
गीत डिलेट काण्ड– एलिना र श्यामको के हो लफडा ? (पुरा विवरण भिडियो सहित)

चन्द्र घलान/मकवानपुर, १९ जेठ । ‘तिम्रो मायाले बाँधेर राख’ बोलको बहुचर्चित गीतके कभर भर्सन युट्युबबाट हटाइएको छ । गत मे ३ तारिखमा रिलिज गरिएको गीत मे ३१ तारिखमा युट्युबबाट हटाइएको हो । गीत युट्युबबाट हट्नुअघि कभर भर्सन गीत गाएकी गायिका एलिना चौहानले एकदिन अगाडि मात्र गीत हट्न सक्ने बारेमा फेसबुकमा स्टाटस लेखेकी थिईन् । एलिनाले फेसबुक यस्तो लेखेकी थिईन्–‘मेरा सम्पूर्ण दर्शकहरुलाई धन्यवाद । जे छु हजुरहरुले गर्दा छु । एउटा गीतको रेस्पेक्ट गरेर मन पराएर नै मैले कभर गरेको थिएँ । तर मैले कभर गाउँदा ओरिजिनल टिमलाई असर पर्यो जस्तो लाग्यो । यो गीत सृजन ागर्ने सम्पूर्णमा मेरो सम्मान छ, मैले कसैलाई असर पार्न, तल देखाउन यो गीत गाको थिईनँ । सोधेर पर्मिसन लिएर गरेको थिएँ । र यो गीत मैले हिट बनाएको सोच पनि मेरो होईन । गीत एकदमै मिठो थियो, त्यसैले हिट भयो । सायद यो गीत हट्छ होला युट्युबबाट । तर हजुरहरुको माया, साथ नहटोस् । हजुरहरु सामु अब आफ्नो गीत लिएर आउने वाचा गर्दछु । मैले ओरिजिनलको अपमान गरेँ भन्नुहुन्छ भने, ‘तिम्रो मायाले बाँधेर राख’ टिमलाई माफी माग्न चाहान्छु । धन्यवाद ।’
यो स्टाटस आएको भोलिपल्टै गीत डिलिट गरियो । करिब ८ मिलियनको हाराहारिमा भ्यूज पाएको गीतलाई हटाइएपछि एलिनाले यस गीतका ओरिजिनल गायक श्याम कार्कीसँग भएको कुराकानीको स्क्रीन सट समेत फेसबुकमा पोष्ट गरेकी छिन् । जर्मनीमा रहेका गायक कार्कीसँग उनले गरेको कुराकानीको सार यस्तो छ– च्याटको सुरुमा एलिनाले कभर गाउनलाई अनुरोध गरिएको हुनुपर्छ । किन कि स्क्रिन सर्टमा दिइए अनुसार गायक कार्कीले अंग्रेजीमा लेखेको म्यासेज यस्तो छ–‘यो सुनेर मलाई धेरै खुशी लागेको छ , र यो मेरो लागि धेरै खुशीको कुरा पनि हो । तर समस्या छ, मसँग मास्टर फाईल छैन, वेभ फाईल मात्रै छ ।’ त्यसपछि एलिनाले नम्बर दिनुस् न भनेकी छिन् र म आफै यतै गर्छु भनेकी छिन् । त्यसपछि गायक कार्कीले म केही समयदेखि जर्मनीमा छु भनेर लेखेका छन् । हजुरले म्यासेञ्जरमै म्यासेज गर्दा हुन्छ, र म एकपटक मेरो टिमलाई पनि सोध्छु, के गर्दा हुन्छ भनेर’ भन्दै गायक कार्कीले म्यासेज गरेका छन् । हेरौँ पुरा भिडयो–
