सार्वजनिक सुनुवाई–राई गाउँमा स्थानीयको यस्तो गुनासो (भिडियो)

४ असार २०७६, बुधबार २२:४७
Featured Video Play Icon

मकवानपुर, ४ असार । बाग्मती गाउँपालिका वडा नम्बर २ राई गाउँ बजारमा २०७६ जेठ १४ गते ‘सार्वजनिक सुनुवाई’ कार्यक्रमको आयोजना गरिएको थियो । बाग्मती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रमलाई ‘एस.एम.एस. मिडिया प्रालि’ हेटौँडाले संयोजन गरेको थियो ।

मकवानपुरका चर्चित पत्रकार तथा राससकर्मी रिपेश दाहालले सञ्चालन गरेको कार्यक्रममा प्रा.लि.का अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगरले सार्वजनिक सुनुवाई पूर्व स्थानीयसँग लिएको सर्वेक्षणको तथ्यांक समेत प्रस्तुत गरेका थिए ।

वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर दोङको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयले सोधेको प्रश्नमाथि गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङ्तान, मुख्य प्रशासकीय अधिकृत रामकृष्ण अर्याल, वडा नम्बर १ का अध्यक्ष ठगेन्द्र वाईबा, वडा नम्बर ३ का वडाअध्यक्ष बाबुलाल पाख्रिन लगायतले जवाफ दिएका थिए । हेर्नुहोस् सार्वजनिक सुनुवाईको पुरा भिडियो–

यो पनि पढ्नुहोस्–

‘हर्नामाडी’ को ईतिहास्, राजा दिग्बन्धन सेन र मुगल सेना

यो पनि हेर्नुहोस्

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मकवानपुरे बुद्ध थिङ र चर्चित मोडल आशा खड्का नयाँ म्यूजिक भिडियोमा

चर्चित मोडल आशा खड्का र मकवानपुरे युवा मोडल बुद्ध थिङ म्यूजिक भिडियोमा सँगै देखिएका छन् । मकवानपुरकै गायक बुद्ध मोक्तानको ‘छोडी गईछ्यौ मलाई’ बोलको गीतको म्यूजिक भिडियोमा आशा र बुद्ध संगै देखिएका हुन् । चर्चित टेलिसिरियल हर्के हवल्दारदेखि अहिले चर्चामा रहन सफल टेलिचलचित्र ‘रिसानी माफ’ मा समेत अभिनय गरिरहेकी मोडल आशा र बुद्धले यस गीतमा जीवन्त अभिनय गरेको बताइएको छ । सुटिङ सकेर केही दिनमा नै सार्वजनिक गर्न थालिएको गीतको म्यूजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन् । सागर गौतमको छायाँकन रहेको म्यूजिक भिडियोमा आशा र बुद्धसँगै अनिल मुक्तानले समेत अभिनय गरेका छन् ।

गायक बुद्ध मोक्तानको आवाज रहेको गीतमा दिपकराज विश्वकर्माको शब्द र संगीत रहेको छ । आफुले पहिलो पटक अभिनय गरेको बताउँदै कलाकार बुद्ध थिङले गीतको शब्द आफ्नै जीवनमा समेत मेल खाएको भन्दै अभिनय गरेको बताए । ‘गीतका शब्दहरु मेरै जीवनमा समेत मेल खाने रहेछ, अभिनय गर्दा आफ्नै बिगतको जीवनलाई फेरि बाँचिरहेको अनुभव गरेँ, उनले भने । हेटौँडा १७ हटिया निवासी गायक बुद्ध मोक्तान प्रहरी सेवामा छन् । उनको यस अघि सार्वजनिक ‘दशै आउँदा तिहार आउँदा’ बोलको गीतले निकै चर्चा पाएको थियो । उनले उक्त गीतमा प्रहरी सेवामा लागेपछि दशैँ–तिहारको बिदा नपाउँदाको पिडालाई आफ्नो शब्द र स्वरमा उतारेका थिए । उक्त गीतलाई पनि दिपकराज विश्वकर्माले संगीत भरेका हुन् । म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा गायक मोक्तानसहित मकवानपुरकी कमला भोम्जनको समेत अभिनय देख्न सकिन्छ ।

