हेटौँडाको बालजागृति युवा वर्षमा चित्रकला प्रतियोगिता सम्पन्न

३१ जेष्ठ २०७६, शुक्रबार २१:४२

मकवानपुर, ३१ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा अवस्थित बाल जागृति युवा वर्ष माविमा शुक्रबार आधारभुत तह (२–३), (४–५) र आधारभुत एवं माध्यमिक तह (६–१०) स्तरिय चित्रकला प्रतियोगिता एवं प्रदर्शनी सम्पन्न भएको छ ।

आधारभुत तह (२–३) को चित्रकला प्रतियोगितामा कक्षा ३ की प्रकृति रुम्बा प्रथम , कक्षा ३ की नै मेलिना थिङ द्वित्तिय र कक्षा ३ बाटै मेनुका भ्लोन तृतीय भएकी छिन् । त्यस्तै आधारभुत तह (४–५) को चित्रकला प्रतियोगितामा कक्षा ४ की सबिना श्रेष्ठ प्रथम, कक्षा ५ कि शान्ती भ्लोन द्वित्तिय र कक्षा ४ की सचिना मोक्तान तृतिय भएकी छिन् ।

त्यस्तै आधारभुत तह एवं माध्यमिक तह (६–१०) स्तरीय चित्रकला प्रतियोगितामा जम्मा २० जनाको सहभागिता रहेको थियो । प्रत्येक चित्रलाई प्रदर्शनीमा राखेर कक्षा ८–१० सम्मका विद्यार्थीहरुको भोटको आधारमा दुई वटा चित्रलाई उत्कृष्ट छनौट गरिएको छ । कक्षा ८ की अनुषा स्याङ्बो र कक्षा १० सेक्सन ए का अस्मिर श्रेष्ठको चित्रलाई उत्कृष्ट चित्रका रुपमा छनौट गरिएको छ । त्यसपछि निर्णायक मण्डलको निर्णयको आधारमा कक्षा १० सेक्सन ए की अनिता गोङ्बा प्रथम, कक्षा ८ कि अनुषा स्याङ्बो द्वितीय र कक्षा १० सेक्सन ए की शशिकला लामा तृतीय भएका छन् ।

अतिरिक्त क्रियाकलाप समिति संयोजक कुमार रुम्बाको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक गोपाल चन्द्र भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको संचालन् शिव प्र. चौलागाईं तथा निर्णायकको भूमिका तोयानाथ सुवेदी , बिबश थापा र सरस्वती पुडासैनीले निभाएका थिए ।

यो पनि हेर्नुहोस्

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

सन्तोष लामाको म्यूजिक भिडियोमा मकवानपुरका फुर्बा दोर्जे र साबित्राको रोमान्स
नेपाली ताराको बिजेता बनेर थप चर्चामा आएका गायक सन्तोष लामाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामाको आवाजमा रहेको ‘बिर्सन म सक्दिन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा मकवानपुरका कलाकार फुर्बा दोर्जे मोक्तान तामाङ तथा चर्चित मोडल साबित्रा थिङले अभिनय गरेका छन् । नयाँ वर्ष सन् २०१९ को अवसर पारेर सार्वजनिक भएको म्यूजिक भिडियोमा फुर्बा दोर्जेसँगै साबित्राको अभिनय प्रशंसनीय छ । मायाप्रेमले भरिपूर्ण म्यूजिक भिडियोमा फुर्बा र सावित्राको जोडी निकै सुहाएको छ । साबित्रा र फुर्बाको अभिनय कौशल समेत भिडियोमा देखिएको छ । गीतमा रोशन भट्टराईको शब्दमा चर्चित संगीतकार न्ह्यु बज्रचार्य को संगीत छ । गायक सन्तोष लामाको एल्वम अक्षतामा उक्त गीत समावेश छ । मलेसियामा छायाँकन भएको म्यूजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन् ।

यस्तो छ चलचित्र सय कडा दश, हेटौँडामा खुल्यो रहस्य (भिडियो)

