निशु ढकालको गीतमा श्रीमान विदेसिँदाको पिडा (भिडियो)

१० असार २०७६, मंगलवार २२:०६

मकवानपुर, १० असार । हरेक नेपालीको घर–घरको बाध्यता हो ‘वैदेशिक रोजगारी’ । वैदेशिक रोजगारीले आर्थिक बोझ त कम होला तर यसका अनेक त्यस्ता पक्षहरु छन् जसले हरेक परिवारका सदस्यलाई पिडा दिन्छ । त्यसमाथि जुनीभरी सँगै रहने वाचा गरेका श्रीमान श्रीमती एकअर्कासँग छुट्टिनुपर्दाको पिडा अझ धेरै छ । आफ्नो श्रीमानसँग छुट्टिनुपरेपछि कस्तो महशुस गर्छिन् एक श्रीमतीले ? यस्तै सवालको जवाफ दिन्छ गायिका निशु ढकालको गीतले ।

निशुको ‘वर्षदिन भयो परदेश गाको’ बोलको गीतको म्युजिक भिडियो हेर्दा हरकोही श्रीमतीलाई आफ्नो श्रीमानको यादले बाँध्छ । न्याटिभ म्युजिकमार्फत सार्वजनिक गरिएको भिडियोमा निशुको आवाज र कलाकारको अभिनयले वैदेशिक रोजगारीले छुटाएको श्रीमान श्रीमतीबिचको भावनात्मक सम्बन्धलाई उजागर गरेको छ । नविन के तिमल्सिनाको शब्द, सँगीत तथा एरेञ्जमा तयार भएको गीतको म्युजिक भिडियोमा किशोर र स्मारिकाले अभिनय गरेका छन् । नविन के तिमल्सिनाको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोलाई सुनिल शाहीले खिचेका हुन् । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

पल र आँचलको प्रेम युद्ध

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ चलचित्र ‘घ्रान’ को ट्रेलरलाई आधा लाख भ्यूज

केही समयअघि नेपालका विभिन्न स्थानमा प्रदर्शनमा आई चर्चा कमाउन सफल तामाङ चलचित्र ‘घ्रान’ अर्थात ‘कसम’को ट्रेलर भ्यूज आधा लाख कटेको छ । लभ–एक्सन दृश्यहरुले भरिएको ट्रेलरलाई यो सामाग्री तयार पार्दाको समयमा ५१ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । ट्रेलरमा ७ सयभन्दा बढी लाईक र एक सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । बुढासुब्बा डिजिटलले चलचित्रको ट्रेलर सार्वजनिक गरेको थियो ।

नायक सागर घिसिङको दोहोरो भूमिका रहेको चलचित्रमा नायिका सुष्मा मोक्तानको समेत एक्सन दृश्य समावेश छ । चलचित्रका मुख्य खलपात्रका रुपमा देखिएका विकास स्याङ्तानको खतरनाक अवतार पनि चलचित्रमा समावेश छ । चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रमा सागर र सुस्मासँगै चर्चित नायिका सुकुमाया मोक्तान, शम्भु घिसिङ, विकास स्याङतान, सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।

चलचित्रका तिङ मी ढुकढुक, सारी आरे लगायतका गीतहरु चर्चित बनेका छन् । तामाङ जातिको संस्कृति तथा भाषा संरक्षणका उद्देश्यले मोक्तान फिल्मस् प्रालिद्वारा निर्मित चलचित्रले तामाङ समुदायको कथा बोकेको छ । तामाङहरुको बाहुल्यता रहेको ओखलढुंगाको मुलखर्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।