त्यसपछि अर्को स्क्रीन सर्टमा एलिनाले भनेकी छिन्–‘ठिकै छ, ओरिजिनल क्रेडिट हजुलाई नै जान्छ, कभर हो जसले गर्छ तर ईन्ष्टाको फोटोमा केही ईश्युज आएको थियो, त्यसैले मैले तपाईले सोधेको ।’ यसबाट उनी ईन्ष्टाको फोटोको कभरमा समेत समस्यामा परेको प्रमाणित हुन्छ । त्यसपछिको च्याटमा गायक कार्कीले यस्तो लेखेका छन् –‘मैले पनि फिमेल भर्सन बनाउन खोजिरहेको थिएँ, धेरैले सजेस्ट पनि गथ्र्यो तर केही कुरा मिलीरहेको थिएन, मैले दाईहरुलाई सोध्दा उहाँहरुले तिमी नै गाउ, भिडियोहरु हामी बनाएर हाम्रै च्यानलमा हाल्ने कुराहरु गर्नुभयो, र हामी तपाईको मेहनतको लागि पैसा तिर्ने छौँ, र कभरको कुरामा क्रेडिट देउ, ओरिजिनल भिडियो लिंक हाल्देउ, गर्दा हुन्छ, सबैले गर्छ ।’
गायक कार्कीको यो म्यासेज पढ्दा एलिना र उनको बिचमा केही गलत बुझाई भएको हो कि जस्तो लाग्छ । गायक कार्कीको म्यासेज हेर्दा कभर गर तर भिडियो चाहिँ हामी आफै बनाएर हाम्रै च्यानलमा हाल्छौँ भनेको जस्तो देखिन्छ । उनले गाएको पैसा समेत हामी तिर्छौँ भनेको जस्तो देखिन्छ । तर एलिनाले गीतको कभर र भिडियो क्रोमाटिक एभी स्टुडियोको युट्युब च्यानल मार्फत गरेकी थिईन् । सायद यही कारणले पछि गायक कार्की र उनको समूहले गीत हटाउन लगाएको समेत हुनसक्छ । श्यामलाई जवाफ दिँदै एलिनाले भनेकी छिन्– हस् हुन्छ, हजुरहरुले भिडियो बनाउँदा झन राम्रो हुन्थ्यो, म कुरा गर्छ स्टुडियोमा’ । यसको जवाफमा श्यामले ओके कुरा गर्नुस्, हाम्रो टाईम अलि मिल्दैन, त्यसैले रिप्लाईहरु यताउता हुन्छ’ भनेर लेखेका छन् । एलिनाले सार्वजनिक गरेको अर्को स्क्रीनसर्टमा एलिनाले यसो भनेकी छिन्–‘हो तर, त्यसलाई अझै बढी भ्युज आउनुपर्छ, ओरिजिनललाई अगाडि बढाउन पनि मन थियो मलाई,किनकि शब्द र गीत निकै अमेजिङ छ, जे होस् म खुशी छु ।; त्यसपछि गायक कार्कीले लेखेका छन्–‘यो गीतको शब्द र मेलोडी नै युनिक छ । कति गीतहरु सुनेँ, यो गीत एक लाईनमै मन परेको मलाई पनि । धेरै भर्सनहरु बनाउने प्लानिङ छ, डुएट भर्सन, रेट्रो भर्सन, डिजे भर्सन, अकस्टीक भर्सन । बाहिर भएर मात्र हो, मसँग यो गीतको एरेञ्ज भर्सन मात्र ३ वटा छ ।;
यी म्यासेजहरु हेर्दा कभर गीत गाएता पनि गायक कार्कीको टिमले भिडियो बनाउने र उनीहरुको आफ्नै च्यानलमा हाल्ने भनेको जस्तो बुझिन्छ । तर एलिनाको कभर अर्कै च्यानलबाट सार्वजनिक भएकोले पो समस्या आएको हो कि ? तपाईलाई कस्तो लाग्छ ? कमेन्टमा लेख्नुहोस् । यो बाहेक अन्य च्याटमा के कुरा भयो हामीलाई थाहा छैन । सार्वजनिक च्याटको स्क्रिन सर्टले भने यही कुरालाई संकेत गरेको जस्तो लाग्छ । यो गीतको ओरिजिनल भर्सन सन् २०१६ को मे महिनामा गायक श्याम कार्कीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । ‘२०१६’ एल्बममा समावेश यस गीतको शब्द, सँगीत र गायकको आवाज निकै नै कर्णप्रिय छ । विगतमा यो गीतको फ्यान धेरै भएता पनि यस गीतलाई भर्खरैका युवाहरुले सुन्ने मौका पाएका थिएनन् । तर एलिना चौहानले यो गीतको कभर करिब ३ वर्षपछि गाएपछि भने यो गीत भाईरल भएको थियो । तर गीत हटाइएपछि भने उनले आफुमाथि अन्याय भएको जस्तो लाग्छ भनेर लेखेकी छिन् ।