पल र आँचल फेरि मायामा एकैसाथ (भिडियो)

लामो समयसम्म म्यूजिक भिडियोमा सँगै नदेखिएका चर्चित नायक पल शाह र चर्चित नायिका आँचल शर्मा फेरि एक पटक सँगै देखिएका छन् । गायक राहुल विश्वास र गायिका स्नेहश्री थापाको नयाँ गीत ‘मायामा तिम्रो’ मार्फत उनीहरु फेरि एकैपटक स्क्रीनमा देखिएका हुन् । हेरौँ भिडियो रिपोर्ट–

नायक सागर घिसिङलाई एकै पटक दुई वटा अवार्ड

चर्चित नायक सागर घिसिङले एकैपटक दुई वटा अवार्ड प्राप्त गरेका छन् । शुक्रबार दोहा कतारमा आयोजित हिमालयन अन्तराष्ट्रिय म्यूजिक अवार्ड २०१९ मा ‘बेस्ट तामाङ मूभि आर्टिस्ट (मेल) ’ र ‘बेष्ट नेपाली तामाङ सेलो भिडियो मोडल (मेल)’ बिधामा उनले अवार्ड जितेका हुन् । उनले तामाङ कथानक चलचित्र ‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ बोलको गीतबाट उत्कृष्ट नायक र चर्चित तामाङ गीत ‘ए बिना ङा’ बाट उत्कृष्ट मोडलको अवार्ड जितेका हुन् । हिमालयन ईभेन्टस् प्रा.लिको आयोजनामा शुक्रबार दिउँसो अवार्ड वितरण कार्यक्रम भएको थियो ।

‘ए बिना ङा’ बोलको तामाङ गीतमा गायक आर.के योञ्जन र गायिका जितु लोप्चनको आवाज सुन्न सकिन्छ । गीतमा कुमार स्याङ्बाको शब्द तथा निमा दोङको संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा नायक सागर घिसिङसँगै स्मारिका थिङको मूख्य अभिनय रहेको छ । अजय स्याङ्तानको निर्देशन र कोरियोग्राफीमा निर्माण भएको म्यूजिक भिडियोलाई सूर्य लामा र दिपेन्द्र भट्टले खिचेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा नै यो गीतको भिडियोलाई ४ लाख ७३ हजार ५ सयभन्दा बढी पटक हेरिएको । ३ हजार २ सयभन्दा बढी कमेन्ट गरिएको गीतमा करिब ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

त्यस्तै ‘तिङ मी ढुकढुक’ बोलको गीतमा सागरसँगै नायिका सुष्मा मोक्तानले अभिनय गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई युट्युबमा ३ लाख ९७ हजारभन्दा बढी पटक हेरिएको छ । ३ हजार बढी लाईक गरिएको गीतको म्यूजिक भिडियोमा ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । विशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बाले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् ।

हेटौँडाका युवाहरुले बनाए ‘माया संसार’

मकवानपुरको हेटौँडाबाट कला क्षेत्रमा क्रियाशिल ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिको नयाँ कभर भिडियो रिलिज हुने तयारीमा छ । आउँदो चैत्र ८ गते प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘कागजपत्र’ को ‘माया संसार’ बोलको गीतमा कभर भिडियो तयार पारिएको हो । ओपेराका संचालक, नृत्य प्रशिक्षक तथा कलाकार विक्रम लुङ्वाले भिडियो रिलिजको अन्तिम तयारी गरिएको जानकारी दिए । भिडियोको पोष्टर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले भिडियो रिलिजको तयारी भएको जानकारी दिएका हुन् । विक्रमकै परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा विक्रमसहित रायु घले, अर्पणा सुनुवार र लुमी गोलेको अभिनय रहेको छ ।

