मकवानपुरे ‘मिस्टर डी’ को ‘खाडी’ लाई साढे १९ लाख भ्युज

६ असार २०७६, शुक्रबार ०९:३८

हेटौँडा, ६ असार । ‘एउटा छोरा आमाको दुःख र साहुको ऋण तिर्न नसकेर खाडी मुलुकमा छिर्छ । दिनरात बिना तलब आगो जस्तै तातो घाममा काम गरिरहे पनि तलब पाउँदैनन्, यता उनका साथीहरु उनको फेसबुकको सफा तस्बिर हेरेर केटोले धेरै कमायो भन्ने सोच्छन्, अनि आफन्त देखि साथीभाईसम्मले लाखौँ ऋणदेखि आईफोनसम्म माग्न थाल्छन् । तर उसको पिडामा रुने उसको आमा बाहेक कोही हुँदैन’, यो दृश्य हो मकवानपुरे गायक मिस्टर डी (सन्दिप विष्ट) को भिडियो ‘खाडी’ को ।

भिडियो हेर्दै जाँदा नेपाली समाजको पिडा र वैदेशिक रोजगारमा खाडी मुलुक जाने युवाको मनोदशाले चरम रुप लिन्छ । अन्तिममा कारुणिक दृश्यसँगै भिडियो सकिन्छ । भिडियोमा त्यस्ता धेरै दृश्य र गीतका शब्दहरु छन् जसले जो कसैको मन दुखाउँछ । यो भिडियोलाई मिस्टर डिको अफिसियल युट्य्ब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोलाई युट्युबमा हालेको केही दिनमै ४ लाख ३३ हजार ५ सयभन्दा बढी पटक हेरिएको थियो । साथै भिडियो युट्युब ट्रेण्डिङमा समेत पर्न सफल भएको थियो । वि.सं. २०७६ असार ६ गते बिहानसम्ममा यस भिडियोलाई १९ लाख ५१ हजारभन्दा बढी पटक हेरिएको छ । म्यूजिक भिडियोमा ८० हजार भन्दा बढी लाईक र ७ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

मिस्टर डीको यस भिडियोलाई सुरज दाहालले निर्देशन गरेका हुन् । सुमन्ज तामाङको छायाँकन तथा सम्पादनमा तयार भएको भिडियोको कन्सेप्ट र कथा मिस्टर डीले नै लेखेका हुन् । सुमन्ज तामाङ र विश्वास बानियाँले बिटमा सहकार्य गरेका छन् । न्याटिभ स्टुडियो हेटौँडामा रेकर्डिङ गरिएको गीतको पोष्ट प्रोडक्सनको जिम्मा न्याटिभ म्यूजिक ईन्सिटिच्यूट–एनएमआई प्रोडक्सनले लिएको छ । म्यूजिक भिडियोमा सन्दिप विष्ट उर्फ मिस्टर डी, सारदा गिरी, उदेन ठकुरी, शिवप्रसाद दाहाल, दिपक रसाईली, समिर खान, अल्ताव खान, सुशान्त पाण्डे र अनुपजंग सापकोटाको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

आँचलले पलको पोल खोलिन्

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

युट्युब ट्रेण्डिङमा परेका ७ चलचित्रहरु

युट्युबको नेपाल भर्सनमा कयौँ चलचित्रहरु ट्रेण्डिङ पर्ने गरेका छन् । नेपाली चलचित्रको तुलनामा हिन्दी र साउथ भर्सन चलचित्रहरु छिटो र धेरै रिलिज हुने कारणले गर्दा हरेक दिन युट्युबमा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा पर्ने गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा पनि युट्युबमा ७ वटा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा छन् । ती चलचित्रहरुको बारेमा यहाँ भिडियो सहित चर्चा गरिएको छ ।

१) ड्यासिङ सिएम भरत–साउथ सुपरस्टार महेश बाबुको चलचित्र नेपाली युट्युब ट्रेण्डिङमा परेको छ । ‘भरत अने नेनु’ को हिन्दी भर्सन ‘ड्यासिङ सिएम भरत’ यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ । चलचित्रमा महेश बाबुसँगै प्रकाश राज, सरथ कुमार, रवि शंकर, सितारा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई ८ करोड ४८ लाख ५ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा १ लाख ६१ हजार लाईक र ७ हजार डिसलाईकहरु गरिएका छन् । चलचित्रमा ७ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।

२) आर.एक्स १००– युट्युब ट्रेण्डिङमा परेको दोस्रो चलचित्र पनि साउथ ईण्डियन चलचित्र हो । आर.एक्स १०० नामक यस चलचित्र युट्युब ट्रेण्डिङको दशौँ नम्बरमा छ । कार्तिकेयको मूख्य भूमिका रहेको चलचित्रमा पायल राजपुत पनि छन् । यो सामाग्री तयार पार्दासम्मको समयमा यस चलचित्रलाई १ करोड ९६ हजारभन्दा बढि पटक हेरिएको छ । चलचित्रमा ९७ हजार लाईक र ७ हजार डिसलाईक गरिएका छन् । चलचित्रमा ६ हजारभन्दा बढी कमेन्ट गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।