एलिनाले च्याट स्क्रिन सर्ट शेयर गर्दाको समयमा फेसबुक स्टाटसमा यस्तो लेखेकी छिन्–‘अगाडि यस्तो भन्नुभएको थियो, मैले कभर गाएँ, हुन त म पछि अगाडि बढ्छु होला, तर यो कुराले चाहिँ ममाथि अन्याय भयो जस्तो लाग्यो । रुल्स सबैलाई एउटै हुनुपर्छ होईन र ?, सायद नेपालमा म जस्तो आर्टिस्टहरु धेरै होलान् जो कभरलाई प्लेटफर्म बनाएर अगाडि आउँछन् । यो देखेर अब कभर गाउन डराउने भए सब । भ्युज धेरै भएकोमा लाग्ने अरुमा नलाग्ने यस्तो पनि हुन्छ ?’ विवाद जे सुकै भए पनि सामाजिक सञ्जालमा आएपछि भने दुबैमा कन्भर्सेसन ग्याप भएको हो कि भन्ने अनुमान श्रोताहरुको छ ।
यस गीतको ओरिजिनल भर्सनमा रवि मल्लको शब्द र विराट कदरियाको संगीत रहेको छ । अलमोडा राना उप्रेतीको संगीत संयोजन रहेको गीतलाई बिजु कर्मचार्यले मिक्सिङ गरेका छन् । एलिनाको कभरलाई भने क्रोमाटिक एभी स्टुडियोले युट्युब मार्फत सार्वजनिक गरेको हो । कभर भर्सनमा देव लवारले संगीत संयोजन गरेका छन् । गीतलाई केही समय अघि मात्र चर्चित डान्सर तेरिया मगरले समेत कभर गरेकी थिईन् । त्यस्तै यसै गीतको फिमेल भर्सन भने भर्खरे सार्वजनिक भएको छ । फिमेल भर्सनलाई नेपाल आईडलको सिजन २ मा फाईनलसम्म पुग्न सफल चर्चित गायिका अस्मिता अधिकारीले आवाज दिएकी छिन् ।
यो पनि हेर्नुहोस्
बहुचर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ युट्युबबाट हट्यो
कम्प्युटर वा ल्यापटपबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)
बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)
मोबाईलबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
प्रेम प्रस्ताव अस्विकार गर्दा आत्माहत्याको प्रयास (भिडियो)
वाहरुमा प्रेमकै कुरालाई लिएर हुने गरेका आत्माहत्याको विषयलाई लिएर मकवानपुरे युवाहरुले सर्ट मुभि (लघु चलचित्र) निर्माण गरेका छन् । ‘फ्लप क्रियशन टिभी’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक सर्ट मुभिमा किशोराअवस्थामा हुने प्रेम प्रस्ताव अस्विकारले आफैलाई मार्न समेत पछि नपर्ने किशोरको कथा समेटिएको छ । सुवास लामाको कथा, निर्देशन तथा सम्पादनमा तयार भएको सर्ट मूभिमा सुवाससहित राजु लामाको छायांकन हेर्न सकिन्छ । सर्ट मुभिमा राजु घलान, विजय दोङ, जीवन घलान, अविनाश गोले र सरस्वती मुक्तानको अभिनय रहेको छ । हेर्नुहोस् सर्ट मूभि–
मकवानपुरे मुक्तिनाथको नयाँ गीतको भिडियो रिलिज
