लेकाली बसिफाँट माविमा रुपचन्द्रको गाथाबाट विद्यार्थीमा थाहा जगाउने अभियान

३१ जेष्ठ २०७६, शुक्रबार २२:०८

मकवानपुर, ३१ जेठ । यही आउँदो असार ७ गते परेको २० औ रुपचन्द्र विष्ट स्मृति दिवसमा भिमफेदी गाउँपालिका वडा नम्बर ९ मा अवस्थित श्री लेकाली बसीफाँट माध्यामिक विद्यालयले असार ६ गते विद्यार्थी, अभिभावक तथा स्थानीयहरुसँग थाहा आन्दोलनबारे चर्चापरिचर्चा गर्ने भएको छ ।स्मृति दिवसलाई मध्यनजर पारेर असार ६ गते सो कार्यक्रम गरिन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाले जानाकारी दिए ।

शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लामाले रुपचन्द्र विष्ट र उनले चलाएको थाहा आन्दोलनबारे नयाँ पुस्तालाई जानकारी दिने उदेश्य मात्र नभएर थाहा आन्दोलनमा लागेका पुराना पुस्ताहरुसँग पनि थाहाको विषयमा परिचर्चा गरिने बताए । विद्यालयले पहिलो पटक आयोजन ागर्न थालेको परिचर्चाका साथै कविता वाचन कार्यक्रममा करिब दुई दर्जन श्रष्टाहरुले कविता वाचन गर्ने समेत बताइएको छ ।

बसीफाँट माविका प्रधानाध्यापक एल एल मण्डलले विद्यार्थीको सिकाईमा थाहाका दर्शनलाई जोड्ने र समय सान्दर्भिक बनाउने विषयमा आफ्नो धाराणा व्यक्त गरे । कार्यक्रम मुख्यतया विद्यार्थी केन्द्रित हुने बताउँदै मण्डलले लेकाली बसिफाँट मावि विद्यार्थीलाई किताबी ज्ञान केन्द्रित मात्र गराउने पक्षमा नरहेको बताए । थाहा र भिमफेदीलाई जोड्न भूमिका खेलेको बसिफाँटले नयाँ पुस्तालाई रुपचन्द्रको अभियानसँग जोड्ने समेत दाबी गरे ।

विद्यालयका शिक्षक यश लामाले हेटौँडा, काठमाडौँ र थाहा नगरका दुई दर्जन भन्दा बढि स्रष्टाहरुले साहित्य सिर्जनाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी दिए । लामाले रुपचन्द्रको जीवनी विद्यालयको पाठ्यपुस्तकमा समेत समावेश गर्नुपर्नेमा जोड दिए । विद्यार्थीहरुले वास्तविक रुपमा रुपचन्द्रको बारेमा बुझुन् भन्ने उदेश्य समेत रहेको लामाले बताए । कार्यक्रममा थाहाका अभियान्ता एवम् प्रत्यायोजित समितिका सभापति रामनारायण विडारीको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

यो पनि हेर्नुहोस्

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हेटौँडाका उत्सव न्यौपाने बने हिरो, चलचित्र ‘सय कडा दश’मा यस्तो छ रोल (भिडियो)
प्रतिक्षित नेपाली कथानक चलचित्र ‘सय कडा दश’ मा हेटौँडेली कलाकार उत्सव न्यौपानेले हिरोका रुपमा डेब्यू गरेका छन् । चर्चित कमेडी किङ मनोज गजुरेलको समेत डेब्यू मूभिका रुपमा चर्चामा आएको चलचित्रमा उनी नायिका करुणा श्रेष्ठ र नायक अमृत ढुङ्गानासँगै चर्चित कलाकार मनोज गजुरेल, राजाराम पौड्या लगायतका कलाकारहरुसँग स्क्रिन शेयर गर्दैछन् । हेटौँडा स्कूल अफ म्यानेज्मेन्टबाट अध्ययन गर्दै अध्ययनका लागि काठमाडाँैमा पुगेका उत्सवले आफु चलचित्रमा लाग्नुको कारण र आफ्नो रोलका बारेमा समेत हेटौँडाको न्यूज क्लबमा भएको पत्रकार सम्मेलनका क्रममा जानकारी दिएका छन् । के भने त उनले ? हेरौँ भिडियो

