गाउँ–गाउँमा सुझाव संकलन गर्दै वडाअध्यक्ष ललित घलानको टिम

३२ जेष्ठ २०७६, शनिबार ०९:३४

मकवानपुर, ३२ जेठ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का बासिन्दाले आगामी आर्थिक वर्षमा पनि सडक स्तरीकरणलाई प्राथमिकता दिएका छन् । वडाको योजना तर्जुमाका क्रममा विभिन्न टोलमा लिइएको सुझावमा सडक स्तरीकरण, विद्युत पोल बिस्तार, खानेपानी, खेलकुद मैदान निर्माणलगायतका विषयमा स्थानीयबासीको माग आएको छ । यो खबर हामीले हेटौँडाबाट प्रकाशित हुने ‘समृद्ध समाज राष्ट्रिय दैनिक’ बाट साभार गरेका हौँ ।

१२ नम्बर वडाको सिग्रेनीमा भएको सुझाव सङ्कलनका क्रममा टोलबासीहरूले सडक स्ल्याब ढलान, ग्राभेलिङ,सिमेन्टको विद्युत पोल बिस्तार ,तटबन्ध, नाली निर्माण, फोहार व्यवस्थापन गर्ने लगायतका कार्यक्रम ल्याउन सुझाव दिएका छन् । सोल्टी चोकदेखि पदमपोखरी बिचरोडसम्मको बाटो स्ल्याब ढलान गर्न पनि सिग्रेनीबासीले माग गरेका छन् । यस्तै केही टोल विकास संस्थाहरूले भवन निर्माणका लागि पनि बजेट माग गरेका छन् । मिलनचोकमा भएको कार्यक्रममा खानेपानी पाइपलाइन विस्तार, कृषि तालिमको माग गरिएको छ । यस्तै खेलकुद मैदान निर्माण बेलडाँडा पिपलबोट छेउको सडकमा तारबार, गुम्बामा पर्खाल निर्माणको माग गरिएको वडा अध्यक्ष ललित घलानले जानकारी दिए ।

वडामा लागु औषध दुव्र्यसनीहरू बढ्दै गएको भन्दै यसको न्युनकरण गर्ने कार्यक्रम ल्याउनसमेत माग गरिएको छ । यसका लागि रोजगार मूलक कार्यक्रम ल्याउनु पर्ने टोलबासीको सुझाव रहेको सिर्जनशील टोलविकास संस्थाका अध्यक्ष लेखराम डिम्डुङले जानकारी दिए । यस्तै भोर्लेमा भएको सुझाव सङ्कलनका क्रममा रमन्टार भोर्लेको सडक स्तरीकरणका लागि १० लाख रुपियाँ बजेट माग गरिएको छ । साथै शाखा सडक स्तरीकरणका लागि १५ लाख माग गरिएको वडा अध्यक्ष घलानले जानकारी दिए । भोर्लेको तल्लो कोतराबाट बसामाडी नर्सिङ डाँडासम्मका लागि कृषि पुल निर्माण गर्नुपर्ने कोन्जोसोम टोलविकास संस्थाले माग गरेको छ । यस्तै जनप्रिय टोलविकास संस्थामा भएको छलफलमा हात्तीगौँडादेखि रमन्टार पुलसम्मको सडक स्ल्याव ढलानको माग गरिएको छ । दाहसंस्कारको प्रतिक्षालय, जनप्रिय विकास संस्थाको भवन निर्माण, सिमेन्टको विद्युत पोल बिस्तारको माग गरिएको छ । यसैगरी गोठ सुधारको कार्यक्रम, पशु शिबिर, थोपा सिँचाइ, परजीवी नियन्त्रणका लागि बजेट छुट्याउन सुझाव दिएका छन् ।

