साँसद जुनेली श्रेष्ठको प्राथमिकतामा पदमपोखरीको विकास

वडाअध्यक्ष ललित घलान भन्छन्–‘वडा विकासमा करोडौँ लगानी भयो’
८ असार २०७६, आईतवार २२:१३
वडाअध्यक्ष ललित घलान भन्छन्–‘वडा विकासमा करोडौँ लगानी भयो’

मकवानपुर, ८ असार । प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले हेटांैँडा उपमहानगरपालिका वडा नम्बर १२ को विकास अब कसैले रोक्न नसक्ने बताएकी छिन् । वनस्पतीदेखि सिग्रेनीसम्मको स्ल्याब ढलान सडकको शनिबार उद्घाटन गर्दै उनले विगतमा पदमपोखरी विकासमा किन पछाडि परेको होला भनेर चिन्ता लाग्ने गरेको बताउँदै पदमपोखरीको विकासका लागि चालु आर्थिक वर्षमा धेरै सहयोग गरेको उल्लेख गरिन् । आगामी आर्थिक वर्षमा सडक, पुल, खानेपानी, कृषि आदि क्षेत्रका लागि सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाए । आफू सांसद भएपछि पहिलो प्राथमिकता पदमपोखरीलाई दिएको उनले बताईन् । यो समाचार हामीले हेटौँडाबाट प्रकाशित राष्ट्रिय दैनिक समृद्ध समाजबाट साभार गरेका हौँ ।

विगतका समयमा निर्वाचनको समयमा मात्र विकासका आश्वासन दिएर जाने तर केही नगरिदिने भएकोले विकासमा पदमपोखरी धेरै पछाडि परेकोले अब त्यो दिन सकिएको श्रेष्ठले बताए । उनले अब निर्वाचित जनप्रतिनिधि कस्तो हुनुपर्छ भनेर आफूले उदाहरण बनेर देखाउने बताईन् । आफ्नो पहलमा ३ किलोमिटर बाटो स्ल्याव ढलान भएको बताउँदै उनले भनिन्, ‘बाटो राम्रो बनाउने काम म गर्छु, समाज सभ्य र राम्रो बनाउने काम तपाईंहरू गर्नुहोस् ।’ सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई व्यवहारमा उतार्न सबैले आआफ्नो क्षेत्रबाट लागी पर्नुपर्ने श्रेष्ठले बताईन् । सांसद श्रेष्ठले भौतिक विकाससँगै अब मानवीय विकासका काम पनि हुनुपर्ने बताए । अब १२ नम्बर वडाका बासिन्दालाई उनले आर्थिक उपार्जनको काममा लाग्न सुझाव दिईन् ।

कार्यक्रममा १२ नम्बर वडा अध्यक्ष ललित घलानले वडामा चालु अर्थिक वर्षमा मात्र ९ करोड लगानी भएको बताए । मुख्य तथा शाखा सडकहरूको स्तरोन्नति, खानेपानीका लागि बोरिङ, कृषि, शिक्षालगायत अन्य भौतिक विकासका क्रममा ९ करोड बराबरको लगानी भएको बताएका हुन् । १२ नम्बरको विकासका लागि मुख्यमन्त्री डोरमणि पौडेलको ठूलो सहयोग रहेको र आगामी दिनमा पनि प्रदेश सरकारले सहयोग गर्ने आश्वासन पाएको उनले बताए । अहिले वनस्पतीदेखि सिग्रेनीसम्म २ करोड ४३ लाख लागतमा ३ किलोमिटर बाटो स्ल्याब ढलान गरिसकेको आगामी आर्थिक वर्षमा बाँकी ६ किलोमिटर बाटो ढलान गर्ने लक्ष्य रहेको घलानले बताए । तिनताप्के पुलसम्मको सडक स्तरोन्नतिपछि १२ नम्बर वडामा मानिसको आकर्षण बढ्ने उनको भनाई छ ।

चालु अर्थिक वर्षमा ६ मिटर चौडाईको ३ किलोमिटर र ४ मिटर चौडाइको १.५ किलोमिटर बाटो स्ल्याब ढलान भइसकेको बताइएको छ । आफ्नो कार्यकाल ३ वर्षभित्रमा १२ नम्बर वडाको सबै बाटोको स्तरीकरण गरिसक्ने घलानले बताए । पदमपोखरीलाई अन्यत्रका मानिसले हेर्ने दृष्टिकोण फरक रहेको र बदनाम भएकोले अब यसलाई सुधार्ने काममा आफू लागी पर्ने उनले बताए । वनस्पतीदेखि सिग्रेनीसम्मको ३ किलोमिटर सडक प्रदेश सरकारको १ करोड तथा सांसद विकास कोषको रकमसमेत गरी २ करोड ४३ लाखको लागतमा सडकको स्ल्याव ढलान गरिएको थियो । बाँकी सडक आगामी आर्थिक वर्षमा निर्माण गरिसक्ने बताइएको छ । टोल सुधार समितिका अध्यक्ष आइतराम थिङको अध्यक्षतामा भएको कार्यक्रममा, नगरकार्यपालिका सदस्य रुक्मिणी स्याङ्तान, स्थानीय समाजसेवी पूर्णप्रसाद पुडासैनी, अर्जुन प्रसाद अर्याल, नकुल थापालगायतको उपस्थिति रहेको थियो । श्रोत–समृद्ध समाज राष्ट्रिय दैनिक