चलचित्र ‘समर लभ’ मा बेड सिन दिएका समर लभ जोडी हेटौँडामा (भिडियो)

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नेपाली कथानक चलचित्र ‘समर लभ’ प्रदर्शनको संघारमा छ । प्रदर्शनको सुरुवात भएसँगै अहिले चलचित्र टोली चलचित्रको प्रचारप्रसारका लागि देशव्यापी दौडमा छन् । चलचित्रमा उपन्यास अनुसार नै थुप्रै बेड सिन समेत दिएका नायक आशिष पिया र नायिका रेवती क्षेत्री र नम्रता सापकोटा चर्चा र गसिप दुबैमा छाएका छन् । यसैक्रममा चलचित्रका नायक आशिष पिया र नायिका रेवती क्षेत्री सहितको टोली चलचित्र प्रचारप्रसारका क्रममा मकवानपुरको हेटौँडामा आईपुगेका थिए । हेरौँ उनीहरुको जोडी के भन्छन्–

हेटौँडाका युवाहरु ‘झुम्के बुलाकी’ किनेर मायालु फकाउँदै (भिडियो सहित)

मकवानपुरमा पछिल्लो समय चर्चामा रहन सफल डान्स ग्रुप ‘द हेटौँडा क्रियु’ को डान्स कभर भिडियो ‘झुम्के बुलाकी’ सार्वजनिक भएको छ । मायालु इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत भिडियो रिलिज गरिएको हो । कलाकार दिलिप लामासहितको हेटौँडाका युवाहरुले म्यूजिक भिडियोमा आफ्नो मायालुलाई फकाएको दृश्यहरुलाई निकै कलात्मक तरिकाले स्क्रिनमा देखाईको छ । सिर्जु अधिकारी र अमृत खातीको आवाजमा रहेको उक्त गितको भिडियो द हेटौँडा क्रियुले तयार पारेको हो । भिडियोमा क्रियुका विष्णु, अमित,दिपक, दिलिप, कृष्ण, बिसु, अनिता, सन्ध्या र प्रियंकाको नृत्यलाई हेर्न सकिन्छ । गीतमा बिसम गौतमको शब्द र सिर्जु अधिकारीको संगीत रहेको छ । विष्णु ठकुरीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई आशिष लामा, सुजन मग्राती र मिलन श्रेष्ठले खिचेका हुन् । हेटौँडाका रमणिय पर्यटकीयस्थलहरुमा म्यूजिक भिडियो छायाँकन गरिएको छ ।

कुसुम तामाङले जितिन् मिस तामाङ पोखरा २०१९ को ताज

मिस तामाङ पोखरा २०१९ को ताज कुसुम तामाङले जितेकी छिन् । बिरौटा निवासी कुसुमले फाईनल राउण्डका निर्णायक तथा कलाकार एवम् पाईलट विजय लामाको प्रश्नको उत्कृष्ट जवाफ दिँदै ताज जितेकी हुन् । कुसुमलाई नेपालको राष्ट्रिय गानको ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ अंशको अर्थ सोधिएको थियो । उनको जवाफलाई निर्णायकले उत्कृष्ट ठहराएपछि उनले ताज पहिरिन सफल भएकी हुन् । उनलाई मिस तामाङ पोखरा २०१८ की बिजेता कविता बोम्जनले ताज पहिराएकी थिईन् । ताजसँगै उनले बेस्ट पर्सानिलिटी टाईटल पनि जितेकी छिन् । उनले नगद ५० हजारसँगै, ताज, ट्रफी र प्रमाणपत्र समेत प्राप्त गरेकी छिन् । कुसुमलाई म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पनि मिल्नेछ ।

