अशोक तामाङको नयाँ गीत ‘सौता हालेर’ तयार हुँदै

९ असार २०७६, सोमबार २१:४९

चन्द्र घलान, मकवानपुर, ९ असार । ‘बोर्ला ङाई याम्बुरी’ बोलको चर्चित तामाङ दोहोरी गीतको भिडियोलाई दर्शकले रुचाएपछि उक्त गीतका गायक अशोक तामाङ पूनः अर्को नयाँ गीत श्रोता दर्शकमाझ ल्याउने तयारी गरेका छन् । नयाँ गीतका बारेमा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी समेत दिएका छन् ।

पञ्चमाया थिङको प्रस्तुतीमा बन्न लागेको ‘सौता हालेर’ बोलको गीतमा यसअघिको तामाङ दोहोरीकै गायिका जस्मिन तामाङले अशोकलाई गायनमा साथ दिएकी छिन् । जस्मिनकै शब्द रहेको गीतलाई अशोक आफैले सँगीत दिएका छन् । विश्वास नेपालको एरेञ्ज तथा कुमार रानाको मिक्सिङमा तयार भएको गीतलाई सुमन रानाले मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गराएका हुन् । गीतको म्युजिक भिडियोमा अशोकसँगै जस्मिन तामाङ र आश्मा तामाङले अभिनय गरेका छन् ।

अशोककै निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई जिग्मे मिडिया प्रोडक्सनका सूर्य लामाले छायाँकन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोका कलाकारहरुलाई दिया रिजालले सजाएकी छिन् । अशोकको नयाँ गीतको म्युजिक भिडियो कस्तो हुनेछ भनेर थाहा पाउन भने केही दिन कुर्नैपर्ने हुन्छ ।

गीतको पोष्टर

यो पनि हेर्नुहोस्

फिल्म हेर्दा जापान जान पाउने अफर ल्याउने चलचित्रको भिडियो

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

राजकुमार तामाङको ‘आमा’ मा आमाको त्याग र स्नेहको कथा (भिडियो)

संसारमा आमाभन्दा ठूलो सायद कोही नहोला । आमाको त्याग, आमाको अथाह स्नेहको ऋण हामी कसैगरी पनि तिर्न सक्दैनौँ । बालापनमा आमाले आफु खाई नखाई हुर्काउनुभएको क्षण र हाम्रो जीन्दगीमा आमाको महत्वका विषयहरुलाई समेत शब्दमा उतारेर गायक एवम् संगीतकार राजकुमार दोङ तामाङले ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

चर्चित नायिका चाँदनी मोक्तान, सञ्जय योञ्जन र बुद्ध स्याङ्बाको अभिनय रहेको उक्त गीतको म्यूजिक भिडियो डम्फु मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक एंव संगितकार राजकुमार दोङको शब्द, संगीत र स्वर रहेको गीतलाई बुद्ध स्याङ्बाले संगीत संयोजन गरेका हुन् । भिडियोलाई निर्देशक एवम् चर्चित नायक अमिर दोङले निर्देशन गरेका हुन् । भिडियोलाई विक्रम मोक्तानले खिचेका हुन् ।

नेपाली मुलधारको चलचित्रलाई टक्कर दिँदै आयो तामाङ चलचित्र ‘सेमरीन मुला माया’

पछिल्लो समय तामाङ भाषामा निर्माण भएका चलचित्र तथा गीत–संगीतले समेत तामाङ समुदाय सहित अन्य समुदायमा समेत चर्चा पाउन थालेको छ । तामाङ चलचित्रले प्रविधिमा मारेको छलाङ र उत्कृष्ट गीत–संगीतका कारण मुलधारकै नेपाली भाषाको चलचित्रलाई समेत टक्कर दिन थालेको छ । पछिल्लो समय चर्चामा रहेको तामाङ भाषाको चलचित्र ‘सेमरीन मुला माया’ ले समेत नेपाली मुलधारको चलचित्रसँगै आफुलाई उभ्याउन सफल भएको छ । च्यारिटी शो र प्रिमियर लगायतका विशेष शोहरुमा मात्र उभिएको चलचित्रलाई वितरकले जिम्मा लिएसँगै पुस १३ गते यस चलचित्रलाई अल नेपाल रिलिज गरिने भएको छ । यस सँगै वितरकका तर्फबाट अल नेपाल रिलिज हुने यो पहिलो तामाङ भाषाको चलचित्र बन्ने भएको छ ।

यस अघि सर्लाहीमा प्रिमियर शो गरिएको चलचित्र हेर्न हजारौँ दर्शकको ओईरो लागेको थियो । पहिलो शो सँगै माउथ पब्लिसिटीका कारण थप चर्चामा रहेको चलचित्रलाई अल नेपाल रिलिज पूर्व केही स्थानमा च्यारिटी शो समेत गरिने चलचित्रका नायक तथा निर्देशक हुत्त सञ्जय लामाले बताएका छन् । नायक सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको चलचित्रमा हुत्त सञ्जय लामा, खुशी घिसिङ, संगीता दोङ, भिम तामाङ, राजु झक्कास वाईबा, कमल लोप्चन, कमल योञ्जन लगायतको अभिनय रहेको छ । साथै बाल कलाकार निमा दोङ, रुचिका गोले र निक्की दोङको समेत अभिनय चलचित्रमा छ ।

