आज मनहरी अध्यक्ष कपको फाईनल, वडा नम्बर ४ र ७ भिड्दै

३२ जेष्ठ २०७६, शनिबार ०८:५२

मकवानपुर, ३२ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा जारी मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनल आज हुँदैछ । फाईनलमा सहभागी हुने २ टिमको समेत बिहीबार नै टुङ्गो लागिसकेको छ । अध्यक्ष कपको उपाधीका लागि फाईनलमा वडा नबर ४ र वडा नम्बर ७ बिच आज फाईनल भिडन्त हुँदैछ ।

बुधबार भएको सेमिफाइनल खेलबाट ४ नम्बर वडा विजय भएर फाईनलको यात्रा तय गरिसकेको थियो । त्यस्तै बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा वडा नम्बर ७ ले फाइनलको यात्रा पक्का गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाईनलमा ७ नम्बर वडाले ९ नम्बरलाई एक गोलले पराजित गर्दै फाइनलको लागि आफ्नो स्थान सुरक्षित गरेको हो । फाईनलमा आफ्नो यात्रा पक्का गर्नका लागि ७ नम्बरको तर्फबाट एक माात्र गोल रविन खड्काले गरेका थिए । फाईनल खेल रमौलीमा रहेको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार र दोस्रो हुने टिमले ३० हजार नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने बिधागत उत्कृष्ट हुने खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता मनहररी ७ मा रहेको मनहरी युबा क्लबको आयोजाना तथा मनहरी गाउँपालिकाको सहयोगमा सञ्चालन भएको हो ।

यो पनि हेर्नुहोस्

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

प्रेम प्रस्ताव अस्विकार गर्दा आत्माहत्याको प्रयास (भिडियो)
वाहरुमा प्रेमकै कुरालाई लिएर हुने गरेका आत्माहत्याको विषयलाई लिएर मकवानपुरे युवाहरुले सर्ट मुभि (लघु चलचित्र) निर्माण गरेका छन् । ‘फ्लप क्रियशन टिभी’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक सर्ट मुभिमा किशोराअवस्थामा हुने प्रेम प्रस्ताव अस्विकारले आफैलाई मार्न समेत पछि नपर्ने किशोरको कथा समेटिएको छ । सुवास लामाको कथा, निर्देशन तथा सम्पादनमा तयार भएको सर्ट मूभिमा सुवाससहित राजु लामाको छायांकन हेर्न सकिन्छ । सर्ट मुभिमा राजु घलान, विजय दोङ, जीवन घलान, अविनाश गोले र सरस्वती मुक्तानको अभिनय रहेको छ । हेर्नुहोस् सर्ट मूभि–

मकवानपुरे मुक्तिनाथको नयाँ गीतको भिडियो रिलिज
मकवानपुरको थाहा नगरपालिका अन्तर्गत पर्ने टिष्टुङ पालुङको बारेमा गीत सार्वजनिक गरेसँगै चर्चित बनेका मकवानपुरे गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । ‘टिष्टुङ पालुङ गाउँ’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएसँगै एकाएक चर्चित बनेका उप्रेतीका ‘गोरी हे गोरी’ बोलको नयाँ डान्सिङ गीतको भिडियो युट्युबमा सार्वजनि गरिएको हो । गीतमा मुक्तिनाथ उप्रेती र ऋतु कँडेलको आवाज तथा उप्रेतीकै शब्द र संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा करिश्मा ढकाल र मनिष श्रेष्ठको अभिनय रहेको छ ।

अनमोल र श्रृष्टिको जोडी फेरि एकपटक पर्दामा

यक अनमोल केसी र नायिका श्रृष्टि श्रेष्ठको जोडी पूनः एकपटक पर्दामा जम्ने भएको छ । सफल बताइएको चलचित्र ‘गाजलु’ मा एकसाथ काम गरेका अनमोल र श्रृष्ठि एक चलचित्रमा देखिन थालेको विभिन्न न्यूज एजेन्सीहरुले दाबी गरेका छन् । नाम गोप्य राखिएको एक नयाँ चलचित्रमा संगै काम गर्न लागेका उनीहरुको नाम नै फाईनल भइसकेको बताइएको छ ।

हेटौँडाकी दिप्सना, प्रमोद खरेलको म्यूजिक भिडियोमा

मकवानपुरको हेटौँडामा अध्ययनसँगै अभिनयमा समेत सक्रिय दिप्सना रिमाल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको ‘आँशु झारी’ बोलको गीतको म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । मकवानपुरमा अध्ययनरत उनी अभिनय र नृत्यमा रुचि राख्छिन् । कलाकारिता क्षेत्रमा अघि बढ्ने चाहाना भएको बताउँदै उनले भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् । राज धमला निश्चल ओखलढुङ्गेको शब्द र बिनोद बस्नेतको संगीतमा गायक खरेलले आवाज दिएका छन् । म्यूजिक भिडियोमा दिप्सनासँगै नविन मिश्र लगायतको कलाकारको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।

सागर घिसिङ र मन्सु लामाको जोडी ‘पिरोमा रैछ’ मा यस्तो देखियो (भिडियो)

तामाङ चलचित्र सहित नेपाली गीतका म्यूजिक भिडियोहरुमा अभिनय गरेर चर्चा कमाउन सफल नायक सागर घिसिङ र कलाकार मन्सु लामा अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक करण बम्जनको ‘पिरोमा रैछ’ बोलको गीतमा सागर र मन्सुको अनस्क्रिन रोमान्स निकै नै सुहाउँदो देखिएको छ । करण बम्जनको सुमधुर आवाजमा सजिएको गीतमा साङ्गे ब्लोन तामाङको शब्द र अभिषेक तामाङको संगीत सुन्न सकिन्छ । प्रतिक ङेसुरको कोरियोग्राफी र निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई विक्रम मोक्तानले खिचेका हुन् । राम्रो कथावस्तु सहित प्रशंसनिय निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सागर र मन्सुको प्रेमलाई सफल बनाउन अर्का कलाकार जीवन लामाले सघाउँछन् । म्यूजिक भिडियो दोस्रो भाग बन्ने तर्फ समेत म्यूजिक भिडियोले संकेत गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*