ईश्वर मगियाको ‘क्षितिजलाई’ म्युजिक भिडियो सार्वजनिक

९ असार २०७६, सोमबार २२:३६

मकवानपुर, ९ असार । नव गायक ईश्वर मगियाको ‘क्षितिजलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एच.एम.एम मिडियाको अफिसियल युट्युबमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मगियाको आवाज रहेको गीतलाई नवराज क्षितिजले लेखेका हुन् ।

राम सिटौलाको संगीत रहेको गीतको म्युजिक भिडियोलाई तामाङ चलचित्र जगतका चर्चित नायक हुत्त सञ्जय लामाले निर्देशन गरेका हुन् । गीतको म्युजिक भिडियोमा बिक्रम थोकर, अमृता गोले, राजु तामाङ, विष्णु सुनुवार (विशाल) लगायतका कलाकारहरुले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोलाई प्रज्जल राउतले खिचेका हुन् । म्युजिक भिडियोको सम्पादन अर्जुन खड्काले गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्

हट क्रिष्टिनालाई ईकुले फकाएपछि

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘हिमालकी छोरी’ मा नायिका खुशी घिसिङ

तामाङ चलचित्रसहित नेपाली गीतको म्यूजिक भिडियोहरुमा समेत चर्चा कमाउन सफल चर्चित नायिका खुशी घिसिङको अभिनय रहेको ‘हिमालकी छोरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुपरहिट घिसिङको शब्द तथा टिका बम्जनको संगीतमा तयार भएको गीतमा अग्निशा लामको आवाज रहेको छ ।

म्यूजिक भिडियोमा नायिका खुशीलाई अण लामाले साथ दिएका छन् । पवन लामाको संगीत संयोजनमा तयार भएको गीतको म्यूजिक भिडियोलाई कृष्ण ब्लोनले निर्देशन तथा सम्पादन गरेका छन् । गोकुल राउतको छायाँकन रहेको म्यूजिक भिडियोलाई चर्चित नायक तथा निर्देशक सञ्जय लामा हुत्तले रंग संयोजन गरेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा नै यो गीतको म्यूजिक भिडियोलाई करिब ४३ हजार पटक हेरिएको छ र यो क्रम बढ्दो छ ।

बौद्ध परम्परामा ङयीङनी (मौनव्रत) को महत्व

–देवेन्द्र लामा
ओम म्हाणी पदमे हुँ ह्री !
“देङनी सोगच्योद मी ज्यासीङ, श्येनग्यी न्होरयाङ लाङमी ज्या, ठीगपे छयोइक्यीङ मी च्योदची,जुगनी छीक्याङ मीम्राहो, कोननी माङपो ञेरतन्पे , छयाङनी योङसो पाङपर ज्या, धेश्येन दुइमा यीनपेस्हे,ठीदाङ ठेङवा ग्यानदाङ नी, गरदाङ लुसो पाङपर ज्या, ठीतेन छेधो मीज्या सीङ”
माथिका वाक्यहरु बुद्ध बच्चन वा अष्ठशीलमा पालन गर्नपर्ने नियमहरु हुन —जस्तै हत्याहिंसा नगर्ने,चोरी नगर्ने,झूठो नबोल्ने,बेबिचार नगर्ने, मत मदिरा सेवन नगर्ने,अकाल भोजन नगर्ने, सुन सुगन्धित गर गहना लेपन तथा नलगाउने र उच्च आशनमा नबस्ने वा आश न गर्ने भन्ने जस्ता नियमहरु हुन । यीनै नियमको पालन गरेर बौद्ध धर्मावालम्वीहरु ङयीङनी (मौन व्रत) बस्ने गर्दछ ।

देस्रो काल खण्डमा बौद्ध परम्परामा पनि व्रतको अति महत्व रहेको देखिन्छ । व्रत मध्येमा ङयीङनी(मौनव्रत)को झनै महत्व रहि आएको छ । यो व्रतको समयमा लगभग ४८ घण्टा निराहार मौन बस्न पर्ने हुन्छ । त्यसरी व्रतमा रह“दा, बस्दा रोगबाट मुक्ति हुनुको साथै निराहार लामो समय सम्म बस्ने अभ्यास पनि हो । भनिन्छ ग्यालुङ पाल्मो(भिक्षुनी कमला) नाम गरेकि एक महिलालाई कहिल्यै निको नहुने रोग (महारोग)ले पीडित हुदा“ यही ङयीङनी (मौनव्रत) बसेर जाति भएको थियो । त्यसैताका देखिनैे यो व्रतको प्रभाव जनमानसमा पर्न गएको तथ्या पाईन्छ । याो व्रत नियमित गर्न सकेको खण्डमा भएको, लागि सकेको रोग निको हुने र आइन्दा कुनैपनि रोगको प्रभाव समेत पर्दैन भन्ने धार्मिक मत रहेको छ । रोग लाग्ने, लागि सकेकोलाई निको हुने कुरा त छदै छ तर यो व्रतको समयमा वा व्रत गरिने समयमा अवालोेकेश्वरको मन्त्र प्रयोग मार्फत गरिने भएकोे हुनाले अवलोकेश्वार प्राणी मात्रको हित गर्ने,अकाल मृत्युको कुनै पनि प्रणीहरु समेतको मृतात्माले शान्ती गर्ने गराउने, मिल्ने भएको हुनाले जहा“ हरेक वा कुनैन कुनै ठाउ“ बिशेषमा बढी हत्या हिंसा हुने समयमा बौद्ध धर्म गुरुहरुले विभिन्न गुम्बाहरुमा यो व्रतको आयोेजना गर्ने गरेको पाईन्छ ।

यसै महोत्वलाई ध्यान राखि यही मिति २०७५ साल असौज २९ गतेका दिन देखि २०७५ कार्तिक १ गतेका दिन सम्म यस मकवानपुर जिल्ला लगायत देशविदेशमा समेत यस बर्षको हिन्दू पर्व विजया दशैको नाममा हुने पशुवलि तथा हत्या हिंसामा संलग्न दानवीय प्रवृत्तिका मानवहरुका चेतना फिरेर सतमार्ग प्रति उनमुख होस भन्नुका साथै हत्याहिंसामा मृत्यु हुन पुगेका निर्दाेष पशुपंक्षीहरुको मृतात्माको चिरशान्तीको कामनास्वरुप यस किसिमका बौद्ध प्रार्थना (ङयूङनी मौन व्रत)को कार्यक्रमका आयोजना गरेको देखिन्छ । यो अत्यन्तै सकारात्मक पक्ष हो ।

वडा अध्यक्ष घलानको नमूना फुलबारीको चर्चा यसरी चुलियो (भिडियो)

‘राजनीतिमा लागेका व्यक्तिको हरेक दृष्टिकोण राजनीति गर्नमै केन्द्रित हुनेगर्छ, यो आम नेपालीको सोच हो । तर केही यस्ता नेताहरु छन् जो आफुलाई राजनीतिभन्दा परको जीन्दगीमा समेत अब्बल सावित गर्न सक्छन् र वास्तविक रुपमा समाजको आदर्शवान व्यक्तित्व बन्न सफल हुन्छन् ।

ललित घलान, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट समाज विकासका लागि अग्रसर भएका घलानले वडा नम्बर १२ हात्तिगौँडा पदमपोखरीमा पुष्पखेती गरेर फरक उदाहरण पेश गरेका छन् । हेटौँडामा नै पहिलो पटक व्यवसायिक रुपमा पुष्पखेती गरेका घलानले ७ कठ्ठा जग्गामा पुष्पखेती गरेका छन् । मकवानपुरसहित विभिन्न स्थानमा हुने कार्यक्रमका लागि माला उपलब्ध गराईरहेका घलानले स्थानीय स्तरमै बजार जमाएका छन् । दैनिक १ सय ५० वटा र सो भन्दा बढी माला वितरण गर्दै आएका घलानले ८० देखि १ सय रुपैयाँसम्ममा एउटा माला बिक्री गर्दै आएका छन् । एक महिनामा करिब एक लाखको पुष्पमाला बिक्री गर्न सफल घलानले पुष्पखेतीमा श्रीमती ललितासहित सिंगो परिवारको साथ पाएका छन् ।

काठमाडौँमा अवस्थित नर्सरीबाट १० हजार बिउ तयार पारी उनले पुष्प खेती सुरु गरेका हुन् । समाज विकासका लागि सक्रिय वडा अध्यक्षको छवि निर्माण गर्न सफल घलानले पुष्पखेती गरेर वैदेशिक रोजगारका लागि प्रवाश पुगेका युवाहरुलाई समेत एउटा आसा जगाई दिएका छन् । हेर्नुहोस् भिडियो–

चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा

सन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । औपचारिक रुपमा कुनै नृत्य तथा अभिनयको कक्षा नलिएपनि उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।

पुसन संयोगवश कलाकारिता क्षेत्रमा आईपुगिन् । मुर्चुङ्गा टिभीसँगको कुराकानीमा उनले कलाकारिता क्षेत्रमा लाग्दाका समयका रमाईला पलहरु समेत साझा गरिन् । ‘३ वर्षअघि म एउटा कार्यक्रममा सहभागी भएकी थिएँ, मलाई खासै निमन्त्रणा समेत थिएन । तर त्यहाँ कार्यक्रमको माहोलमा मलाई पनि डान्स गर्न मन लाग्यो,’ उनले भनिन्, ‘साथीलाई म पनि डान्स गर्छु नि मिल्छ भने भनेर मनको कुरा बताएँ, साथीले हुन्छ भने पछि मैले पनि त्यहाँ नृत्य प्रस्तुत गरेँ ।’
पुसनको कुशल नृत्य देखेर कलाकार आस्मान लोप्चनले उनलाई कभर भिडियोका लागि अफर गरे । कभर भिडियोमा सबैको मन जितेपछि कभर भिडियो हुँदै पुसनले म्यूजिक भिडियोहरुमा समेत अवसर पाईन् । अहिलेसम्म ११ वटा भन्दा बढी म्यूजिक भिडियो र २ वटा चलचित्रमा अभिनय समेत गरिसकेकी मोडल पुसनको पहिलो कभर म्यूजिक भिडियो तामाङ सेलो ‘छुकछुके’ हो । प्रेम लोप्चनको शब्द, संगीत र स्वरमा सजिएको यो गीतमा उनको अभिनय देख्न सकिन्छ । त्यस्तै उनको पहिलो चलचित्र चर्चित तामाङ चलचित्र ‘घ्रान’ हो । अहिले उनी ‘बज्र’ चलचित्रमा व्यस्त छिन् ।

सिन्धुलीमा बुवा चक्रबहादुर वाईबा र आमा माया वाईबाको माईली सन्तानका रुपमा जन्म लिएकी पुसनको परिवारमा आमाबुवा सहित एक जना दिदी र एक जना भाई समेत छन् । कलाकारिता क्षेत्रमा पहिले परिवारबाट चाहिए जति सहयोग नपाएपनि अहिले सबैले उनलाई सहयोग गरेको उनी बताउँछिन् । ‘पहिले त्यति सपोर्ट थिएन, तर अहिले मलाई धेरै सपोर्ट गर्नुहुन्छ,’ उनले भनिन्, ‘अहिले मैले यो फिल्डमै केही गर्न सक्छु भन्ने विश्वास दिलाउन सकेकी छु ।’ तामाङ चलचित्र संघको कार्यसमिति सदस्य समेत रहेकी पुसनले ‘छुकछुके’, ‘जोवन १६ को’, चर्चित गायिका मेलिना राईको ‘खुशी छौ र पनि’, हिरा लामाको ‘ल्याङ ल्याङ नगर’ लगायतका चर्चित म्यूजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । उनी अहिले विभिन्न कार्यक्रमहरुमा समेत सहभागी हुँदै आफ्नो नृत्य र अभिनयको जादु छर्दैछिन् । अभिनय र नृत्यमा जमेकी पुसनले भविष्यमा कलाकारितालाई नै निरन्तरता दिने सोच बनाएकी छिन् ।

तामाङ गीत ‘छामे गोर्ङ्हा’ चर्चित बन्दै

‘छामे गोर्ङ्हा’ बोलको तामाङ गीत चर्चित भएको छ । को म्हेन्दो मिडिया हाउसको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ५५ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । गीतमा करिब १ हजार लाईक र एक सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

गीतमा चर्चित गायक युनिक दोङ र चर्चित गायिका जितु लोप्चनले आवाज दिएका छन् । गीत सानुबाबु घिसिङको शब्द संगीतमा तयार भएको हो । गीतको म्यूजिक भिडियोमा कुमार मोक्तान, सीता थिङ, गोकुल तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*