नागस्वतीको तासिर स्कुलमा प्रविधिको प्रयोग बारे प्रशिक्षण, विभिन्न देशका विद्यार्थी र शिक्षकसँग अन्तरक्रिया

१७ जेष्ठ २०७६, शुक्रबार ०५:३८

मकवानपुर, १७ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतिमा अवस्थित तासिर अङ्ग्रेजी माध्यमिक विद्यालयमा ‘शिक्षण सिकाईमा प्रविधिको प्रयोग’ सम्बन्धी एक दिने गरी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रविधिको प्रयोग गरी शिक्षण सिकाई क्रियाकलापालाई कसरी रुचिकर बनाउने, कसरी विद्यार्थी केन्द्रित आधूनिक बनाउने भन्ने विषयमा प्रशिक्षण कार्यक्रममा प्रशिक्षक विवश थापाले मावि निमावि र प्रावि तहका शिक्षकलाई तालिम दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक हरिबोल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक थापाले विद्यालयको कक्षा १० का ३५ जना विधार्थी र भियतनामको Yen Mo B high school, Yen Mo district, Ninh Binh province का ३५ जना विधार्थीबिच अन्तरक्रिया गराएका थिए । उनीहरुले ‘मिस्टरी स्काईप सेसन (mystery Skype session) को खेल खेली एकअर्काको देश पत्ता लगाएका थिए । उक्त खेलमा तासिरका विद्यार्थीहरु विजयी भएका थिए । भियतनामको तर्फबाट शिक्षक हान्ना फेम (Hannah phem) ले सहजीकरण गरेका थिए । त्यस्तै रसियन शिक्षिका Elena Degtyarva ले पनि कक्षा १० का विद्यार्थीहरुलाई रसियाको परम्परागत पहिरनमै संस्कृतिको बारेमा , विद्यालय पोशाक र हावापानीको वारेमा अनलाईन क्लास दिएका थिए ।

प्रशिक्षक थापाले शिक्षकहरुलाई fipgrid , kahoot session को बारेमा बंगलादेशकी शिक्षिका Raihana Haque र रसियन शिक्षक Anna Tmachuuk सँग जुम एपको माध्यमबाट कसरी अहिलेको आधूनिक यूगमा विकसित मुलुकमा शिक्षण सिकाई क्रियाकलाप भईरहेको छ, कसरी गूणस्तरीय , विद्यार्थीमैत्री बनाउन सकिन्छ भन्ने बारेमा मावि, निमावि र प्रावि तहका १५ जना शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा थापाले पेशागत विकास कसरी गर्ने र महत्वपूर्ण वेबसाईटहरुका बारेमा पावर प्वाईन्ट प्रिजेन्टेसन कक्षा समेत दिएका थिए । कार्यक्रमलाई विद्यालयका शिक्षक सरल गौतमले व्यवस्थापन गरेका थिए भने सञ्चालन अङ्ग्रेजी विषय शिक्षिका दिपा महतले गरेकी थिईन् ।

यो पनि हेर्नुहोस्

कम्प्युटर वा ल्यापटपबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

मोबाईलबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगिता मिस जापान कानाको डाटेले जितेकी छिन् । ओपेरा गाएर सबैको मन जितेकी मिस जापान नै ट्यालेन्टमा विजयी भएकी हुन् । जीतसँगै उनी सेमिफाईनमा पुगेकी छिन् । सेमिफाईनलमा पुग्ने उनी दोस्रो प्रतियोगी हुन् । यसअघि नै मिस फ्रान्सले टप मोडल कम्पीटिसन जितेर सेमिफाईनलमा पुगिसकेकी छिन् । मिस जापान, एक प्रोफेसनल ओपेरा सिंगर हुन् । जापानको पुरानो राजघरानाकी राजकुमारी समेत रहेकी उनले पोलिटिकल साईन्स अध्ययन गरेकी छिन् । उनी जापानी परम्परागत नाच र धनुरविधामा अब्बल समेत छिन् । उनले जापानिज सहित अन्य ६ वटा भाषा समेत जान्दछिन् । ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला खतिवडाको कस्तो रह्यो त प्रस्तुति भन्नेमा सबैको जिज्ञासा हुन सक्छ । आउनुस् यस बारेमा केही चर्चा गरौँ ।

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडाका युवाहरुले तयार पारेको लघु चलचित्र ‘वास्तब’ रिलिज भएको छ । मुर्चुङ्गा टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको लघु चलचित्र सस्पेन्सका साथै रोमान्टिक जेनरमा निर्माण भएको छ । हेटौँडा निवासी बिक्रम लुङ्वाको कथा लेखन तथा निर्देशनमा बनेको चलचित्र एस फिल्म्सको ब्यानरमा बनेको हो । चलचित्रमा मकवानपुरकै दिपक सापकोटा, बि.एन. धिताल, मुना मोक्तान, रामबाबु नेपाली र भोजराज श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सम्राज पाख्रिनको छायाँकन रहेको चलचित्रलाई बि.एन. धितालले निर्माण गरेका हुन् । चलचित्रलाई दिपक सापकोटाले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–

द हेटौँडा क्रियुजको ‘नशालु रैछ’ रिलिज (भिडियो सहित)
हेटौँडाको चर्चित डान्स् ग्रुप ‘द हेटौँडा क्रियुज’ को प्रस्तुति रहेको नयाँ गीत ‘नशालु रैछ’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको द हेटौँडा क्रियुजका म्यानेजर दिलकुमार लामाले मुर्चुङ्गा टिभीलाई जानकारी दिए । एस.बि.जी. लामाको शब्द र आवाजमा सजिएको गीतको म्यूजिक भिडियोमा द हेटौँडा क्रियुजका कलाकारहरु विष्णु, अमित, बिसु, दिपक, कृष्ण, सन्ध्या, प्रियंका र अनिताको अभिनय रहेको छ । साथै दिलकुमार लामाको समेत विशेष भूमिका रहेको छ । गीतलाई एस.बि.जी. र देवी रुम्बाले कम्पोज गरेका हुन् । गीतलाई गणेश सन्तोष प्रगाढले एरेञ्ज गरेका हुन् ।

हलिउड शैलीमा निर्मित ‘छिरिङ’ दर्शकको मायाले हेटौँडामा तानियो

दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल नेपाली कथानक चलचित्र ‘छिरिङ’ आज हेटौँडाको एनएस सिनेमाजमा प्रदर्शन गरिएको छ । अन्य स्थानमा असोज १२ गतेदेखि प्रदर्शनमा आएता पनि मकवानपुरका दर्शकले ‘छिरिङ’ हेर्न पाएका थिएनन् । तर हेटौँडाका दर्शकहरुले चलचित्र हेर्नका लागि सामाजिक सञ्जालमै स्टाटस पोष्ट गर्न थालेपछि अन्ततः चलचित्र हेटौँडामा समेत प्रदर्शन गरिएको हो । दर्शकहरुले चर्चित गायक तथा नायक यश कुमार र निर्माता सुनिल माथेमा प्रधानसंग साक्षात्कार समेत गर्ने मौका पाए । चलचित्रको प्रदर्शन अघि आज हेटौँडामा भएको पत्रकारसँगको भेटघाटमा नायक तथा गायक यश कुमारले चलचित्र हलिउड शैलीमा बनेको बताएका थिए । चलचित्र हेरेँसँगै हेटौैैँडाका दर्शकले समेत चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा
पुसन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । औपचारिक रुपमा कुनै नृत्य तथा अभिनयको कक्षा नलिएपनि उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*