युट्युबमा ‘भद्रगोल’ को ट्रेण्डिङ रेकर्ड

युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड भइरहेका हुन्छन् । युट्युबमा अपलोड हुने भिडियोको तथ्याङ्क हेर्ने हो भने हामी सबैलाई अचम्म लाग्न सक्छ किन कि युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड हुने गरेका छन् । पछिल्लो समय नेपाली युट्युबरहरुका समेत भिडियो ट्रेण्डिङमा पर्ने र केही आम्दानीसमेत हुन थालेपछि अहिले नेपालमा समेत भिडियो बनाउने र युट्युबमा अपलोड गर्ने ट्रेण्ड नै चलेको छ । तर सबै भिडियो सफल बनाउन र ट्रेण्डिङमा पार्न भने त्यति सजिलो छैन । कुनै पनि भिडियो ट्रेण्डिङमा पर्नुमा दर्शककै ठूलो हात हुन्छ त्यसैले भिडियोले दर्शकको मन छोयो भने मात्र सफल हुन सम्भव छ । नेपालको परिपेक्षमा हेर्ने हो भने अहिले युट्युबरहरुले मानविय समवेदनालाई चटक्कै भुलेर पैसा कमाउने बाहाना मात्र खोजेको आरोप लाग्न सुरु भएको छ । किन कि युट्युमा ट्रेण्डिङमा परेका केही भिडियोका युट्युबरहरुले पारिवारिक सम्बन्ध, हत्या लगायतका विषयलाई प्रमुख बनाउन थालेका छन् ।

तर सधैँ त्यस्तै भिडियोले मात्र युट्युबमा कब्जा जमाउँदैन । युट्युबमा भिडियो ट्रेण्डिङमा पार्न सहज नहुने अवस्थामा पनि नेपालकै एउटा टिभी सिरियलको हरेक एपिसोड हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ । उक्त चर्चित टेलिसिरियल हो ‘भद्रगोल’ । बिगत १ वर्षभन्दा अघिदेखि ‘भद्रगोल’ का हरेक हप्ताका फरक एपिसोडहरु युट्युब ट्रेण्डिङमा पर्न सफल भएका छन् । उदाहरणका लागि गत साता अर्थात मे १० तारिखमा युट्युबमा अपलोड भएको यस सिरियलको पछिल्लो भाग अझै युट्युब ट्रेण्डिङमा छ ।

एक नम्बर ट्रेण्डिङ सम्म पुगेको यो एपिसोड यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको नम्बर ८ मा छ । यो भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा १४ लाख ६० हजारभन्दा बढी पटक हेरिएको छ भने भिडियोमा २ हजार ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यो उक्त सिरियलको २ सय १० औँ भाग हो जुन नेपाल टेलिभिजनमार्फत प्रसारण भएको थियो । भिडियोमा २४ हजार लाईक र २ हजार डिसलाईकहरु गरिएका छन् । निकै नै चर्चामा रहेको यो टेलिसिरियललाई रामसार मिडियाले युट्युबमार्फत सार्वजनिक गरेको हो । मिडिया हबको निर्माणमा बनेको सिरियलका पात्रहरु समेत निकै नै चर्चित छन् । जेपिटि क्रियशन ब्यानरमा निर्माण हुँदै आएको सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, हरि निरौला, गोबिन्द कोइराला, दिपक आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । ग्रामिण परिवेशलाई हाँस्य शैलीमा प्रस्तुत गरिएको सिरियललाई धेरैले रुचाउने गरेका छन् ।

सिरियललाई कुमार कट्टेल र अर्जुन घिमिरेले लेख्ने गरेका छन् भने निर्देशन समेत उनीहरुले नै गर्ने गरेका छन् । निर्देशनमा दिपक आचार्यको समेत हात रहने गरेको छ । सागर खड्काले खिचेको सिरियलको शिर्ष गीत चर्चित गायक राजेश पायल राईले गाएका छन् भने संगीत राजेन्द्र श्रेष्ठको रहेको छ । सिरियलका जिग्री, पाँडे, जयन्ते लगायतका पात्रहरु निकै नै चर्चित छन् ।