३) जुर्माना– युट्युब ट्रेण्डिङको १६ औँ नम्बरमा रहेको जुमार्ना तेलुगु चलचित्रको हिन्दी भर्सन हो । सर्वानन्द, लावण्य त्रिपाठी लगायतको अभिनय रहेको यस चलचित्रलाई चन्द्र मोहनले लेखन निर्देशन गरेका हुन् । तेलुगु भाषामा यो चलचित्रको टाईटल राधा रहेको छ । चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा ७२ लाख ४५ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ६३ हजार लाईक र ५ हजारभन्दा बढी डिसलाईक गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।

४) रअ अफिसर– युट्युब ट्रेण्डिङको ३२ औँ स्थानमा रहेको यो चलचित्रमा भिजय, समान्था, एमी ज्याक्सन लगायतका कलाकारहरुको अभिनय रहेको छ । हिन्दीमा डब गरिएको यस चलचित्रलाई ७३ लाख ५७ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ३३ हजार लाईक र करिब ५ हजार डिसलाईक गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।

५) डिस्को राजा– युट्युब ट्रेण्डिङको ३७ औँ स्थानमा रहेको यो चलचित्र तमिल चलचित्र ‘भेल्लाईनु भन्थुट्टा भेल्ला करण’ को हिन्दी डब भर्सन हो । चलचित्रमा विष्णु विशाल, निक्की गल्रानी, सुरी, रोबो शंकर लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई ६७ लाख ३९ हजार भन्दा बढीपटक हेरिएको छ । त्यस्तै ५२ हजार लाईक र करिब ६ हजार डिसलाईक गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।

६) थन्डर– युट्युब ट्रेण्डिङको ३८ औँ स्थानमा रहेको यो चलचित्र साउथको हिन्दी डब भर्सन हो । चलचित्रमा आर.के., नितुचन्द्रा, इनिया लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई १ करोड ८२ हजार भन्दा बढीपटक हेरिएको छ । त्यस्तै ४४ हजार लाईक र करिब ९ हजार डिसलाईक गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।

७) डन ३– युट्युब ट्रेण्डिङको ४७ औँ स्थानमा रहेको यो चलचित्र साउथको हिन्दी डब भर्सन हो । चलचित्रमा प्रभास, अनुष्का सेठ्ठी, नमिथा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई १ करोड ४२ लाख ७ हजार भन्दा बढीपटक हेरिएको छ ।

तामाङ चलचित्र ‘ए बिना’ को वियोगान्त गीत सार्वजनिक

तामाङ कथानक चलचित्र ‘ए बिना’ को वियोगान्त गीत सार्वजनिक भएको छ । ‘अधुरो ताजी’ बोलको गीतमा प्रेम वियोगको भावलाई समावेश गरिएको छ । आफ्नो प्रेमी–प्रेमिकासँग भएको बिछोडमा विक्षिप्त भएको प्रेमिल जोडीको कथा गीतमा समावेश छ । डम्फु मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गीतलाई सार्वजनिक भएको थोरै समयमा नै करिब २ हजार पटक हेरिएको छ ।

विशाल थिङ र बबिता पाख्रीनको सुमधुर आवाज तयार भएको गीतमा विशाल थिङकै शब्द र संगीत छ । संगीत फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा वसन्त लामा स्याङ्तान, सुष्मा मोक्तान, विजय तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । निरज लामा, बसन्त लामा र धनबहादुर तामाङको निर्माणमा बनेको चलचित्रलाई विजय तामाङले निर्देशन गरेका हुन् । सन्तोष पिथकोटे मगर र निरोज लामाको सिनेम्याटोग्राफी रहेको चलचित्रमा विजय तामाङले कोरियोग्राफी सम्हालेका छन् ।

तामाङ चलचित्र ‘ए बिना’ को दुई गीत सार्वजनिक

तामाङ कथानक चलचित्र ‘ए बिना’ को दुई वटा गीतहरु सार्वजनिक गरिएको छ । चलचित्रका ‘अधुरो ताजी’ र ‘एला माया ताबा’ बोलको गीतहरु सार्वजनिक गरिएको हो । डम्फु मिडियाको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको दुई गीत मध्ये अधुरो ताजी वियोगान्त गीत र ‘एला माया ताबा’ बोलको गीत रोमान्टिक जेनरका छन् ।

सार्वजनिक भएको दुबै गीतमा विशाल थिङ र बबिता पाख्रिनको आवाज समावेश गरिएको छ । दुबै गीत विशाल थिङकै शब्द संगीतमा तयार भएको हो । ‘अधुरो ताजी’ बोलको गीतमा प्रेम वियोगको भावलाई समावेश गरिएको छ । आफ्नो प्रेमी–प्रेमिकासँग भएको बिछोडमा विक्षिप्त भएको प्रेमिल जोडीको कथा गीतमा समावेश छ । उक्त गीतलाई सार्वजनिक भएको थोरै समयमा नै करिब २ हजार पटक हेरिएको छ । त्यस्तै एला माया ताबा बोलको गीतलाई ४ हजारभन्दा बढी पटक हेरिएको छ ।

