एक महिना नपुग्दै डेढ करोडको नजिक ‘गलबन्दी’

७ असार २०७६, शनिबार १२:५२

मकवानपुर, ७ असार । गायक तथा मोडल प्रकाश सपुतको चर्चित ‘बोल माया’ टिमले तयार पारेको ‘गलबन्दी’ ले सार्वजनिक भएको एक महिना नपुग्दै करिब डेढ करोड भ्युज प्राप्त गरेको छ । मे २५ तारिखमा गायक प्रकाश सपुतकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीत युट्युबमा मात्र नभई टिकटक जस्ता अन्य सामाजिक सञ्जालमा पनि भाईरल भएको छ । यस गीतका शब्दहरुलाई लिएर चर्चित ट्रोलहरु निर्माण गरिनुका साथै फेसबुक जस्ता सामाजिक सञ्जालमा हरेक शब्दहरु स्टाटस बनेका छन् ।

यो सामाग्री तयार पार्दाको समयमा यस गीतको म्युजिक भिडियोले आफुलाई करोड क्लबमा उभ्याउन सफल भईसकेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस गीतमा १ करोड ४९ लाख ६० हजारभन्दा बढी पटक हेरिसकिएको छ । ३ लाख ४४ हजार लाईक गीतले पाईसकेको छ । त्यस्तै करिब २८ हजार कमेन्टहरु भिडियोमा गरिएका छन् । गीतको म्युजिक भिडियोले फेरि एकपटक ‘बोल माया’ को कारुणिक दृश्यलाई सम्झाउँछ । नेपाली समाजको रोधी सँस्कृतिमा आधारित यस गीतलाई प्रकाशले बोल मायाको प्रिक्वेलको रुपमा निर्माण गरेका छन् । गीतमा प्रकाश सपुत र बोल मायामा सबैको मन जितेकी शान्ति श्री परियारको आवाज यसमा समावेश छ ।

गीतमा प्रकाशकै शब्द सँगीत छ । कृष्ण बिकको म्युजिक एरेञ्ज र ब्याकग्राउण्ड स्कोर रहेको गीतमा खर्क बुढा मगरले मादल र रत्न बिकले बाँसुरी बजाएका छन् । प्रकाशकै निर्देशनमा तयार भएको भिडियोमा प्रकाशसँगै बोल मायाकी चर्चित कलाकार अञ्जली अधिकारी, डिपलव विक र करविन गैरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । हेर्नुहोस् गीतको समिक्षा सहितको भिडियो–

यस अघि नै सन् २०१८ को मे १७ तारिखमा प्रकाशकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘बोल माया’ गीतको भिडियोले नेपाली साँगितिक क्षेत्रमा एउटा नयाँ उचाई प्राप्त गरेको थियो । ‘दोहोरी ब्याटल’ गाएर नेपाली युवाको मनमा बस्न सफल भइसकेका प्रकाशलाई यो गीतले सबैको प्यारो बनाउन सफल भएको थियो । उनको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो कयौँ दिनसम्म युट्युबमा नम्बर १ ट्रेण्डिङमा कब्जा जमाउन सफल भएको थियो ।

गीतको संगीत र शब्दलाई प्रकाशले जति मार्मिक बनाएका थिए त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारिएको थियो । उनीसहित नारायण रायमाझी र शान्ति श्री परियारको आवाज समावेश गीतको म्युजिक भिडियोमा उनको श्रीमतीको भूमिकामा अञ्जली अधिकारीले जीवन्त अभिनय गरेकी छिन् । बाध्यतामा कमाउन भनि विदेश गएका श्रीमान गुमाउनुको पिडा, धर्ती नटेकेको गर्भको निर्दोष शिशुले बुवाको मुख हेर्न नपाएका कारुणिक दृश्यलाई करन चैँसिरले क्यामेरामा कैद गरेका छन् । प्रकाशकै निर्देशनमा बनेको म्यूजिक भिडियोमा सितारे गन्धर्व तथा बालकलाकार डिपलभ वि.क. र खुशी थापाले रमाईलो अभिनय गरेका छन् ।

यो पनि हेर्नुहोस्

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?
पछिल्लो दशकमा इन्टरनेट टेक्नोलोजीमा भएको विकास एक किसिमले वरदान सावित हुँदै गइरहेको छ भने अर्कोतर्फ मानवीय जीवनमा यसको धेरै नराम्रो असर पनि परिरहेको छ । टेक्नोलोजीले मानवीय जीवनमा पुर्याउने नोक्सान यस्ता छन् कि जसलाई हल्का रुपमा लिनु मुर्खता हुने छ । अनुसन्धानकर्ताहरुले कैयौं नयाँ मानसिक रोग पत्ता लगाएका छन्, जो इन्टरनेज र टेक्नोलोजीको बढ्दो प्रयोगका कारण सिर्जित भएका हुन् । यहाँ केही त्यस्ता रोगहरुको चर्चा गरिएको छ ।