यो पनि हेर्नुहोस्

यति राम्री ऐश्वर्यकी दिपिका प्रसाई

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगिता मिस जापान कानाको डाटेले जितेकी छिन् । ओपेरा गाएर सबैको मन जितेकी मिस जापान नै ट्यालेन्टमा विजयी भएकी हुन् । जीतसँगै उनी सेमिफाईनमा पुगेकी छिन् । सेमिफाईनलमा पुग्ने उनी दोस्रो प्रतियोगी हुन् । यसअघि नै मिस फ्रान्सले टप मोडल कम्पीटिसन जितेर सेमिफाईनलमा पुगिसकेकी छिन् । मिस जापान, एक प्रोफेसनल ओपेरा सिंगर हुन् । जापानको पुरानो राजघरानाकी राजकुमारी समेत रहेकी उनले पोलिटिकल साईन्स अध्ययन गरेकी छिन् । उनी जापानी परम्परागत नाच र धनुरविधामा अब्बल समेत छिन् । उनले जापानिज सहित अन्य ६ वटा भाषा समेत जान्दछिन् । ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला खतिवडाको कस्तो रह्यो त प्रस्तुति भन्नेमा सबैको जिज्ञासा हुन सक्छ । आउनुस् यस बारेमा केही चर्चा गरौँ ।

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडाका युवाहरुले तयार पारेको लघु चलचित्र ‘वास्तब’ रिलिज भएको छ । मुर्चुङ्गा टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको लघु चलचित्र सस्पेन्सका साथै रोमान्टिक जेनरमा निर्माण भएको छ । हेटौँडा निवासी बिक्रम लुङ्वाको कथा लेखन तथा निर्देशनमा बनेको चलचित्र एस फिल्म्सको ब्यानरमा बनेको हो । चलचित्रमा मकवानपुरकै दिपक सापकोटा, बि.एन. धिताल, मुना मोक्तान, रामबाबु नेपाली र भोजराज श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सम्राज पाख्रिनको छायाँकन रहेको चलचित्रलाई बि.एन. धितालले निर्माण गरेका हुन् । चलचित्रलाई दिपक सापकोटाले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–

द हेटौँडा क्रियुजको ‘नशालु रैछ’ रिलिज (भिडियो सहित)
हेटौँडाको चर्चित डान्स् ग्रुप ‘द हेटौँडा क्रियुज’ को प्रस्तुति रहेको नयाँ गीत ‘नशालु रैछ’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको द हेटौँडा क्रियुजका म्यानेजर दिलकुमार लामाले मुर्चुङ्गा टिभीलाई जानकारी दिए । एस.बि.जी. लामाको शब्द र आवाजमा सजिएको गीतको म्यूजिक भिडियोमा द हेटौँडा क्रियुजका कलाकारहरु विष्णु, अमित, बिसु, दिपक, कृष्ण, सन्ध्या, प्रियंका र अनिताको अभिनय रहेको छ । साथै दिलकुमार लामाको समेत विशेष भूमिका रहेको छ । गीतलाई एस.बि.जी. र देवी रुम्बाले कम्पोज गरेका हुन् । गीतलाई गणेश सन्तोष प्रगाढले एरेञ्ज गरेका हुन् ।

हलिउड शैलीमा निर्मित ‘छिरिङ’ दर्शकको मायाले हेटौँडामा तानियो

दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल नेपाली कथानक चलचित्र ‘छिरिङ’ आज हेटौँडाको एनएस सिनेमाजमा प्रदर्शन गरिएको छ । अन्य स्थानमा असोज १२ गतेदेखि प्रदर्शनमा आएता पनि मकवानपुरका दर्शकले ‘छिरिङ’ हेर्न पाएका थिएनन् । तर हेटौँडाका दर्शकहरुले चलचित्र हेर्नका लागि सामाजिक सञ्जालमै स्टाटस पोष्ट गर्न थालेपछि अन्ततः चलचित्र हेटौँडामा समेत प्रदर्शन गरिएको हो । दर्शकहरुले चर्चित गायक तथा नायक यश कुमार र निर्माता सुनिल माथेमा प्रधानसंग साक्षात्कार समेत गर्ने मौका पाए । चलचित्रको प्रदर्शन अघि आज हेटौँडामा भएको पत्रकारसँगको भेटघाटमा नायक तथा गायक यश कुमारले चलचित्र हलिउड शैलीमा बनेको बताएका थिए । चलचित्र हेरेँसँगै हेटौैैँडाका दर्शकले समेत चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा
पुसन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । औपचारिक रुपमा कुनै नृत्य तथा अभिनयको कक्षा नलिएपनि उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*