
चर्चित मकवानपुरे साहित्यकार पुरुषोत्तम आचार्यको ‘ऐना’ (भिडियो)

मकवानपुर, २८ जेठ । चर्चित मकवानपुरे साहित्यकार पुरुषोत्तम आचार्यको ‘ऐना’ शिर्षकको कविता युट्युबमा सार्वजनिक भएको छ । समकालीन नेपाली साहित्यको बजारलाई केही हदसम्म फराकिलो बनाउने उद्देश्य बोकेर पछिल्लो समय मकवानपुरबाट साहित्यको क्षेत्रमा मात्र केन्द्रित रहेर सुरुवात भएको नव साहित्य अर्थात् (एन.एस. टेलिभिजन) को अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । गजल गायनमा समेत अब्बल र चर्चित साहित्यकार आचार्यको यो कविता हेर्नुहोस्, सुन्नुहोस्–
कविताको शिर्षक–‘ऐना’
साहित्यकार– पुरुषोत्तम आचार्य
बनूँ स्वच्छ आफैं र होस् स्वच्छ ऐना ?
स्वयम् दाग लागे पखालिन्न ऐना ?
सफा पूर्ण पारू म भित्रै निखारी ?
बनोस् सत्य ऐना मलाई उतारी ?
म कालो भए श्याम नै बन्छ ऐना ?
म रातो भए लाल नै बन्छ ऐना ?
म सादा भए सादगी बन्छ ऐना ?
म रङ्गीन बन्दा रगीदिन्छ ऐना ?
म अन्धो भए नेत्र खोल्दैन ऐना ?
म लाटो भए शब्द बोल्दैन ऐना ?
म ढोँगी बने ढोँग नै गर्छ ऐना ?
म जाली भए जाल नै बुन्छ ऐना ?
म नाङ्गो भए वस्त्र बेर्दैन ऐना ?
म बाङ्गो भए अङ्ग फेर्दैन ऐना ?
म कानो भए लक्ष्य ताक्दैन ऐना ?
म लाछी भए शान राख्दैन ऐना ?
त्यसैले सिँगार्दै छु आफ्नै मुहार ?
र घोट्दै छु मस्तिष्कमा यो विचार ?
सजाएर दृष्टि उघारे मुहार ?
म देख्ने छु ऐना बनेको निखार ?
यो पनि हेर्नुहोस्
फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)
बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)
गीत डिलेट काण्ड– एलिना र श्यामको के हो लफडा ? (पुरा विवरण भिडियो सहित)
बहुचर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ युट्युबबाट हट्यो
कम्प्युटर वा ल्यापटपबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)
मोबाईलबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
आशा खड्काले बुद्ध थिङलाई छोडेर गएपछि…
विदेश जान लागेकी आफ्नी मायालुलाई युवक प्रश्न गर्छ–‘अब त तिमी जाने दिन पनि आयो, मलाई त बिर्सन्छौ होला है ?’ उनको कारुणिक प्रश्नमा उनकी मायालुले दुःखी हुँदै जवाफ दिन्छिन्–‘आफ्नै मुटुलाई पनि कहिँ बिर्सन सक्छु होला र ?’–यो संवाद हो मकवानपुरे गायक बुद्ध मोक्तानको नयाँ गीतको म्यूजिक भिडियोको । ‘भुली गईछ्यौ मलाई’ बोलको म्यूजिक भिडियो आईतबार मात्रै ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । गीतमा यो संवादलाई बोल्ने मकवानपुरकै युवा कलाकार बुद्ध थिङ र चर्चित कलाकार आशा खड्का हुन् । बुद्ध र आसाको यो संवाद र गीतको शब्दले हरकोही प्रेम गर्ने जोडीलाई विक्षिप्त बनाउँछ । एकपटक चसक्क मुटु चस्काईदिन्छ । यस्तो प्रेमिल जोडीको प्रेम पनि कसरी टुट्न सक्छ ? यस प्रश्नको जवाफ गीतको म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ । म्यूजिक भिडियोमा अर्का कलाकार अनिल मोक्तानको इन्ट्री भएसँगै प्रेमको कारुणिक दृश्य अगाडि बढ्छ । प्रेममा विक्षिप्त बुद्धको अभिनय तथा आसा र अनिलको अभिनयले वैदेशिक रोजगारले तहसनहस पारेको घरको झझल्को दिन्छ । गीत जस्तै उत्कृष्ट बनेको भिडियोलाई दर्शकले मनपराएकै कारण अपलोड भएको केही समयमा नै यसलाई करिब ७ हजार पटक हेरिएको छ । र यो क्रम बढ्दो छ ।
चर्चित टेलिसिरियल हर्के हवल्दारदेखि अहिले चर्चामा रहन सफल टेलिचलचित्र ‘रिसानी माफ’ मा समेत अभिनय गरिरहेकी मोडल आशा र बुद्धले यस गीतमा जीवन्त अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन् । सागर गौतमको छायाँकन रहेको म्यूजिक भिडियोमा आशा र बुद्धसँगै अनिल मुक्तानले समेत अभिनय गरेका छन् । गायक बुद्ध मोक्तानको आवाज रहेको गीतमा दिपकराज विश्वकर्माको शब्द र संगीत रहेको छ । कलाकार बुद्ध थिङले गीतको शब्द आफ्नै जीवनमा समेत मेल खाएको बताउँछन् । अभिनय गर्दा आफ्नै बिगतको जीवनलाई फेरि बाँचिरहेको अनुभव उनले गरेका छन् । हेटौँडा १७ हटिया निवासी गायक बुद्ध मोक्तान प्रहरी सेवामा छन् । उनको यस अघि सार्वजनिक ‘दशै आउँदा तिहार आउँदा’ बोलको गीतले निकै चर्चा पाएको थियो । उनले उक्त गीतमा प्रहरी सेवामा लागेपछि दशैँ–तिहारको बिदा नपाउँदाको पिडालाई आफ्नो शब्द र स्वरमा उतारेका थिए । उक्त गीतलाई पनि दिपकराज विश्वकर्माले संगीत भरेका हुन् । म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा गायक मोक्तानसहित मकवानपुरकी कमला भोम्जनको समेत अभिनय देख्न सकिन्छ ।
युट्युब ट्रेण्डिङ : भद्रगोल, कर्ली कपाल र सावित्रीको कब्जा
युट्युब ट्रेण्डिङमा यो साता नेपाली भिडियोले नै कब्जा जमाएको छ । यो सामाग्री तयार पार्दाको समयमा नेपाली युट्युब ट्रेण्डिङमा नेपाली कमेडी भिडियो सिरियल भद्रगोलले पहिलो नम्बरमा कब्जा जमाएको छ । कमेडी धारमा तयार भईरहेको हाँस्य टेलिचलचित्रको १९९ औँ भागलाई यो सामाग्री तयार पार्दाको समयमा ११ लाख ४८ हजारभन्दा बढी पटक हेरिएको छ । दुई दिन अघिमात्र युट्युबमा अपलोड भएको भिडियोमा २२ हजारभन्दा बढी लाईक र २ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । ग्रामिण परिवेशमा आधारित कमेडी सिरियललाई नेपाल टेलिभिजनबाट हरेक शुक्रबार राति पौने ९ बजेदेखि हेर्न सकिन्छ । साथै युट्युब च्यानल मार्फत पनि यसलाई हेर्न सकिन्छ । अर्जुन घिमिरे र कुमार कट्टेलको लेखन निर्देशनमा तयार हुने सिरियललाई दिपक आचार्यले निर्देशन गरेका हुन् ।