नेपाली कथानक चलचित्र ‘सय कडा दश’ ले समाजमा रहेको भ्रष्ट्राचारलाई न्युनिकरण गर्न सहयोग गर्ने चलचित्रका कलाकार तथा निर्माताहरुले बताएका छन् । न्युज क्लब नेपाल, हेटौँडामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माण कमिटि तथा कलाकारहरुले यस्तो बताएका हुन् । चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङगाना, उत्सव न्यौपाने, करुणा श्रेष्ठ, सोनिया राई, रश्मी भट्ट, अमित पोखरेल लगायतकाको अभिनय रहेको छ ।
कसले के भने ? हेर्नुहोस् भिडियो–

‘पिरतीको मिठो तिर्सना’ मा हेटौँडाका रायु र रिकिताको रोमान्स (भिडियो)

हेटौँडाबाट चर्चामा आएको ओपेरा ईन्फोटेन्टमेन्ट सिने प्रा.लि.ले नयाँ कभर म्यूजिक भिडियो सार्वजनिक गरेको छ । चलचित्र ‘विर विक्रम २’ को चर्चित ‘पिरतीको मिठो तिर्सना’ बोलको रिमेक गीतको कभर भिडियो सार्वजनिक गरिएको हो । हेटौँडाका उदाउँदो कलाकार रायु घले र रिकिता क्षेत्रीको रोमान्स समेटिएको भिडियो निकै राम्रो बनेको छ । रायु र रिकिताको अनस्क्रीन रोमान्सले भिडियोलाई थप शसक्त बनाएको छ । मकवानपुरका चर्चित पर्यटकीयस्थलहरुमा छायाँकन गरिएको भिडियोको निर्देशकीय पक्ष निकै नै मजबुद देखिएको छ । ओपेराका सञ्चालक समेत रहेका कलाकार, कोरियोग्राफर तथा निर्देशक विक्रम लुङ्वाले म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् । छायाँकनसँगै निर्देशनको पाटोलाई समेत लुङ्वाले उत्कृष्टता प्रदर्शन गरेका छन् । धन पाख्रिन र सागर राईले म्यूजिक भिडियोलाई छायाँकन गरेका हुन् । सिर्जना सापकोटाको भ्वाईस ओभर रहेको म्यूजिक भिडियोलाई रायु घलेले कोरियोग्राफी गरेका हुन् ।

हेटौँडाकी दिप्सना, प्रमोद खरेलको म्यूजिक भिडियोमा

मकवानपुरको हेटौँडामा अध्ययनसँगै अभिनयमा समेत सक्रिय दिप्सना रिमाल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको ‘आँशु झारी’ बोलको गीतको म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । मकवानपुरमा अध्ययनरत उनी अभिनय र नृत्यमा रुचि राख्छिन् । कलाकारिता क्षेत्रमा अघि बढ्ने चाहाना भएको बताउँदै उनले भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् । राज धमला निश्चल ओखलढुङ्गेको शब्द र बिनोद बस्नेतको संगीतमा गायक खरेलले आवाज दिएका छन् । म्यूजिक भिडियोमा दिप्सनासँगै नविन मिश्र लगायतको कलाकारको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । यो समाचार तयार पार्दाको समयमा यस म्यूजिक भिडियोलाई १९ हजारभन्दा बढी पटक हेरिएको छ ।

नेपाल आईडलकी अस्मिता अधिकारी र गायक मातृका आचार्यको नयाँ गीत रिलिज

नेपाल आईडल सिजन २ को थर्ड रनर अप हुन सफल प्रतियोगी अस्मिता अधिकारी र गायक मातृका आचार्यको आवाजमा रहेको नयाँ गीत युट्युब मार्फत रिलिज गरिएको छ । पुरुषोत्तम न्यौपानेको संगीत संयोजन तथा गायक आचार्यकै शब्दमा रहेको ‘दुई मुटु एउटै पारी’ बोलको गीतको अडियो भर्जन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*