मनहरीमा झाडा पखालाको प्रकोप बढ्यो

६ असार २०७६, शुक्रबार २२:४८

जयराम मोक्तान, मकवानपुर, ६ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको दुई वटा वडामा झाडा पखलाको प्रकोप फैलिएको छ । गाउँपालिकाको ८ र ९ नम्बर वडा अन्तर्गत सिमपानी तथा ज्यामिरे क्षेत्रमा विगत एक हप्तादेखि झाडा पखालाको प्रकोप फैलिएको हो । ९ नम्बर वडामा एक हप्ता अगाडि केही ब्यक्तिलाई सामान्य पखालाको समस्या देखिएको र त्यसको केही समय पछि ८ र ९ नम्बर वडामा क्रमिक रुपमा बिरामीको संख्यामा बृद्धि भएपछि प्रकोपको रुपमा फैलिएको हो ।

एउटै टोलको ब्यक्तिहरुत्र क्रमिकरुपमा झाडा पखालाले सताइरहेको हुँदा झाडा पखालाको प्रकोप नै भएको प्राथमिक स्वास्थ्य केन्द मनहरीका सिनियर अहेव शिवराम बानियाँले बताए । सामान्य समयमा झाडा पखालाको बिरामीको संख्या शुन्य रहेको र हाल दैनिक रुपमा २५ जना भन्दा बढि बिरामीहरु उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी मनहरी आउने गरेको उनले बताए । ति मध्ये दैनिक रुपमा ७ जना भन्दा बढि सिरियस बिरामी आउने गरेको र तिनीहरुलाई सिरिन्जबाट औँषधि प्रयोग गर्नु परेको उनले बताए । प्रकोपलाई नियन्त्रणमा लिनका लागि गाउँपालिकाले रोगको पहिचानको लागि पानीको नमुना संकलन गरी खाद्य प्रयोगशाला हेटौँडामा नमुना पठाएको प्राथमिक स्वास्थ्य केन्द मनहरीका सिनियार अहेव बानियाँले जानकारी दिए ।

त्यस्तै बिरामीको दिसाको नमुना संकलन गरी रोगको पहिचान गरिने सिनियर बानियाँले जानकारी दिए । सुख्खायामको समय भएकाले पानीको मुहान सुक्ने र जिव जन्तुहरु पानीको खोजिमा जाँदा जिबजन्तुबाट किटाणु सरी झाडा वान्ता फैलिएको हुन सक्ने बानियाँको भनाई छ । नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्रले विभिन्न किसिम औषधिहरु निशुल्क रुपमा वितरण गरिरहेको उनले बताए । तस्बिर–साँकेतिक

यो पनि हेर्नुहोस्

मेयरले यसरी थर्काए मासु पसलेलाई

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ सेलो ‘दार्सेला छामे म्योबा’ लाई सर्वाधिक भ्यूज

केही महिना अघि मात्र युट्युबमा सार्वजनिक गरिएको तामाङ सेलो गीत ‘दार्सेला छामे म्योबा’ लाई सर्वाधिक भ्यूज प्राप्त भएको छ । समाजमा पछिल्लो समय देखिएको विकृतिमा आधारित रहेर तयार भएको गीतको म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ८ लाख २० हजारभन्दा बढी पटक हेरिसकिएको छ ।

गीतमा करिब ६ हजार लाईक र करिब ५ सय कमेन्टहरु गरिएका छन् । चर्चित गायिका जितु लोप्चन र गायक मदन घलानको आवाजमा रहेको सुमधुर सेलो गीतका शब्द, संगीतका साथै भिडियो समेत आकर्षक बनेका कारण दर्शकले अत्याधिक रुचाएका हुन् । गीतको शब्द र संगीत सानुबाबु घिसिङले तयार पारेका हुन् । नोर्बु शेर्पाको एरेञ्जमा तयार भएको गीतको म्यूजिक भिडियोलाई बिक्रम मोक्तानले छायाँकन र सम्पादन गरेका हुन् । गीतलाई डम्फु मिडियाको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोमा चर्चित नायक अमिर दोङ, मदन घलान, कुईसाङ रुम्बा, कल्पना दोङ, सम्झना दोङ र अनिता नेगीले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मिलन दोङले कोरियोग्राफी गरेका हुन् भने अमिर दोङले निर्देशन गरेका हुन् ।

