वातावरण दिवसमा हेटौँडाको सिमलटार टोल संस्था प्रथम

२२ जेष्ठ २०७६, बुधबार १६:२७

जी न्यौपाने, मकवानपुर, २२ जेठ । ४७ औँ विश्व वातावरण दिवस बुधबार हेटौँडामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । यसै क्रममा हेटौँडामा टोल विकास संस्था नगर समन्वय समिति र हेटौँडा उपमहानगरपालिकाले आयोजना गरेको वृहत र्यालीका अवसरमा हेटौँडा ११ को सिमलटार टोल विकास संस्था प्रथम हुन सफल भएको छ । प्रथम भएको सिमलटारले नगद १० हजार सहित प्रमाण पत्र प्राप्त गरेको थियो ।

त्यस्तै हेटौँडा ९ को प्रगति टोल विकास संस्था दोस्रो भएको छ । प्रगतिले ७ हजार नगदसँगै प्रमाणपत्र प्राप्त गरेको छ । हेटौँडा ५ को अब्बल डाँडा टोल विकास संस्थाले तेस्रो हुँदै नगद ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै हेटौँडा ४ को समाज कल्याण टोल विकास संस्था, हेटौँडा ४ कै चिसापानी टोल विकास संस्था, हेटौँडा ६ को राईटोल टोल विकास संस्था र हेटौँडा १ को विन्दवासिनी टोल विकास संस्था सान्त्वना हुन सफल भएको थियो । सान्त्वना भएका टोल विकास संस्थाहरुले नगद ३ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

संघसंस्थातर्फ भने वातावरण सुधार समिति हेटौँडा ७ प्रथम, हेटौँडा ७ र ८ को किरण चोक बाल क्लब दोस्रो र हेटौँडा ४ को एन एम टी नर्सिङ कलेज तेस्रो भएको थियो । उनीहरुले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी विद्यालयतर्फ हेटौँडा १ को अमर मावि पहिलो, हेटौँडा १० को ज्ञानदा मावि दोस्रो र हेटौँडा १३ पदमपोखरीको सनराईज ईङ्ग्लिस बोर्डिङ स्कुल तेस्रो हुन सफल भएको छ । विद्यालयहरुले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

हेटौँडाका विभिन्न स्थानबाट निस्किएको बृहत र्यालीले हुप्रचौरमा जम्मा भई नगर परिक्रमा गरेर भुटनदेवी उच्च माविको चौरमा सभामा परिणत भएको थियो । र्यालीमा विभिन्न संघसंस्था तथा टोल विकास संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षतामा भएको थियो ।

यो पनि हेर्नुहोस्

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

गीत डिलेट काण्ड– एलिना र श्यामको के हो लफडा ? (पुरा विवरण भिडियो सहित)

बहुचर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ युट्युबबाट हट्यो

कम्प्युटर वा ल्यापटपबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

मोबाईलबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

दिपिका महाभारतकी द्रौपदी, कृष्णको रोलमा आमिर खान
बलिउडकी चर्चित नायिका दिपिका पादुकोनलाई महाभारतकी द्रौपदीको रोलमा चयन गरिएको छ भने कृष्णको रोल बलिउडका मिस्टर परफेक्टनिस आमिर खानले निभाउने भएका छन् । ‘ठग अफ हिन्दूस्तान’ को सुटिङ सकिएपछि सुरु गर्न थालिएको आमिरको ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा दिपिका यो रोलको लागि नेचुरल चोइसका रुपमा दिपिकालाई लिइएको हो तर पध्मावत जस्ता एपिक फिल्म गरेकी र यसको विवादमा रुमलिएकी दिपिकाले स्विकार गर्लिन् वा नगर्लिन त्यो भने तय भइसकेको छैन । यदि उनी यस रोलका लागि तयार भएमा दिपिका र आमिरको यो पहिलो स्क्रिन सेयर गरिएको चलचित्र बन्ने छ । चलचित्रमा रिलायन्श इन्डस्ट्रिका मालिक मुकेश अम्बानीले १०० करोडको लगानी गर्ने छन् भने उनी महाभारतको को–पो्रड्यूसर पनि हुने भएका छन् । भारतीय न्यूज एजेन्सीहरुका रिपोर्ट अनुसार आमिरको महाभारत एक फिल्म नभएर ५ सिरिजमा बन्ने बताइएको छ ।