संगीत फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा वसन्त लामा स्याङ्तान, सुष्मा मोक्तान, विजय तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । निरज लामा, बसन्त लामा र धनबहादुर तामाङको निर्माणमा बनेको चलचित्रलाई विजय तामाङले निर्देशन गरेका हुन् । सन्तोष पिथकोटे मगर र निरोज लामाको सिनेम्याटोग्राफी रहेको चलचित्रमा विजय तामाङले कोरियोग्राफी सम्हालेका छन् ।

यस्तो बन्यो तामाङ चलचित्र ‘ए बिना’ को ट्रेलर

तामाङ कथानक चलचित्र ‘ए बिना’ (तिमी बिना) को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर हेर्दा यो चलचित्रले त्रिकोणात्मक प्रेमकथाको विषयलाई उठान गरिएको देखिएको छ । साथै दुबईमा समेत छायाँकन गरिएकोले चलचित्रले वैदेशिक रोजगारको समेत विषय उठान गरेको देखिएको छ ।

विजय तामाङको कथा, निर्देशन, स्क्रिनप्ले र कोरियोग्राफी रहेको चलचित्रलाई सन्तोष पिथकोठे मगरले खिचेका हुन् । चलचित्रमा राजु किराँतको द्वन्द रहेको छ । संगीत फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा वसन्त लामा स्याङ्तान, सुष्मा मोक्तान, विजय तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । निरज लामा, बसन्त लामा र धनबहादुर तामाङको निर्माणमा चलचित्र बनेको हो । सार्वजनिक भएको ट्रेलरलाई यो सामाग्री तयार पार्दाको समयमा करिब २ हजार पटक हेरिएको छ ।

यस अघि नै चलचित्रका दुई वटा गीतहरु सार्वजनिक गरिसकिएको छ । चलचित्रका ‘अधुरो ताजी’ र ‘एला माया ताबा’ बोलको गीतहरु सार्वजनिक गरिएको हो । डम्फु मिडियाको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको दुई गीत मध्ये अधुरो ताजी वियोगान्त गीत र ‘एला माया ताबा’ बोलको गीत रोमान्टिक जेनरका छन् । सार्वजनिक भएको दुबै गीतमा विशाल थिङ र बबिता पाख्रिनको आवाज समावेश गरिएको छ । दुबै गीत विशाल थिङकै शब्द संगीतमा तयार भएको हो । ‘अधुरो ताजी’ बोलको गीतमा प्रेम वियोगको भावलाई समावेश गरिएको छ । आफ्नो प्रेमी–प्रेमिकासँग भएको बिछोडमा विक्षिप्त भएको प्रेमिल जोडीको कथा गीतमा समावेश छ । उक्त गीतलाई सार्वजनिक भएको थोरै समयमा नै करिब ६ हजार पटक हेरिएको छ । त्यस्तै एला माया ताबा बोलको गीतलाई १० हजारभन्दा बढी पटक हेरिएको छ ।

५ तस्बिरमा एलिशा राई (फोटो फिचर)

एलिशा राई, नेपाली कला क्षेत्रमा चर्चित नाम हो । सन् १९९६ जनवरी ५ मा जन्मिएकी एलिशालाई नेपाली कला क्षेत्रमा निकै नै रुचाईएको छ । उनले अभिनय गरेका चलचित्रदेखि म्यूजिक भिडियोहरु निकै नै चर्चामा छन् । ५ फिट २ ईञ्च अग्ली एलिशाले आफुलाई कलाकार, नृत्याङ्गना र मोडलका रुपमा आफुलाई चिनाउन सफल भएकी छिन् । हाल काठमाडौँमा बसोबास गर्दै आएकी उनले राई भाषाको चलचित्र ‘बिनायो’ मार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन् ।

उनले युनाईटेड ट्यालेन्ट हन्ट २०१५ को उपाधि समेत जितेकी छिन् । चलचित्र ‘लुट २’ मा अभिनय गरेसँगै उनको चर्चा चुलियो । चलचित्रको ‘ठमेल बजार’ बोलको गीतले उनलाई थप उचाई प्राप्त गर्न सहज तुल्यायो । गायन र नृत्यमा रुचि राख्ने एलिशा यो कुरा गोप्य, भुन्टी लगायतका कयौँ म्यूजिक भिडियोहरु चर्चामा छन् । काठमाडौँमा जन्मिएकी उनी काठमाडौँको कपन बुढानिलकण्ठवासी हुन् । उनले युनाईटेड एकेडेमी ललितपुर र कान्तिपुर इङ्गलिस हाई स्कुलमा अध्ययन गरेकी हुन् । उनी आफ्ना आमाबुवाका एक्ली सन्तान हुन् । तस्बिरहरु माथिको लिंकमा हेर्न सकिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*