बहुचर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ युट्युबबाट हट्यो

१८ जेष्ठ २०७६, शनिबार ०७:४९
Featured Video Play Icon

चन्द्र घलान/मकवानपुर, १८ जेठ । ‘तिम्रो मायाले बाँधेर राख’ यो चर्चित गीतलाई नसुन्ने नेपाली श्रोताहरु सायद कोही छैनन् होला । हुन त यो गीतको ओरिजिनल भर्सन सन् २०१६ को मे महिनामा गायक श्याम कार्कीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । ‘२०१६’ एल्बममा समावेश यस गीतको शब्द, सँगीत र गायकको आवाज निकै नै कर्णप्रिय छ । विगतमा यो गीतको फ्यान धेरै भएता पनि यस गीतलाई भर्खरैका युवाहरुले सुन्ने मौका पाएका थिएनन् । तर ईन्ष्टाको फोटो गीतको जवाफी कभर गीत गाएसँगै एकाएक चर्चामा आएकी गायिका एलिना चौहानले यो गीतको कभर करिब ३ वर्षपछि गाएपछि भने यो गीत भाईरल भयो । युट्युबमा समेत यस गीतले निकै समय युट्युब ट्रेण्डिङको पहिलो स्थान हासिल गर्न सफल भयो । कभर गीत सुनेकै कारण यसको ओरिजिनल गीत खोज्नेहरु समेत बढे र अन्तत ओरिजिनल गीतको समेत निकै नै चर्चा भयो । टिकटक र अन्य सामाजिक सञ्जालमा एलिनाको कभर भर्सन र ओरिजिनल भर्सनको उत्तिकै चर्चा भयो । तर यस गीतलाई थप उचाई प्रदान गर्न सफल गायिका एलिना चौहानलाई भने ठूलो बज्रपात भएको छ । मे ३ तारिखमा मात्र युट्युबमा अपलोड गरिएको ‘तिम्रो मायाले बाँधेर राख’ बोलको कभर गीत युट्युबबाट हट्ने उनले संकेत गरेको एकदिन पछि शुक्रबार उक्त गीत युट्युबबाट हटाइएको छ । वास्तवमा के हो लफडा ? किन हटाईँदैछ उनको कभर गीत ? यो प्रश्न आम श्रोताहरुले गरेका छन् । उनले बिहीबार उक्त गीत हट्नसक्ने भन्दै आफ्नो फेसबुक मार्फत स्टाटस लेखेकी छिन् । के लेखेकी छिन् त उनले फेसबुकमा ? आउनुस् यस बारे चर्चा गरौँ । हेरौँ यो भिडियो सामाग्री-

एलिनाले फेसबुक स्टाटसमा यस्तो लेखेकी छिन्–‘मेरा सम्पूर्ण दर्शकहरुलाई धन्यवाद । जे छु हजुरहरुले गर्दा छु । एउटा गीतको रेस्पेक्ट गरेर मन पराएर नै मैले कभर गरेको थिएँ । तर मैले कभर गाउँदा ओरिजिनल टिमलाई असर पर्यो जस्तो लाग्यो । यो गीत सृजन ागर्ने सम्पूर्णमा मेरो सम्मान छ, मैले कसैलाई असर पार्न, तल देखाउन यो गीत गाको थिईनँ । सोधेर पर्मिसन लिएर गरेको थिएँ । र यो गीत मैले हिट बनाएको सोच पनि मेरो होईन । गीत एकदमै मिठो थियो, त्यसैले हिट भयो । सायद यो गीत हट्छ होला युट्युबबाट । तर हजुरहरुको माया, साथ नहटोस् । हजुरहरु सामु अब आफ्नो गीत लिएर आउने वाचा गर्दछु । मैले ओरिजिनलको अपमान गरेँ भन्नुहुन्छ भने, ‘तिम्रो मायाले बाँधेर राख’ टिमलाई माफी माग्न चाहान्छु । धन्यवाद ।’

