कुलेखानीका रणबहादुरको गायकदेखि मोडलिङसम्मको यात्रा

६ असार २०७६, शुक्रबार १२:५०

मकवानपुर, ६ असार । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानीका रणबहादुर डिम्डुङ गायक तथा मोडलका रुपमा परिचित छन् । सञ्जय भनेर समेत चिनिने उनले पहिलो पटक बुद्ध जन्मेको देश बोलको गीत रेकर्डिङ गराएका थिए ।

पछिल्लो पटक लाबहादुर जिम्बा र प्रताप तामाङको आवाजमा रहेको ‘हाई डार्लिङ’ बोलको गीतको म्युजिक भिडियोमा मोडलिङ गरेका उनले बुद्ध जन्मेको देशसँगै ‘राम्रै गरी मनाउ है दशै तिहार’, दशै मान्नलाई छैन धन पनि लगायतका गीतमा मोडलिङ समेत गरेका छन् । उनले फुल गाँसेर भाईटिका लाउनेछु मत हाँसेर, डोरी बाटेर, नभेटौँ अब कहिले नि लगायतका गीतका शब्द, सँगीत तथा आवाज समेत दिएका छन् ।

करिब एक दर्जनभन्दा बढी गीत रेकर्ड गराएका उनले विदेश जाने मन छैन, यसपालीको दशैँतिहार ससुरालीमा भन्ने गीतमा लगानी समेत गरेका छन् । वि.सं. २०६२ देखि साँगितिक क्षेत्रमा लागेका उनी अहिले काठमाडौँमै बसोबास गर्छन् । गीत लेख्ने, संगीत भर्ने तथा गाउने समेत गरेका उनलाई मोडलिङमाप नि उत्तिकै रहर छ । उनी अहिले हरियाली म्यूजिक प्रालि सञ्चालन गरेर साँगितिक क्षेत्रमा निरन्तरता दिँदैछन् । हरिया म्युजिकका गीतहरु यहाँ हेर्नुहोस्– https://www.youtube.com/channel/UCmqlvXy5AN62o6M-Y7oZmPQ/featured

यो पनि हेर्नुहोस्

डिलिट भयो लोकप्रिय गीतको कभर– तिम्रो मायाले बाँधेर राख

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

सृजना स्याङ्तानको ‘कान्छो’ मा पूर्णिमा र कुमारको जोडी

चर्चित गायिका सृजना स्याङ्तानको ‘कान्छो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । जिग्मे मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्यूजिक भिडियोमा चर्चित कलाकार कुमार मोक्तान र पूर्णिमा लामा थोकरको अभिनय रहेको छ । म्यूजिक भिडियोमा पूर्णिमा वेटर र कुमार चर्चित व्यक्तित्वका रुपमा देखिएका छन् ।

दिपेश प्रधानको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्यूजिक भिडियोलाई सूर्य लामाले निर्देशन र सम्पादन गरेका छन् । बज्र ङ्यासुरको छायाँकन रहको म्यूजिक भिडियोलाई सुनिल घतानीले कोरियोग्राफ गरेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई १० हजार ४ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ४ सयभन्दाबढी लाईकहरु गरिएका छन् ।

तामाङ चलचित्र ‘सेम ताबा म्ही’ युट्युबमा रिलिज

तामाङ समुदायमा चर्चा पाउन सफल तामाङ भाषाको चलचित्र ‘सेम ताबा म्ही’ युट्युब मार्फत सार्वजनिक गरिएको छ । चलचित्रमा दुई प्रेमिको जीवनमा आउने उतारचढाव र गाउँमा भएका ठूला भनिने व्यक्तिहरुले निमुखामाथि गरिएको अन्याय र अत्याचारलाई प्रमुख विषय बनाइएको छ ।

