गायक अशोक तामाङको तामाङ दोहोरीमा के छ ?

३१ जेष्ठ २०७६, शुक्रबार १०:२४

मकवानपुर, ३१ जेठ । चर्चित मकवानपुरे गायक अशोक तामाङ र गायिका जस्मिन तामाङको तामाङ दोहोरी गीतको म्युजिक भिडियो आज शुक्रबार दिउँसो ३ बजे प्रिमियर हुँदैछ । जिग्मे मिडियाको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो शुक्रबार दिउँसो जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत प्रिमियर गरी सार्वजनिक गरिने तयारी गरिएको छ । म्युजिक भिडियो सार्वजनिक हुन थोरै समय मात्र बाँकी रहेको अवस्थामा उनको म्युजिक भिडियोका बारेमा थप कौतिहलता श्रोता तथा दर्शकलाई छ ।

‘बोर्ला ङाई याम्बुरी, पैसा आरे ट्याक्सीरी ख्रेबारी साईली, कोर्दोला सफा ट्याम्पुरी’ बोलको यो लोकदोहोरी सुन्दै नाचौँ नाचौँ लाग्ने किसिमको छ । गीतको छोटो अडियो भर्सन तपाई पनि हेर्नुहोस्, सुन्नुहोस् –

यो गीतको पुरा भिडियोका लागि तपाईले आज दिउँसो ३ बजेसम्म कुर्नु पर्ने हुन्छ । यो गीतको शब्द तथा लय सुन्दा गीतको म्युजिक भिडियोले थप उचाई चुम्न सक्ने देखिएको छ । गायक स्वयम नै यसमा अभिनय गर्दैछन् जसका कारण पनि यो थप रोचक हुनेछ । गीतमा अशोक र जस्मिनको शब्द रहेको छ । गीतको संगीत अशोकले नै तयार पारेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई सुमन रानाले रकर्डिङ गरेका हुन् । विश्वास नेपालको एरेञ्जमा तयार भएको गीतलाई कुमार रानाले मिक्स गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायक अशोकले नै अभिनय गरेका छन् । त्यस्तै उनलाई म्युजिक भिडियोमा मोडल अनिता गोलेले साथ दिएकी छिन् । अभि लामाको कोरियोग्राफी तथा निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुर्य लामाको सिनेम्याटोग्राफी, कलरिङ र सम्पादन गरेका छन् ।
प्रविण राईको ड्रोन छायाँकनमा तयार भएको भिडियोमा अनिता र अशोकलाई दिया रिजालले सिँगारेका छन् । म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर बब्लु गुरुङ हुन् । गायक तामाङ यस अघि गत पुसमा ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक गरेर थप चर्चामा आएका थिए । उनका अन्य गीतलाई पनि दर्शक श्रोताले रुचाएका थिए । उनका यस अघि नै मै विदेश जाँदा, हिमाल पारी गाउँ, मैच्याङ्नी मोरी, वैँशले लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।

यो पनि हेर्नुहोस्

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘मैच्याङलाई देखेपछि च्याङ्बाको हर्कत’

तामाङ कथानक चलचित्र ‘ङिङ्जे’ को ‘डम्फुमी राप्सी’ बोलको गीतले युट्युबमा चर्चा कमाउन सफल भएको छ । गीतमा चलचित्रका नायक अमिर दोङ र नायिका सुस्मा थिङसहित अन्य कलाकारहरुको अभिनय छ । चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म ३३ हजार १ सय ७० पटकभन्दा बढी हेरिएको छ । गीतमा रोशन लामा र जीतु लोप्चनको आवाज रहेको छ । गीतको शब्द रुपेन मोक्तानले लेखेका हुन् । गीतमा रोशन लामाको संगीत रहेको छ । चलचित्रको यस अघि नै दुई अन्य गीत समेत सार्वजनिक भइसकेको छ । चलचित्रको कथा र स्क्रिप्ट ऋतुराज पाख्रिनले लेखेका छन् ।

अमिर दोङको निर्देशन रहेको चलचित्रमा अमिरसँगै सुश्मा थिङ,रुपा एस घले, पुष्पाञ्जली लोप्चन, कुइसङ रुम्बा, पदम दोङ, मोनिका मोक्तान, अनिता नेगी, रञ्जिता लामा, सोम मोक्तान, बाल कलाकारमा सजिना लोप्चन लगायतको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता तेनेराज दोङ र प्रबिन घिसिङ हुन् । छायांकन तथा सम्पादको जिम्मा विक्रम लामा मोक्तानले लिएका छन् । चलचित्रमा राजु दोङको द्वन्द र कृष्ण ब्लोनको कोरियोग्राफी रहेको छ । चलचित्रलाई रञ्जिता लामा र दिपेन्द्र लोप्चन तामाङले निर्माण गरेका हुन् ।