सिरियलमा कुमार र अर्जुन सहित कमलमणि नेपाल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, हरि निरौला, गोविन्द कोईराला, दिपक आचार्य, सिता देवी तिमल्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा नेपाली कथानक चलचित्र क्याप्टेनको ‘कर्ली कर्ली कपाल’ बोलको गीत रहेको छ । यस चलचित्रमा नायक अनमोल केसीसँग उपासना सिंह ठकुरीले डेब्यू गर्दैछिन् । क्याप्टेनको कर्ली कपाल गीतलाई यो सामाग्री तयार पार्दाको समयमा २१ लाख ६६ हजारभन्दा बढी पटक हेरिएको छ भने ५८ हजारभन्दा बढी लाईक र ६ हजार भन्दा बढी कमेन्ट गरिएका छन् । गीतमा भुवन केसी र निरुता सिंह पनि देखिएका छन् । गीतलाई मेलिना राई र एसडी योगीले गाएका हुन् । एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीतमा हर्क साउद र मनिष ढकालको शब्द रहेको छ । दिवाकर भट्टराईको लेखन निर्देशनमा बनेको चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् ।
यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा चर्चित महिला अधिकारवादी तथा विवादमा मुछिरहने नेत्री सावित्री सुवेदी सम्बन्धी एक भिडियो रहेको छ । गुड टिभीले तयार पारेको यो भिडियोमा सावित्रीले आफ्नै आमाबुवालाई मुद्धा हालेर ५ लिएको दाबी गरिएको छ । यस भिडियोलाई ६ लाख ६१ हजारभन्दा बढी हेरिएको छ भने भिडियोमा ११ हजारभन्दा बढी लाईक गरिएको छ । भिडियोमा २ हजारभन्दा बढी कमेन्ट गरिएको छ ।
मोनिका मोक्तानको सेलोमा अमिर र निरञ्जलीको रोमान्स
गायिका मोनिका मोक्तानको नयाँ सेलो गीतको म्यूजिक भिडियोले सार्वजनिक भएको केही दिनमा नै चर्चा कमाउन सफल भएको छ । ‘वैशालु जोवन’ बोलको म्युजिक भिडियोलाई केही दिनमा नै युट्युबमा करिब २८ हजार पटक हेरिएको छ । हस्त लामा ‘हार्दिक’ को शब्द तथा विशाल काल्तानको संगितमा तयार भएको गीतलाई दिपेश प्रधानले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा चर्चित नायक अमिर दोङ र निरञ्जली लामाले मुख्य भूमिकामा अभिनय गरेका छन् । त्यस्तै कुईसाङ रुम्बा र गायिका मोनिका मोक्तान पनि भिडियोमा देखिएका छन् । प्रकाश वाईबा तामाङको छायाँकनमा तयार भएको म्यूजिक भिडियोलाई अमिर दोङले नै निर्देशन गरेका हुन् ।
विक्रम मोक्तानले कलरिङ गरेको म्यूजिक भिडियोमा सेन्साई पेमा वाईबाले ड्रोन चलाएका छन् । डम्फु मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा करिब एक हजार कमेन्ट लाईक तथा करिब एक सयवटा कमेन्टहरु गरिएका छन् ।
यस्तो बन्यो चलचित्र ‘साईनो’ को गीत
नेपाली कथानक चलचित्र ‘साईनो’ को ‘मायालुलाई भेटियो जात्रैमा’ बोलको गीत सार्वजनिक भएसँगै चर्चामा आएको छ । दुई दिन अघि मात्रै युट्युबमा अपलोड गरिएको गीतलाई यो सामाग्री तयार पार्दाको समयमा नै करिब ४७ हजार पटक हेरिएको छ । चर्चित गायिका मेलिना राई र गायक प्रताप दासको आवाजमा रहेको गीतलाई एक हजारभन्दा बढी लाईक प्राप्त भएको छ । चेतन कार्कीको शब्द बसन्त सापकोटाको संगीत र उदयराज पौडेलको संगीत संयोजनमा गीत तयार भएको हो । आउँदो वर्षको जेष्ठ १० गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई चन्द्र फिल्म प्रोडक्सनले निर्माण गरेको हो । रामजी लामिछानेको कोरियोग्राफ रहेको चलचित्रको गीतलाई बनिष शाहले सम्पादन गरेका हुन् ।