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

के तपाईँ फेसबुक वा ट्वीटर जस्ता सामाजिक संजालमा फेक –नक्कली) आईडी बनाईरहनुभएको छ ? न केटी बनेर दुनियाँलाई झुक्काईरहनु भएको छ कि ? उसो भए सावधान अब तपाईको शैतानी दिमागलाई चुनौति दिन अर्थात तपाईको पोल खोल्न वैज्ञानिकहरुले नयाँ तरिका विकास गरेका छन् । फेसबुक तथा ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइटहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । विभिन्न एजेन्सीहरुमा आएको समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा आपत्तिजनक लिंकहरु पठाउँदछन् ।

फेसबुकमा यी कुराहरु हटाई हाल्नुस्, नत्र तपाईलाई खतरा हुनसक्छ

फेसबुकमा व्यक्तिगत डाटाहरु समेत लिक हुन थालेपछि यसले जो कोहीको गोप्यतालाई चुनौतिमा पारेको छ । तपाईँले गलफ्रेण्ड–ब्वायफ्रेण्ड वा जीवनसाथीसँग अन्तरङ्ग कुराकानी गर्ने गलत बानी अंगाल्नुभएको छ भने यो झन खतरनाक हुनसक्छ । त्यतिमात्र होईन हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । केही समयअघि मात्र ९ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको थियो । अब सोच्नुस् उनीहरुको फेसबुक डाटामा के–के थियो होला ? फेसबुक आफैले पनि गोपनियतालाई सुरक्षित पार्नका लागि बलियो तरिकाको सुरुवात गरिसकेको बताउँदै आएको छ तर हामी आफै सचेत भएनौँ भने हाम्रो जीवन नै खतरामा पर्न सक्छ । वर्तमान समयमा फेसबुक प्रयोग नगरि बस्न पनि हामी सक्दैनौँ । उसो भए कसरी गर्ने त फेसबुकको सही र सुरक्षित प्रयोग ? हामीले यहाँ यही कुराहरुलाई प्रस्तुत गरेका छौँ ।

ट्वीटरले प्रयोगकर्ताको डाटा बेचेको खुलासा, तपाईको पनि बेचियो कि ?

डाटा विक्री प्रकरणमा ट्वीटर पनि विवादमा तानिएको छ । यस अघि प्रयोगकर्ताका डाटाको घोटालासम्बन्धी प्रकरणले फेसवुक ठूलो विवादमा तानिएकै अवस्थामा ट्वीटर पनि विवादमा तानिएको हो । ट्वीटर पनि डाटा विक्रीको विवादमा तानिएको हो । ट्वीटर माइक्रोब्लगिङ साइट हो । संसारभर यसका प्रयोगकर्ता छन् । ट्वीटरले क्याम्ब्रिज एनालिटिकाका शोधकर्तालाई लाखौँ ट्वीटर प्रयोगकर्ताका डाटा बिक्री गरेको पाइएको छ । ट्वीटरले अलेक्जेन्डर कोगनलाई सन् २०१५ मा एक दिनका लागि सार्वजनिक डाटामा पहुँच उपलब्ध गराएको पाइएको छ ।

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ? (सिक्नुहोस् भिडियोबाट)

पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर पैसा कमाउने विषय हरेक मानिसहरुका लागि सजिलो तरिका हुनसक्छ । तर यसमा धैर्यता भने चाहिन्छ ।अनलाईनमा पैसा कमाउन पाईन्छ भनेर विज्ञापन गर्ने विभिन्न फेक तरिकाहरु पनि दिइएका छन् तर आस मात्र देखाउने ती तरिकाहरुमा तपाई नपरेकै जाति । किन कि अनलाईनबाट पैसा कमाउन त्यति सजिलो छैन । जे होस् सामान्य जीवनयापनका लागि भने हामीले अनलाईनबाट समेत पैसा कमाउन सक्छौँ । यो भिडियोमा हामीले पैसा कमाउने सही तरिकाहरुका बारेमा बताएका छौँ जसबाट साँच्चै पैसा कमाउन सकिन्छ र यो कानुनी रुपमा पनि बर्जित छैन । कसरी कमाउने त अनलाईनबाट पैसा ? यो जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*