दोस्रो हेटौँडा जर्नालिजम अवार्डमा मकवानपुरका ११ जना पत्रकारलाई अवार्ड (भिडियो)

२७ जेष्ठ २०७६, सोमबार १६:०३
Featured Video Play Icon

मकवानपुर, २७ जेठ । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा शनिबार हेटौँडामा भएको दोस्रो हेटौँडा जर्नालिजम अवार्ड २०७६ मा मकवानपुरका ११ जना पत्रकारहरुलाई अवार्ड वितरण गरिएको छ । साथै नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा महासंघ शाखा मकवानपुरका पूर्व अध्यक्षहरु नवराज शर्मा, कौशल पाण्डे, प्रताप विष्ट, राममणि दाहाल, भानुभक्त आचार्य र महेन्द्र श्रेष्ठलाई सम्मान गरिएको हो । यद्यपि विशेष कारणवश पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ भने कार्यक्रममा उपस्थित थिएनन् । उनीहरुलाई आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए । हेर्नुहोस् पुरा भिडियो-

अवार्ड अन्तर्गत उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड एभिन्युज टेलिभिजनका राजन दाहाल लाई प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्ड नागरिक दैनिकका अशोक सुजन श्रेष्ठ, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड साझाकुरा दैनिक र कारोबार दैनिकका केशव समपर्ण, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड अन्नपूर्ण पोष्ठ दैनिकका कृष्ण सारु मगर र उत्कृष्ट सम्पादक वर्ष अवार्ड साझाकुरा दैनिकका सुवास विडारीलाई प्रदान गरिएको थियो ।
नव उदयमान पत्रकार वर्ष अवार्ड रेडियो थाहा सञ्चारकी सृजना नेपाल, उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड प्रष्टखबर डटकमका सुनिल सिवाकोटी, उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड रेडियो थाहा सञ्चारका दर्शन क्षेत्री, उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड रेडियो मकवानपुर र प्रदेश दैनिकका गणेश अधिकारीलाई प्रदान गरिएको थियो । उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारी र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड टिम टेलिभिजनकी नानीमाया सापकोटालाई प्रदान गरिएको थियो । ९ विधाका अवार्ड विजेताहरुलाई नगद पाँच हजार र उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड प्राप्त गर्नेलाई दश हजार नगद सहित अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवम् प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले कार्यक्रमलाई सम्बोधन गर्दै सबै सम्मानित हुने र अवार्ड प्राप्त गर्ने सबै पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए । साङगेतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा अहिलेका चर्चित गायक प्रकाश सपुतले गलबन्दी गीत प्रस्तुत गरि सबैलाई झुमाएका थिए । उनलाई गायिका काजल गुरुङले साथ दिएकी थिइन् । कार्यक्रममा हेटौंडाका कलाकारहरु सुनिता शर्मा लुइँटेल, कविराज हुमागाई, स्वस्तिका ढकाल, देवेन्द्र कार्की लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।

अवार्ड कार्यक्रममा प्रदेश ३ का सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गी, उद्योग संघका अध्यक्ष नवराज अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, चुरेहिल हस्पिटलका प्रमुख डा. सुन्दर श्रेष्ठ, नेपाली कांगे्रस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जनप्रतिनिधि, चलचित्र पत्रकारहरु, चलचित्र कोपिलाका टिम, युवा व्यवसायीहरु, पत्रकारहरु, विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा उनीहरुकै हातबाट अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष मणिराज गौतमले बताए ।

मकवानपुरका पत्रकारहरुमा हौसला प्रदान होस भन्ने अभिप्रायले अवार्ड कार्यक्रम गरिएको हो । यस अघि यूएईको बरदुवईमा पहिलो अवार्ड कार्यक्रम गरिएको थियो ।
यो पनि हेर्नुहोस्-

स्वस्तिकाले भुतुक्कै पारिन्

Timro Mayale Badhera Rakha By Kabiraj humagain

Prakash Shaput लाई टक्कर दिईन् यी युवतीले

स्टेजमै भावुक भए Prakash Saput

Prakash Saput को गलबन्दीमा दर्शक झुण्डिए

क–कसले के अवार्ड जिते ?

यो पनि हेर्नुहोस्

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

गीत डिलेट काण्ड– एलिना र श्यामको के हो लफडा ? (पुरा विवरण भिडियो सहित)

बहुचर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ युट्युबबाट हट्यो

कम्प्युटर वा ल्यापटपबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

मोबाईलबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

रेखा थापाको खुलासा–‘छबि र शिल्पाको २ वर्षअघि नै विवाह भईसक्यो’
निकै नै चर्चामा रहेको निर्माता छबि ओझा र नायिका शिल्पा पोखरेलको २ वर्ष अघि नै विवाह भइसकेको खुलासा भएको छ । नायिका रेखा थापाले छबी र शिल्पाको विवाह भइसकेको खुलासा गरेका हुन् । छबी की पुर्व पत्नी थापाले एक अनलाइनको पहिलो बार्षिक उत्सवको अवसरमा प्रकाशित स्मारिकामा उक्त कुराको खुलासा गरेकी हुन् । मिडियाको पछिल्लो अवस्थाको चर्चा गरिएको ‘मिडियाले पक्षधरता लिनुभएन’ शीर्षकको उनको लेखमा रेखाले भनेकी छिन् ‘तर इरिटेट त्यहाँ नेर हुन्छ जब मलाई छबी ओझासँग अहिले पनि जोडिन्छ । जबकी डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई बर्ष भइसक्यो । यहाँ नेर चाहीँ विभेद गरेजस्तो लाग्छ । किनकी जसले विवाह गरिसकेको छ उसलाई उसको वैवाहिक जीवनको बारेमा सोध्दा हुन्छ नि, तर पटक पटक म माथि नै किन प्रहार गर्छ मिडियाले ?’

