तामाङ दोहोरीको भ्युज बढ्दै

७ असार २०७६, शनिबार १३:१०

मकवानपुर, ७ असार । चर्चित मकवानपुरे गायक अशोक तामाङ र गायिका जस्मिन तामाङको तामाङ दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै यसको भ्युज बढ्दो क्रममा छ । जिग्मे मिडियाको प्रस्तुति रहेको ‘बोर्ला ङाई याम्बुरी’ गीतको म्युजिक भिडियो गत शुक्रबार दिउँसो जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत प्रिमियर गरी सार्वजनिक गरिएको हो । प्रिमियर भएको एक हप्ता पार गर्दा गीतलाई करिब २८ हजारपटक हेरिएको छ । यो सामाग्री तयार पार्दाको समयमा गीतमा करिब एक हजार लाईक र एक सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

गीतमा अशोक र जस्मिनको शब्द रहेको छ । गीतको संगीत अशोकले नै तयार पारेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई सुमन रानाले रकर्डिङ गरेका हुन् । विश्वास नेपालको एरेञ्जमा तयार भएको गीतलाई कुमार रानाले मिक्स गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायक अशोकले नै अभिनय गरेका छन् । त्यस्तै उनलाई म्युजिक भिडियोमा मोडल अनिता गोलेले साथ दिएकी छिन् । मोडलसँगै कम्मर मर्काएका अशोकलाई दर्शक श्रोताहरुले मोडलका रुपमा स्विकार्न सक्ने गरी रोचक अभिनय गरिरहेको समेत देख्न सकिन्छ । रोमान्टिक मुडमा देखिएका अनिता र अशोकको जोडी सुहाएको समेत छ । अभि लामाको कोरियोग्राफी तथा निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुर्य लामाको सिनेम्याटोग्राफी, कलरिङ र सम्पादन गरेका छन् ।

प्रविण राईको ड्रोन छायाँकनमा तयार भएको भिडियोमा अनिता र अशोकलाई दिया रिजालले सिँगारेका छन् । म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर बब्लु गुरुङ हुन् । गायक तामाङ यस अघि गत पुसमा ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक गरेर थप चर्चामा आएका थिए । उनका अन्य गीतलाई पनि दर्शक श्रोताले रुचाएका थिए । उनका यस अघि नै मै विदेश जाँदा, हिमाल पारी गाउँ, मैच्याङ्नी मोरी, वैँशले लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग २– प्रेम कि ओभर केयरिङ ?

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

के तपाईँ आफ्नै युट्युब च्यानल बनाउन चाहानुहुन्छ ? बनाउने तरिका सिकौँ
तपाई यदि आफ्नै युट्युब च्यानल बनाउनुहुन्छ तर तपाईँलाई राम्रो युट्युब च्यानल बनाउने बारेमा थाहा छैन भने यो भिडियो हेर्नुहोस् । यस भिडियोमा हामीले जिमेल आईडी र राम्रो युट्युब च्यानल बनाउने तरिका राखेका छौँ । यो भिडियो युट्युब सिक्न चाहाने प्रशिक्षार्थीहरुको लागि तयार पारिएको हो । हेरौँ भिडियो–

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

ईन्टरनेटको दुनियाँमा दैनिक रुपमा विभिन्न अफर र योजनाहरु आउँछन् जसले यसको प्रयोगकर्तालाई कहिले घाटा त कहिले फाईदा पुराउँछ । आजभोलि विश्वका हरेक मानिसहरु पैसा कमाउन चाहान्छन् । हुन त हामी आफुलाई पैसाको दास बनाउनबाट बच्नुपर्छ, यसलाई आवश्यकता रुपमा मात्र प्रयोग गर्नुपर्छ तर पनि पैसा कमाउने सबैको उदेश्य हुन्छ । संसारमा पैसा कमाउने सकरात्मक तरिकाहरु प्रशस्त छन् । पैसा कमाउने माध्यमका रुपमा वर्तमान समयमा मोबाईल एपलाई पनि लिने गरिन्छ । गुगल प्ले स्टोर तथा अन्य एप स्टोरहरुमा त्यस्ता कयौँ एन्ड्रोईड मोबाईल एपहरु छन् जसले पैसा कमाउने अफर समेत दिन्छ । यस्तै एप मध्येको एउटा एप हो–क्लिन मास्टर । यस एपले पनि तपाईलाई मोबाईलमा प्रयोग नहुने फाईलहरु क्लिन गर्दा तथा गेम खेल्दा केही रकम कमाउने अवसर दिन्छ । क्लिन मास्टरले केही समय अघि यो अफर केही सिमित समयमा लागि लञ्च गरेको हो । मोबाईल एन्टीभाईरस, क्लिनर तथा एप लकरका रुपमा प्रयोग हुने यस मोबाईल एपको प्रयोग गरी कसरी पैसा कमाउने भन्ने बारेमा हामीले यस भिडियोमा चर्चा गरेका छौँ । हेरौँ भिडियो–

के चन्द्रमा खुम्चिएकै हो ?