राजु दोङको दमदार द्वन्द समेटिएको चलचित्रलाई रामेश्वर जिरेलले खिचेका हुन् । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झना तामाङ र लोसाङ लामा (ईसान) ले निर्माण गरेको चलचित्रलाई सञ्जय र अर्जुनले निर्देशन गरेका हुन् । सञ्जयकै कथामा बनेको चलचित्रका गीतहरुमा अजय स्याङ्तान र दिपक तामाङको कोरियोग्राफी रहेको छ । त्यस्तै प्रयास दोङ र सञ्जयको संगीतमा प्रयास दोङ, जितु लोप्चन, निमा दोङ र अमृत लामाले आवाज दिएका छन् । गीतका शब्दहरु सम्झना लामा र कुमार स्याङ्बाले लेखेका छन् । ‘सेमरीन मुला माया’ को ट्रेलर, ‘दुःखै दुःखला ल्हुई ङाला’ बोलको वियोगान्त गीत, ‘घ्याल्मो दोसी मिरी छ्याजी’ र ‘तामाङको ल्होछार महान चाड’ बोलको गीत समेत चर्चामा छ ।

तामाङ चलचित्रको ईतिहासमा पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’

तामाङ कथानक चलिचत्रको ईतिहासमै पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गर्दै तामाङ कथानक चलचित्र ‘सेर्कु’ले ईतिहास रचेको छ । यही भदौ ३० गते शनिबार राष्ट्रिय नाचघर जमलमा प्रिमियर गर्न लागिएको चलचित्रले यूनिभर्सल सर्टिफिकेट पाएको चलचित्र युनिटले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । चलचित्रमा चाँदनी मोक्तान, ऋतुराज पाख्रिन, सुष्मा मोक्तान, सुष्मा थिङ, विकास स्याङ्तान, उर्मिला वाईबा, श्यामलाल योञ्जन, बैरागी मोक्तान, मुस्कान तामाङ, योगेश मोक्तान, किरण तामाङ, गोपीराम तामाङ र निमादावा रुम्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चर्चित नायिका चाँदनी मोक्तान लामो समयपछि चलचित्र क्षेत्रमा यसै चलचित्रमार्फत कमब्याक गरेका छन् ।

राजकुमार मोक्तानको निर्देशनमा तयार भएको चलचित्रमा ऋतुराज पाख्रिनको कथा, पटकथा रहेको छ । रोशन फ्युबा तामाङको कोरियोग्राफी रहेको चलचित्रलाई राजकुमार मोक्तान र सिदार्थ मोक्तानले निर्माण गरेका हुन् । चलचित्रमा पवन वाङको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रका गीतहरु जीवन बोम्जन र राजकुमार मोक्तानले लेखेका हुन् । गीतमा आर.बी. लामा सिङ्दान र राजकुमार मोक्तानको संगीत रहेको छ भने अमृत लामा, जितु लोप्चन र आर.बी. लामा सिङ्दानले गीतमा आवाज दिएका छन् ।

चर्चित नायक सागर घिसिङ र मोडल अनुष्का दोङ ‘मायाको रङ्ग’ मा रङ्गीएपछि….. (भिडियो)

तामाङ चलचित्र क्षेत्रमा चर्चा कमाउन सफल चर्चित नायक सागर घिसिङ र मोडल अनुष्का दोङ अभिनित ‘मायाको रङ्ग’ बोलको सेलो गीत बजारमा आएसँगै चर्चा कमाउन सफल भएको छ । अनुष्काको डेब्यू म्यूजिक भिडियोका रुपमा सार्वजनिक भएको म्यूजिक भिडियोमा सागरसँग केमेष्ट्री समेत मिलेको समिक्षकहरु बताउँछन् ।

गीतमा चर्चित गायक तथा संगीतकार विशाल काल्तान र गायिका बिना घले लोप्चनको आवाज समावेश गरिएको छ । गायक काल्तानकै संगीतमा तयार भएको गीतमा विश्वनाथ योञ्जन तामाङको शब्द रहेको छ । सूर्य लामा र बिक्रम लामाको छायाँकन रहेको गीतको म्यूजिक भिडियोमा अजय स्याङ्तानको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

तामाङ गीत ‘हो माया’ मा मन दुखाउने प्रेमवियोग (भिडियो)

तामाङ भाषामा तयार भएको गीत ‘हो माया’ सार्वजनिक गरिएको छ । प्रेमवियोगका शब्दहरु समेटिएको गीतमा सूर्य मोक्तानको शब्द र चर्चित गायक तथा संगीतकार विशाल काल्तानको आवाज रहेको छ । गीतमा चन्द्र वाईबाको संगीत रहेको छ । म्युजिक भिडियोमा मिलन थिङ पाराङ, निरञ्जली लामा र सृजना तामाङको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई विक्रम लामा मोक्तानले छायांकन, ईडिट तथा कलर गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*