सुष्मा थिङ, ऋतुराज पाख्रिन, सौरव लामा, गंगा मोक्तान, दिपशिखा लामा, राजकुमार मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा राजकुमार मोक्तानकै कथा र निर्देशन रहेको छ । सिदार्थ मोक्तान र राजकुमार मोक्तानको निर्माणमा बनेको चलचित्रलाई विक्रम लामाले छायाँकन र सम्पादन गरेका हुन् । चलचित्रमा ऋतुराज पाख्रिनको स्कृप्ट र संवाद रहेको छ । राजु दोङ तामाङको द्वन्द निर्देशनमा बनेको चलचित्रमा दिपक तामाङको कोरियोग्राफी हेर्न सकिन्छ । चलचित्रमा प्रयास दोङको ब्याकग्राउण्ड स्कोर सुन्न सकिन्छ । चलचित्रका गीतहरुमा इन्दिरा गोले, अमृत लामा, शशीकला मोक्तान, निर्मला घिसिङ, बबिता पाख्रिन र प्रयास दोङले आवाज दिएका छन् । यो सामाग्री तयार पार्दाको समयमा यस चलचित्रलाई ५ हजारभन्दा बढी पटक हेरिएको छ ।

प्रकाश सपुतको ‘दोहोरी ब्याटल २’ एक नम्बर ट्रेण्डिङमा
बहुचर्चित ‘बोल माया’ गीत सार्वजनिक गरेर चर्चाको शिखरमा पुग्न सफल गायक,संगितकार तथा कलाकार प्रकाश सपूतले ‘दोहोरी ब्याटल–२’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक गरेको २ दिन नबित्दै यो युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा पर्न सफल भएको छ । यसअघि दोहोरी ब्याटलको परम्पराको सुरुवात गर्दै उनले सार्वजनिक गरेको पहिलो दोहोरी ब्याटललाई दर्शकले निकै नै रुचाएपछि उनले दोहोरी ब्याटलको दोस्रो भाग बजारमा ल्याएका हुन् । हेरौँ भिडियो रिपोर्ट–

यसअघिको पहिलो दोहोरी ब्याटललाई यो सामाग्री तयार पार्दाको समयमा ५६ लाख ६७ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् भने उनको बोल माया बोलको गीतलाई सर्वाधिक एक करोड ३ लाख ९४ हजारभन्दा बढी पटक हेरिएको छ । उनका यी गीतहरुजस्तै ‘दोहोरी ब्याटल २’ लाई पनि दर्शकले निकै नै रुचाएका छन् । तर यसमा अलि अपाच्य शब्दहरु पनि भएको श्रोताहरुको गुनासो छ । पहिलो ब्याटलमा जस्तै दोस्रो भागमा पनि चर्चित गायिका प्रिती आलेले प्रकाशसँग दोहोरीमा घम्साघम्सी गरेका छन् ।

यो ब्याटललाई यो सामाग्री तयार पार्दाको समयमा १४ लाख ३६ हजारभन्दा बढी पटक हेरिएको छ भने म्यूजिक भिडियोमा ६७ हजारभन्दा बढी लाईक र ६ हजारभन्दा बढी कमेन्ट गरिएका छन् । गीतमा ६ हजारभन्दा बढी डिसलाईक पनि छ । गीतको म्यूजिक भिडियोमा सुरुवातमा डिभोर्स पार्टी आयोजना गरेका यी दुई जोडीले अन्तिममा प्याच अप पार्टीको आयोजना गर्छन् । जति नै समस्या आएपनि विवाह पवित्र बन्धन हो भन्ने सन्देश यस भिडियोले देखाउने सफल प्रयास गरेको छ । प्रकाश सपुतको शब्द र संगीतमा बनेको गीतमा प्रिती र प्रकाशका साथै अन्य कोरस गायक गायिकाहरुले पनि साथ दिएका छन् । गीतलाई श्यामश्वेत रसाईलीले एरेञ्ज गरेका हुन् । त्यस्तै भिडियोलाई प्रकाश आफैले निर्देशन गरेका छन् । करण चैसिरको सिनेम्याटोग्राफी रहेको म्यूजिक भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

