मकवानपुरे कलाकार अजय पुडासैनी अब गायक पनि, केही दिनमै गीत रिलिज हुने

७ असार २०७६, शनिबार ०७:४४

मकवानपुर, ७ असार । नेपाली कथानक चलचित्र ‘कारखाना’ का साथै करिब १ दर्जन म्युजिक भिडियोमा अभिनय गरेका मकवानपुरे कलाकार अजय पुडासैनी गायकका रुपमा समेत आफुलाई स्थापित गर्ने तयारीमा छन् । विभिन्न सर्ट मुभिमा समेत अभिनय गरिसकेका अजयले आफुलाई पहिलेदेखि नै मनपर्ने साँगितिक क्षेत्रलाई निरन्तरता दिन थालेका हुन् ।

कलाकारिता क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत उनले केही दिनमा नै आफ्नो आवाजमा रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारी गरेको बताएका छन् । ‘तिम्रो मेरो प्रेमको कथा’ बोलको उक्त गीतमा उनी आफैले आवाज दिनुका साथै अभिनय समेत गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियोको ट्रेलर सार्वजनिक गर्दै उनले भिडियोको सम्पादन कार्य करिब समाप्त भएको र केही दिनमा नै म्युजिक भिडियो सार्वजनिक गरिने बताए ।
रामशरण पृथकको शब्द तथा बिनय केटुको संगित र एरेञ्जमा गीत तयार पारिएको हो । आराही ईन्टरटेन्मेन्ट स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्यजिक भिडियोमा अजयसँगै रिजलको अभिनय रहेको छ । गीतमा बाल कलाकारका रुपमा दिपेन र कल्पनाले अभिनय गरेका छन् । मकवानपुरका चर्चित कलाकार विक्रम लुङ्वाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई विक्रमले नै छायाँकन तथा सम्पादन गरेका हुन् । उनलाई सागर राईले छायाँकनमा सहयोग गरेका छन् । म्युजिक भिडियोलाई हेटौँडाकै विभिन्न स्थानमा सुटिङ गरिएको छ । ओपेरा ईन्फोटेन्मेन्ट सिने प्रालिको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोलाई केही दिनमा नै रिलिज गरिनेछ ।

सानै उमेरदेखि कलाकारितामा जम्ने इच्छा देखाएका अजय कलकारितालाई ब्यवसायिक रुपमै अघि बढाउन आफु मेहनतरत रहेको बताउँछन् । अजय अभिनित केही केही चलभित्र र सर्ट मुभी अहिले पनि छायांकनमा छन् । उनले एक डान्सिङ गीत समेत तयार गरेका छन् जसको अहिले कम्पोजको काम हुँदैछ । कलाकारले सबैको मन जित्ने गरी काम गरेरै प्रमाणित हुनुपर्ने धारणा राख्ने अजयले मनोरञ्जन उद्योगमा स्थापित हुन जति संघर्ष गरिन्छ, त्यसले नै यसमा टिक्ने आधार दिनेमा विश्वास गर्छन् ।

लोक, आधुनिक, पप तथा र्याप सबै प्रकारका गीत समेत लेखेका अजयको सानैदेखिको मुख्य शोख गायन र लेखन नै हो । धेरै संख्यामा गीत लेखेर राखेका अजयले बिस्तारै ति रचनाहरुलाई बजारमा ल्याउने बताएका छन् । करिब ७ वर्षअघिदेखि कला क्षेत्रमा लागेका उनले हेटौँडाकै गायक सुनिल पाण्डेयको गीतमा समेत मोडलिङ गरेका छन् । अजय मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मनकामना चोकका स्थायी निवासी हुन् । उनी हेटौँडामा समेत विभिन्न स्टेज प्रस्तुतिका लागि चर्चित छन् ।

यो पनि हेर्नुहोस्

भिडियो ईडिटिङ सिक्दै हुनुहुन्छ ? उसो भए यो भिडियो तपाईको लागि काम आउन सक्छ

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘बाबु कान्छा’ युट्युब ट्रेण्डिङमा,हेर्नुहोस् पुरा चलचित्र