सन्नी लियोनी सधैँ फिट देखिनुको रहस्य यस्तो

फेसन र ग्ल्यामरका कारण चर्चामा रहन सफल बलिउड अभिनेत्री सन्नी लियोनी सधैँ फिट रहने कारण के होला ? उनको जस्तै स्लिम फिगर बनाउन कति युवतीहरुलाई रहर होला ? यसको कारण जान्न उनको दिनचर्याले बुझेर सजिलै पत्ता लगाउन सकिन्छ । सन्नी आफ्नो फिटनेशमा हमेसा ध्यान दिने गर्दछिन् । हाल उनी आफ्नो बडी परफेक्ट बनाउन जमेर वर्कआउट गरिरहेकी बताइएको छ । पछिल्लो केही दिनयता उनले जिममा वर्क आउट गरेको केही भिडियो समेत सार्वजनिक गरेकी छिन् ।

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

चर्चित गायिका रिहानाले स्न्याप च्याटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । उनको आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको थियो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलर ह्रास आएको थियो । स्न्यापच्याटमा एउटा विज्ञापन देखिएको थियो जसमा प्रयोगकर्तालाई ‘रिहानालाई थप्पड हान्ने’ वा ‘क्रिस ब्राउनलाई मुक्का हान्ने’ दुई विकल्प प्रदान गरिएको थियो । सन् २००९ मा प्रेमसम्बन्धमा रहेका बेला ब्राउनले रिहानामाथि हातपात गरेका थिए । लगत्तै रिहानाले आफ्नो इन्सटाग्राम एकाउन्टमा स्न्यापच्याटको उक्त विज्ञापनको आलोचना गरेकी थिइन् ।

एक मिनेट कम्मर मर्काएपछि एक करोड तलब

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडमा समेत व्यस्त नायिकामा पर्छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् । भारत बसाईका क्रममा हुने कार्यक्रममा प्रस्तुति दिए बापत प्रियंकाले लिने गरेको पारिश्रमिक सुनेर तपाईलाई अचम्म पनि लाग्न सक्छ । उनले कम्तिमा पनि एक मिनेट प्रस्तुति दिएको एक करोड भारतीय रुपैयाँ लिने गरेकी छिन् । केही समय अघि भएको जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएपछि उक्त कार्यक्रममा उनले पाँच मिनेट नृत्यका लागि ५ करोड भारु लिएकी थिइन् ।

डेढ सय करोडको चलचित्रमा हट नायिका दिशा पटानी

हाल प्रदर्शनरत चर्चित चलचित्र ‘बागी २’ की अभिनेत्री दिशा पटानीले डेढ सय करोडको लगानी भएको चलचित्रमा काम गर्ने भएकी छिन् । उनी १५० करोड भारूको महँगो बजेटमा निर्माण हुन लागिरहेको दक्षिण भारतिय फिल्ममा अनुबन्धित भएकी हुन् । उनी सुन्दर सिले बनाउने ‘सङ्गमित्र’ फिल्ममा अनुबन्धित भएकी हुन् । ‘मुम्बई मिरर’ले जनाए अनुसार फिल्म जुलाइबाट फ्लोरमा जानेछ । हैदरबादमा ‘बाहुबली’ कै स्तरको सेटमा फिल्म खिचिनेछ । दुई भागमा निर्माण हुने फिल्मको पहिलो भागलाई आगामी वर्ष रिलिज गर्ने तयारी निर्माण कम्पनीको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*