मकवानपुरको थाहा नगरपालिका अन्तर्गत पर्ने टिष्टुङ पालुङको बारेमा गीत सार्वजनिक गरेसँगै चर्चित बनेका मकवानपुरे गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । ‘टिष्टुङ पालुङ गाउँ’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएसँगै एकाएक चर्चित बनेका उप्रेतीका ‘गोरी हे गोरी’ बोलको नयाँ डान्सिङ गीतको भिडियो युट्युबमा सार्वजनि गरिएको हो । गीतमा मुक्तिनाथ उप्रेती र ऋतु कँडेलको आवाज तथा उप्रेतीकै शब्द र संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा करिश्मा ढकाल र मनिष श्रेष्ठको अभिनय रहेको छ ।
अनमोल र श्रृष्टिको जोडी फेरि एकपटक पर्दामा
यक अनमोल केसी र नायिका श्रृष्टि श्रेष्ठको जोडी पूनः एकपटक पर्दामा जम्ने भएको छ । सफल बताइएको चलचित्र ‘गाजलु’ मा एकसाथ काम गरेका अनमोल र श्रृष्ठि एक चलचित्रमा देखिन थालेको विभिन्न न्यूज एजेन्सीहरुले दाबी गरेका छन् । नाम गोप्य राखिएको एक नयाँ चलचित्रमा संगै काम गर्न लागेका उनीहरुको नाम नै फाईनल भइसकेको बताइएको छ ।
हेटौँडाकी दिप्सना, प्रमोद खरेलको म्यूजिक भिडियोमा
मकवानपुरको हेटौँडामा अध्ययनसँगै अभिनयमा समेत सक्रिय दिप्सना रिमाल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको ‘आँशु झारी’ बोलको गीतको म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । मकवानपुरमा अध्ययनरत उनी अभिनय र नृत्यमा रुचि राख्छिन् । कलाकारिता क्षेत्रमा अघि बढ्ने चाहाना भएको बताउँदै उनले भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् । राज धमला निश्चल ओखलढुङ्गेको शब्द र बिनोद बस्नेतको संगीतमा गायक खरेलले आवाज दिएका छन् । म्यूजिक भिडियोमा दिप्सनासँगै नविन मिश्र लगायतको कलाकारको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।
सागर घिसिङ र मन्सु लामाको जोडी ‘पिरोमा रैछ’ मा यस्तो देखियो (भिडियो)
तामाङ चलचित्र सहित नेपाली गीतका म्यूजिक भिडियोहरुमा अभिनय गरेर चर्चा कमाउन सफल नायक सागर घिसिङ र कलाकार मन्सु लामा अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक करण बम्जनको ‘पिरोमा रैछ’ बोलको गीतमा सागर र मन्सुको अनस्क्रिन रोमान्स निकै नै सुहाउँदो देखिएको छ । करण बम्जनको सुमधुर आवाजमा सजिएको गीतमा साङ्गे ब्लोन तामाङको शब्द र अभिषेक तामाङको संगीत सुन्न सकिन्छ । प्रतिक ङेसुरको कोरियोग्राफी र निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई विक्रम मोक्तानले खिचेका हुन् । राम्रो कथावस्तु सहित प्रशंसनिय निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सागर र मन्सुको प्रेमलाई सफल बनाउन अर्का कलाकार जीवन लामाले सघाउँछन् । म्यूजिक भिडियो दोस्रो भाग बन्ने तर्फ समेत म्यूजिक भिडियोले संकेत गरेको छ ।