एलिनाको स्टाटस हेर्दा उनी पनि कपिराईटकै सिकार भएको अन्दाज लाउन सकिन्छ । हुन त उनले सोधेरै उक्त गीतको कभर गरेको बताएकी छिन् । साथै गीत डिलिट भएपछि आफुमाथि अन्याय भएको भन्दै उनले गायक श्याम कार्कीसँगको च्याट म्यासेज समेत सार्वजनिक गरेकी छिन् । तर वास्तविकता के हो त्यो भने उनी स्वयमलाई मात्र थाहा छ । कभर गीत गाउँदा समेत अनुमति नलिएको भएमा चाहिँ एलिनालाई साँच्चिकै तनाव हुनसक्छ । तर यदि ओरिजिनल गीतको टिमसँग सहमतिमै कभर गीत गाइएको हो भने चाहिँ उनी सुरक्षित छिन् । एलिनाको पीडादायी स्टाटस आएपछि त्यसमा उनका श्रोताहरुले उनको नयाँ प्रोजेक्टका लागि बधाई दिएका छन् । साथै उनलाई चिन्ता नलिन समेत आग्रह गरिएको छ । उनको आवाज मिठो भएको भन्दै श्रोताहरुले उनलाई अब आफ्नै गीत ल्याउन समेत सुझाएका छन् । अब एलिनाले के गर्लिन् त्यो भने हेर्न बाँकी छ ।

यस गीतको ओरिजिनल भर्सनमा रवि मल्लको शब्द र विराट कदरियाको संगीत रहेको छ । अलमोडा राना उप्रेतीको संगीत संयोजन रहेको गीतलाई बिजु कर्मचार्यले मिक्सिङ गरेका छन् । एलिनाको कभरलाई भने क्रोमाटिक एभी स्टुडियोले युट्युब मार्फत सार्वजनिक गरेको हो । कभर भर्सनमा देव लवारले संगीत संयोजन गरेका छन् । यस अघि कालिप्रसाद बास्कोटाको चर्चित गीत ‘ईन्ष्टाको फोटो’ को जवाफी कभर भर्सन गाएर चर्चामा आएकी एलिना झापाकी हुन् । २३ वर्षीय एलिना आर्टसमा ब्याचलर गर्दैछन् । शिक्षण पेशामा समेत आवद्ध एलिना आफुलाई नेहा कक्कर र मेलिना राईको फ्यान बताउँछिन् । कन्काई बहुमुखी क्याम्पसमा अध्ययनरत उनी चर्चित गायिका बन्ने लक्ष्य राख्छिन् ।

गीतको ओरिजिनल भर्सनको भिडियोमा आश्मान गिरीको फिचरिङ गरिएको गीतको म्युजिक भिडियोमा दिया तामाङ र रोशन लामाको संवाद समावेश छ । सतिज श्रेष्ठ, अनिल के मानन्धर र उमंग शाहीको छायाँकन रहेको गीतको म्यूजिक भिडियोलाई सतिज श्रेष्ठले भिएफएक्स, सम्पादन तथा निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई जिवन चौँलागाईले सहनिर्देशन गरेका हुन् । बलराम बुढाथोकीले भिडियो निर्माण गरेका हुन् ।

गीतलाई केही समय अघि मात्र चर्चित डान्सर तेरिया मगरले समेत कभर गरेकी थिईन् । उनको कभरलाई समेत निकै मनपराइएको थियो । उनको कभर गीतलाई यो सामाग्री तयार पार्दाको समयमा १८ लाख १० हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ८१ हजार लाईक तथा ३ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । डान्सरका रुपमा चिनिएका तेरियालाई यो गीतले संगीत क्षेत्रमा समेत परिचित गराएको छ । गीतको भिडियोलाई चर्चित गायक सागर आलेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो ।

त्यस्तै यसै गीतलाई नेपाल आईडलको सिजन २ मा फाईनलसम्म पुग्न सफल चर्चित गायिका अस्मिता अधिकारीले समेत फरक किसिमले प्रस्तुत गरेकी छिन् । यस गीतका ओरिजिनल गायक श्याम कार्कीकै युट्युब च्यानलमार्फत सार्वजनिक गीतलाई कभर भर्सनका रुपमा भन्दा पनि फरक तवरमा फिमेल भर्सनका रुपमा नयाँ गीतकै रुपमा तयार पारिएको छ । मे २८ तारिखमा युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतलाई छोटो समयमा नै ५ लाख ६५ हजारभन्दा बढी पटक हेरिएको छ । २८ हजारभन्दा बढी लाईक पाईसकेको गीतमा १ हजार १ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । गीतको भिडियोमा अस्मिताकै फिचरिङ छ । भिडियोलाई अनिल के मानन्धरले छायाँकन तथा निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।
यो पनि हेर्नुहोस्