हेटौँडामा आयोजित आदिवासी दिवसको पुरा भिडियो

मकवानपुरको हेटौँडामा गत वर्षको अगष्ट ९ अर्थात २०७५ साउन २४ गते विश्व आदिवासी जनजाति दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको थियो । विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरुले सन् १९९३ देखि अगस्ट ९ तारिखका दिन ‘विश्व आदिवासी दिवस’ विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउँदै आईरहेकोमा मकवानपुरमा पनि ३ दिवशीय कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको पुरा भिडियो यहाँ प्रस्तुत गरिएको छ । २४ औँ विश्व आदिवासी दिवसका अवसरमा ‘अधिकार, प्रतिनिधित्व र स्वायत्तता–स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नारा सहित नेपाल आदिवासी जनजाति महासंघ, ३ नम्बर (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् मकवानपुरको व्यवस्थापनमा ३ दिने कार्यक्रम भएको हो । कार्यक्रम अन्तर्गत साउन २४ गते बिहान साढे १० बजे विभिन्न आदिवासी जनजातीय साँस्कृतिक झाँकीसहित ¥याली गर्दै पल्पसा हलमा साँस्कृतिक समारोह भएको थियो । उक्त समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद, आदिवासी जनजाति अधिकारका अभियन्ताहरुले सम्बोधन समेत गरेका थिए । साथै विभिन्न जातीय समुदायको साँस्कृतिक कार्यक्रम र झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । हेरौँ–

मकवानपुरे करप रुम्बाको पहिलो गीत यस्तो बन्यो

मकवानपुरका उदयीमान नव गायक करप रुम्बाको नयाँ सेलो गीत तयार भएको छ । गीत तयार भएसँगै उनको गीतको अडियो भर्सन युट्युब मार्फत सार्वजनिक गरिएको छ । रुम्बाको ‘घर मेरो जिल्ला मकवानपुर’ बोलको सेलो गीत डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको हो ।

अडियो भर्सन मात्र सार्वजनिक गरेका रुम्बाले तत्कालै म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी भने गरेका छैनन् । उनी केही समयअघि सम्पन्न हेटौँडा आईडलमा समेत स्टेज राउण्डसम्म पुगेका थिए । नेपाल आईडल गायन प्रतियोगिताको प्रभावले गीतसँगीतको क्षेत्रमा पाईला चालेका उनको यो पहिलो प्रयास भएको भन्दै सुनेर कमेन्ट गरिदिनका लागि उनले आग्रह गरेका छन् । मनहरी गाउँपालिकाको वडा नम्बर २ ठाडाखोलाका स्थायी बासिन्दा भएपनि अध्ययन र कामका सिलसिलामा हेटौँडामा बसोबास गर्दै आईरहेका रुम्बाले आफ्नै शब्द, संगीत र आवाजमा पहिलो गीत तयार पारेका हुन् । गीतमा कर्साङ लामाको एरेञ्ज रहेको छ ।

थोकर दादाको भाषण (भिडियो)

तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर चर्चित कलाकार हुन् । उनले विभिन्न नेपाली तथा तामाङ भाषाका चलचित्रहरुमा अभिनय गरेर चर्चा कमाएका छन् । उनले आफैले निर्माण गरेको चलचित्र ‘म्लाङ प्वाँहार’ चर्चित भएपछि उनी थप चर्चामा आए । फिल्मी क्षेत्रमा खतरनाक खल नायकका रुपमा चिनिएका उनी कमेडी गर्न पनि सिपालु छन् । उनी अहिले रिसानी माफ टेलिसिरियलमा समेत व्यस्त छन् । गत चैत्र २९ गतेदेखि यही बैशाख १ गतेसम्म काभ्रे जिल्लाको भकुण्डे बेसीमा तेस्रो तामाङ चलचित्र महोत्सव सम्पन्न भएको थियो । उक्त कार्यक्रममा थोकरले दिएको भाषण हेरौँ ।