तामाङ चलचित्र ‘का ला दाग’ लाई करिब २ लाख भ्यू

तामाङ भाषामा निर्मित तामाङ कथानक चलचित्र ‘काला दाग’ लाई युट्युबमा करिब २ लाख भ्यू प्राप्त भएको छ । ‘को म्हेन्दो मिडिया हाउस’ को अफिसियल युट्युब च्यानल मार्फत मार्च १ तारिखमा युट्युबमा रिलिज गरिएको यो चलचित्रलाई यो समाचार तयार पार्दासम्म १ लाख ७४ हजार २ सय ९८ पटक भन्दा बढी हेरिएको छ ।

चलचित्रमा कुमार मोक्तान तामाङ, सिता लामा, बसन्त मोक्तान, बिकु थोकर, बुद्ध लामा, अमर लामा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ । चन्द्रलाल दोङ र वसन्त मोक्तान (नोर्साङ) को निर्माणमा बनेको चलचित्रको कथा प्रकाश लामाले लेखेका हुन् । चलचित्रमा शंकर महर्जनको द्वन्द रहेको छ भने शंकर महर्जनले चलचित्रको निर्देशन गरेका हुन् । जोगलाल लामा र निमा दोङको संगीत रहेको चलचित्रका गीतहरुमा विशाल काल्तान, सन्तोष लामा, जितु लोप्चन, बबिता पाख्रिन र विरेन्द्र दोङले आवाज दिएका छन् । चलचित्रमा सुनिल मोक्तानको नृत्य निर्देशन रहेको छ ।

तामाङ चलचित्र ‘सेमरीन मुला माया’ हेर्न उर्लिए दर्शक

तामाङ कथानक चलचित्र ‘सेमरीन मुला माया’ को पहिलो प्रिमियर शोमा नै चलचित्र हेर्नका लागि दर्शकको हुल उर्लिएका छन् । शनिबार सर्लाहीको हरिवन सिनेमा हलमा चलचित्र हेर्नका लागि थामिनसक्ने गरी दर्शकहरुको भीड जम्मा भएको थियो । तामाङ समुदायमा स्वाँगे दाजुभाइहरुको बिचमा विवाह गर्ने प्रथाले तामाङ समाजमा बिकृति फैलाएको बारेमा यस चलचित्रले सचेत गराएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । चलचित्र हेरेपश्चात संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै दर्शकहरुले चलचित्र एकपटक हेर्नै पर्ने खालको बनेको बताएका हुन् । सर्लाही जिल्लामा तामाङ चलचित्र हेर्ने दर्शकको ठूलो जमात देखेपछि हल संचालक समेत आश्चर्यमा परेका छन् । नेपाली भाषाको चलचित्रभन्दा पनि तामाङ भाषाको चलचित्र हेर्न मानिसहरु बढी आएको हलका संचालक निरोज कार्कीले बताए । नेपाली भाषाको चलचित्र हेर्ने दर्शकको भिड समेत आजको जति कहिल्यै पनि नदेखिएको भन्दै उनले आफुलाई पनि नेपाली चलचित्रभन्दा अत्यन्त उत्कृष्ट लागेको बताएका छन् ।

चलचित्र अत्यन्त उत्कृष्ट बनेको प्रतिक्रिया दिँदै सर्लाहीमा पहिलो पटक चलचित्रले ३ लाख ५० हजार रकम उठाउन सफल भएको शोका समन्वयनकर्ता एवं तामाङ पत्रकार संघ सर्लाहीका कोषाध्यक्ष चन्द्रबहादुर जिम्बाले जानकारी दिए । यसभन्दा पहिले पनि सर्लाहीमा धेरै तामाङ चलचित्रहरुको च्यारिटि शो हुँदै आएका थिए तर यो चलचित्र हेर्न २५ सयभन्दा बढी दर्शकको भिड लागेको थियो । चलचित्र प्रदर्शन भइरहँदा दर्शकको आँखामा आशु रसाएपछि आफुहरुले पनि थाम्न नसकि दर्शकहरुसंगै आँशु झार्न बाध्य भएको नायिका खुशी घिसिङले बताईन् ।

