गायक अशोक तामाङको तामाङ दोहोरी ‘बोर्ला ङाई याम्बुरी’ शुक्रबार सार्वजनिक हुने

२९ जेष्ठ २०७६, बुधबार १२:१७

मकवानपुर, २९ जेठ । चर्चित मकवानपुरे गायक अशोक तामाङ र गायिका जस्मिन तामाङले तामाङ भाषाको तामाङ दोहोरी गीत तयार पारेका छन् । भिडियो समेत सम्पादनको अन्तिम चरणमा पुगेको गीतलाई म्युजिक भिडियो सहित यही जेठ ३१ गते शुक्रबार सार्वजनिक गरिने छ । यस अघि गत पुसमा ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक गरेर थप चर्चामा आएका अशोकको यस गीतको म्युजिक भिडियो कस्तो हुनेछ भन्ने बारेमा समेत श्रोताहरुमाझ कौतुहलता बढेको छ ।

जिग्मे मिडियाको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो शुक्रबार दिउँसो ३ बजे जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत प्रिमियर हुनेछ । गीतमा अशोक र जस्मिनको शब्द रहेको छ । गीतको संगीत अशोकले नै तयार पारेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई सुमन रानाले रकर्डिङ गरेका हुन् । विश्वास नेपालको एरेञ्जमा तयार भएको गीतलाई कुमार रानाले मिक्स गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायक अशोकले नै अभिनय गरेका छन् । त्यस्तै उनलाई म्युजिक भिडियोमा मोडल अनिता गोलेले साथ दिएकी छिन् । अभि लामाको कोरियोग्राफी तथा निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुर्य लामाको सिनेम्याटोग्राफी, कलरिङ र सम्पादन गरेका छन् ।

प्रविण राईको ड्रोन छायाँकनमा तयार भएको भिडियोमा अनिता र अशोकलाई दिया रिजालले सिँगारेका छन् । म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर बब्लु गुरुङ हुन् । गायक तामाङले यो गीतलाई पनि श्रोता तथा दर्शकले रुचाउने अपेक्षा गरेको बताएका छन् । उनका अन्य गीतलाई पनि दर्शक श्रोताले रुचाएका थिए । उनका यस अघि नै मै विदेश जाँदा, हिमाल पारी गाउँ, मैच्याङ्नी मोरी, वैँशले लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।

यो पनि पढ्नुहोस्–
मकवानपुरका चर्चित गायक अशोक तामाङको तामाङ भाषामा तयार पारिएको ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक भएको छ । गीतमा अशोक तामाङ र निर्मला घिसिङले आवाज दिएका छन् ।

कुमार स्याङ्बाको शब्द र निमा दोङको संगीतमा गीत तयार भएको हो । गीतको म्यूजिक भिडियोमा अभि लामा र सैना तामाङले अभिनय गरेका छन् । अभि लामाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोलाई सूर्य लामाले छायाँकन तथा निर्देशन गरेका हुन् । सार्वजनिक गीतको म्यूजिक भिडियोलाई अहिलेसम्म ५० हजारभन्दा बढी पटक हेरिएको छ ।

यो पनि हेर्नुहोस्

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

प्रेमकथामा आधारित तामाङ चलचित्र ‘सेमरिन मुला माया’ को वियोगान्त ‘दुःखन दुःखला ल्हुई’ बोलको गीत चर्चित बनेको छ । चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १२ हजार ३६ पटकभन्दा बढी हेरिएको छ । विश्व शान्त र जीतु लोप्चनको आवाजमा रहेको गीतमा वैदेशिक रोजगारीका क्रममा प्रेमीप्रेमिकाको बियोग देखाईएको छ । दुई भाषामा तयार हुने चलचित्रको यो गीतमा सम्झना लामाको शब्द रहेको छ ।

गीतमा सञ्जय लामा हुट्ट र खुशी घिसिङको अभिनय देख्न सकिन्छ । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झनामा लामा,सितल तामाङ र लोसाङ लामाले निर्माण गरेका हुन् । चलचित्रमा नायिका संगीता दोङ, खुशी घिसिङ र सञ्जय लामा हुट्ट लगायतको अभिनय रहेको छ ।

‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई १ लाख बढी भ्यूज

तामाङ चलचित्र ‘घ्रान’ अर्थात ‘कसम’ को ‘तिङ मी ढुकढुक’ बोलको गीतलाई युट्युबमा १ लाखभन्दा बढी पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म यो गीतलाई १ लाख ११ हजार ४३ पटकभन्दा बढी हेरिएको छ । विशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बोले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् । दुई प्रेमीको रोमान्टिक प्रेमालाप सँगै सुन्दर प्राकृतिक दृश्यलाई गीतको भिडियोमा कैद गरिएको छ । चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ ।

चलचित्रमा सुकुमाया मोक्तानसँगै सागर घिसिङ, शम्भु घिसिङ, विकास स्याङतान, सुष्मा मोक्तान,सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।तामाङ जातिको संस्कृति तथा भाषा संरक्षणका उद्देश्यले मोक्तान फिल्मस् प्रालिद्वारा निर्मित चलचित्रले तामाङ समुदायको संस्कृति,सामाजिक जीवन यापनका र सामासाहिक बिषय बस्तुमा आधारित कथालाई चलचित्रमा उतारिएको निर्मात्री तथा नायिका सुकुमाया मोक्तानले जानकारी दिएकी छिन् ।

