
नम्बर १ मा प्रकाश सपुतको ‘गलबन्दी’

मकवानपुर, १९ जेठ । गायक तथा मोडल प्रकाश सपुतको चर्चित ‘बोल माया’ टिमले तयार पारेको ‘गलबन्दी’ ले युट्युब ट्रेण्डिङको नम्बर एकमा आफुलाई पुराउन सफल भएको छ । मे २५ तारिखमा गायक प्रकाश सपुतकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीत युट्युबमा मात्र नभई टिकटक जस्ता अन्य सामाजिक सञ्जालमा पनि भाईरल भएको छ । यस गीतका शब्दहरुलाई लिएर चर्चित ट्रोलहरु निर्माण गरिनुका साथै फेसबुक जस्ता सामाजिक सञ्जालमा हरेक शब्दहरु स्टाटस बनेका छन् ।
यो सामाग्री तयार पार्दाको समयमा यस गीतको म्युजिक भिडियोलाई ५४ लाख ८४ हजारभन्दा बढी पटक हेरिसकिएको छ । २ लाख २६ हजार लाईक गीतले पाईसकेको छ । त्यस्तै करिब २० हजार कमेन्टहरु भिडियामो गरिएका छन् । गीतको म्युजिक भिडियोले फेरि एकपटक ‘बोल माया’ को कारुणिक दृश्यलाई सम्झाउँछ । नेपाली समाजको रोधी सँस्कृतिमा आधारित यस गीतलाई प्रकाशले बोल मायाको प्रिक्वेलको रुपमा निर्माण गरेका छन् । गीतमा प्रकाश सपुत र बोल मायामा सबैको मन जितेकी शान्ति श्री परियारको आवाज यसमा समावेश छ ।
गीतमा प्रकाशकै शब्द सँगीत छ । कृष्ण बिकको म्युजिक एरेञ्ज र ब्याकग्राउण्ड स्कोर रहेको गीतमा खर्क बुढा मगरले मादल र रत्न बिकले बाँसुरी बजाएका छन् । प्रकाशकै निर्देशनमा तयार भएको भिडियोमा प्रकाशसँगै बोल मायाकी चर्चित कलाकार अञ्जली अधिकारी, डिपलव विक र करविन गैरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘गलबन्दी’ गीतको रिभ्यु यहाँ हेर्नुहोस्–
यस अघि नै सन् २०१८ को मे १७ तारिखमा प्रकाशकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘बोल माया’ गीतको भिडियोले नेपाली साँगितिक क्षेत्रमा एउटा नयाँ उचाई प्राप्त गरेको थियो । ‘दोहोरी ब्याटल’ गाएर नेपाली युवाको मनमा बस्न सफल भइसकेका प्रकाशलाई यो गीतले सबैको प्यारो बनाउन सफल भएको थियो । उनको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो कयौँ दिनसम्म युट्युबमा नम्बर १ ट्रेण्डिङमा कब्जा जमाउन सफल भएको थियो ।
गीतको संगीत र शब्दलाई प्रकाशले जति मार्मिक बनाएका थिए त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारिएको थियो । उनीसहित नारायण रायमाझी र शान्ति श्री परियारको आवाज समावेश गीतको म्युजिक भिडियोमा उनको श्रीमतीको भूमिकामा अञ्जली अधिकारीले जीवन्त अभिनय गरेकी छिन् । बाध्यतामा कमाउन भनि विदेश गएका श्रीमान गुमाउनुको पिडा, धर्ती नटेकेको गर्भको निर्दोष शिशुले बुवाको मुख हेर्न नपाएका कारुणिक दृश्यलाई करन चैँसिरले क्यामेरामा कैद गरेका छन् । प्रकाशकै निर्देशनमा बनेको म्यूजिक भिडियोमा सितारे गन्धर्व तथा बालकलाकार डिपलभ वि.क. र खुशी थापाले रमाईलो अभिनय गरेका छन् । बोल मायालाई अहिलेसम्म १ करोड भन्दा बढी पटक हेरिएको छ ।
यो पनि हेर्नुहोस्
बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)
गीत डिलेट काण्ड– एलिना र श्यामको के हो लफडा ? (पुरा विवरण भिडियो सहित)
बहुचर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ युट्युबबाट हट्यो
कम्प्युटर वा ल्यापटपबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)
मोबाईलबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
प्रेम प्रस्ताव अस्विकार गर्दा आत्माहत्याको प्रयास (भिडियो)