प्रतियोगितामा नालामुखका प्रिती तामाङ मिस कन्फिडेण्टको टाइटलसंगै फस्ट रनरअप भएकी छिन् । उनले नगद ३० हजार सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन् । साथै रामेछापकी सजना वाइवा मिस ट्यालेण्टको टाइटलसंगै सेकेण्ड रनरअप बन्न सफल भएकी छिन् । उनले नगद २० हजार, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यस्तै लामागाउँकी श्वेता पाख्रिनले मिस पपुलरको टाइटलसंगै भ्युवर्स च्वाइस अवार्ड समेत जितेकी छिन् । उनले नगद १५ समेत प्राप्त गरेकी छिन् । प्रतियोगितामा बिरौटाकी सुस्मा लोप्चान मिस कल्चर, बाटुलेचौरकी सोफिया स्याङबो मिस पंक्च्युवल, काठमाण्डौ बसोबास गर्ने मकवानपुरकी जेमिना घिसिङ मिस फ्रेण्ड्ली, घारीपाटनकी रिस्ता घिसिङ मिस डिसिप्लिन, रत्नचोककी अमृता तामाङ मिस फोटोजेनिक, एयरपोर्टकी अस्मिता तामाङ बेस्ट वक, काठमाण्डौकी रिता लोप्चन बेस्ट स्माइल, पोखरा लेकसाइडकी मिनु थोकर बेस्ट पर्फमेन्स, पोखरा बुद्धचोककी सोनी तामाङ ब्युटी विथ पर्पोज र सृजनाचोककी आशा तामाङ बेस्ट हेयर टाईटल जित्न सफल भएका थिए । प्रतियोगितामा १४ जना प्रतियोगीहरु सहभागीहरु थिए ।

बैदाम तामाङ समाज पोखराको आयोजनामा भएको प्रतियोगितामा कलाकार तथा पाइलट विजय लामा, नेपालको पहिलो अन्र्तराष्ट्रिय मोडल कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयकी सह प्रशासकिय अधिकृत तथा पहिलो मिस पोखराका फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपालकी संयोजक रञ्जिता लामा, गायक, संगीतकार श्यामसुङ तामाङ रहेका थिए । सन् २०१६ बाट सुरु भएको प्रतियोगितामा सन् २०१६ को संस्करण निमा लामा, सन् २०१७ मा दिप्ती गोम्जा र सन् २०१८ मा कविता बोम्जनले ताज पहिरिन सफल भएकी थिईन् ।

नायिका आँचल शर्माको पक्षमा नायक पल शाह (भिडियो)

नेपाली सिने क्षेत्रमा ‘आँप’ जोडीका रुपमा परिचित चर्चित नायक पल शाह र नायिका आँचल शर्माको जोडीलाई मन पराउने दर्शकहरु निकै नै छन् । यी दुईको अन स्क्रिन जोडीलाई वास्तविक जीवनमै एक भएको हेर्न चाहाने फ्यानहरु पनि प्रशस्तै छन् । पल र आँचललाई एक भएको हेर्न चाहाने दर्शकले यी दुईको चलचित्रलाई समेत मन पराउने गरेका छन् ।

आँचल र पलको प्रेम र विवाहसम्मको कुरा सोच्ने दर्शकहरुले केही समय यता एकै चलचित्रमा यो जोडीको अभिनय हेर्न पाएका थिएनन् । चलचित्रमा यो जोडीको प्रेम जति देखिन्छ वास्तविक जीवनमा पनि एकअर्कालाई मित्रताको रुपमा उत्तिकै प्रेम गर्छन् भन्ने कुरालाई पछिल्लो घटनाले उजागर गरिदिएको छ । आँचल शर्मा अभिनित पछिल्लो चलचित्र ‘दाल भात तरकारी’ को ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक समारोहमा आँचललाई एक पत्रकारले अन्तरवार्ताका लागि समय नदिएको भन्दै आक्रोश पोखेका थिए । त्यसको जवाफमा दुःखी हुँदै नायिका आँचल शर्माले सार्वजनिक समारोहमै माफी समेत मागेकी थिईन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*