बाल विवाहका विरुद्धमा नयाँ पाईलाको सचेतना

३१ जेष्ठ २०७६, शुक्रबार १२:३०

मकवानपुर, ३१ जेठ । समृद्ध नेपालको लागि नयाँ पाइलाले बाल विवाह विरुद्ध एक दिवसीय सचेतना कार्यक्रम गरेको छ । भिमफेदी गाउँपालिकाको आर्थिक सहयोगमा सँस्थाले भिमफेदी गाउँपालिकास्थित बाराही माविमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा श्री बाराही माध्यमिक बिद्यालयका करिब १ सय जना विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा सञ्चारकर्मी रिपेश रिद्धी दाहालले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी अतिथि र सम्पुर्ण विद्यार्थीले ‘बिहेवारी बीस बर्ष पारी’ भन्ने मुल नारा सहित ‘बाल विवाह आफू पनि गर्दिनँ र अरुलाई पनि गर्न दिन्नौँ’ भनी प्रतिबद्धता जनाउएका थिए । उनीहरुले प्रतिबद्धत्ता स्वरुप ब्यानरमा हस्ताक्षर समेत गरेका थिए । सोही गाउँपालिकाको सहयोगमा असार महिना भित्र थप दुई वटा विद्यालयमा सचेतना कार्यक्रम गरिने आयोजकले जनाइएको छ ।

भिमफेदी गाउँपालिका ४ नम्बर वडाध्यक्ष क्षेत्र बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाराही माविका प्रअ सोम बहादुर लामाको उपस्तिथि रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विश्व सुनारको सभाध्यक्षतामा भएको थियो ।

यो पनि हेर्नुहोस्

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

रेखा थापाको खुलासा–‘छबि र शिल्पाको २ वर्षअघि नै विवाह भईसक्यो’
निकै नै चर्चामा रहेको निर्माता छबि ओझा र नायिका शिल्पा पोखरेलको २ वर्ष अघि नै विवाह भइसकेको खुलासा भएको छ । नायिका रेखा थापाले छबी र शिल्पाको विवाह भइसकेको खुलासा गरेका हुन् । छबी की पुर्व पत्नी थापाले एक अनलाइनको पहिलो बार्षिक उत्सवको अवसरमा प्रकाशित स्मारिकामा उक्त कुराको खुलासा गरेकी हुन् । मिडियाको पछिल्लो अवस्थाको चर्चा गरिएको ‘मिडियाले पक्षधरता लिनुभएन’ शीर्षकको उनको लेखमा रेखाले भनेकी छिन् ‘तर इरिटेट त्यहाँ नेर हुन्छ जब मलाई छबी ओझासँग अहिले पनि जोडिन्छ । जबकी डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई बर्ष भइसक्यो । यहाँ नेर चाहीँ विभेद गरेजस्तो लाग्छ । किनकी जसले विवाह गरिसकेको छ उसलाई उसको वैवाहिक जीवनको बारेमा सोध्दा हुन्छ नि, तर पटक पटक म माथि नै किन प्रहार गर्छ मिडियाले ?’

चर्चित बन्दै ‘ए बिना ङा’, दर्शकको रोजाईमा सागर र स्मारिकाको रोमान्टिक जोडी
सार्वजनिक भएको केही दिनमा नै ‘ए बिना ङा’ अर्थात ‘तिमी बिना म’ बोलको तामाङ गीत चर्चित बनेको छ । बहुप्रतिक्षित तामाङ चलचित्र ‘घ्रान’ का मूख्य नायक सागर घिसिङसहित स्मारिका थिङको मूख्य अभिनय रहेको सो गीतको भिडियो समेत चर्चामा छ । नेपाली भाषामा समेत सबटाईटल राखी निर्माण गरिएको गीतको भिडियोमा सागर र स्मारिकाको रोमान्सलाई दर्शकले रुचाएका छन् । भिडियोमा एकअर्का बिना बाँच्न नसक्ने अवस्थामा पुगेका जोडीका रुपमा देखिएका उनीहरुको केमेष्ट्री समेत मिलेको छ । विशेष गरी तामाङ चलचित्र र गीतसँगीतलाई समेत मुल धारको चलचित्रसँग प्रतिस्पर्धामा ल्याउने गरी उच्च प्रविधिका साथमा भिडियो र चलचित्र निर्माण गर्ने नायक तथा निर्माताका रुपमा चर्चा कमाएका नायक सागरले यो गीतमा दर्शकको कमेन्ट पाएर खुशी भएको बताएका छन् । थोरै समयमा नै अन्य तामाङ गीतमा भन्दा बढी कमेन्ट पाएका उनले गीतलाई दर्शक–श्रोताले मन पराईदिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

