पत्रकार गिरिजा अधिकारीको ‘ए सरकार २’ रिलिज, भिमफेदी गाईजको जोडदार अभिनय

३० जेष्ठ २०७६, बिहीबार २१:५१

मकवानपुर, ३० जेठ । बेरोजगार युवाको कथा व्यथालाई लिएर तयार पारिएको ‘ए सरकार’ गीत हिट भएपछि मकवानपुरे साहित्यकार, गीतकार तथा पत्रकार गिरिजा अधिकारीले ‘ए सरकार २’ लिएर श्रोतामाझ आएका छन् । अधिकारीको ‘ए सरकार २’ लाई भिमफेदी गाईजको अफिसियल युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो ।

भिडियोको पहिलो भागमा जस्तै यस भागमा पनि भिमफेदी गाईजकै फिचरिङ रहेको छ । ‘ए सरकार २’ लाई गायक देवेन्द्र कार्कीले स्वर दिएका छन् । अधिकारीको शब्दमा तयार भएको गीतलाई पहिलो गीतमा जस्तै संगीतकार विकास पाण्डेले संगीत भरेका छन् । साथै पहिलो भागकै एरेञ्जर रिकेश गुरुङले गीतलाई एरेञ्ज तथा मास्टरिङ गरेका छन् । अस्मिता ढकाल र जनक घिमिरेले कोरस आवाज दिएको गीतमा सञ्जीव मैनालीले बाँसुरी भरेका छन् भने मनिष गन्दर्भले सारङ्गी भरेका छन् । गीतको म्युजिक भिडियोमा भिमफेदी गाईजका कलाकारहरुको अभिनय रहेको छ । साथै कलाकारहरु युमी बलामी, अञ्जु हमाल, शिवहरी नेपाल, विमल कार्की, विकास पाण्डे, प्रभात लामा, देवदोर्जे लामा, सोमु गुरुङ, प्रकाश गोले, द स्टार युथ टिम, दम्की रक्स, बालमन्दिर गाईज, द राईजिङ डान्स क्रियु, आमा समूह भिमफेदी लगायतको अभिनय म्युजिक भिडियोमा छ ।

पवन सुस्लिङको छायाँकन तथा सम्पादनमा तयार भएको म्युजिक भिडियोलाई निर्मल कुमार लामाले निर्देशन गरेका हुन् । क्यामेरामा विशाल सुस्लिङ, चन्द्रिका ठाकुर, भद्र कुँवर , भान्जा बाबु लगायतले सहयोग गरेका छन् । गीतकार अधिकारीले पहिलो गीतमा जस्तै दोस्रो गीतमा पनि सामाजिक समस्यालाई शब्दमा उतारेका छन् । भ्रष्टचारको दलदलमा फसेको समाजको उन्मुक्तिका बारेमा समेत उनले आवाज उठाएका छन् । हेर्नुहोस् भिडियो–

यस अघि रेकर्डिङको समयदेखि नै चर्चामा रहेको गीत ‘ए सरकार’ को म्यूजिक भिडियोमा उच्च शिक्षा हासिल गरेर दक्ष भइसक्दा पनि नेपाली युवाले बेरोजगार भई विदेशीनुपर्ने बाध्यताका विभिन्न पाटाहरुलाई समेटेर शब्द सिर्जना गरिएको थियो । गीतकार अधिकारीले बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई शब्दमा उतारेका छन् । उक्त गीतमा पुष्पन प्रधानको आवाज रहेको छ । अधिकारीको शब्दमा विकास पाण्डेले संगीत भरेका छन् । रिकेश गुरुङ ‘किज’ को एरेन्ज मिक्सिङ रहेको गीतमा निर्मल लामा (बिजी) को परिकल्पना र निर्देशनमा तथा पवन सुस्लिङले खिचेका छन् ।

भिमफेदी गाईजले निर्माण गरेको म्यूजिक भिडियोमा भिमफेदी गाईजका सुरेन्द्रराज थिके, अर्या अनुराग थापालिया, मनोज विक्रम कुँवर, पवन लामा, विसन लामा, एलिना राना, रामराज शाही, कमल धामी, मनिस वाईबा, विशाल वाईबा, रोमियो केसी र भिमफेदी आमा समूह तथा भिमफेदीका स्थानीयको समेत अभिनय रहेको छ । अधिकारीको शब्द रहेको गीतहरु यस अघि पनि सार्वजनिक भइसकेका छन् । उनको मेरी कम्मर मर्काई मर्काई, धरोधर्म लगायतका गीतहरुमा क्रमशः रुपक डोटेल र रामचन्द्र काफ्लेले आवाज दिएका छन् ।