यस्तै विद्यालयहरूले पनि विभिन्न शीर्षकमा सहयोग गर्न बजेट माग गरेका छन् । ब्रम्हदेवी माविले छात्रामैत्री शौचालय, खेलमैदान, फर्निचरका तथा विद्यालय कर्मचारीलाई पारिश्रमिकका लागि बजेट माग गरेको छ । विष्णुज्योति कम्प्युटर, खानेपानी व्यवस्थापन, चौर निर्माणका लागि बजेटको माग गरेको छ । बुद्ध माविले सीसी क्यामेरा, प्रोजेक्टर, ब्याडमिन्टन कोर्ट, फूलबारी निर्माण, शिक्षक तालिमका लागि बजेट माग गरेको छ । यस्तै अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरेको छ । कल्याण टोल विकास संस्थाले सिँचाइका लागि ह्युम पाइप, गाड खोल्सानियन्त्रण, कृषि तथा पशुपालनसमबन्धी तालिमको लागि पनि वडासँग आग्रह गरेको छ । सुनौलो टोलविकास संस्थाले चकरीखोला तटबन्ध, सामुदायिक वनमा वृक्षारोपण, सामुदायिक भवन निर्माण, सामुदायिक सिकाइ केन्द्रको स्तरीकरण, ग्रिन हाउस निर्माण, डालेघाँसको बेर्ना उपलब्ध गराउने कार्यक्रम ल्याउन माग गरेको छ ।

१२ नम्बर वडाका दलित समुदायले पनि आफ्नो समुदायका लागि बजेटको माग गरेको वडाध्यक्ष घलानले बताए । दलित समुदायले घुम्ती पसल सञ्चालन, दलित विद्यार्थीलाई छात्रवृत्ति, पञ्चेबाजा खरिद, पशुपालन तथा सचेतनामूलक कार्यक्रमका लागि बजेटको माग गरेको छ । गोठ दमार टोलविकास संस्थाले बोरिङ सिँचाइको माग गरेको छ । यस्तै खेलमैदान निर्माण, सडक स्ल्याब ढलानका लागि बजेट तर्जुमा गर्न आग्रह गरेको छ । वडा कार्यालयले योजना तर्जुमाका लागि २६ गतेदेखि २८ गतेसम्म वडाका विभिन्न स्थानमा भेला आयोजना गरेर सुझाव सङ्कलन गरेको थियो । भेलामा स्थानीय तह, संघीय सरकार र प्रदेश सरकारले गर्नु पर्ने विकास कामका बारेमा स्थानीयबासीसँग सुझाव सङ्कलन गरिएको वडाध्यक्ष घलानले बताए । भेलामा आएका सुझावका आधारमा वडा कार्यालयले योजना तर्जुमा गर्ने उनले बताए ।

ब्रह्मदेवी आधारभूत विद्यालय रमन्टार, बिष्णुज्योति आधारभूत विद्यालय भोर्ले, पशुपति आधारभूत विद्यालय गुरौविर्ता, महिलासेवा सहकारी संस्था पान्तले र प्रतिभा आधारभूत विद्यालय सिक्रेनीमा भेलाको आयोजना गरिएको थियो ।

यो पनि हेर्नुहोस्

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

सन्तोष लामाको म्यूजिक भिडियोमा मकवानपुरका फुर्बा दोर्जे र साबित्राको रोमान्स
नेपाली ताराको बिजेता बनेर थप चर्चामा आएका गायक सन्तोष लामाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामाको आवाजमा रहेको ‘बिर्सन म सक्दिन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा मकवानपुरका कलाकार फुर्बा दोर्जे मोक्तान तामाङ तथा चर्चित मोडल साबित्रा थिङले अभिनय गरेका छन् । नयाँ वर्ष सन् २०१९ को अवसर पारेर सार्वजनिक भएको म्यूजिक भिडियोमा फुर्बा दोर्जेसँगै साबित्राको अभिनय प्रशंसनीय छ । मायाप्रेमले भरिपूर्ण म्यूजिक भिडियोमा फुर्बा र सावित्राको जोडी निकै सुहाएको छ । साबित्रा र फुर्बाको अभिनय कौशल समेत भिडियोमा देखिएको छ । गीतमा रोशन भट्टराईको शब्दमा चर्चित संगीतकार न्ह्यु बज्रचार्य को संगीत छ । गायक सन्तोष लामाको एल्वम अक्षतामा उक्त गीत समावेश छ । मलेसियामा छायाँकन भएको म्यूजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन् ।