भुवनचन्द थापाको लगानीमा बनेको चलचित्रलाई अभिमन्यू निरवीले लेखेका हुन् । त्यस्तै चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निता ढुङ्गाना, मिरुना मगर, राजकुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदिप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, राजा राजेन्द्र पोख्रेल, विशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बासुकला मैनाली लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
निर्देशक बाबु थिङ भन्छन्–‘मी लोभी’ मा पारिवारिक कथा छ’
तामाङ कथानक चलचित्र ‘मी लोभी’ को छायाँकन यतिखेर मकवानपुर सहितको आसपासका क्षेत्रमा धमाधम भईरहेको छ । केही दिनअघि मात्र मकवानपुरको मनहरीमा चलचित्रको क्लाईमेक्स खिचिएको छ । तामाङ चलचित्रका क्षेत्रमा मकवानपुरकै चर्चित निर्देशक तथा कलाकार बाबु थिङको निर्देशनमा चलचित्र निर्माण भएको हो । मनहरीका सञ्चारकर्मी जयराम मुक्तानसँग कुराकानी गर्दै उनले चलचित्रमा पारिवारिक कथा भएको बताएका छन् । आँखाको लोभका कारण परिवारमा आउने समस्याहरुका बारेमा पनि चलचित्रले बोल्छ । हेरौँ उनको अन्तरवार्ता–
यस अघि ‘रुङ्सी टिला’ चलचित्र निर्माण गरेको ह्याङ्ला मकवानपुर फिल्मस् प्रा.लि.को ब्यानरमा चलचित्र निर्माण सुरु भएको हो । चलचित्रमा नायक ऋतुराज पाख्रिनको पटकथा र संवाद रहेको छ । चलचित्रलाई आइसिङ घलानले निर्माण गरेका हुन् । अभिषेक किराँतीको छायाँकन रहेको चलचित्रमा राजु किराँतीको द्वन्द हेर्न सकिन्छ । चलचित्रमा सुशिल मुक्तान र रविन कुमार चेपाङको संगीत छ ।
पारिवारिक कथा बोकेको चलचित्रमा आफ्नो मान्छे आफ्नै हुने सन्देश रहेको छ । चलचित्रको नाम ‘मी लोभी’ अर्थात आँखा लोभी भनिए जस्तै चलचित्रको कथामा बाहिरी आँखाले लोभ गर्दा आईपर्ने समस्याहरुका बारेमा समेत देखाईएको छ । यसअघिका चलचित्रहरुका सिधासाधा प्रेमिकाको भूमिकामा बढी देखिएकी नायिका सुष्मा मोक्तानलाई यस चलचित्रमा एक्सन अवतारमा उभ्याइएको छ । चलचित्रको सुटिङका क्रममा उनी घाईते समेत हुने गरेकी छिन् ।
चलचित्रमा बाबु थिङ सहित चर्चित नायिका सुष्मा थिङ, सम्झना रुम्बा, बिन्दा थिङ, प्रकाश रुम्बा, सुशिल मुक्तान, बिनोद तामाङ, राधिका स्याङ्तान, राजकुमार स्याङ्तान, आईसिङ घलान लगायतका कलाकारहरुको अभिनय रहेको छ । अहिलेसम्म चलचित्रको २५ प्रतिशत छायाँकन सकिएको निर्देशक बाबु थिङले जानकारी दिए । चलचित्रको छायाँकन मकवानपुर, काठमाडौँ, बारा, सिन्धुली लगायतका स्थानहरुमा हुने बताइएको छ ।