आफुले एक दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेको भएपनि नायिका घिसिङले ‘सेमरीन मुला माया’ जति राम्रो चलचित्र नबनेको दाबी गर्दै दर्शकहरुले पूनः चलचित्र प्रदर्शन गर्न आग्रह गरेको बताईन् । आगामी दिनमा समेत च्यारिटी शो गर्ने बाचा सहित नायक हुत्त संजय लामाले खुशी व्यक्त गरेका छन् ।चलचित्रको प्रिमियरमा हुत्त संजय लामा , नायिका खुशी घिसिङ , गंगा मोक्तान , प्रदिप दोङ , रुचिका गोले , अम्बिर रुम्बा , रोहन तितुङ , हिरा ब्लोन , लोक लामा लगायतका कलाकारहरुको सहभागिता रहेको तामाङ पत्रकार संघ सर्लाही शाखाका अध्यक्ष राजु लो तामाङले जानकारी दिए । नायक हुत्त सञ्जय लामाले यस अघि ‘क्राबा ङाला सेम’ निर्माण गरेका थिए जुन व्यवसायिक रुपमा सफल समेत भएको थियो ।

चर्चित बन्दै ‘ए बिना ङा’, दर्शकको रोजाईमा सागर र स्मारिकाको रोमान्टिक जोडी

सार्वजनिक भएको केही दिनमा नै ‘ए बिना ङा’ अर्थात ‘तिमी बिना म’ बोलको तामाङ गीत चर्चित बनेको छ । बहुप्रतिक्षित तामाङ चलचित्र ‘घ्रान’ का मूख्य नायक सागर घिसिङसहित स्मारिका थिङको मूख्य अभिनय रहेको सो गीतको भिडियो समेत चर्चामा छ । नेपाली भाषामा समेत सबटाईटल राखी निर्माण गरिएको गीतको भिडियोमा सागर र स्मारिकाको रोमान्सलाई दर्शकले रुचाएका छन् । भिडियोमा एकअर्का बिना बाँच्न नसक्ने अवस्थामा पुगेका जोडीका रुपमा देखिएका उनीहरुको केमेष्ट्री समेत मिलेको छ । विशेष गरी तामाङ चलचित्र र गीतसँगीतलाई समेत मुल धारको चलचित्रसँग प्रतिस्पर्धामा ल्याउने गरी उच्च प्रविधिका साथमा भिडियो र चलचित्र निर्माण गर्ने नायक तथा निर्माताका रुपमा चर्चा कमाएका नायक सागरले यो गीतमा दर्शकको कमेन्ट पाएर खुशी भएको बताएका छन् । थोरै समयमा नै अन्य तामाङ गीतमा भन्दा बढी कमेन्ट पाएका उनले गीतलाई दर्शक–श्रोताले मन पराईदिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

जितु लोप्चन र आरके योञ्जनको कर्णप्रिय आवाज समेटिएको गीतको शब्द कुमार स्याङ्बाले लेखेका हुन् । ‘ए बिना ङा’ एल्बममा समावेश उक्त गीतमा निमा दोङको संगीत रहेको छ । गीतलाई बबीराज घतानीले एरेन्ज गरेका हुन् । यासा घलेको समेत फिचरीङ रहेको गीतको भिडियोमा रोमान्टिक शब्दहरुलाई सम्बोधन गर्ने गरी कथात्मक प्रस्तुतिलाई स्थान दिइएको छ । हृदयको राजालाई बिर्सिएर माईती घर छोड्नुपर्ने परिबन्धमा परेकी एक युवती र उनलाई माया गर्ने युवकको कथाले गीतको भिडियोलाई थप चर्चामा ल्याएको छ । अजय स्याङ्तानको निर्देशन र कोरियोग्राफीमा निर्माण भएको म्यूजिक भिडियोलाई सूर्य लामा र दिपेन्द्र भट्टले खिचेका हुन् ।

यो सामाग्री तयार पार्दाको समयमा नै यो गीतको भिडियोलाई करिब ३२ हजार भन्दा बढी पटक हेरिएको छ र यो क्रम बढ्दो छ । गीतमा करिब २ सय कमेन्ट र करिब हजार लाईक गरिएका छन् ।

‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई अहिलेसम्मकै सर्वाधिक भ्यूज

तामाङ चलचित्र ‘घ्रान’ (कसम) को ‘तिङ मी ढुकढुक’ बोलको गीतलाई तामाङ चलचित्रका गीतहरुमध्ये छोटो समयमा नै अहिलेसम्मकै सर्वाधिक भ्यूज प्राप्त भएको छ । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई युट्युबमा २ लाख १५ हजारभन्दा बढी पटक हेरिएको छ । २ हजारभन्दा बढी लाईक गरिएको गीतको म्यूजिक भिडियोमा ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

बिशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बोले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् । दुई प्रेमीको रोमान्टिक प्रेमालाप सँगै सुन्दर प्राकृतिक दृश्यलाई गीतको भिडियोमा कैद गरिएको छ ।
चलचित्रमा नायक सागर घिसिङसँगै नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।

चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*