महोत्सवमा तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ उत्कृष्ट तामाङ चलचित्र बन्न सफल भएको थियो । काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत भकुण्डेबेसीमा आयोजना गरिएको ३ दिने तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिएका ५ तामाङ चलचित्रहरुमध्ये ‘आप्लेङला नाम्सा’ उत्कृष्टमा छनौट भएको हो । उत्कृष्ट भएसँगै चलचित्र टोलीलाई नगद ५१ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । महोत्सवमा श्होङ, सेमरिन मुला माया, आप्लेङला नाम्सा, रुङ्सी टिला र सेर्कु गरी ५ चलचित्रहरु प्रदर्शन गरिएको थियो । महोत्सवको पहिलो दिन दुई चलचत्रिहरु प्रदर्शनसँगै ‘तामाङ चलचित्रको ईतिहास, वर्तमान अवस्था र भावि कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो । त्यस्तै दोस्रो दिन पनि चलचित्रलाई प्रदर्शन गरिनुका साथै सुचना तथा संचार प्रबिधि मन्त्री गोकुल बास्कोटाको प्रमुख अतिथ्यतामा महोत्सबको औपचारिक उद्घाटन गरिएको थियो । तेस्रो दिन पनि तामाङ चलचित्र प्रदर्शनका साथै समापन गरिएको थियो ।

‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तेस्रो तामाङ महोत्सव भएको हो । समापन कार्यक्रममा तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिएका र्थि भने तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत राखिएको थियो ।

हेटौँडामा आयोजित प्रथम थारु माघी महोत्सवको पुरा भिडियो
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ वासुदेव सभागृहमा २०७५ माघ १ गते ‘प्रथम थारु महोत्सव २०७५’ भएको थियो । मकवानपुरमा पहिलो पटक थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी सभा, थारु महिला सभा र थारु युवा सभा मकवानपुरको संयुक्त आयोजना र विभिन्न संघ संस्थहरुको सहयोगमा माघी महोत्सव मनाइएको हो । महोत्सवको हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन गरेका थिए । माघी महोत्सवमा सांस्कृतिक झाँकी सहित नगर परिक्रमा गरी बासुदेव सभागृहमा पुगेर सभामा परिणत भएको थियो । महोत्सव स्थलमा थारु जातिको ऐतिहासिक दस्तावेज, वस्तु र सीपकला, हस्तकलाको प्रदर्शनीको एक छुट्टै स्टलको व्यवस्था समेत गरिएको थियो भने नाटक समेत प्रस्तुत गरिएको थियो । हेरौँ उक्त महोत्सवको पुरा भिडियो–

महोत्सवमा थारु जातीले खाने गरेका विशेष परिकारहरुको सःशुल्क स्टल समेत रहेको थियो । महोत्सव अवलोकनमा आउने दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नको लागि थारु जातिको सांस्कृतिक नाचगानको समेत व्यवस्था मिलाइएको थियो जसमा आन्तरिक तथा बाह्य कलाकारहरुको प्रस्तुति रहेको थियो । थारु जातीको सांस्कृतिक, लोक कला, भाषा दर्शन, साहित्य, रितिरिवाज र थारु खानपिन परिकारहरुको व्यवसायीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा प्रचार प्रसार गर्ने, थारु समुदायमा लुकेर रहेको प्रतिभाहरुलाई प्रष्फुटन गराई उनीहरुको योग्यता तथा क्षमतालाई स्थापित गराई आदिवासी जनजातीका अधिकारका सवालमा जागरुक गराई राष्ट्रिय विकास र श्रोत साधनमा सिंगो आदिवासी थारु समुदायको पहुँचलाई अगाडी बढाउन सहयोगीको भूमिका खेल्नको साथै आन्तरिक पर्यटन क्षेत्रमा विकास र विस्तार गरि ग्रामिण अर्थतन्त्रमा थप टेवा पुर्याउने उदेश्यले माघी थारु महोत्सव आयोजना गरिएको हो । महोत्सवलाई हेटौँडा उपमहानगरपालिका, शिवम् सिमेन्ट, बानियाँ कन्स्ट्रक्सन लगायत विभिन्न संघ संस्था, कम्पनीहरुको सहयोग गरेको थियो ।

को हुन् थारु थारु जाति ?

विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु जाती एक प्राचिन आदिवासी जनजाति हो । नेपालको पूर्व मेची झापा जिल्लादेखि पश्चिम महाकाली कञ्चनपुर जिल्लासम्म तराई र भित्री तराईका २३ जिल्लामा थारु समुदायको बाक्लो बसोबास रहेको छ । वि.सं.२००५ सालमा थारु कल्याणकारिणी सभाको गठन भएको हो । मकवानपुर जिल्लामा विभिन्न पेशा व्यवसायमा संलग्न रही आएका थारुहरु एकजुट भई २०५३ सालमा थारु कल्याणकारिणी सभा, मकवानपुरको गठन भई नेपाल आदिवासी जनजाति महासंघको भातृ संगठनको रुपमा हालसम्म निरन्तर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
मकवानपुर जिल्लामा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका थारुहरुको जनसंख्या करिब २००० रहेको र उनीहरुमध्ये ७० घरधुरी स्थायी रुपमा घर बनाई बसोबास गरिरहेका छन् । विभिन्न कार्यालय, संघसंस्था, उद्योग, व्यापार, कलकारखानाहरुमा कार्यरत जनसंख्या ५०० को हाराहारीमा रहेको छ भने करिब १५०० विद्यार्थीहरु विभिन्न स्कूल र कलेजमा अध्ययन गरिरहेका छन् ।

के हो माघी ?

थारु जातीले मनाउने विभिन्न चाड पर्वहरु मध्ये मुख्यपर्व माघी आफ्नै गणप्रथा भित्रको नयाँ बर्षको रुपमा रहेको छ । जसमा खासगरि पश्चिम तराईमा बडघडिया (गाउँको मुली), चिरकिया (गाउँको पुजारी), चौकिदार (गाउँको हुलाकी) र घरायसी कामको लागि घरधुरिया एकबर्षको लागि चुनिने गरिन्छ । तसर्थ थारु जातीको नेपाल लगायत अन्तर्राष्ट्रिय जगतमा यिनै सामाजिक, सांस्कृतिक पहिचान दिलाउन तथा ऐतिहासिक तथ्यहरु खोजविन गरी थारु संस्कृतिको संरक्षण, जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षण गरी थारुको पहिचानलाई जगेर्ना गर्न प्रत्येक बर्ष थारु बाहुल्य क्षेत्र र काठमाण्डौमा समेत भव्यताका साथ माघी पर्व मनाईन्छ ।

माघी पर्वका मुख्य विशेषताहरु:

माघी पर्वको अवसरमा थारु वस्तीहरुमा संक्रान्तीको दुई दिन अगाडी माछा मारेर खाने गरिन्छ । पौष मसान्तको दिन जिता (सुँगुर, बँगुर, खसी) मारी खाने र साँझबाट धुमरु गाईने तथा नाचगान गरी रातभर जाग्राम बस्ने गरिन्छ । विहानै भाले बासेपछि नाच्दै नदी, खोला, पोखरीमा गई नुहाई धुवाई गर्ने र महादेवको पुजा गर्ने गरिन्छ । यसपछि घरघरमा गई आफूभन्दा ठूलालाई ढोगभेट गर्ने र माघीका परिकारहरु (ढिकरी, तिलको लडु, लाई, माछा, मासु आदी) खाने गरिन्छ । साँझ देखि समूह समूह बनाई घर घरमा गई मघौटा नाचगान गर्ने गरिन्छ । २ गने घरमुलीको बीचमा माघी देवानी शुरु हुन्छ । यसरी खानपिन, नाचगान तथा अन्य कार्यहरु १५ दिनसम्म विभिन्न तरिकाले मनाउने गरिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*