सार्वजनिक पोष्टरमा विक्रम एक दुधवालाको गेटअपमा प्रस्तुत भएको देखिन्छन् । त्यस्तै रायु र अर्पणालाई रोमाण्टिक मुडमा देखाइएको छ । लुमी स्कुटीमा हुँकिएकी छिन् । ओपेराको यस अघि नै सार्वजनिक गरिएको ‘पिरतीको मिठो तिर्सना’ कभर भिडियो निकै चर्चित बनेको थियो । उक्त भिडियोमा रायु घले र रिकिता क्षेत्रीको अभिनयलाई निकै नै रुचाइएको थियो ।

मुटुदेखि मुटुसम्मको वेब सिरिज सुरु (भिडियो सहित)

आदरणीय पाठक, दर्शकवृन्द तथा श्रोता साथीहरु, हाल रेडियो अनमोल ९० मेगाहर्ज र अनलाईनमा बाट http://radioanmol.com/ प्रसारण भईरहेको युवाहरुकै रोजाईको कार्यक्रम ‘मुटुदेखि मुटुसम्म’ को वेब सिरिज पनि सुरु गरेको छु । रेडियोमा रेडियो भर्सनको करिब ४५ मिनेटको कार्यक्रम बज्ने गर्छ । जसमा तपाईहरुकै प्रेमसँग सम्बन्धित सन्देश, एसएमएस, फेसबुक कमेन्ट र प्रेमसँग सम्बन्धि तपाईको समस्याहरुका बारेमा कुराकानी गर्ने गरेको छु । साथै यस मुर्चुङ्गा टिभी युट्युब च्यानल मार्फत हामीले यसै कार्यक्रमको वेब भर्सन (वेब सिरिज) पनि सुरु गरेका छौँ । जसलाई अंगे्रजीमा का नामले समेत सर्च गरेर हेर्न सक्नुहुनेछ । यस सिरिजमा प्रेम र भावनात्मक सम्बन्धका बारेमा करिब ५ देखि १० मिनेटको भ्वाईस कभर सहितको भिडियो तयार गर्ने गरेका छौँ । यसको सुरुवात स्वरुप प्रेम दिवसको दिनदेखि वेब सिरिज सार्वजनिक गर्न सुरुवात गरेका छौँ । वेब सिरिज कस्तो लाग्यो हेरेर, सुनेर भिडियोमा लाईक, कमेन्ट र सब्स्क्राईब गरिदिनुहुन अनुरोध छ । हेर्नुहोस् वेब सिरिजको पहिलो भाग–

भ्यालेन्टाईन्स् डे, अर्थात प्रेम दिवस । कोही माया गर्नेप्रतिको सम्मान दर्शाउन यो दिनले कुनै कसर बाँकी नराखेको रुपमा मान्न सकिन्छ । तर के प्रेम गर्ने प्रतिको यो साँचो सम्मान हो ? के प्रेमदिवसले कुनै पनि बिग्रिएको सम्बन्धलाई सुधार्न सक्छ ? के प्रेम दिवसले तपाईको गुमिसकेको प्रेमलाई फर्काउन सक्छ ? वास्तवमा साँचो प्रेम के हो ? यी र यस्तै प्रश्नलाई जन्मदिन्छ प्रेम दिवसले ।

प्रेम दिवसकै दिन अनेकाँै गुलाफका फुलहरु बिक्री हुन्छन्, उपहारका पोकाहरु करोडौँको मूल्यमा विश्वभर विक्री हुन्छन् । विश्वभरी नै सुन्दर पार्कहरु अनि कफि सप र नाईट क्लबहरु प्रेम दिवसकै दिन भरिभराउ हुन्छन् । अर्थात प्रेम दिवसमा ठूलो व्यापार हुन्छ । कहिलेकाँही यहाँ प्रेमदिवसकै दिनमा यौनको व्यापार मौलाउँछ । प्रेम दिवसको रोमाञ्चक अनुभूतिमा हराएर यहाँ कयाँै मनहरु साटिन्छन् । अनि फेरिन्छन् फेरि अर्को रगतको तन्ना जहाँ एक प्रेमदिवसमा क्षतविक्षत भएको सम्बन्धले फेरि अर्को सम्बन्धलाई बढावा दिन्छ र यो क्रम निरन्तर चलिरहन्छ । त्यो बेलासम्म जबसम्म मानिसले वास्तविक र साँचो प्रेमलाई चिन्दैनन् । क्षणिक मोजमज्जा र क्षणिक प्रेममा हामी एउटा अध्याय समाप्त पार्छौँ अनि अर्को अध्यायलाई सुरुवात गर्छौँ । प्रेम दिवसमा कस्सिएका अंगालोहरु रात नसकिँदै खुकुलो हुँदै जान्छ । अनि अर्को प्रेम दिवसमा फेरि अर्कै अंगालोको चाहानामा हामी भौतारिन्छाँै । कयौँ अंगालोहरु फेरिसक्दा मात्र हामीलाई यो कुरा थाहा हुन्छ कि वास्तविक प्रेम त हामीले सोचेको भन्दा निकै परको कुरा रहेछ ।