नेपाली युट्युब ट्रेण्डिङमा कब्जा जमाएका २ भारतीय चलचित्रहरु

नेपालमा भारतीय चलिचत्रको ठूलो बजार रहेको छ । यस तथ्यलाई कसैले नकार्न सक्ने अवस्था समेत छैन । हिन्दी फिल्म रिलिज हुँदा नेपालका सिङ्गलदेखि मल्टीप्लेक्स हलहरुमा देखिने दर्शकको भिडले समेत यही संकेत गर्छ । त्यतिमात्र होईन नेपालमा हिन्दी सिरियलको दबदबा पनि उत्तिकै छ । पछिल्लो प्रमाणका रुपमा युट्युब ट्रेण्डिङलाई आधार बनाउन सकिन्छ । अधिकांश समय नेपाली युट्युब ट्रेण्डिङमा हिन्दी फिल्मले कब्जा जमाउने गर्छ । यस सामाग्रीमा हामीले कुनै समय नेपाली युट्युब सर्भरमा पहिलो, दोस्रो र तेस्रो नम्बरमा नै कब्जा जमाउन सफल २ हिन्दी चलचित्रहरुका बारेमा चर्चा गरेका छौँ । भिआईपी–२ लल्कार र हिन्दी चलचित्र सञ्जुको ट्रेलर र गीतले कुनै समय एकैपटक ट्रेण्डिङ कब्जा गरेको थियो ।

नम्बर १ – भिआईपी–२ लल्कार : युट्युब ट्रेण्डिङको १ नम्बरमा पर्न सफल हिन्दी डब्ड चलचित्र ‘भिआईपी–२ लल्कार’लाई अहिले पनि युट्युबमा हेर्न सकिन्छ । साउथ ईण्डीयन चलचित्र ‘भेलाईल्ला पत्ताधारी–२’ को हिन्दी भर्सनको यस चलचित्रमा चर्चित नायक धनुष र चर्चित बलिउड नायिका काजोलको मूख्य भूमिका रहेको छ । सौन्दर्य रजनीकान्तको निर्देशनमा बनेको चलचित्रमा अमला पउलको पनि मूख्य भूमिका रहेको छ । युट्युब ट्रेण्डिङका समयमा यस भिडियोलाई १ करोड ३७ लाख ३७ हजारभन्दा बढी पटक हेरिएको थियो । भिडियोमा १०६ के लाईक र २ हजार १ सयभन्दा बढी कमेन्टहरु गरिएका थिए । तर यो सामाग्री तयार पार्दाको समयमा भने उक्त च्यानलले यो भिडियोको हिन्दी डब्ड भर्सन हटाएको छ भने अन्य विभिन्न च्यानलहरुले यसलाई अपलोड गरेका छन् । यसको ओरिजीनल तेलुगु भर्सनमा भने यो सामाग्री तयार पार्दाको समयमा ४८ लाख १९ हजारभन्दा बढी भ्यूज छ । चलचित्रलाई ११ हजार लाईक र १ हजार ६ सय डिसलाईक प्राप्त भएका छन् ।

नम्बर २– हिन्दी चलचित्र ‘सञ्जु’ को ट्रेलर र गीत : हिन्दी चलचित्र ‘सञ्जु’ ले बलिउडमा धमाका मच्चाईसकेको छ । ट्रेण्डिङमा परेको समयमा हिन्दी मूभि ‘सञ्जु’ को ‘मै बढिया तु भी बढिया’ बोलको गीत दोस्रो नम्बरमा परेको थियो । चर्चित बलिउड स्टार सञ्जय दत्तको बायोपिककामा बनेको चलचित्रको यो गीतमा रणविर कपुर र सोनम कपुरको मूख्य अभिनय छ । गीतमा सोनु निगम र सुनिधि चौहानले आवाज दिएका छन् । रोहन–रोहनको संगीत रहेको यस गीतको शब्द पुनित शर्माले लेखेका हुन् । उक्त समयमा भिडियोलाई १ करोड ३३ लाख ४२ हजार भन्दा बढी पटक हेरिएको थियो । भिडियोमा २०३ के लाईक र १४ हजार ४ सयभन्दा बढी कमेन्टहरु गरिएका थिए । अहिले यो सामाग्री तयार पार्दाको समयमा चलचित्रको यस गीतलाई ६ करोड ३६ लाख ६५ हजारभन्दा बढी पटक हेरिएको छ ।

