? हेर्नुहोस् पुरा भिडियो–

प्राकृतिक विविधताले भरिपूर्ण, ऐतिहासिक महत्व बोकेको जिल्ला मकवानपुर कला र सँस्कृतिमा पनि धनी जिल्ला हो । समुद्री सतहबाट ८१ मिटरको उचाईमा रहेको बाग्मती गाउँपालिका १ राईगाउँस्थित हात्तिढुङ्गादेखि चिसो मौसममा हिउँपर्ने २४४८ फिट अग्लो सिमभञ्ज्याङ पनि मकवानपुरमै पर्छ । गर्मी, जाडो र हिमपात हुनेसम्मको भुगोल रहेको मकवानपुरमा प्राकृतिक विविधता जस्तै विभिन्न जातजातिको परम्परा, कला, सँस्कृति र सँस्कारले सजिएको छ । ७० प्रतिशतभन्दा बढी भुभाग पहाडी क्षेत्रले ओगटेको मकवानपुरको भूमिपुत्रको रुपमा तामाङ समुदायलाई लिन सकिन्छ । तामाङ बाहुल्य रहेको मकवानपुरको चिनारीमध्ये तामाङ कलासँस्कृति पनि महत्वपूर्ण छ । त्यसमा पनि तामाङ समुदायको फरक फरक कला, सँस्कृति र पहिचान हेर्नका लागि मकवानपुरको उत्तर पश्चिममा रहेको कैशाल गाउँपालिका २ बैकुण्ठमा पुग्नुपर्छ ।

यो पनि हेर्नुहोस्

स्वस्तिकाले भुतुक्कै पारिन्

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

फेरि युट्युब ट्रेण्डिङमा ‘भद्रगोल’

हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्ने चर्चित टेलिसिरियल ‘भद्रगोल’ को नयाँ एपिसोड पनि ट्रेण्डिङमा परेको छ । यस अघि समेत लगातार ट्रेण्डिङमा परेको सिरियलको गत हप्ताको २११ औँ अंक युट्युब ट्रेण्डिङमा परेको हो । १७ मे को अंक यो एपिसोड यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको छैठौँ स्थानमा छ । यो भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ११ लाख ४५ हजारभन्दा बढी पटक हेरिएको छ भने भिडियोमा २४ हजार लाईक र १ हजार ६ सय डिसलाईकहरु गरिएका छन् । भिडियोमा २ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । निकै नै चर्चामा रहेको यो टेलिसिरियललाई मिडिया हबले युट्युबमार्फत सार्वजनिक गरेको हो । मिडिया हबको निर्माणमा बनेको सिरियलका पात्रहरु समेत निकै नै चर्चित छन् । जेपिटि क्रियशन ब्यानरमा निर्माण हुँदै आएको सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, हरि निरौला, गोबिन्द कोइराला, दिपक आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । ग्रामिण परिवेशलाई हाँस्य शैलीमा प्रस्तुत गरिएको सिरियललाई धेरैले रुचाउने गरेका छन् ।

सिरियललाई कुमार कट्टेल र अर्जुन घिमिरेले लेख्ने गरेका छन् भने निर्देशन समेत उनीहरुले नै गर्ने गरेका छन् । निर्देशनमा दिपक आचार्यको समेत हात रहने गरेको छ । सागर खड्काले खिचेको सिरियलको शिर्ष गीत चर्चित गायक राजेश पायल राईले गाएका छन् भने संगीत राजेन्द्र श्रेष्ठको रहेको छ । सिरियलका जिग्री, पाँडे, जयन्ते लगायतका पात्रहरु निकै नै चर्चित छन् ।

मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा

चर्चित गायिका मिङ्स लामा जिनियस म्युजिक अवार्डको ‘बेस्ट फिमेल सिंगर तामाङ सेलो’ अन्तर्गत उत्कृष्ट महिला गायिकाका रुपमा नोमिनेशनमा परेकी छिन् । उनी तामाङ सेलो ‘डम्फुमा सेलो’ बोलको गीतबाट जिनियस म्युजिक अवार्ड २०७५ को उत्कृष्ट महिला गायिकामा नोमिनेशनमा परेकी हुन् ।नोमिनेशनमा परेसँगै उनले सामाजिक सञ्जालमार्फत उक्त कुरा आफ्ना दर्शक श्रोतामाझ बाँडेकी छिन् । उनले आफुलाई भोट गरेर उक्त अवार्डको हकदार बनाउनका लागि पनि आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘मेरो गीत ‘डम्फुमा सेलो’लाई सपोर्ट र माया गरिदिनुभएकोमा तपाईहरु सबैलाईलाई धन्यवाद, प्लिज भोट गरिदिनुहोला ।’ उनलाई भोट गर्न GMA 29A टाईप गरेर ३५००५ मा म्यासेज गर्न सकिनेछ ।

मिङ्स लामाको ‘डम्फुमा सेलो’ फ्युजन गीतमा आशुसेन लामाको शब्द र संगीत रहेको छ । सर्वाधिक रुचाइएको यस गीतलाई यो सामाग्री तयार पार्दाको समयमा २९ लाख १५ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा १९ हजार लाईक र १ हजार डिसलाईक रहेको छ भने १ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । फडिण्द्र राईको एरेञ्ज तथा दिपेश तामाङको मिक्सिङमा तयार भएको गीतको म्यूजिक भिडियोमा चर्चित नायक पल शाह र सुमी मोक्तानको अभिनय देख्न सकिन्छ । सोनाम लामा ब्लोनको निर्माणमा बनेको म्युजिक भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ । धिरजजंग शाहले खिचेको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । पेमा मानसिं तामाङले ड्रोन चलाएको म्युजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

जिनियस म्युजिक प्रालिको दशौँ वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको यस अवार्डमा विक्रम सम्वत २०७५ सालभित्र सार्वजनिक भएका गीतहरुमध्ये उत्कृष्टलाई अवार्ड दिने कार्यक्रम तय भएको छ । अनलाईन आवेदनसँगै सुरु भएको यस अवार्डको फाईनल यति जेठ ११ गते शनिबार राष्ट्रिय नाचघर जमलमा हुने बताइएको छ । कलाकार र श्रष्टाको सम्मान गर्ने उदेश्य सहित अवार्ड कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय

मकवानपुरको हेटौँडा उपमहानगरपालिका निवासी नव कलाकार पुजा गोलेले गायक जनक लामाको नयाँ गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । जनक लामा र अर्चना स्याङ्तानको आवाजमा तयार पारिएको डिजे गीत ‘बालै फरर’ मा उनले अभिनय गरेकी हुन् । गीतमा मकवानपुरे चर्चित कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको शब्द रहेको छ ।

गायिका अर्चना स्याङ्तानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा पुजासँगै अनुप विष्टले अभिनय गरेका छन् । राम घिमिरे कल्याणको संगीत तथा बिष्णु तामाङको एरेञ्जमा गीत तयार भएको हो । गीतको अडियो भिडियो अर्चना स्याङ्तानको निर्माणमा तयार भएको हो ।गीतमा सजित ब्लोन तामाङको प्रस्तुती रहेको छ । गीतको म्युजिक भिडियोलाई प्रविण थापाले निर्देशन गरेका छन् । नमराज घिमिरेको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् । गीतको पोष्ट प्रोडक्सन ह्वाईट मिडिया प्रालिले गरेको हो ।

मकवानपुरे छिरिङ दोर्जे लामाको ‘दोहोरो माया’ सार्वजनिक

मकवानपुरे कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको शब्द तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । छिरिङको शब्द तथा संगीतमा तयार भएको लोकदोहोरी गीत ‘दोहोरो माया’ मा चर्चित गायिका अर्चना स्याङ्तान र गायक जनक लामाले आवाज दिएका छन् । विष्णु तामाङको एरेञ्जमा तयार भएको गीतको अडियो भिडियो अर्चना स्याङ्तानको अफिसियल युट्युब च्यनलबाट सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा चन्द्र तामाङ र सेञ्जी ब्लोनले अभिनय गरेका छन् । म्युजिक भिडियोमा प्रविण थापाको निर्देशन तथा नमराज घिमिरेको छायाँकन रहेको छ । शक्ति प्रज्वल घिमिरेको सम्पादनमा तयार भएको म्युजिक भिडियोको पोष्ट प्रोडक्सन ह्वाईट मिडिया प्रालिले गरेको हो ।

