‘पुरानो डुङ्गा’ लाई साढे ६३ लाख भ्युज

९ असार २०७६, सोमबार १२:०५

हेटौँडा, ९ असार । देशभरिका हलहरुमा राम्रो चर्चा पाएको नेपाली कथानक चलचित्र युट्युबमा अपलोड भएसँगै नम्बर १ ट्रेण्डिङमा पर्यो । लामो समयसम्म युट्युबमा कब्जा जमाएको यो चलचित्रलाई अहिले ६३ लाखभन्दा बढी भ्युज प्राप्त भएको छ । यो समाचार तयार पार्दासम्म यो चलचित्रलाई ६३ लाख ५० हजार ८ सयभन्दा बढी पटक हेरिएको छ ।

सिनेमा आर्ट प्रोडक्सन ब्यानरमा बनेको चलचित्र दाजुभाइको सम्बन्ध र सामाजिक कथालाई देखाइएको छ । चलचित्रमा दयाहाङ राई, माआत्से गुरुङ, प्रियंका कार्की, मेनुका प्रधान, डिबि गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा माओत्से गुरुङले लेखेका हुन् । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रको ‘निरा जहिले रिसाउनी’ बोलको गीत सर्वाधिक चर्चित बनेको थियो । हेर्नुहोस् चलचित्र–

यो पनि हेर्नुहोस्

तपाईका छोराछोरी पनि लागुऔषधको प्रयोगमा लागेका छन् कि ? हेर्नुहोस् यो भिडियो

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

दुबईमा यी नेपालीको बब्बाल डान्स्, केटा हो कि केटी छुट्याउनै समस्या
केही महिना अघि चर्चित भाईरल बाल गायक अशोक दर्जी र चर्चित गायक टंक बुढाथोकी सहितको टोली दुबईमा भएको सांस्कृतिक कार्यक्रममा पुगेका थिए । सोही कार्यक्रममा एक प्रवासी नेपालीले बब्बाल डान्स गरेका थिए । उनको गीतमा धेरै युवकले हुटिङ समेत गरेका थिए । उनी युवक हुन् कि युवती ? यो छुटाउन सबैलाई हम्मे–हम्मे पर्यो । तपाईले सक्नुहुन्छ कि ? हेनुृहोस् भिडियो–

दिपकराज गिरीको दुई वटी श्रीमती ?
शिर्षक पढेर अचम्म लाग्यो होला तर यो सत्य हो । नझुक्किनुस् है , यो कुरा कलाकार दिपकराज गिरीको वास्तविक जीवनको बारेमा होईन । उनी वास्तविक जीवनमा आफ्नै श्रीमतीसँग खुशी छन् । यहाँ म कुरा गरिरहेको छु दिपकराज गिरी सहितको टिमको नयाँ चलचित्र ‘छक्का पञ्जा ३’ को ।छायांकनको समयदेखि नै चर्चामा रहेको चलचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीत साउन १४ गते युट्युबमार्फत सर्वाजनिक गरिएसँगै चलचित्रको कथाका बारेमा समेत कौतहुलता पैदा भएको छ । तर दिपकको दुई वटी श्रीमति देखिएसँगै यो चलचित्र बहुविवाह सम्बन्धी हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

नायिका प्रियंका कार्कीले विवाह हुनु अघि नै सोचिन् छोरीको नाम
‘कथा काठमाण्डुको’ चलचित्रमा समावेश एक गीतमा अन्तरङ्ग दृश्य दिएपछि थप चर्चा र आलोचना समेत खेपिरहेकी चर्चित कलिउड नायिका प्रियंका कार्कीले विवाहपूर्व नै आफ्नी छोरीको नाम सोचेकी छिन् । फेसन कन्सियसमा हेक्का राख्ने उनले फेसन ट्रेन्ड अनुसारको ड्रेसप चेञ्ज गर्न र सोही अनुसारको जीवनशैली अपनाउन थालेको लामो समयसमेत भईसकेको छ । फेसनकै ?पमा पछिल्लो समय चर्चामा रहेको ट्याटु खोप्ने ट्रेण्डलाई समेत उनले अपनाइसकेकी छिन् । यसै सिलसिलामा उनले यहि ट्रेण्डलाई फलो गर्दै आफ्नो घाँटीमा हुनेवाला छोरीको नाम ‘आयंका’ लेखिएको ट्याटु खोपाएकी छिन् ।

प्रियंकाले सलमानको फिल्ममा काम नगर्नुको रहस्य यस्तो

हलिउडमा समेत धुम मच्चाउन सफल बलिउड नायिका प्रियंका चोपडाले सलमान खानको ‘भारत’ नामक चलचित्र छोड्नुको विषयलाई लिएर बलिउडमा ठूलो गसिप बनेको छ । मिडियामा आएका समाचारहरुका अनुसार प्रियंकाले आफ्नो ब्वाईफ्रेण्ड निक जोनससँग विवाहको कुरा भइरहेका कारण उक्त चलचित्र छोडेकी हुन् । तर उनले उक्त चलिचत्र छोडेसँगै फरहान अख्तर स्टारर फिल्म ‘द स्काई इज पिंक’ मा साईन गरेपछि भने उनको यो कारण ओझेलमा परेको छ । उनले साईन गरेकी चलचित्रको छायाँकन अगष्ट ८ बाट सुरु हुँदैछ ।

नायिका आँचल भन्छिन्–‘जीवनको अँध्यारा पाटालाई प्रेमले सिँगार्ने कथा हो ब्ल्याक’
नायिका आँचल शर्माले नेपाली कथानक चलचित्र ‘ब्ल्याक’ ले मानिसको जीवनको अँध्यारा पाटाहरु र प्रेमले ती अँध्यारा पाटालाई किनारा लगाउने कथा बोकेको बताएकी छिन् । चलचित्रको प्रचारप्रसारका क्रममा आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चलचित्र हेरिदिन समेत सबैलाई आग्रह गरिन् । ‘हरेक मानिसको जीवनमा अँध्यारा (कालो) पाटाहरु हुन्छन्, ती काला पाटाहरुलाई कसरी सेतो बनाउने भन्ने बारेमा चलचित्र बनेको छ, उनले भनिन्, ‘जीवनमा माया भइसकेपछि कसरी अप्ठ्यारो चिजपनि सजिलो लाग्छ अथवा मायाले कस्तो अप्ठ्यारो ल्याउँछ भन्ने जस्ता सबै कुराहरु मिक्स भएको छ ब्ल्याकमा ।’ चलचित्रमा आफुसहित सबै यूनिटले निकै मेहनत गरेको आँचलले बताईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*