कम्प्युटर वा ल्यापटपबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

मोबाईलबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगिता मिस जापान कानाको डाटेले जितेकी छिन् । ओपेरा गाएर सबैको मन जितेकी मिस जापान नै ट्यालेन्टमा विजयी भएकी हुन् । जीतसँगै उनी सेमिफाईनमा पुगेकी छिन् । सेमिफाईनलमा पुग्ने उनी दोस्रो प्रतियोगी हुन् । यसअघि नै मिस फ्रान्सले टप मोडल कम्पीटिसन जितेर सेमिफाईनलमा पुगिसकेकी छिन् । मिस जापान, एक प्रोफेसनल ओपेरा सिंगर हुन् । जापानको पुरानो राजघरानाकी राजकुमारी समेत रहेकी उनले पोलिटिकल साईन्स अध्ययन गरेकी छिन् । उनी जापानी परम्परागत नाच र धनुरविधामा अब्बल समेत छिन् । उनले जापानिज सहित अन्य ६ वटा भाषा समेत जान्दछिन् । ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला खतिवडाको कस्तो रह्यो त प्रस्तुति भन्नेमा सबैको जिज्ञासा हुन सक्छ । आउनुस् यस बारेमा केही चर्चा गरौँ ।

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडाका युवाहरुले तयार पारेको लघु चलचित्र ‘वास्तब’ रिलिज भएको छ । मुर्चुङ्गा टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको लघु चलचित्र सस्पेन्सका साथै रोमान्टिक जेनरमा निर्माण भएको छ । हेटौँडा निवासी बिक्रम लुङ्वाको कथा लेखन तथा निर्देशनमा बनेको चलचित्र एस फिल्म्सको ब्यानरमा बनेको हो । चलचित्रमा मकवानपुरकै दिपक सापकोटा, बि.एन. धिताल, मुना मोक्तान, रामबाबु नेपाली र भोजराज श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सम्राज पाख्रिनको छायाँकन रहेको चलचित्रलाई बि.एन. धितालले निर्माण गरेका हुन् । चलचित्रलाई दिपक सापकोटाले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–

द हेटौँडा क्रियुजको ‘नशालु रैछ’ रिलिज (भिडियो सहित)
हेटौँडाको चर्चित डान्स् ग्रुप ‘द हेटौँडा क्रियुज’ को प्रस्तुति रहेको नयाँ गीत ‘नशालु रैछ’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको द हेटौँडा क्रियुजका म्यानेजर दिलकुमार लामाले मुर्चुङ्गा टिभीलाई जानकारी दिए । एस.बि.जी. लामाको शब्द र आवाजमा सजिएको गीतको म्यूजिक भिडियोमा द हेटौँडा क्रियुजका कलाकारहरु विष्णु, अमित, बिसु, दिपक, कृष्ण, सन्ध्या, प्रियंका र अनिताको अभिनय रहेको छ । साथै दिलकुमार लामाको समेत विशेष भूमिका रहेको छ । गीतलाई एस.बि.जी. र देवी रुम्बाले कम्पोज गरेका हुन् । गीतलाई गणेश सन्तोष प्रगाढले एरेञ्ज गरेका हुन् ।

हलिउड शैलीमा निर्मित ‘छिरिङ’ दर्शकको मायाले हेटौँडामा तानियो

दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल नेपाली कथानक चलचित्र ‘छिरिङ’ आज हेटौँडाको एनएस सिनेमाजमा प्रदर्शन गरिएको छ । अन्य स्थानमा असोज १२ गतेदेखि प्रदर्शनमा आएता पनि मकवानपुरका दर्शकले ‘छिरिङ’ हेर्न पाएका थिएनन् । तर हेटौँडाका दर्शकहरुले चलचित्र हेर्नका लागि सामाजिक सञ्जालमै स्टाटस पोष्ट गर्न थालेपछि अन्ततः चलचित्र हेटौँडामा समेत प्रदर्शन गरिएको हो । दर्शकहरुले चर्चित गायक तथा नायक यश कुमार र निर्माता सुनिल माथेमा प्रधानसंग साक्षात्कार समेत गर्ने मौका पाए । चलचित्रको प्रदर्शन अघि आज हेटौँडामा भएको पत्रकारसँगको भेटघाटमा नायक तथा गायक यश कुमारले चलचित्र हलिउड शैलीमा बनेको बताएका थिए । चलचित्र हेरेँसँगै हेटौैैँडाका दर्शकले समेत चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा
पुसन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । औपचारिक रुपमा कुनै नृत्य तथा अभिनयको कक्षा नलिएपनि उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*