२ लाख ५६ हजार लाईक र ३१ हजार डिसलाईक भएको यस गीतमा करिब ९ हजार कमेन्टहरु गरिएका छन् । त्यस्तै उक्त समयमा युट्युब ट्रेण्डिङको ३ नम्बरमा पर्न सफल हिन्दी मूभि ‘सञ्जु’ को ट्रेलरले पहिलो र दोस्रो स्थान समेत कब्जा गरेको थियो । उक्त समयमा ३ करोड ६० लाखभन्दा बढी पटक हेरिएको यस ट्रेलरलाई अहिले यो सामाग्री तयार पार्दाको समयमा ६ करोड ९७ लाख ९२ हजारभन्दा बढी पटक हेरिएको छ । ट्रेलरमा ९ लाख १८ हजार लाईक र ४१ हजार डिसलाईकहरु गरिएका छन् । भिडियोमा ८३ हजार कमेन्टहरु गरिएका छन् । चलचित्रमा रणविर कपुरसँगै परेश रावल, मनिषा कोईराला, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा, बोमन इरानी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । चलचित्र बिनोद चोपरा फिल्म्स र राजकुमार हिरानी फिल्म्सको ब्यानरमा फक्स स्टार स्टुडियोको सहकार्यमा निर्माण भएको हो ।

युट्युब ट्रेण्डिङमा ‘रथम’,

तेलुगु भाषामा रहेको दक्षिण भारतीय चलचित्रको ‘हिन्दी डब्ड’ भर्सन चलचित्र ‘रथम’ यतिखेर युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ । तेलुगु भाषामा रहेको रथमलाई हिन्दी भाषामा रथम नामबाटै डब्ड गरिएको छ । कनुरी चन्द्र शेखर र चन्द्रशेखर कनुरीको निर्देशनमा तयार भएको चलचित्रलाई एडवाईज मिडियाले युट्युब मार्फत सार्वजनिक गरेको हो । यो सामाग्री तयार पार्दाको समयमा यस चलचित्रलाई ६२ लाख ९७ हजार भन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ५६ हजार लाईक र ७ हजार ८ सय डिसलाईक गरिएका छन् । साथै भिडियोमा ३ हजार १ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

चलचित्रमा कनुरी चन्द्रशेखर र चन्द्रशेखर कनुरी, चाँदनी भगवानी, गीतानन्द, नरेन, राज मुदिराज, प्रमोदिनी, माधवी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चन्द्रशेखर कनुरीको लेखनमा बनेको चलचित्रमा सुकुमार पम्मीले संगीत दिएका छन् । देवराजको स्टन्ट्स् समावेश चलचित्रमा चन्दुरामले कोरियोग्राफी सम्हालेका छन् । राजा दारा पुनेनी ब्यानरमा तयार भएको चलचित्रमा पारिवारिक कथा छ ।

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल वर्ल्ड २०१९, रोज, मिरा,रिया र प्रदिप्तालाई ताज

मिस नेपाल वर्ल्ड २०१९ को ताज काठमाडौँकी अनुष्का श्रेष्ठले जितेकी छिन् । अनुष्का २३ वर्षकी छिन् । अनुष्का ५ फिट ६ ईन्च उचाईकी छिन् । उनले मिस वल्र्ड २०१९ मा भिड्नेछिन् । आज किर्तिपुरको ल्याब्रोटरी स्कूलमा भएको फाईनलमा ७ जना फाईनालिष्टहरुलाई पछि पार्दै अनुष्काले ताज जितेकी हुन् । उनलाई मिस नेपाल वर्ल्ड २०१८ कि विजेता श्रृङ्खला खतिवडाले ताज पहिर्याईन् । फाईनलमा परेका ७ जना प्रतिस्पर्धीहरु रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपतिलाई जित्दै उनले ताज पहिरिन सफल भएकी हुन् ।