मकवानपुरे पूर्व सञ्चारकर्मी, जो गाई पालनबाट लाख कमाउँछन्

विदेशमा गएर टन्न कमाएपछि हरेक मानिसको के हुन्छ ईच्छा ? अवश्य पनि गाउँबाट शहरमा बसाई सर्ने, जग्गा किन्ने, एउटा चिटिक्क परेको घर बनाउने, बुलेट बाईक चढ्ने, यस्तै सपना हुनसक्छन् आम युवाहरुको । तर आफ्नो ज्यानको जोखिम मोलेर केही समय भौतिक कुरामा रमाउने र फेरि कंगाल हुन जो कोही युवाको चाहाना नहुन सक्छ । यस्तै चाहानाका कारण विदेशमा दुःख गरेर आर्जेको कमाईलाई स्वदेशमै लगानी गर्ने युवा हुन्–थानेश्वर पहाडी ।

थानेश्वर पहाडी कोरियन भाषा परिक्षा ईपिएस पढेर ५ वर्ष कोरियामा बसे । दुःख गरेर केही कमाए तर उनले त्यसको दुरुपयोग गरेनन् । नेपालमा छँदा सञ्चारकर्मीकै रुपमा पनि चिनिएका उनलाई टन्न पैसा कमाएर रमाईलो गर्ने चाहाना नभएको होईन तर उनले जीवनसंगीनी र परिवारको साथलाई महत्वपूर्ण ठाने । स्वदेशमै पसिना बगाएर केही गरौँ भन्ने सोच विकास गरे । हो, थानेश्वर गाउँबाट सहर छिरेनन्, बरु सहर छाडेर गाउँतिर पसे । उनले बारा जिल्लाको कोल्हवी ९ मुसर्णामा शिवाय पशुपालन फार्मको स्थापना गरे । कोरियामा काम गर्दाकै समयमा आएको सोचलाई उनले वास्तविक बनाए । हेरौँ उनको प्रेरणादायी कथा । कृपया पुरा भिडियो हेरेर कमेन्ट गरिदिनुहोला ।

उनी भन्छन्–‘५ वर्ष अगाडि कोरिया गएर गरेको दुःखको आधारमा नेपालमा केही हुन्छ भन्ने सोच आएको थियो, विदेशको कमाईलाई देशमै फर्केँर लगानी गरेँ । २५ वटासम्म गाई अटाउन सक्ने क्षमता भएको फार्म बनाएका पहाडीले अहिले ६ वटा गाई र ३ वटा भैँसी पालेका छन् । ६ वटा गाईमध्ये ४ वटा जर्सी र २ वटा होलिस्टन जातका गाई छन् । बिहान बेलुकी गरी जर्सीले १६ लिटर र होलिस्टनले २० लिटर दुध दिने उनी बताउँछन् । अहिले जम्मा ७० लिटर दुध उत्पादन गर्दै आएका उनले डेरी स्थापना गरी दुध संकलनको कार्य पनि थालेका छन् । पछिल्लो समय डेरीमा २५० भन्दा धेरै किसानले दुध ल्याउने गरेको उनी बताउँछन् । पहाडीकै अनुकरण गर्दै ५–७ जना युवा किसानहरुले व्यवसायिक रुपमै गाई पालन गरेर दुध उत्पादनको प्रयास थालेको उनी बताउँछन् । त्यो सबै देख्दा उनलाई खुशी लाग्छ । महिनामा १ लाख २० हजारको कारोबार गर्ने उनले महिनामा खर्च कटाएर करिब ७० हजार जोगाउँछन् ।