यो पनि हेर्नुहोस्

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

प्रकाशको ‘बोल माया’ को भिडियो जसले सबैलाई रुवाउँछ
गायक तथा मोडल प्रकाश सपूतको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दासम्म १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।

रेड पिसमा नायिका निता ढुङ्गानाको ब्युटीफुल मुस्कान (फोटो फिचर)
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुशल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानालाई सोमबार हेटौँडामा चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । रातो पहिरनमा मुस्कुराउँदै कार्यक्रमस्थलमा देखिएकी उनको मुस्कान र सुन्दर पहिरनमा क्यामेराहरु सोझिएका थिए । हेरौँ केही तस्बिरहरु :

गृह जिल्लामा नायिका निता ढुङ्गानाले भनिन्–‘मेरो मुटु र हात खुट्टा कामिरहेको छ’
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुसल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानाले गृहजिल्लाको हेटौँडामा आएर सम्मान ग्रहण गर्दा आफ्नो खुट्टा कामेको बताईन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित भएका ४ जनामध्ये उनलाई चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहण गरेलगत्तै उनले मन्तव्य राख्दै आफुले धेरै ठाउँमा सम्मान ग्रहण गरेता पनि हेटौँडामा सम्मानित हुँदा मुटु ढुकढुक भएको बताईन् । ‘धेरै ठाउँमा मैले सम्मान पाएँ तर अहिले मेरो खुट्टा कामिरहेको छ, मेरो मुटु कामिरहेको छ ।’ उनले भनिन्, ‘सायद मेरो आफ्नो ठाउँ भएर हुनुपर्छ ।’ उनले चलचित्र पत्रकारिता दिवसको शुभकामना दिँदै सम्मानका लागि धन्यवाद समेत ज्ञापन गरिन् ।

निता ढुङ्गाना र शुसान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान
लामो समयदेखि कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल दुई कलाकारलाई सम्मान गरिने भएको छ । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवसका अबसरमा हेटौँडा रिसोर्टमा हुने कार्यक्रममा नायिका निता ढुङ्गाना र कलाकार सुशान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान गरिने भएको हो । नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान दिएका दुई कलाकारलाई सम्मान गरिने भएको हो । नायिका ढुङ्गानाले पछिल्लो पटक चर्चित नेपाली कथानक चलचित्र पञ्चायतमा अभिनय गरेकी थिईन् । उनले नोटबुक, छ एकान छ जस्ता हिट चलचित्रहरुमा अभिनय गरेकी छिन् । त्यस्तै कलाकार सुशान्त श्रेष्ठले विभिन्न चलचित्रमा अभिनय गर्नुका साथै निर्माण तर्फ पनि हात हालेका छन् । उनी चलचित्र निर्माता संघका सदस्य समेत हुन् ।

तरकारीवालीलाई लिएर हेटौँडामा आए लम्फू

यही बैशाख २८ गतेदेखि देशभर प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र ‘लम्फू’ को टोली प्रचार प्रसारका क्रममा आज हेटौँडामा आइपुगेका छन् । ‘तरकारीवाली’ का नामले भाईरल बनेकी कुसुम श्रेष्ठको डेब्यू चलचित्रका रुपमा पनि चर्चा कमाउन सफल चलचित्रको युनिट कुसुम सहित हेटौँडामा आएका हुन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक गोपाल चन्द्र लामिछानेले ‘लम्फू’ सामान्य कथामा बनेको चलचित्र भएता पनि यसले दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको बताए । चलचित्रमा कुसुमको विशेष रोल मात्र भएकोले उनी नै यस चलचित्रको मुख्य नायिका नभएको बताए । ‘कुसुमको विशेष रोल छ, तर यसका उनी मुख्य नायिका होईनन् ।’ लामिछानेले चलचित्र प्रचारका क्रममा धरान, दमक हुँदै हेटौँडा आइपुगेको र अब नारायणगढ हुँदै पोखरासम्म पुग्ने बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*