१ लाख भ्युजको नजिक ऋतु तामाङको ‘स्यामा गुनेरी’

९ असार २०७६, सोमबार १२:५२

मकवानपुर, ९ असार । ल्हा लुङ मिडिया ग्रुपको प्रस्तुतिमा सार्वजनिक गरिएको ‘स्यामा गुनेरी’ बोलको म्हेन्दोमाया गीतको भ्युज युट्युबमा करिब १ लाखको नजिक पुगेको छ । मोडलका रुपमा समेत चर्चा कमाउन सफल गायिका ऋतु वाईबा तामाङ र चलमान माम्बाको आवाज रेहको यो गीत मे ९ तारिखमा युट्युबमार्फत सार्वजनिक गरिएको थियो ।

यो समाचार तयार पार्दासम्म यो गीतलाई ८९ हजार ९ सय पटकभन्दा बढी हेरिएको छ । गीतमा करिब १ हजार लाईक र दुई सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । गीतमा शब्द तथा संगीत शैलप वाईबा तामाङको रहेको छ भने गीतलाई पवन वाङ लामाले एरेन्ज गरेका छन् ।
दिपेन्द्र भट्टको छायांकन तथा सम्पादनमा निर्मित गीतको भिडियोमा सुन्दर नृत्य समेत प्रस्तुत गरिएको छ । भिडियोलाई एमबी गुरुङले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा ऋतुसँगै एरिन तामाङ, डोल्मा तामाङ र एमबी गुरुङले अभिनय गरेका छन् । हेर्नुहोस् म्यूजिक भिडियो–

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

प्रकाशको ‘बोल माया’ को भिडियो जसले सबैलाई रुवाउँछ
गायक तथा मोडल प्रकाश सपूतको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दासम्म १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।

रेड पिसमा नायिका निता ढुङ्गानाको ब्युटीफुल मुस्कान (फोटो फिचर)
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुशल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानालाई सोमबार हेटौँडामा चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । रातो पहिरनमा मुस्कुराउँदै कार्यक्रमस्थलमा देखिएकी उनको मुस्कान र सुन्दर पहिरनमा क्यामेराहरु सोझिएका थिए । हेरौँ केही तस्बिरहरु :

गृह जिल्लामा नायिका निता ढुङ्गानाले भनिन्–‘मेरो मुटु र हात खुट्टा कामिरहेको छ’
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुसल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानाले गृहजिल्लाको हेटौँडामा आएर सम्मान ग्रहण गर्दा आफ्नो खुट्टा कामेको बताईन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित भएका ४ जनामध्ये उनलाई चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहण गरेलगत्तै उनले मन्तव्य राख्दै आफुले धेरै ठाउँमा सम्मान ग्रहण गरेता पनि हेटौँडामा सम्मानित हुँदा मुटु ढुकढुक भएको बताईन् । ‘धेरै ठाउँमा मैले सम्मान पाएँ तर अहिले मेरो खुट्टा कामिरहेको छ, मेरो मुटु कामिरहेको छ ।’ उनले भनिन्, ‘सायद मेरो आफ्नो ठाउँ भएर हुनुपर्छ ।’ उनले चलचित्र पत्रकारिता दिवसको शुभकामना दिँदै सम्मानका लागि धन्यवाद समेत ज्ञापन गरिन् ।

निता ढुङ्गाना र शुसान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान
लामो समयदेखि कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल दुई कलाकारलाई सम्मान गरिने भएको छ । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवसका अबसरमा हेटौँडा रिसोर्टमा हुने कार्यक्रममा नायिका निता ढुङ्गाना र कलाकार सुशान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान गरिने भएको हो । नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान दिएका दुई कलाकारलाई सम्मान गरिने भएको हो । नायिका ढुङ्गानाले पछिल्लो पटक चर्चित नेपाली कथानक चलचित्र पञ्चायतमा अभिनय गरेकी थिईन् । उनले नोटबुक, छ एकान छ जस्ता हिट चलचित्रहरुमा अभिनय गरेकी छिन् । त्यस्तै कलाकार सुशान्त श्रेष्ठले विभिन्न चलचित्रमा अभिनय गर्नुका साथै निर्माण तर्फ पनि हात हालेका छन् । उनी चलचित्र निर्माता संघका सदस्य समेत हुन् ।

तरकारीवालीलाई लिएर हेटौँडामा आए लम्फू

यही बैशाख २८ गतेदेखि देशभर प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र ‘लम्फू’ को टोली प्रचार प्रसारका क्रममा आज हेटौँडामा आइपुगेका छन् । ‘तरकारीवाली’ का नामले भाईरल बनेकी कुसुम श्रेष्ठको डेब्यू चलचित्रका रुपमा पनि चर्चा कमाउन सफल चलचित्रको युनिट कुसुम सहित हेटौँडामा आएका हुन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक गोपाल चन्द्र लामिछानेले ‘लम्फू’ सामान्य कथामा बनेको चलचित्र भएता पनि यसले दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको बताए । चलचित्रमा कुसुमको विशेष रोल मात्र भएकोले उनी नै यस चलचित्रको मुख्य नायिका नभएको बताए । ‘कुसुमको विशेष रोल छ, तर यसका उनी मुख्य नायिका होईनन् ।’ लामिछानेले चलचित्र प्रचारका क्रममा धरान, दमक हुँदै हेटौँडा आइपुगेको र अब नारायणगढ हुँदै पोखरासम्म पुग्ने बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*