कृषि प्रधान देश भएकोले सरकारको कस्तो सहयोग छ भनेर हामीले पहाडीलाई सोध्यौँ तर उनले भने–‘सरकारको भर पर्यो भने कसैले काम गर्न सक्दैन । म आसमै छैन । त्यसैले व्यक्तिगत रुपमै गरियो । सरकारी क्षेत्रबाट किसानको नाममा अरुलाई नै सहयोग हुन्छ ।’ग्रामिण क्षेत्रमा दुध उत्पादन भएता पनि बजारिकरणको अभाव देख्छन् पहाडी । तर त्यस ठाउँमा भने आफुहरुले माग अनुसार दुध पुराउन नसकिएको पनि बताए । दुध विक्री भएता पनि किसानहरुले मुल्य भने निकै नै कम भएको उनी गुनासो गर्छन् । रेट एकदमै कम हुने, दुधको खपत टाईममा नहुने भएका कारण पेमेन्ट समयमा नहुने लगायतका समस्याहरु आफुहरुले झेलेको उनी सम्झन्छन् । मधुवनमा रहेको सूर्यज्योति दुग्ध उत्पादक सहकारी संस्थासँगको समन्वयमा अहिले पहाडीसहितको टोलीले दैनिक एक हजार लिटर दुध संकलन गर्दै आएका छन् । आफैले पनि गाई पालनबाट ७० लिटर दुध उत्पादन गर्ने गरेका उनले त्यसलाई ५०० लिटर पुराउने लक्ष्य रहेको सुनाए । आफुले गरेको काम देखेर अन्य युवा पनि गाई पालनमा लाग्न चाहेको देखेर आफुलाई हौसला प्राप्त भएको उनी बताउँछन् । कोरियामा भन्दा यहाँ सहज कि असहज भन्ने प्रश्नमा उनले अलि डाईनामिक जवाफ दिए । ‘आत्मा विश्वास र साहस हुनेले आफ्नै काम गर्छ, आत्मा विश्वास नहुनेले जागिर गर्छ ।’ पशुपालनमा उनको परिवारले पनि साथ दिएकोले सहज नै भएको उनले बताए । कोरियाकै हिसाबमा कमाई नभए पनि आफ्नै परिवारसँग साथमा भएकोमा उनी खुशी छन् ।

धेरैजसोले उनलाई सोध्ने एउटै प्रश्न हो –‘यत्रो कमाएर आएको मान्छे किन गाउँमा आएर काम गरेको ?’ उनी भन्छन्–‘ शहरमा बसेर बिचौलीया काम मात्र हुने हो, पशुपालन गर्ने हो भने गाउँमा नै जानुपर्छ । शहरमा दुई वटा गाई पालेर पशुपालन हुँदैन ।’ पशुपालन गर्न खाली र सस्तो जग्गा चाहिने कारणले गर्दा गाउँलाई आफुले छानेको उनले बताए । उनी सरकारी तबरबाट प्रोत्सहान भयो भने पशुपालनको ठूलो सम्भावना भएको बताउँछन् । तराई भागमा घाँस पनि निकै खेती हुने कारणले गर्दा तराईमा अझ सहज हुने उनी बताउँछन् । दैनिक उपभोगको कुरा भएकोले दुग्ध उत्पादनको ठूलो सम्भावना छ । देशमा कुखुरादेखि मासुसम्म सबै आयात हुने गरेको बताउँदै उनी स्वदेशमै उत्पादन गर्न सकिए राम्रो हुने बताउँछन् । उनी भन्छन् ‘ ३५ हजारसम्म कमाउन विदेश जानुपर्दैन । यही नै दुःख गर्ने हो भने घरका सबैलाई रोजगारी घरमै प्राप्त हुन्छ । ५ वर्ष कोरिया बस्दा चिनेका मान्छेले बजारमा घर बनाए, त्यतिबेला घडेरी किनेर घर बनाएको भए ५ वर्षमा मैले पनि सक्थेँ होला तर त्यसो गर्दा कुनै रकम जम्मा हुँदैनथ्यो । घडेरी र घर बनाएर पछि फेरि घर चलाउन जागिर खानुभन्दा बरु गाउँमै सस्तो जग्गा किनेर मैले यो पशुपालन थालेँ । म स्वतन्त्र पन्छि जस्तै उड्न पाएँ ।’

लक्ष्मी स्याङ्तानको नयाँ गीतमा एलिशाको अभिनय

चर्चित गायिका लक्ष्मी स्याङ्तानको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मन लाग्छ’ बोलको सेलो पपमा आशुसेन लामाको शब्द र संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा चर्चित कलाकार एलिशा राई र रिन्छेन ग्यात्सोले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । शुसिल न्यौपानेको सम्पादनमा तयार भएको म्यूजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । सुरेन बसेलको कोरियोग्राफीमा तयार भएको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । दुई प्रेमीको रोमान्समा आधारित म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा करिब ३६ हजारभन्दा बढी पटक हेरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*