तामाङहरुको बाहुल्यता रहेको ओखलढुंगाको मुलखर्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र द्यासुरले गरेका छन् ।

चर्चित बन्दै ऋतु तामाङको म्हेन्दोमाया गीत ‘स्यामा गुनेरी’

ल्हा लुङ मिडिया ग्रुपको प्रस्तुतिका रुपमा सार्वजनिक गरिएको ‘स्यामा गुनेरी’ बोलको म्हेन्दोमाया गीतले युट्युबममा चर्चा कमाउन सफल भएको छ । मोडलका रुपमा समेत चर्चा कमाउन सफल गायिका ऋतु वाईबा तामाङ र चलमान माम्बाको आवाज रेहको यो गीत मे ९ तारिखमा युट्युबमार्फत सार्वजनिक गरिएको थियो । यो समाचार तयार पार्दासम्म यो गीतलाई ५ हजार ४ सय ९१ नब्बे पटकभन्दा बढी हेरिएको छ । युट्युबमा अपलोड गरेको २ दिनमै भ्यू बढ्दै गएकोले यो गीतले थप चर्चा पाउने देखिन्छ । गीतमा शब्द तथा संगीत शैलप वाईबा तामाङको रहेको छ भने गीतलाई पवन वाङ लामाले एरेन्ज गरेका छन् ।

दिपेन्द्र भट्टको छायांकन तथा सम्पादनमा निर्मित गीतको भिडियोमा सुन्दर नृत्य समेत प्रस्तुत गरिएको छ । भिडियोलाई एमबी गुरुङले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा ऋतुसँगै एरिन तामाङ, डोल्मा तामाङ र एमबी गुरुङले अभिनय गरेका छन् ।

‘टुहुरोला ल्हुई’ को नयाँ गीतमा छोईसाङ र सजिताको रोमान्स

तामाङ कथानक चलचित्र ‘टुहुरोला ल्हुई’ को ‘चुँई चुँई ङोसी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका नायक छोईसाङ बम्जन र सजिता दोङको नृत्य सहितको रोमान्सलाई देखाइएको छ । सार्वजनिक गीतमा नायिका सजिताले नायकलाई नै पछाडि पारेको प्रष्ट देखिन्छ । अभिनयमा पनि उनी अब्बल देखिएिकी छिन् । सार्वजनिक भएको गीतमा जगत घिसिङ र शशिकला मोक्तानको आवाज रहेको छ । डान्सीङ जेनरमा निर्मित गीतको शब्द डुप्साङ लामाले लेखेका हुन् । गीतमा जोगलाल लामाको संगीत रहेको छ ।

मे ९ तारिखमा युट्युबमा अपलोड गरिएको चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म २ हजार ३९ पटक हेरिएको छ । भूकम्प पीडितको कथामा आधारित भनिएको चलचित्रको कथा चलचित्रका निर्देशक बिनय दोङ तामाङले लेखेका हुन् । छुमि लमिनी र म्हारसाङ घिसिङको संयुक्त लगानिरहेको चलचित्रको यो गीतमा बुद्ध लामा तितुङको कोरियोग्राफी रहेको छ । चलचित्रको पटकथा तथा संवाद रितुराज पाख्रीनले लेखेका छन् भने छायांकन ज्ञानु राईले गरेका हुन् । चलचित्रको यस अघि नै ‘एदेन ङाला चु माया मी’ बोलको गीत सार्वजनिक भएको थियो ।

माया गर्ने जोडीको रोजाईमा ‘एदेन ङाला चु मायामी’

तामाङ कथानक चलचित्र ‘टुहुरोला ल्हुई’ को ‘एदेन ङाला चु मायामी’ बोलको गीतलाई प्रेम गर्ने जोडीहरुले रुचाएका छन् । प्रेमिल शब्दहरुसँगै आकर्षक छायाँकनले दर्शकको मन जित्न सफल भएको छ । गीतमा चलचित्रका नायक बुद्ध थिङ र नायिका रोशनी ब्लोनको मन जित्ने अभिनयलाई देख्न सकिन्छ ।चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १५ हजार ७ सय २ पटकभन्दा बढी हेरिएको छ । गीतमा आशुसेन लामा र शशिकला मोक्तानको आवाज रहेको छ । गीतको शब्द हस्तबहादुर तामाङले लेखेका हुन् । गीतमा जोगलाल लामाको संगीत रहेको छ ।

भूकम्प पीडितको कथामा आधारित भनिएको चलचित्रको कथा चलचित्रका निर्देशक बिनय दोङ तामाङले लेखेका हुन् । चलचित्रमा मानिस जन्मने बित्तिकै टुहुरो नहुने तर परिस्थितिले टुहुरो बनाउने कुरालाई पर्दामा उतारिएको छ । छुमि लमिनी र म्हारसाङ घिसिङको संयुक्त लगानिरहेको चलचित्रको यो गीतमा बुद्ध लामा तितुङको कोरियोग्राफी रहेको छ । चलचित्रको पटकथा तथा संवाद रितुराज पाख्रीनले लेखेका छन् भने छायांकन ज्ञानु राईले गरेका हुन् । चलचित्रमा छोईसाङ बम्जन र सजिता दोङसहित छोईसाङ बम्जन,सजिता दोङ लगायतका कलकारहरुको अभिनय रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*