तामाङ गीत ‘ताजी ङादा पिर’ को भिडियो यस्तो बन्यो

२१ जेष्ठ २०७६, मंगलवार २२:३०

मकवानपुर, २१ जेठ । तामाङ हिपहप गीत ‘ताजी ङादा पिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्साङ तामाङ, जेम्स तामाङ र पुजा तामाङको आवाजमा तयार भएको गीतको म्युजिक भिडियोलाई डम्फु मिडियाले युट्युब मार्फत सार्वजनिक गरेको हो ।

गीतमा कर्साङ तामाङकै शब्द, संगीत, एरेञ्ज तथा मास्टरिङ रहेको छ । डम्फु मिडियाले तयार पारेको गीतको म्युजिक भिडियोमा ‘स्हेङजी क्रियु’ को फिचरिङ रहेको छ । प्रतिक ङ्येसुर, लक्ष्मी तामाङ, जीवन तामाङ, प्रशान्त तामाङ, अजय थिङ, रश्मी तामाङ र अजय घिसिङले गीतमा अभिनय गरेका छन् ।

प्रतिककै निर्देशनमा तयार भएको भिडियोलाई विक्रम लामाले खिचेका हुन् । विक्रमकै ड्रोन तथा सम्पादनमा तयार भएको म्युजिक भिडियोमा प्रतिककै कोरियोग्राफी रहेको छ । छायाँकनमा सुन्दर बास्कोटाले सहयाग गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा गीतलाई करिब १० हजार पटक हेरिएको छ । हेरौँ गीतको म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

गीत डिलेट काण्ड– एलिना र श्यामको के हो लफडा ? (पुरा विवरण भिडियो सहित)

बहुचर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ युट्युबबाट हट्यो

कम्प्युटर वा ल्यापटपबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

मोबाईलबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

गायक समिर आचार्य र हेटौँडेली विद्या तिवारीको गीत युट्युब ट्रेण्डिङमा

मकवानपुरको हेटौँडामा जन्मिएर गायन क्षेत्रमा चर्चा कमाईरहेकी गायिका विद्या तिवारीको नयाँ गीत युट्युब ट्रेण्डिङमा परेको छ । यस अघि ‘पिच रोड’ गीतबाट समेत प्रशंसा बटुलेकी विद्याको ‘.घाममा सुकाई देउ’ बोलको गीत युट्युब ट्रेण्डिङमा परेको हो । समिर आचार्य र विद्या तिवारीको आवाज समावेश गीतमा चर्चित नायिका आँचल शर्मा र मन्जिल बस्नेतको अभिनय रहेको छ । गीतमा समिर आचार्यकै शब्द र संगीत रहेको छ । टेकेन्द्र शाहको निर्देशन रहेको म्यूजिक भिडियोमा राजिव समरको कोरियाग्राफी रहेको छ ।

सन्तोष लामाको म्यूजिक भिडियोमा मकवानपुरका फुर्बा दोर्जे र साबित्राको रोमान्स

नेपाली ताराको बिजेता बनेर थप चर्चामा आएका गायक सन्तोष लामाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामाको आवाजमा रहेको ‘बिर्सन म सक्दिन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा मकवानपुरका कलाकार फुर्बा दोर्जे मोक्तान तामाङ तथा चर्चित मोडल साबित्रा थिङले अभिनय गरेका छन् । नयाँ वर्ष सन् २०१९ को अवसर पारेर सार्वजनिक भएको म्यूजिक भिडियोमा फुर्बा दोर्जेसँगै साबित्राको अभिनय प्रशंसनीय छ । मायाप्रेमले भरिपूर्ण म्यूजिक भिडियोमा फुर्बा र सावित्राको जोडी निकै सुहाएको छ । साबित्रा र फुर्बाको अभिनय कौशल समेत भिडियोमा देखिएको छ । गीतमा रोशन भट्टराईको शब्दमा चर्चित संगीतकार न्ह्यु बज्रचार्य को संगीत छ । गायक सन्तोष लामाको एल्वम अक्षतामा उक्त गीत समावेश छ । मलेसियामा छायाँकन भएको म्यूजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन् ।

नेपाल आईडलकी अस्मिता अधिकारी र गायक मातृका आचार्यको नयाँ गीत रिलिज

नेपाल आईडल सिजन २ को थर्ड रनर अप हुन सफल प्रतियोगी अस्मिता अधिकारी र गायक मातृका आचार्यको आवाजमा रहेको नयाँ गीत युट्युब मार्फत रिलिज गरिएको छ । पुरुषोत्तम न्यौपानेको संगीत संयोजन तथा गायक आचार्यकै शब्दमा रहेको ‘दुई मुटु एउटै पारी’ बोलको गीतको अडियो भर्जन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यस्तो छ चलचित्र सय कडा दश, हेटौँडामा खुल्यो रहस्य (भिडियो)

नेपाली कथानक चलचित्र ‘सय कडा दश’ ले समाजमा रहेको भ्रष्ट्राचारलाई न्युनिकरण गर्न सहयोग गर्ने चलचित्रका कलाकार तथा निर्माताहरुले बताएका छन् । न्युज क्लब नेपाल, हेटौँडामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माण कमिटि तथा कलाकारहरुले यस्तो बताएका हुन् । चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङगाना, उत्सव न्यौपाने, करुणा श्रेष्ठ, सोनिया राई, रश्मी भट्ट, अमित पोखरेल लगायतकाको अभिनय रहेको छ ।
कसले के भने ?

‘पिरतीको मिठो तिर्सना’ मा हेटौँडाका रायु र रिकिताको रोमान्स (भिडियो)

हेटौँडाबाट चर्चामा आएको ओपेरा ईन्फोटेन्टमेन्ट सिने प्रा.लि.ले नयाँ कभर म्यूजिक भिडियो सार्वजनिक गरेको छ । चलचित्र ‘विर विक्रम २’ को चर्चित ‘पिरतीको मिठो तिर्सना’ बोलको रिमेक गीतको कभर भिडियो सार्वजनिक गरिएको हो । हेटौँडाका उदाउँदो कलाकार रायु घले र रिकिता क्षेत्रीको रोमान्स समेटिएको भिडियो निकै राम्रो बनेको छ । रायु र रिकिताको अनस्क्रीन रोमान्सले भिडियोलाई थप शसक्त बनाएको छ । मकवानपुरका चर्चित पर्यटकीयस्थलहरुमा छायाँकन गरिएको भिडियोको निर्देशकीय पक्ष निकै नै मजबुद देखिएको छ । ओपेराका सञ्चालक समेत रहेका कलाकार, कोरियोग्राफर तथा निर्देशक विक्रम लुङ्वाले म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् । छायाँकनसँगै निर्देशनको पाटोलाई समेत लुङ्वाले उत्कृष्टता प्रदर्शन गरेका छन् ।

धन पाख्रिन र सागर राईले म्यूजिक भिडियोलाई छायाँकन गरेका हुन् । सिर्जना सापकोटाको भ्वाईस ओभर रहेको म्यूजिक भिडियोलाई रायु घलेले कोरियोग्राफी गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*