स्वस्तिमा र सेड्रिनामा को राम्री ? (भिडियो)
चर्चित नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौ संस्करणको ट्रेलर सार्वजनिक भएसँगै नायिका स्वस्तिमा खड्का र बाल कलाकार सेड्रिना शर्माको सौन्दर्य र अभिनयको तारिफ बढेको छ । चलचित्रको सुटिङको सुरुवात देखि नै चर्चामा रहेका स्वस्तिमा र सेड्रिना नै नाई नभन्नु ल ५ को सार्वजनिक ट्रेलरको आकर्षक पक्ष पनि हुन् । ठूलो भएर विश्व सुन्दरी बन्ने सपना बोकेकी सेड्रिनाको यो डेब्यू चलचित्र हो ।

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) हेर्न दर्शकहरुको ओईरो लागेको छ । शनिबार काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा भएको पहिलो प्रिमियर शोमा दर्शकहरुको ओइरो लागेको हो । कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यता तथा चर्चित नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा भएको प्रिमियर शो मा चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवि, चलचित्र समिक्षकका साथै दर्शकहरुको ठूलो जमातको सहभागीता रहेको थियो । चलचित्रका नायक सागर घिसिङ,नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ (चन्द्र ग्याबक) लगायतको टोलीसँगै दर्शकहरुले फिल्म हेरेका थिए । चलचित्र हेर्न तामाङ कला तथा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु नायक अमिर दोङ, हुत्त सञ्जय लामा, चर्चित खलनायक बिकु थोकर, नायिका खुशी घिसिङ, सुनिता लुङ्वा, चर्चित गायक विश्व दोङ लगायतको उपस्थिति रहेको थियो ।

युट्युबमा ‘भद्रगोल’ को साप्ताहिक रेकर्ड, हरेक हप्ताको एपिसोड ट्रेण्डिङमा

युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड हुन्छन् । पछिल्लो समय नेपाली युट्युबरहरुका समेत भिडियो ट्रेण्डिङमा पर्ने र केही आम्दानीसमेत हुन थालेपछि अहिले नेपालमा समेत भिडियो बनाउने र युट्युबमा अपलोड गर्ने ट्रेण्ड नै चलेको छ । तर सबै भिडियो सफल बनाउन र ट्रेण्डिङमा पार्न भने त्यति सजिलो छैन । कुनै पनि भिडियो ट्रेण्डिङमा पर्नुमा दर्शककै ठूलो हात हुन्छ त्यसैले भिडियोले दर्शकको मन छोयो भने मात्र सफल हुन सम्भव छ । युट्युबमा भिडियो ट्रेण्डिङमा पार्न सहज नहुने अवस्थामा पनि नेपालकै एउटा टिभी सिरियलको हरेक एपिसोड हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ भन्ने सुन्दा तपाईँलाई अलि अनौठो लाग्ला । तर, यो वास्तविकता नै हो । यसबाट समेत उक्त टिभी सिरियल कति चर्चित छ भन्ने कुरा प्रमाणित हुन्छ । हजुर उक्त चर्चित टेलिसिरियल हो ‘भद्रगोल’ । बिगत ५ महिनाभन्दा पछिका मात्र एपिसोड हेर्ने हो भने ‘भद्रगोल’ का हरेक हप्ताका फरक एपिसोडहरु युट्युब ट्रेण्डिङमा पर्न सफल भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*