वाहरुमा प्रेमकै कुरालाई लिएर हुने गरेका आत्माहत्याको विषयलाई लिएर मकवानपुरे युवाहरुले सर्ट मुभि (लघु चलचित्र) निर्माण गरेका छन् । ‘फ्लप क्रियशन टिभी’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक सर्ट मुभिमा किशोराअवस्थामा हुने प्रेम प्रस्ताव अस्विकारले आफैलाई मार्न समेत पछि नपर्ने किशोरको कथा समेटिएको छ । सुवास लामाको कथा, निर्देशन तथा सम्पादनमा तयार भएको सर्ट मूभिमा सुवाससहित राजु लामाको छायांकन हेर्न सकिन्छ । सर्ट मुभिमा राजु घलान, विजय दोङ, जीवन घलान, अविनाश गोले र सरस्वती मुक्तानको अभिनय रहेको छ । हेर्नुहोस् सर्ट मूभि–
मकवानपुरे मुक्तिनाथको नयाँ गीतको भिडियो रिलिज
मकवानपुरको थाहा नगरपालिका अन्तर्गत पर्ने टिष्टुङ पालुङको बारेमा गीत सार्वजनिक गरेसँगै चर्चित बनेका मकवानपुरे गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । ‘टिष्टुङ पालुङ गाउँ’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएसँगै एकाएक चर्चित बनेका उप्रेतीका ‘गोरी हे गोरी’ बोलको नयाँ डान्सिङ गीतको भिडियो युट्युबमा सार्वजनि गरिएको हो । गीतमा मुक्तिनाथ उप्रेती र ऋतु कँडेलको आवाज तथा उप्रेतीकै शब्द र संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा करिश्मा ढकाल र मनिष श्रेष्ठको अभिनय रहेको छ ।
अनमोल र श्रृष्टिको जोडी फेरि एकपटक पर्दामा
यक अनमोल केसी र नायिका श्रृष्टि श्रेष्ठको जोडी पूनः एकपटक पर्दामा जम्ने भएको छ । सफल बताइएको चलचित्र ‘गाजलु’ मा एकसाथ काम गरेका अनमोल र श्रृष्ठि एक चलचित्रमा देखिन थालेको विभिन्न न्यूज एजेन्सीहरुले दाबी गरेका छन् । नाम गोप्य राखिएको एक नयाँ चलचित्रमा संगै काम गर्न लागेका उनीहरुको नाम नै फाईनल भइसकेको बताइएको छ ।
हेटौँडाकी दिप्सना, प्रमोद खरेलको म्यूजिक भिडियोमा
मकवानपुरको हेटौँडामा अध्ययनसँगै अभिनयमा समेत सक्रिय दिप्सना रिमाल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको ‘आँशु झारी’ बोलको गीतको म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । मकवानपुरमा अध्ययनरत उनी अभिनय र नृत्यमा रुचि राख्छिन् । कलाकारिता क्षेत्रमा अघि बढ्ने चाहाना भएको बताउँदै उनले भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् । राज धमला निश्चल ओखलढुङ्गेको शब्द र बिनोद बस्नेतको संगीतमा गायक खरेलले आवाज दिएका छन् । म्यूजिक भिडियोमा दिप्सनासँगै नविन मिश्र लगायतको कलाकारको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।
सागर घिसिङ र मन्सु लामाको जोडी ‘पिरोमा रैछ’ मा यस्तो देखियो (भिडियो)
तामाङ चलचित्र सहित नेपाली गीतका म्यूजिक भिडियोहरुमा अभिनय गरेर चर्चा कमाउन सफल नायक सागर घिसिङ र कलाकार मन्सु लामा अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक करण बम्जनको ‘पिरोमा रैछ’ बोलको गीतमा सागर र मन्सुको अनस्क्रिन रोमान्स निकै नै सुहाउँदो देखिएको छ । करण बम्जनको सुमधुर आवाजमा सजिएको गीतमा साङ्गे ब्लोन तामाङको शब्द र अभिषेक तामाङको संगीत सुन्न सकिन्छ । प्रतिक ङेसुरको कोरियोग्राफी र निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई विक्रम मोक्तानले खिचेका हुन् । राम्रो कथावस्तु सहित प्रशंसनिय निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सागर र मन्सुको प्रेमलाई सफल बनाउन अर्का कलाकार जीवन लामाले सघाउँछन् । म्यूजिक भिडियो दोस्रो भाग बन्ने तर्फ समेत म्यूजिक भिडियोले संकेत गरेको छ ।