चर्चित बन्दै ‘ए बिना ङा’, दर्शकको रोजाईमा सागर र स्मारिकाको रोमान्टिक जोडी
सार्वजनिक भएको केही दिनमा नै ‘ए बिना ङा’ अर्थात ‘तिमी बिना म’ बोलको तामाङ गीत चर्चित बनेको छ । बहुप्रतिक्षित तामाङ चलचित्र ‘घ्रान’ का मूख्य नायक सागर घिसिङसहित स्मारिका थिङको मूख्य अभिनय रहेको सो गीतको भिडियो समेत चर्चामा छ । नेपाली भाषामा समेत सबटाईटल राखी निर्माण गरिएको गीतको भिडियोमा सागर र स्मारिकाको रोमान्सलाई दर्शकले रुचाएका छन् । भिडियोमा एकअर्का बिना बाँच्न नसक्ने अवस्थामा पुगेका जोडीका रुपमा देखिएका उनीहरुको केमेष्ट्री समेत मिलेको छ । विशेष गरी तामाङ चलचित्र र गीतसँगीतलाई समेत मुल धारको चलचित्रसँग प्रतिस्पर्धामा ल्याउने गरी उच्च प्रविधिका साथमा भिडियो र चलचित्र निर्माण गर्ने नायक तथा निर्माताका रुपमा चर्चा कमाएका नायक सागरले यो गीतमा दर्शकको कमेन्ट पाएर खुशी भएको बताएका छन् । थोरै समयमा नै अन्य तामाङ गीतमा भन्दा बढी कमेन्ट पाएका उनले गीतलाई दर्शक–श्रोताले मन पराईदिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

स्वस्तिमा र सेड्रिनामा को राम्री ? (भिडियो)
चर्चित नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौ संस्करणको ट्रेलर सार्वजनिक भएसँगै नायिका स्वस्तिमा खड्का र बाल कलाकार सेड्रिना शर्माको सौन्दर्य र अभिनयको तारिफ बढेको छ । चलचित्रको सुटिङको सुरुवात देखि नै चर्चामा रहेका स्वस्तिमा र सेड्रिना नै नाई नभन्नु ल ५ को सार्वजनिक ट्रेलरको आकर्षक पक्ष पनि हुन् । ठूलो भएर विश्व सुन्दरी बन्ने सपना बोकेकी सेड्रिनाको यो डेब्यू चलचित्र हो ।

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) हेर्न दर्शकहरुको ओईरो लागेको छ । शनिबार काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा भएको पहिलो प्रिमियर शोमा दर्शकहरुको ओइरो लागेको हो । कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यता तथा चर्चित नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा भएको प्रिमियर शो मा चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवि, चलचित्र समिक्षकका साथै दर्शकहरुको ठूलो जमातको सहभागीता रहेको थियो । चलचित्रका नायक सागर घिसिङ,नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ (चन्द्र ग्याबक) लगायतको टोलीसँगै दर्शकहरुले फिल्म हेरेका थिए । चलचित्र हेर्न तामाङ कला तथा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु नायक अमिर दोङ, हुत्त सञ्जय लामा, चर्चित खलनायक बिकु थोकर, नायिका खुशी घिसिङ, सुनिता लुङ्वा, चर्चित गायक विश्व दोङ लगायतको उपस्थिति रहेको थियो ।

युट्युबमा ‘भद्रगोल’ को साप्ताहिक रेकर्ड, हरेक हप्ताको एपिसोड ट्रेण्डिङमा

युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड हुन्छन् । पछिल्लो समय नेपाली युट्युबरहरुका समेत भिडियो ट्रेण्डिङमा पर्ने र केही आम्दानीसमेत हुन थालेपछि अहिले नेपालमा समेत भिडियो बनाउने र युट्युबमा अपलोड गर्ने ट्रेण्ड नै चलेको छ । तर सबै भिडियो सफल बनाउन र ट्रेण्डिङमा पार्न भने त्यति सजिलो छैन । कुनै पनि भिडियो ट्रेण्डिङमा पर्नुमा दर्शककै ठूलो हात हुन्छ त्यसैले भिडियोले दर्शकको मन छोयो भने मात्र सफल हुन सम्भव छ । युट्युबमा भिडियो ट्रेण्डिङमा पार्न सहज नहुने अवस्थामा पनि नेपालकै एउटा टिभी सिरियलको हरेक एपिसोड हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ भन्ने सुन्दा तपाईँलाई अलि अनौठो लाग्ला । तर, यो वास्तविकता नै हो । यसबाट समेत उक्त टिभी सिरियल कति चर्चित छ भन्ने कुरा प्रमाणित हुन्छ । हजुर उक्त चर्चित टेलिसिरियल हो ‘भद्रगोल’ । बिगत ५ महिनाभन्दा पछिका मात्र एपिसोड हेर्ने हो भने ‘भद्रगोल’ का हरेक हप्ताका फरक एपिसोडहरु युट्युब ट्रेण्डिङमा पर्न सफल भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*