चन्द्रमा विषयमा हामी मानिस जाति मात्र होईन प्रकृतिका अन्य सृष्टिले पनि चासो राख्ने गर्छन् । चन्द्रमाकै गतिका कारण पृथ्वीमा ऋतु परिवर्तन लगायतका प्रक्रियाहरु सञ्चालन हुन्छन् । संसारका कतिपय पात्रोहरु आज पनि चन्द्रमाकै गतिका आधारमा निर्धारण गरिन्छ । कतिपयले चन्द्रमालाई कुरुप रुपमा चित्रण गर्छन् भने कतिपयले यसको सुन्दरताको पनि विष्लेषण गर्छन् । आफ्नो प्रेमिकालाई अधिकांश प्रेमीहरुले जुनसँग तुलना गर्छन् चाहे त्यो सुन्दरताको आधारमा होस् या प्राप्तिका आधारमा होस् । चन्द्रमा पृथ्वीको एक उपग्रह हो जुन पृथ्वीभन्दा ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा छ । निल आर्मस्ट्रंगले सन् १९६९ को जुलाई २१ मा चन्द्रमामा पहिलोपटक पाइला टेकेका थिए । सन् १९७२ मा यूजिन सेरननले पनि चन्द्रमामा पाइला टेके । उनी नै अहिलेसम्म चन्द्रमामा पुग्ने अन्तिम यात्री हुन् । त्यसयता चन्द्रमामा मानिसलाई पठाइएको छैन । यद्यपि, लूनार रिकनिसेन्स अर्बिटर नामक स्याटेलाइटका माध्यमबाट नासाले चन्द्रमाको गतिविधि निगरानी गर्ने गर्दछ ।

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो
ट्वीटर माईक्रो ब्लगिङ साईटहरुमध्ये लोकप्रिय साईट हो तर पनि यसले विभिन्न समस्याहरु झेल्दै आईरहेको छ । पछिल्लो समयमा विभिन्न समस्यामा गुज्रँदै र थप सुधार गर्दै आएको ट्वीटरले ६ महिनाको अवधिमा नै १ लाख ६० हजारभन्दा बढी ट्वीटर अकाउन्टहरु बन्द गरिदिएको छ । हुन त आफ्नो प्रयोगकर्ताका अकाउन्ट बन्द गर्दा यसको घाटा प्रत्यक्ष रुपमा ट्वीटरमा पर्छ तर पनि विविध कारणले गर्दा ट्वीटरले गत वर्षको जुलाईदेखि डिसेम्बर सम्ममा यति ठूलो संख्यामा अकाउन्ट बन्द गराएको हो । बन्द गरिएका ती ट्वीटर अकाउन्टहरुले आतंकवादलाई बढावा दिएको र आतंकवादी संगठनहरुद्वारा आफ्ना गतिविधिको प्रचारका लागि प्रयोग गरिएको पाइएपछि ट्वीटर यस्तो कदम चाल्न बाध्य भएको हो । ट्वीटरको सुधारका लागि शून्य सहनशीलता नीति लागु गरेको ट्वीटरले उक्त अवधिमा १ लाख ६६ हजार ५१३ अकाउन्ट बन्द गरेको हो । अधिकारीहरुका अनुसार निलम्बन गरिएका अकाउन्ट मध्ये ९१ प्रतिशत अकाउन्टका सामाग्रीहरु आपत्तिजनक रहेको तथ्य ट्वीटरको आन्तरिक प्राविधिक टूल्सले पत्ता लगाएको थियो ।

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
जीवनमा सकरात्मक परिवर्तन खेल्न समेत सघाउ पुराउने सामाजिक सञ्जालको गलत प्रयोगका कारण कयौँ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै एउटा घटनाका कारण अहिले अनलाईन मिडिया तातिएको छ । समाचारमा जनाइए अनुसार चर्चित फोटो शेयरिङ एप इन्स्टाग्राममा मर्ने कि नमर्ने ? भन्ने विषयमा मत सर्वेक्षण गरेर एकजना किशोरीले आत्महत्या गरेकी छिन् । मलेसियाकी १६ वर्षीया ती किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग आफु मर्दा ठिक हुन्छ कि बाँच्दा ठिक हुन्छ भन्दै मत सर्वेक्षण गरेपश्चात आत्माहत्या गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । अचम्मको कुरा त के भने उनका फलोअर्समध्ये मत सर्वेक्षणमा भाग लिएका ६९ प्रतिशत फलोअर्सले उनलाई मर्दा ठिक हुन्छ भन्ने मत दिए । मलेसियाको सारावाक राज्य पुलिसका अनुसार ती किशोरीले आफ्नो इन्स्टाग्राममा राखेको पोलमा यस्तो लेखेकी थिईन्–‘निकै महत्वपूर्ण, छनोटमा सहयोग गर्नुहोस्, मरण÷जीवन ।’ उनको त्यो पोलमा भोट गर्नेमध्ये ६९ प्रतिशतले मरण अर्थात डेथ अप्सनमा भोट गरेका थिए । त्यो उनलाई सह्य भएन र आत्महत्याको बाटो रोजिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*