त्यस्तै मिस नेपाल सुपर नेशनल २०१९–रोज लामा, मिस नेपाल ईन्टरनेशनल २०१९–मिरा कक्षपति, मिस नेपाल अर्थ २०१९–रिया बस्नेत र मिस नेपाल युनिभर्स २०१९–प्रदिप्ता अधिकारी हुन सफल भईन् । मिस नेपाल अन्तर्गत भएका १२ उप–विधामा काठमाडौँ जोरपाटीकी रोज लामाले दुई वटा अवार्ड जितेकी छिन् । उनले बर्जर मिस ग्लामर २०१९ र क्रियटिभ दि स्टुडियो मिस फोटोजेनिक २०१९ अवार्ड जितेकी हुन् । मिस नेपाल सुपर नेशनल २०१९ को ताज जितेसँगै उनले १ विधा र २ उप–विधामा जित हात पारेकी छिन् । त्यस्तै काठमाडौँकी प्रदिप्ता अधिकारीले पनि २ वटा उप–विधामा अवार्ड जितेकी छिन् । उनले मिस गोल्डस्टार बेस्ट मिस एथलेट २०१९ र एन म्याग मिस ट्यालेन्ट २०१९ जितेकी हुन् । साथै उनले मिस नेपाल युनिभर्स २०१९ को ताज समेत पहिरिन सफल भईन् ।

१२ उप–विधाहरुमा ह्युन्डाई मिस फ्रेण्डसिप २०१९–न्यान्सी बोगटी, लिभोन मिस ब्युटीफुल हेयर २०१९–मिरा कक्षपति, बर्जर मिस ग्लामर २०१९–रोज लामा, क्रियटिभ दि स्टुडियो मिस फोटो जेनिक २०१९–रोज लामा, दि काठमाण्डु पोष्ट मिस इन्टेलेक्चुअल २०१९–अनुष्का श्रेष्ठ, गोदरेज नम्बर वन मिस बेष्ट न्याचुरल स्किन २०१९ – जेनी महर्जन, मिस गोल्डस्टार बेस्ट मिस एथलेट २०१९–प्रदिप्ता अधिकारी, ब्रिज सिमेन्ट मिस कन्फिेडेन्ट २०१९– निशा पाठक, बिप मिस पपुलर च्वाईस २०१९–रिया बस्नेत, एन म्याग मिस ट्यालेन्ट २०१९– प्रदिप्ता अधिकारी, यामाहा मिस फ्यासिनो २०१९–अनुष्का श्रेष्ठ र फोन पे ब्युटी उईथ अ पर्पोज–नितिका कर्मचार्यले जितिन् ।

मिस नेपालको उत्कृष्ट २५ मा काठमाडौँकी निशा पाठक, पोखराकी एलिशा जोशी, काठमाडौँकी सोफिया भुजेल, रिया बस्नेत,अनुष्का श्रेष्ठ, जेन्नी महर्जन, ललितपुरकी अस्मिता महर्जन, काठमाडौँकी किरण थापा, प्रदिप्ता अधिकारी, ललितपुरकी नितिका कर्मचार्य, काठमाडौँकी रोज लामा,पोखराकी सारा बजिमय, हात्तिवन ललितपुरकी लक्ष्मी राउत, काठमाडौँकी रक्षा उप्रेती, भक्तपुरकी मीरा कक्षपति, मोरङकी जेनिशा थपलिया, झापाकी पुजा श्रेष्ठ, चितवनकी विपना सुवेदी, ललितपुरकी सुभेच्छा अधिकारी, झापाकी प्रकृति कट्वाल, चितवनकी न्यान्सी बोगटी, भैरहवाकी शिवानी घिमिरे, काठमाडौँकी सान्त्वना मालाकार, प्रथा अधिकारी र भैरहवाकी संस्कृति घिमिरे रहेकी थिईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*