केही दिन अघि मात्र सार्वजनिक गरिएको नेपाली कथानक चलचित्र ‘बाबु कान्छा’ युट्युब ट्रेण्डिङमा परेको छ । सलोन सलिना फिल्मस् ब्यानरमा निर्मित चलचित्रमा सलोन बस्नेत, करिष्मा श्रेष्ठ, रितिक शाही, सरोज खनाल, निर शाह, सम्राट सापकोटा, राजाराम पौडेल, लय सग्रौँला, मञ्जु पौडेल, सुशान्त कुमार श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र मार्फत ज्योत्सना महर्जन र अस्लिन ज्ञवालीले पनि डेब्यु गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई १० लाख ८० हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा २० हजार लाईक र १ हजार ३ सय डिसलाईकहरु गरिएका छन् । त्यस्तै १ हजार ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रलाई बुढासुब्बा डिजिटलले युट्युब मार्फत सार्वजनिक गरेको हो । चलचित्रका गीतहरुमा सुशिल पंगेनी र सुन्दर श्रेष्ठको शब्द रहेको छ । टंक बुढाथोकीको संगीतमा गीतहरु तयार भएका छन् । बिराज गुरुङको निर्माणमा तयार भएको चलचित्रमा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माता रहेका छन् । त्यस्तै रवि अधिकारीले कार्यकारी निर्माण सम्हालेका छन् ।

बाबु श्रेष्ठको छायाँकन रहेको चलचित्रका लेखक, निर्देशक तथा निर्माता शोभित बस्नेत हुन् । मुख्य सहायक निर्देशकका रुपमा गणेश बर्तौला र आरजे प्रणवले काम गरेका छन् । चलचित्रलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् । अष्ट महर्जनको द्वन्द समावेश चलचित्रमा शोभित बस्नेत, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सीनाको कोरियोग्राफी रहेको छ ।

तामाङ चलचित्र ‘ङ्हो’ को विशेष प्रदर्शनमा यस्तो भयो (भिडियो)

तामाङ चलचित्र ङ्हो (भाग्य) को गएको हप्ता बैशाख ७ गते शनिबार विशेष प्रदर्शन गरिएको थियो । काठमाण्डौंको राष्ट्रिय सभागृहमा प्रदर्शन गरिएको चलचित्रमा तामाङ समुदायको कथा छ । भुवन स्याङ्बो तामाङको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको चलचित्रलाई सुर्य लामाले खिचेका हुन् । सुनिमाया तामाङको निर्माणमा बनेको चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा जिग्मे मिडियाले लिएको छ । हेर्नुहोस् भिडियो–

चलचित्रमा आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनामले अभिनय रहेको छ । नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामाको छायांकन हेर्न सकिने चलचित्रमा राजु तामाङले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रका गीतहरुमा टिका बम्जन, सागर एस वाइबा, आरम्भ तामाङ र जितु लोप्चनको आवाज रहेको छ । चलचित्र ‘ङ्हो’ फापरे फिल्मस् प्रालिको तेस्रो प्रस्तुति हो । चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई प्रयोग गरिएको बताइएको छ । धादिङको गंगाजमुना गाउँपालिका, लताव, धुसेनी, तावल, काठमाडौंका केही भाग र सिन्धुपाल्चोकको गुफाडाँडा लगायतको स्थानमा चलचित्रको छायांकन गरिएको हो ।

खाजा खाने समयमा सम्झनालाई सम्झँदा थप्पड (भिडियो)

यस भिडियोमा हेटौँडाका युवाहरुले तयार पारेको कमेडी क्लिप्सलाई प्रस्तुत गरिएको छ । राजु घलानको परिकल्पनामा तयार भएको भिडियोलाई सुवाश लामाले सम्पादन गरेका हुन् । सानुकान्छा घलान र राजु घलानको अभिनय रहेको यो भिडियो हेरेर तपाई पनि हाँस्नुहोस् ।

नेपालकै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा

मकवानपुरको हेटौँडामा गएको फागुनमा सम्पन्न ‘राष्ट्रिय औद्योगिक व्यापारमा मेला’ मा सम्भवतः नेपालकै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा बनाएर फहराइएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको क्याम्पाडाँडा चौरमा भएको मेलामा ५१ फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको हो । त्यो झण्डा कस्तो थियो त ? हेरौँ भिडियो–

मेलाका अवसरमा आयोजित ‘जिपिएक्स हेटौँडा आईडल’ मा रुपक कालिराज विजयी भएका थिए भने मकवानपुरका दुई सञ्चारकर्मी भुवन घलान र पारु महराले समेत चर्चा बटुलेका थिए । दुई सञ्चाकर्मीमध्ये भुवन घलान फाईनल सम्म नै पुग्न सफल भएका थिए । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक थिए । मेलामा उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्ससँगै हरेक दिन चर्चित कलाकारहरुले प्रस्तुति दिएका थिए । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको थियो । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका थिए भने हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको थियो । उक्त मेलामा स्टन्ट देखाएकै कारण पाईलटको लाईसेन्स समेत धरापमा परेको थियो ।