यस्तो छ चलचित्र सय कडा दश, हेटौँडामा खुल्यो रहस्य (भिडियो)

नेपाली कथानक चलचित्र ‘सय कडा दश’ ले समाजमा रहेको भ्रष्ट्राचारलाई न्युनिकरण गर्न सहयोग गर्ने चलचित्रका कलाकार तथा निर्माताहरुले बताएका छन् । न्युज क्लब नेपाल, हेटौँडामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माण कमिटि तथा कलाकारहरुले यस्तो बताएका हुन् । चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङगाना, उत्सव न्यौपाने, करुणा श्रेष्ठ, सोनिया राई, रश्मी भट्ट, अमित पोखरेल लगायतकाको अभिनय रहेको छ ।
कसले के भने ? हेर्नुहोस् भिडियो–

‘पिरतीको मिठो तिर्सना’ मा हेटौँडाका रायु र रिकिताको रोमान्स (भिडियो)

हेटौँडाबाट चर्चामा आएको ओपेरा ईन्फोटेन्टमेन्ट सिने प्रा.लि.ले नयाँ कभर म्यूजिक भिडियो सार्वजनिक गरेको छ । चलचित्र ‘विर विक्रम २’ को चर्चित ‘पिरतीको मिठो तिर्सना’ बोलको रिमेक गीतको कभर भिडियो सार्वजनिक गरिएको हो । हेटौँडाका उदाउँदो कलाकार रायु घले र रिकिता क्षेत्रीको रोमान्स समेटिएको भिडियो निकै राम्रो बनेको छ । रायु र रिकिताको अनस्क्रीन रोमान्सले भिडियोलाई थप शसक्त बनाएको छ । मकवानपुरका चर्चित पर्यटकीयस्थलहरुमा छायाँकन गरिएको भिडियोको निर्देशकीय पक्ष निकै नै मजबुद देखिएको छ । ओपेराका सञ्चालक समेत रहेका कलाकार, कोरियोग्राफर तथा निर्देशक विक्रम लुङ्वाले म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् । छायाँकनसँगै निर्देशनको पाटोलाई समेत लुङ्वाले उत्कृष्टता प्रदर्शन गरेका छन् । धन पाख्रिन र सागर राईले म्यूजिक भिडियोलाई छायाँकन गरेका हुन् । सिर्जना सापकोटाको भ्वाईस ओभर रहेको म्यूजिक भिडियोलाई रायु घलेले कोरियोग्राफी गरेका हुन् ।

हेटौँडाकी दिप्सना, प्रमोद खरेलको म्यूजिक भिडियोमा

मकवानपुरको हेटौँडामा अध्ययनसँगै अभिनयमा समेत सक्रिय दिप्सना रिमाल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको ‘आँशु झारी’ बोलको गीतको म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । मकवानपुरमा अध्ययनरत उनी अभिनय र नृत्यमा रुचि राख्छिन् । कलाकारिता क्षेत्रमा अघि बढ्ने चाहाना भएको बताउँदै उनले भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् । राज धमला निश्चल ओखलढुङ्गेको शब्द र बिनोद बस्नेतको संगीतमा गायक खरेलले आवाज दिएका छन् । म्यूजिक भिडियोमा दिप्सनासँगै नविन मिश्र लगायतको कलाकारको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । यो समाचार तयार पार्दाको समयमा यस म्यूजिक भिडियोलाई १९ हजारभन्दा बढी पटक हेरिएको छ ।

नेपाल आईडलकी अस्मिता अधिकारी र गायक मातृका आचार्यको नयाँ गीत रिलिज

नेपाल आईडल सिजन २ को थर्ड रनर अप हुन सफल प्रतियोगी अस्मिता अधिकारी र गायक मातृका आचार्यको आवाजमा रहेको नयाँ गीत युट्युब मार्फत रिलिज गरिएको छ । पुरुषोत्तम न्यौपानेको संगीत संयोजन तथा गायक आचार्यकै शब्दमा रहेको ‘दुई मुटु एउटै पारी’ बोलको गीतको अडियो भर्जन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*