हामी प्रेमको नाममा आफुलाई लुटाउँछौँ, बिना अर्थ मनलाई दुखाउँछाँै । जसरी सृष्टिकर्ताको प्रेमलाई भुलेर हामी उनको सट्टा उनैले सिर्जना गरेका भौतिक वस्तुसँगको प्रेमालापमा लिप्त हुन्छाँै त्यसरी नै हाम्रो मनमा पलाएको प्रेमको पालुवालाई कयौँ भ्यालेन्टाईन्स् डेले क्षतविक्षत पारीसकेको हुन्छ । अन्तमा जब हामी आफ्नो जीवनसाथी छान्छौँ त्यसबेला हामीले हाम्रो जीवनसाथीलाई दिने अमुल्य उपहार गुमाईसकेका हुन्छौँ । जब आफ्नो जीवनसाथीको अंगालोमा बाँधिदै गर्दा आफुले गरेको पापको सम्झना आउँछ तब हामीलाई जीवनसाथीको कसिलो अंगालोले पनि बिझाउँछ, जीवनसाथीको सच्चा प्रेमले हामीलाई घोँच्न थाल्छ । जसरी समुन्द्र भेट्ने लालसामा नदिले आफ्नो अस्तित्व गुमाउँछ त्यसरी नै हामीले वास्तविक प्रेमको आधार खोज्दा आफुलाई गुमाईसकेको महशुस गर्छौँ । आफ्नो जीवनसाथीलाई दिने अमुल्य उपहारलाई हामीले फेरि कहिल्यै नजोडिने गरी तोडिसकेका हुन्छौँ । तर पनि हामीसँग एउटा आधार हुन्छ साँचो प्रेमलाई अंगाल्ने । आफुले गरेका गल्तीहरुलाई जीवनसाथीसँग साझा गरेर उसलाई माफी माग्यौँ भने हामी अवश्य पनि साँचो प्रेम पाउन लायक हुनेछौँ । तर यहाँसम्म सोच्न हामी कहाँ सक्छौँ र ? हामी त बरु जीवनलाई समाप्त पार्ने खेलमा लाग्छौँ । जीन्दगी यस्तै हो भनेर मृत्यूको बाटो रोज्छौँ ।

हामीले यो कुरा बिर्सन्छौँ कि कोही बिना कोही मर्ने वा बाँच्ने हुँदैन, यो त बस मनको आवेग हो, जसले हामीलाई अमुल्य जीवन नष्ट गर्ने बाटो तर्फ डोराउँछ । त्यसैले मनमा एउटा चाहा हुन्छ कि हाम्रो प्रेमले पूर्णता पाओस् । साँचो प्रेमलाई चिनेर कोही पनि मान्छेले आफ्नै जीवनसाथीलाई धोका नदेओस्, मनका आवेग र जवानीका तरङ्गहरुले हाम्रो मनलाई विचलित पारेर गलत बाटोतिर नडोर्याओस् । बरु एउटा मनको साँचो प्रेमलाई, एउटा मनको मायालु आभाषलाई उसको वास्तविक प्रेमम्म डोराउन सकोस्, जसले पुराउन सकोस् हरेक प्रेमको आभाषलाई उसकै हकदारको मनसम्म, मुटुदेखि मुटुसम्म ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*