युट्युब ट्रेण्डिङमा हिन्दी र नेपाली गीतको टक्कर

नेपाली युट्युब सर्भरमा आजभोलि हिन्दी गीत र नेपाली गीतहरुको घम्साघम्सी नै पर्छ । कहिले हिन्दी गीतको म्यूजिक भिडियोले नेपाली म्यूजिक भिडियोलाई पछार्छ त कहिले नेपाली गीतले हिन्दी गितलाई निकै तल झारिदिन्छ । यो सामाग्री तयार पार्दाको समयमा पनि नेपाली युट्युब सर्भरमा एक नेपाली र अर्को हिन्दी गीतको म्यूजिक भिडियोको निकै नै घम्साघम्सी भईरहेको छ । ती गीतहरु हुन्– सञ्जीव पराजुलीको ‘सोचमा’ र हिन्दी चलचित्र स्टुडेन्ट अफ दि इयर २’ को गीत हुकअप । दर्शक धेरै भएका कारण हिन्दी गीत हुकअपको भ्युज धेरै हुने नै भयो तर पनि थोरै माझ परिचित नेपाली भाषाको गीत ‘सोचमा’ ले हिन्दी गीत ‘हुकअप’ लाई ५ कदम पछाडि छाडेको छ । यो सामाग्री तयार पार्दाको समयमा ‘सोचमा’ युट्युब ट्रेण्डिङको पाँचौँ नम्बरमा र हिन्दी गीत ‘हुक अप’ दशौँ नम्बरमा छ । हुकअपले हिन्दी गीत भईकन पनि नेपाली युट्युब सर्भरमा कब्जा जमाउनु आफैमा सानो कुरा चाहिँ होईन । यसबाट नेपालमा हिन्दी गीतका श्रोता कति छन् भन्ने पनि थाहा पाईन्छ । सञ्जीव पराजुलीको आवाजमा सजिएको ‘सोचमा’ गीतलाई कमल खत्रीले शब्द दिएका छन् भने कम्पोज पनि उनैले गरेका छन् । रिकेश गुरुङको एरेञ्ज रहेको गीतमा प्रकाश मिश्रले मास्टरिङ गरेका छन् ।

गीतको म्युजिक भिडियोमा कार्टुन्ज क्रियुलाई फिचरिङ गरिएको छ । गीतमा कार्टुन्ज क्रियुका सरोज अधिकारीको परिकल्पना र निर्देशन रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन रहेको म्युजिक भिडियोमा लाक्पा डि लामाको सम्पादन र सह–निर्देशन रहेको छ । विकास ज्ञवालीको रंग समायोजन रहेको चलिचित्रमा अस्मिता राईले कलाकारहरुलाई सजाएका छन् । गीतको म्युजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ३ लाख ६२ हजार ८ सयभन्दा बढी पटक हेरिएको छ । गीतमा १६ हजार लाईक र ६ सयजति डिसलाईक गरिएका छन् । सञ्जीवकै अफिसियल युट्युब च्यानलबाट अपलोड भएको गीतको म्यूजिक भिडियोमा करिब ४ सय कमेन्टहरु गरिएका छन् ।

त्यस्तै ‘स्टुडेन्ट अफ दि इयर २’ आफैमा एक बहुप्रतिक्षित चलचित्र हो । त्यसकारण पनि यसको गीतको चर्चा धेरै छ । यस चलचित्रको प्रस्तुत गीत हुकअप पनि चर्चामा छ । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई २ करोड ६६ लाख १ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ३ लाख ६१ हजार लाईक र ५५ हजार डिसलाईक गरिएका छन् । गीतमा २४ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । जी म्यूजिक कम्पनीले बजारमा ल्याएको गीतमा नेहा कक्कर र शेखर राभ्जीअनीको आवाज समावेश छ । गीतलाई विशाल र शेखरले कम्पोज गरेका हुन् । कुमारको शब्द रहेको गीतलाई अभिजित नालानीले निर्माण गरेका हुन् । गीतमा वारेन मेन्डोन्साले गितार सम्हालेका छन् । गीतमा नायक टाईगर श्राफ र आलिया भटलाई फिचरिङ गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*