निर्मला पन्तको पाशविक हत्याको विरोधमा हेटौँडाका गायकको यस्तो गीत

८ असार २०७६, आईतवार १४:५०

हेटौँडा, ८ असोज । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या र बलात्कारीलाई सजाय दिने कुरामा सरकारको उदासिनताको विरोध गर्दै मकवानपुरको हेटौँडाका एक युवकले म्यूजिक भिडियो तयार पारेका छन् । उक्त म्युजिक भिडियोालाई यो सामाग्री तयार पार्दाको समयमा १ हजार २ सयभन्दा बढी पटक हेरिएको छ ।

ओपेरा इन्फोटेन्मेन्ट सिने प्रा.लि.को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्यूजिक भिडियोमा स्वर्गीय निर्मला पन्तप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारको उदासिन प्रवृत्तिको विरोध गरिएको ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिका निर्देशक तथा कलाकार विक्रम लुङ्वाले जानकारी दिए । साहिर ढकालको शब्द र आवाजमा तयार भएको गीतको म्यूजिक भिडियोलाई लुङ्वा आफैले खिच्नुका साथै सम्पादन र निर्देशन समेत गरेका हुन् ।
हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

हेटौँडाको सुन पसलमा यसरी भयो चोरी

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

सन्तोष लामाको म्यूजिक भिडियोमा मकवानपुरका फुर्बा दोर्जे र साबित्राको रोमान्स
नेपाली ताराको बिजेता बनेर थप चर्चामा आएका गायक सन्तोष लामाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामाको आवाजमा रहेको ‘बिर्सन म सक्दिन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा मकवानपुरका कलाकार फुर्बा दोर्जे मोक्तान तामाङ तथा चर्चित मोडल साबित्रा थिङले अभिनय गरेका छन् । नयाँ वर्ष सन् २०१९ को अवसर पारेर सार्वजनिक भएको म्यूजिक भिडियोमा फुर्बा दोर्जेसँगै साबित्राको अभिनय प्रशंसनीय छ । मायाप्रेमले भरिपूर्ण म्यूजिक भिडियोमा फुर्बा र सावित्राको जोडी निकै सुहाएको छ । साबित्रा र फुर्बाको अभिनय कौशल समेत भिडियोमा देखिएको छ । गीतमा रोशन भट्टराईको शब्दमा चर्चित संगीतकार न्ह्यु बज्रचार्य को संगीत छ । गायक सन्तोष लामाको एल्वम अक्षतामा उक्त गीत समावेश छ । मलेसियामा छायाँकन भएको म्यूजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन् ।

यस्तो छ चलचित्र सय कडा दश, हेटौँडामा खुल्यो रहस्य (भिडियो)

नेपाली कथानक चलचित्र ‘सय कडा दश’ ले समाजमा रहेको भ्रष्ट्राचारलाई न्युनिकरण गर्न सहयोग गर्ने चलचित्रका कलाकार तथा निर्माताहरुले बताएका छन् । न्युज क्लब नेपाल, हेटौँडामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माण कमिटि तथा कलाकारहरुले यस्तो बताएका हुन् । चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङगाना, उत्सव न्यौपाने, करुणा श्रेष्ठ, सोनिया राई, रश्मी भट्ट, अमित पोखरेल लगायतकाको अभिनय रहेको छ ।
कसले के भने ? हेर्नुहोस् भिडियो–

‘पिरतीको मिठो तिर्सना’ मा हेटौँडाका रायु र रिकिताको रोमान्स (भिडियो)

हेटौँडाबाट चर्चामा आएको ओपेरा ईन्फोटेन्टमेन्ट सिने प्रा.लि.ले नयाँ कभर म्यूजिक भिडियो सार्वजनिक गरेको छ । चलचित्र ‘विर विक्रम २’ को चर्चित ‘पिरतीको मिठो तिर्सना’ बोलको रिमेक गीतको कभर भिडियो सार्वजनिक गरिएको हो । हेटौँडाका उदाउँदो कलाकार रायु घले र रिकिता क्षेत्रीको रोमान्स समेटिएको भिडियो निकै राम्रो बनेको छ । रायु र रिकिताको अनस्क्रीन रोमान्सले भिडियोलाई थप शसक्त बनाएको छ । मकवानपुरका चर्चित पर्यटकीयस्थलहरुमा छायाँकन गरिएको भिडियोको निर्देशकीय पक्ष निकै नै मजबुद देखिएको छ । ओपेराका सञ्चालक समेत रहेका कलाकार, कोरियोग्राफर तथा निर्देशक विक्रम लुङ्वाले म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् । छायाँकनसँगै निर्देशनको पाटोलाई समेत लुङ्वाले उत्कृष्टता प्रदर्शन गरेका छन् । धन पाख्रिन र सागर राईले म्यूजिक भिडियोलाई छायाँकन गरेका हुन् । सिर्जना सापकोटाको भ्वाईस ओभर रहेको म्यूजिक भिडियोलाई रायु घलेले कोरियोग्राफी गरेका हुन् ।

हेटौँडाकी दिप्सना, प्रमोद खरेलको म्यूजिक भिडियोमा

मकवानपुरको हेटौँडामा अध्ययनसँगै अभिनयमा समेत सक्रिय दिप्सना रिमाल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको ‘आँशु झारी’ बोलको गीतको म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । मकवानपुरमा अध्ययनरत उनी अभिनय र नृत्यमा रुचि राख्छिन् । कलाकारिता क्षेत्रमा अघि बढ्ने चाहाना भएको बताउँदै उनले भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् । राज धमला निश्चल ओखलढुङ्गेको शब्द र बिनोद बस्नेतको संगीतमा गायक खरेलले आवाज दिएका छन् । म्यूजिक भिडियोमा दिप्सनासँगै नविन मिश्र लगायतको कलाकारको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । यो समाचार तयार पार्दाको समयमा यस म्यूजिक भिडियोलाई १९ हजारभन्दा बढी पटक हेरिएको छ ।

नेपाल आईडलकी अस्मिता अधिकारी र गायक मातृका आचार्यको नयाँ गीत रिलिज

नेपाल आईडल सिजन २ को थर्ड रनर अप हुन सफल प्रतियोगी अस्मिता अधिकारी र गायक मातृका आचार्यको आवाजमा रहेको नयाँ गीत युट्युब मार्फत रिलिज गरिएको छ । पुरुषोत्तम न्यौपानेको संगीत संयोजन तथा गायक आचार्यकै शब्दमा रहेको ‘दुई मुटु एउटै पारी’ बोलको गीतको अडियो भर्जन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*