छिरिङको शब्दमा यसअघि नै नयाँ वर्ष विशेष डिजे गीतको म्यूजिक भिडियो सार्वजनिक भइसकेको छ । मकवानपुर जिल्लाको साविक सरिखेत गाविस वडा नम्बर ९ मुङ्ग्रेमा जन्मिएका लामाको विभिन्न गीतहरु सार्वजनिक भइसकेका छन् । लामाको यस अघि नै बालै फरर, मकवानपुरे ठिटो, लोकदोहोरी गीत ‘रुँदै रुँदै भइयो पर्देशी’ लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् । उनले लघु चलचित्र आकर्षण, आधी बाटो लगायतमा समेत अभिनय गरेका छन् ।विभिन्न लघु चलचित्रहुँदै लोकदोहोरीमा अभिनय समेत गर्दै आएका लामाले यस अघि ‘म्यासेञ्जर फेसबुकमा’ बोलको गीत रेकर्डिङ गराएका थिए । उनको शब्दमा तयार भएको उक्त गीतको अडियो भर्सन मात्र युट्युबमा सार्वजनिक गरिएको थियो ।

हरेक एपिसोड ट्रेण्डिङमा

‘कलेजेस नेपाल’ युट्युमा सुपरहिट नाम हो भन्दा फरक पर्दैन । किन कि यस युट्युब च्यानलबाट तयार पारिएका सर्ट मूभि हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ । सम्भवतः यसका पछिल्ला श्रृङ्खलाहरु युट्युब ट्रेण्डिङमा परेको दिन नै छैन भन्दा फरक नपर्ला । यसैक्रममा यसै च्यानलद्वारा निर्मित पछिल्लो भिडियो ‘डिभी काण्ड’ समेत युट्युब ट्रेण्डिङमा परेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई ५ लाख २६ हजार भन्दा बढी पटक हेरिएको छ ।

भिडियोमा १३ हजार लाईक र ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । ‘आजकलको लभ’ अन्तर्गत तयारी गरिएको यो भिडियोमा सेरिजका मुख्य कलाकारहरु जिवेश सिंह गुरुङ र रियाशा बस्नेतका साथमा कञ्चन खड्का, योगयोती क्रियाशिल, खुम रावल र राम धिताल लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवेश सिंह गुरुङको लेखन, निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोलाई सृजन शाह र शैलेन्द्र बस्नेतले निर्माण गरेका हुन् । भिडियोलाई महाविर कार्कीले खिचेका हुन् ।

शर्ट कमेडी मुभी सेरिजका रुपमा सुरु भएको ‘आजकलको लभ’ सेरिजमा रियाशा र जिवेशको जोडीलाई निकै रुचाइएको छ । साथै कञ्चनलाई पनि अत्याधिक रुचाइएको छ । यस सिरिजका नालापानी, एसएलसी भर्सेस एसईई, घरबेटी डेरा, चटपट काण्ड, भुँडी काण्ड, जमाना, भाई टिकाको कथा, एरेञ्ज म्यारिज, आईडल बन्ने सपना, बोम कुमार, दोस्रो बुडी, रोबोट सुई लगायतका करिब सबै एपिसोडहरु ट्रेण्डिङमा परेका छन् ।

यस च्यानलले आजलका लभका साथै लभ डायरिज, कन्फेसन द रियल स्टोरिज, ह्याप्पी सटर्डे, सोल्टिनी, हिमायालया रोडिज प्यारोडी लगायतका सिरिजहरु समेत निर्माण गर्दै आएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*