लेकाली बसीफाँट माविमा कप्तान छनौटका लागि निर्वाचन

१८ जेष्ठ २०७६, शनिबार १३:०१

मकवानपुर, १८ जेठ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ मा अवस्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा निर्वाचन गरी सदन कप्तान (क्याप्टेन) छनौट गरिएको छ । निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै विभिन्न ४ सदनका लागि कप्तानहरु छनौट गरिएको निर्वाचन अधिकृत यश लामाले जानकारी दिए ।

निर्वाचनको मत परिणाम अनुसार रातो सदनका लागि अभिषेक लामा कप्तान चुनिएका छन् । उनले कुल खसेको मतमध्ये २४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी प्रशान्त सिन्तानले १३ भोट प्राप्त गरे भने सुमित्रा थिङले ७ भोट प्राप्त गरेकी छिन् । त्यस्तै हरियो सदनमा सुकुराज गोले विजयी भएका छन् । खसेको कुल मतमध्ये उनले २७ मत ल्याएका थिए । त्यस्तै उनका निकटतम प्रतिद्वन्दी सुवाश पाख्रिनले १९ मत ल्याए भने सोनाम छ्योकी बलले शुन्य मत प्राप्त गरे । हरियो सदनमा सदर मतको संख्या ४६ रहेको थियो ।

त्यस्तै पहेँलो सदनमा २३ मत प्राप्त गर्दै प्रशान्त बल विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी मिलन गोलेले १५ मत र साखुरा बलले ११ मत प्राप्त गरेका थिए । पहेँलो सदनका ५० प्रतिनिधिहरुले खसालेका मत मध्ये १ मत बदर भएको थियो । साथै निलो सदनमा ३१ मत ल्याउँदै सोमबहादुर बल विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी सोसिका लामाले १४ मत प्राप्त गरेका थिए । निलो सदनमा भएका ५८ विद्यार्थीहरुमध्ये कुल ४५ मत अर्थात ७७.५८ प्रतिशत मत खसेको थियो । १३ जना विद्यार्थीहरु अनुपस्थित हुँदा भोट नखसेका हुन् ।

निर्वाचन सकिएसँगै निर्वाचन अधिकृत लामाले विजयी उम्मेदवारहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । विद्यालयमा भएको सदन निर्वाचनबाट निर्वाचन, गोप्य मतदान, प्रतिनिधि छनोट प्रक्रिया,उमेदवारी घोषणा, चुनाव प्रचारप्रसार , आचारसंहिता, प्रतिबद्धता , नेतृत्वदायी क्षमताको विकास, निर्वाचन प्रणाली बारे प्रयोगात्मक सिकाई समेत विद्यार्थीहरुले बुझ्ने मौका पाएको निर्वाचन अधिकृत लामाले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो पनि हेर्नुहोस्

बहुचर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ युट्युबबाट हट्यो

कम्प्युटर वा ल्यापटपबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

मोबाईलबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगिता मिस जापान कानाको डाटेले जितेकी छिन् । ओपेरा गाएर सबैको मन जितेकी मिस जापान नै ट्यालेन्टमा विजयी भएकी हुन् । जीतसँगै उनी सेमिफाईनमा पुगेकी छिन् । सेमिफाईनलमा पुग्ने उनी दोस्रो प्रतियोगी हुन् । यसअघि नै मिस फ्रान्सले टप मोडल कम्पीटिसन जितेर सेमिफाईनलमा पुगिसकेकी छिन् । मिस जापान, एक प्रोफेसनल ओपेरा सिंगर हुन् । जापानको पुरानो राजघरानाकी राजकुमारी समेत रहेकी उनले पोलिटिकल साईन्स अध्ययन गरेकी छिन् । उनी जापानी परम्परागत नाच र धनुरविधामा अब्बल समेत छिन् । उनले जापानिज सहित अन्य ६ वटा भाषा समेत जान्दछिन् । ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला खतिवडाको कस्तो रह्यो त प्रस्तुति भन्नेमा सबैको जिज्ञासा हुन सक्छ । आउनुस् यस बारेमा केही चर्चा गरौँ ।

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडाका युवाहरुले तयार पारेको लघु चलचित्र ‘वास्तब’ रिलिज भएको छ । मुर्चुङ्गा टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको लघु चलचित्र सस्पेन्सका साथै रोमान्टिक जेनरमा निर्माण भएको छ । हेटौँडा निवासी बिक्रम लुङ्वाको कथा लेखन तथा निर्देशनमा बनेको चलचित्र एस फिल्म्सको ब्यानरमा बनेको हो । चलचित्रमा मकवानपुरकै दिपक सापकोटा, बि.एन. धिताल, मुना मोक्तान, रामबाबु नेपाली र भोजराज श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सम्राज पाख्रिनको छायाँकन रहेको चलचित्रलाई बि.एन. धितालले निर्माण गरेका हुन् । चलचित्रलाई दिपक सापकोटाले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–

द हेटौँडा क्रियुजको ‘नशालु रैछ’ रिलिज (भिडियो सहित)
हेटौँडाको चर्चित डान्स् ग्रुप ‘द हेटौँडा क्रियुज’ को प्रस्तुति रहेको नयाँ गीत ‘नशालु रैछ’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको द हेटौँडा क्रियुजका म्यानेजर दिलकुमार लामाले मुर्चुङ्गा टिभीलाई जानकारी दिए । एस.बि.जी. लामाको शब्द र आवाजमा सजिएको गीतको म्यूजिक भिडियोमा द हेटौँडा क्रियुजका कलाकारहरु विष्णु, अमित, बिसु, दिपक, कृष्ण, सन्ध्या, प्रियंका र अनिताको अभिनय रहेको छ । साथै दिलकुमार लामाको समेत विशेष भूमिका रहेको छ । गीतलाई एस.बि.जी. र देवी रुम्बाले कम्पोज गरेका हुन् । गीतलाई गणेश सन्तोष प्रगाढले एरेञ्ज गरेका हुन् ।

हलिउड शैलीमा निर्मित ‘छिरिङ’ दर्शकको मायाले हेटौँडामा तानियो

दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल नेपाली कथानक चलचित्र ‘छिरिङ’ आज हेटौँडाको एनएस सिनेमाजमा प्रदर्शन गरिएको छ । अन्य स्थानमा असोज १२ गतेदेखि प्रदर्शनमा आएता पनि मकवानपुरका दर्शकले ‘छिरिङ’ हेर्न पाएका थिएनन् । तर हेटौँडाका दर्शकहरुले चलचित्र हेर्नका लागि सामाजिक सञ्जालमै स्टाटस पोष्ट गर्न थालेपछि अन्ततः चलचित्र हेटौँडामा समेत प्रदर्शन गरिएको हो । दर्शकहरुले चर्चित गायक तथा नायक यश कुमार र निर्माता सुनिल माथेमा प्रधानसंग साक्षात्कार समेत गर्ने मौका पाए । चलचित्रको प्रदर्शन अघि आज हेटौँडामा भएको पत्रकारसँगको भेटघाटमा नायक तथा गायक यश कुमारले चलचित्र हलिउड शैलीमा बनेको बताएका थिए । चलचित्र हेरेँसँगै हेटौैैँडाका दर्शकले समेत चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा
पुसन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । औपचारिक रुपमा कुनै नृत्य तथा अभिनयको कक्षा नलिएपनि उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*